Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कोरोना परीक्षणको दायरा बढाउन सभामुखको आग्रह

१७ चैत, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोभिड-१९ को परीक्षणको दायरा बढाउन आग्रह गरेका छन् । सोमबार एक अपिल जारी गर्दै उनले स्वास्थ्य उपकरणको उचित ढंगले वितरण र स्वास्थ्यकर्मी एवं उपचारमा संलग्न अन्य व्यक्तिको मनोबल उच्च बनाउन पनि आग्रह गरेका छन् । विश्वभरी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणको विषम परिस्थितिमा अग्रपङ्क्तिमा रहेर डटिरहेका स्वास्थ्यकर्मी […]

बारा र पर्सामा लकडाउन उल्लंघन गर्ने ८ जना पक्राउ

१७ चैत, वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने क्रम अझै रोकिएको छैन । पर्सा र बारामा प्रहरीले लकडाउन उल्लंघन गर्ने ८ जनालाई नियन्त्रणमा लिएका छन् । पर्साबाट २ जना र बाराबाट ६ जना पक्राउ परेका हुन् । पर्सामा पक्राउ परेका दुबैलाई सम्झाई-बुझाई गरेर साँझ छाडिएको जिल्ला […]

टोखा नगरपालिकालाई मास्क सहयोग

१६ चैत, काठमाडौं । विष्णु सरस्वती फाउण्डेसनले टोखा नगरपालिकालाई ७ सय माक्स सहयोग गरेको छ । टोखावासीहरुका लागि प्रयोग गर्न दिन भन्दै संस्थाले नगरपालिकालाई ७ सय थान माक्स हस्तान्तरण गरेको हो । फाउण्डेसनका अध्यक्ष अम्विका लामिछानेले टोखा नगरपालिका वडा नं. १ को कार्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष श्रीकृष्ण अधिकारीलाई मास्क हस्तारण गरे । कोरोना (कोभिड […]

चितवनमा लकडाउन उल्लंघन गर्ने ७४ जना परे ‘होल्ड’मा

१७ चैत, चितवन । चितवनमा लकडाउन उल्लंघन गर्ने ५१ सवारी साधनसहित ७४ जनालाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्नेमा ७२ जना पुरुष र २ जना महिला रहेको चितवन प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नियन्त्रणमा लिइएका सवारी साधानमा […]

गुल्मीमा विदेशबाट फर्किने १७ सय जना, ५५ जना क्वारेन्टाइनमा

१७ चैत, गुल्मी । गुल्मीमा काम विशेषले विभिन्न मुलुकमा रहेका १७ सय २३ जना घर फर्केको पाइएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट जोगिन विभिन्न मुलुकबाट १७ सय २३ जना रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । प्रशासन कार्यालयले संकलन गरेको तथ्यांकअनुसार भारतलगायत अन्य देशबाट चैत ५ गतेपछि यति संख्यामा […]

मन्त्री गुरुङको दाबी : खान नपाउने ठाउँमा पठाएका छौं, कोही भोकै पर्दैन

१७ चैत, काठमाडौं । सरकारले तत्काल खानै नपाउने अवस्थामा पुगेका विपन्न र विभिन्न सेल्टर होममा बसेका महिला, बालबालिका र जेष्ठ नागरिकलाई उनीहरु बसेकै ठाउँमा अत्यावश्यक खाद्यान्न पुर्‍याउन थालेको सरकारका एक मन्त्रीले बताएका छन् । अन्य राहतको हकमा लकडाउनको अवधि हेरेर निर्णय गरिने महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अनलाइनखबरसँग बताए । अनलाइनखबरसँगको फेसबुक लाइभमा […]

चितवनबाट ११ जनाको नमुना काठमाडौं पठाइयो

१७ चैत, चितवन । भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालबाट सोमबार कोरोना परीक्षणका लागि ११ जनाको नमुना (स्वाब) संकलन गरी काठमाडौं पठाइएको छ । कोरोना आशंका गरिएका बिरामीको स्वाब संकलन गरी काठमाडौं पठाइएको अस्पतालका प्रवक्ता डा‍.भोजराज अधिकारीले जानकारी दिए । नमुना पठाइएकामध्ये एक जना बालिकाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको उनले जानकारी दिए । यसअघि […]

चैती छठमा आँगनबाटै दिइयो सूर्यलाई अर्घ, पोखरीहरु सुनसान

१७ चैत, जनकपुरधाम । कोरोना संक्रमण रोकथामका लागि सरकारले लकडाउन गरेपछि लगाएपछि जनकपुरधामलगायत मध्य तराईमा चैती छठ पर्व प्रभावित भएको छ । लकडाउनका कारण सार्वजनिक पोखरी र जलाशयमा जान नपाएपछि श्रद्वालुले आफ्नो आँगनमै चैती छठ पर्व मनाएका हुन् । सोमबार चैती छठ पर्व अन्तर्गत् अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । मुख्यतः छठ पर्व जलाशय अगाडि […]

उत्तर प्रदेश सरकारले मानिसहरुमाथि नै छर्कियो हानिकारक रसायन

१७ चैत, काठमाडौं । भारतको उत्तर प्रदेश सरकारले अन्य प्रान्तबाट आएका मानिसलाई आइतबार बरेलीको बस स्टेशनमा रसायन छर्किएको छ । उत्तर प्रदेश सरकारले बरेली स्टेसनमा राखेर पर्खाल तथा बसलाई जस्तै मानिसहरु माथि समेत रसायन छर्केको हो । बीबीसी हिन्दीमा उल्लेख गरिए अनुसार मानिसहरुलाई यसरी छर्किएको पानीमा सोडियक हाइपोक्लोराइड जस्तो रसायन पनि मिसाइएको थियो । यस […]

डोटीमा भारतबाट फर्केका झण्डै चार सय जना क्वारेण्टाइनमा

१७ चैत, डोटी । भारतका विभिन्न शहरबाट फर्केका तीन सय ९४ जनालाई डोटीको क्वारेण्टाइनमा राखिएको छ । भारतबाट आएकाहरुलाई क्वारेण्टाइमा राख्न नेपाल सरकारले दिएको निर्देशनअनुसार डोटीका नौ वटै स्थानीय तहमा तीन सय ९४ लाई क्वारेण्टाइनमा राखिएको हो । हालसम्म जिल्लाका विभिन्न स्थानीय तहका २४ स्थानमा क्वारेण्टाइन स्थापना गरिएको स्वास्थ्य कार्यालय डोटीका कोरोनासम्बन्धी सम्पर्क व्यक्ति सूर्य […]

डोटीबाट थप दुई जनाको स्वाब परीक्षणका लागि पठाइयो

१७ चैत, डोटी । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको आशंकामा डोटीबाट थप दुई जनाको स्वाब परीक्षणको लागि प्रदेश प्रयोगशाला धनगढी पठाएको छ । एक व्यक्ति भारतको पुनाबाट पाँच दिन अगाडि र अर्का व्यक्ति भारतको तेलङ्गना प्रान्तबाट १३ दिन अगाडि घर आएका थिए । दुबै जना डोटीका स्थायी बासिन्दाहरु हुन् । कोरानासँग मिल्दोजुल्दो लक्षण देखिएपछि […]

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ८१२ जनाको मृत्यु

१७ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट स्पेनमा पछिल्लो २४ घण्टामा आठ सय १२ जनाको ज्यान गएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो दुई दिनको तुलनामा पछिल्लो २४ घण्टामा मृत्यु हुने मानिसको संख्यामा कमी आएको हो । यससँगै स्पेनमा कोरोना भाइरसबाट समग्रमा मृत्यु हुनेको संख्या आठ हजार तीन सय […]

परोपकारी संस्थाले दियो मुसहर समुदायलाई साबुन र मास्क

१७ चैत, जनकपुरधाम । धनुषाको सबैला नगरपालिका १२ बडकुर्वाका मुसहर समुदायका एक सय घर परिवारलाई सोमबार नियमित हात धुनका निम्ति साबुन र प्रयोग गर्न मास्क प्रदान गरिएको छ । भोर अनुसन्धानमा आधारित एक परोपकारी संस्थाले मुसहर समुदायलाई मास्क र साबुन वितरण गरेको हो । प्रतिपरिवार पाँच थान माक्स र दुई थान साबुन वितरण गरिएको हो […]

एम्बुलेन्स कुर्दाकुर्दै दिन बित्यो

१७ चैत, बुटवल । बुटवल उपमहानगरपालिका–१९, पत्थरगञ्जस्थित मिलनटोलमा छ कमला थापाको घर । ४५ वर्षीया कमला घरमा एक्लै बस्छिन् । पछिल्लो दिनमा ज्वरो आउने, शरीर दुख्ने र वान्ता हुन थालेपछि उनले उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल जाने निर्णय गरिन् । त्यसका लागि बिहान १० बजेदेखि एम्बुलेन्स कुरेकी उनी साँझसम्म अस्पताल जान पाइनन्। ‘श्रीमान् र जेठो […]

क्रिमसन अस्पताललाई नगरपालिकाको चेतावनी

१७ चैत,बुटवल । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालले उच्च ज्वरो भएका बिरामीलाई भर्ना नलिएको गुनासो आएपछि तिलोत्तमा नगरपालिकाले सचेत गराएको छ । यो अस्पतालले गेटमा ठूलो व्यानर टाँगेर अत्यावश्यक कामबाहेक अस्पतालमा नआउन सूचना जारी गरेको थियो । अस्पतालले सेनिटाइजर र साबुनको समेत व्यवस्था नगरेको र बिरामीहरुलाई दुर्व्यवहार गरेको गुनासो आएपछि सचेत गराइएको नगर प्रमुख वासुदेव घिमिरेले […]

लकडाउन अवधिभर सेयर बजार बन्द हुने

१७ चैत, काठमाडौं । लकडाउनको अवधिभर सेयर बजार बन्द रहने भएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लकडाउन अवधिभर बजार खुला नगर्ने निर्णय गरेको हो । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सरकारले घोषणा गरेको आगामी २५ गतेसम्म नै बजार बन्द गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार त्यसपछि पुनः […]

सडक तथा चोकमा तरकारी बेच्न भक्तपुर नगरपालिकाले लगायो प्रतिबन्ध

१७ चैत, काठमाडौं । भक्तपुर नगरपालिकाले मूल सडक तथा चोकमा तरकारी राखेर बेच्न पूर्ण प्रतिबन्ध लगाएको छ । कोरोना भाइरस (कोभिड १९) को जोखिमलाई मध्यनजर राख्दै नगरपालिकाले प्रत्येक वडामा तरकारी बजारका लागि स्थान तोकेसँगै सडक किनारा र चोकमा तरकारी बेच्न प्रतिबन्ध लगाएको हो  । चैत्र १९ गतेदेखि लागू हुनेगरी दत्तात्रय चोकदेखि वंशगोपालसम्मको मूल सडक र […]

कोरोना जाँच्ने तीन प्रयोगशाला स्थापना गर्ने प्रदेश सरकारको निर्णय

१७ चैत, बुटवल । प्रदेश पाँच सरकारले तीन वटा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भैरहवाको गहुँबाली अनुसन्धान केन्द्र परिसरमा, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र नेपालगञ्जको भेरी अस्पतालमा तत्काल प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको हो । तीन वटै प्रयोगशालाबाट कोरोना भाइरसको परीक्षण गर्ने प्रदेश सरकारको निर्णय छ […]

डीडीसीको दुध पाइएन ? अब सिधै फोन गर्नुस्

१७ चैत, काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले लकडाउनको अवधिमा पनि दुग्ध पदार्थ आपूर्ति सहज बनाइएको दाबी गरेको छ । कुनै कारणबस उपत्यकाका उपभोक्ताले दुग्ध पदार्थ नपाए सम्पर्क गर्न आग्रह गर्दै संस्थानले सम्पर्क व्यक्तिको फोन नम्बर पनि सार्वजनिक गरेको हो । प्रतिकूलता रहेपनि श्रोत साधनहरुको अधिकतम परिचालन गर्दै स्थानीय कृषकहरुबाट उत्पादित दुध […]

काठमाडौंमा कसले पाउनेछ सरकारी राहत ? यस्तो छ मापदण्ड

१७ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी राहत वितरण मापदण्ड–२०७६’ स्वीकृत गरेको छ । सोमबार राष्ट्रिय सभागृहमा बसेको काठमाडौं महानगरपालिकाको ४३ औं कार्यपालिका बैठकले मापदण्ड स्वीकृत गरेको हो । काठमाडौं महानगरपालिकाभित्र बसोबास गर्दै आएका असहाय, अति विपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्तिहरु खाना, खाजा नपाएर समस्यामा छन् । ‘विपन्न वर्गको पहिचान गरेर […]

आइसोलेसनमा इजरायली प्रधानमन्त्री नेतान्याहू

१७ चैत, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू कोरोना भाइरस (कोभिड-१९) संक्रमणको आशंकामा आइसोलेसनमा बस्ने भएका छन् । सल्लाहकार रिभ्का पाउकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेतान्याहू पनि आइसोलेसन बस्ने भएका हुन् । स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार नेतान्याहूले स्वास्थ्य मन्त्रालयको दिशानिर्देशलाई पूर्णरुपमा पालना गर्नेछन् । नेतान्याहू १४ दिनसम्म आइसोलेसनमा बस्न सक्ने बताइएको छ । […]



from समाचार – Online Khabar https://ift.tt/39xNq2K
via IFTTT
Powered by Blogger.