Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

युरोपको एकमात्र देश जसलाई छैन कोरोनाको डर

१५ चैत, काठमाडौं । चीनबाट सुरु भएको कोरोना भाइरस संक्रमणको केन्द्र अहिले युरोप बनेको छ । युरोपका धेरै देशहरुले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि भरमग्दुर प्रयास गरिरहेका छन् । ती देशका सरकारले मानिसहरुलाई घर बाहिर ननिस्किन सूचना जारी गर्दै सम्भव भएसम्मका सबै उपायहरु अपनाइरहेका छन् । तर युरोपमा एक देश यस्तो पनि छ जहाँ […]

विदेशबाट फर्केका खोज्दै, स्वास्थ्य परीक्षण गर्दै थाहा नगरपालिका

१५ चैत, काठमाडौं । मकवानपुरको थाहा नगरपालिकाले विदेशबाट फर्केकाको घरघरमा पुगेर स्वास्थ्य परीक्षण थालेको छ । कोरोनाको सम्भावित जोखिम न्यूनीकरणका लागि नगरपालिकाले घरघर पुगेर स्वास्थ्य परीक्षण थालेको हो । स्वास्थ्य परीक्षणका लागि मेडिकल अधिकृतसहितको टोली परिचालित भएको थाहा नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार, फागुन १५ पश्चात यो क्षेत्रका ६३ जना घर फर्किएका छन् । […]

बालबालिकालाई कोरोना त्रासबाट बचाउन के गर्ने ?

यत्रतत्र सर्वत्र कोभिड १९ को महामारीको चर्चा छ । विद्यालय बन्द छन् । कोरोना संक्रमणलाई लिएर विद्यार्थीमा भय र त्रास छ । यस्तो अवस्थामा उनीहरुको मानसिक चिन्ता तथा डर कम गर्न अभिभावकको भूमिका कस्तो हुने भन्ने पनि संवेदनशील विषय हो । बच्चाहरूलाई वर्तमान परिस्थितिसँग घुलमिल गर्नको लागि केही व्यवहार परिवर्तन गर्नुपर्ने हुनसक्छ । अभिभावकहरुले कोभिड–१९ […]

कोभिड-१९ बारे भ्रम फैलाउने एक जना पक्राउ   

१५ चैत, सुरुङ्गा । कोरोना भाइसरको सङ्क्रमण देखियो भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने एक व्यक्ति शुक्रबार साँझ झापाको दमकबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजय पण्डितका अनुसार दमक–१ निवासी ३५ वर्षीय कुमार राईलाई पक्राउ गरिएको हो । झापामा ३४१ क्वारेन्टाइन तयार     सङ्क्रमणबाट बच्न झापामा ३४१ क्वारेन्टाइन निर्माण गरिएको छ, […]

प्लास्टिकको झोला काटेर पीपीईको जोहो !

१४ चैत, पोखरा । पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) माग्दामाग्दा स्वास्थ्यकर्मीहरु थाकिसके । कोरोना भाइरस (कोभिड १९) का संक्रमित भेटिन लाग्दा पनि पीपीई नपाएपछि स्वास्थ्यकर्मीहरु आफैँले जोहो गर्न लागेका छन् । पोखराका चरक अस्पतालका डाक्टर क्लारा पौडेलले पनि होममेड पीपीई बनाउन थालेकी छन् । त्यसलाई पोखराका अरु अस्पतालले पनि पछ्याएका छन् । पीपीई अभाव भएपछि आफैंले […]

कोरोना सङ्क्रमित युवतीसँगै आएका दम्पतीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ   

१५ चैत, स्याङ्जा । कतारबाट आएकी कोरोना सङ्क्रमित युवतीसँगै आएका स्याङ्जा फेदीखोला गाउँपालिकाको एक दम्पतीको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको छ । युवतीसँगै आएका कतारमा कार्यरत फेदीखोला गाउँपालिकाका दम्पतीलाई ज्वरो आएपछि क्वारेन्टाइनमा राखेर स्वाब परीक्षणका लागि बिहीबार टेकु अस्पताल काठमाडौँ पठाइएकामा शुक्रबार नेगेटिभ रिपोर्ट आएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए । कोरोना सङ्क्रमित युवतीसँगै […]

कोरोना रोकथाममा गाउँपालिकाको सक्रियता, २९ जना क्वारेन्टाइनमा, नि:शुल्क एम्बुलेन्स

१४ चैत, पोखरा । रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले शुक्रबार साँझ फेसबुकमा लेखे, ‘नमस्कार, सबै घर-घरमै बस्नु होला, नियमित खानुपर्ने औषधि सकिएमा मेरो फोन नम्बर ९८५६०८४००९ मा फोन गर्नुहोला । फोन बिजी भए एसएमएस गर्नुहोला । २४ सैं घण्टा खटिएरै हामी सेवा गर्नेछौं ।’ उनी अहिले गाउँमा कसको स्वास्थ्य अवस्था कस्तो छ, कहाँ के पूर्वाधार […]

मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी चीन जाँदै

१५ चैत, काठमाडौं । कोरोना संक्रमितको उपचारमा प्रयोग हुने मेडिकल उपकरणहरु लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज चीनको ग्वाङझाओ जाने भएको छ । ए ३३० वाइडबडी जहाज शनिबार दिउँसो साढे १२ बजे काठमाडौंबाट चीनको ग्वाङझाओ प्रस्थान गर्ने छ । कार्गो उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उडान अनुमति दिइसकेको नेपाल एयरलाइन्सका अपरेशन बिभाग प्रमुख दिपु ज्वार्चनले […]

इटलीमा एकैदिन ९१९ जनाको मृत्यु, स्पेनमा ७७७ मृतक थपिए

१५ चैत, काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड–१९) को कारण शुक्रबारमात्रै ९१९ जनाको मृत्यु भएको छ । यो दैनिक मृत्यु हुने संख्यामा अहिलेसम्मकै उच्च हो । मृतकमध्ये ६ सयजना बढी लोम्बार्डी क्षेत्रका हुन् । इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९ हजार १ सय ३४ पुगेको छ । जसमा ४४ जना डाक्टर पनि छन् […]

अत्यावश्यक वस्तुको बन्दोबस्त गर्छु, बाहिर ननिस्किनुहोला : मेयर सरावगी

१४ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका नगर प्रमुख विजयकुमार सरावगीले प्रत्येक वडामा अत्यावश्यक खाद्यान्न, दुध, तरकारीको व्यवस्था मिलाउने दाबी गरेका छन् । उनले नगरबासीलाई घर बाहिर ननिस्कन आग्रह गर्दै अत्यावश्यक वस्तुको अभाव हुन नदिने बताएका हुन् । ‘लकडाउनको चौथो दिनसम्म आइपुग्दा धेरै नगरबासी सुरक्षा सतर्कताबिना बजारमा निस्किएको पाइयो, रमिता गरेको पाइएको छ । नगरबासीलाई आफ्नै […]

भारतमा अलपत्र १४ नेपाली तीर्थयात्रीको उद्धार

१४ चैत, बनियानी । भारतको चेन्नईमा अलपत्र  १४ नेपाली तीर्थयात्रीको शुक्रबार उद्धार गरिएको छ । कोभिड–१९ को सङ्क्रमणका कारण भारतको चेन्नईस्थित नोलाम्बोमा अलपत्र उनीहरुको उद्धार गरिएको हो । ग्रेटर चेन्नई कर्पोरेशनका कमिशनर जी प्रकाश, निःशब्द सेवा चेन्नईका संस्थापक ई ए विश्वोनथन, डा नेहा मयुर, फुड बैंक भारतका संस्थापक स्नेहा मोहान्डोसलगायतसँगको सहयोग र सहकार्यमा उनीहरुको उद्धार […]

अस्पतालबाट निवास फर्किए प्रधानमन्त्री

१४ चैत, काठमाडौं ।मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारस्थित सरकारी निवास फर्किएका छन् । बिहीबार राति ११:३० पछि मुटुकाे धड्कन बढ्ने समस्या देखिएपछि प्रधानमन्त्री ओली महाराजगञ्जस्थित मनमोहन कार्डियोभाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । करिब २० घण्टा अस्पतालमा रहेर उपचार गराएका उनी शुक्रबार बालुवाटार फर्किएको उनका प्रेस सल्लाहकार सूर्य […]

कोरोना संक्रमितको ट्राभल हिस्ट्री : दुबईबाट दिल्ली, काठमाडौं, नेपालगञ्ज हुँदै धनगढी

१४ चैत, धनगढी । कारोना संक्रमण देखिएका धनगढीका ३४ वर्षीय पुरुष दुबईबाट दिल्ली हुँदै काठमाडौं आएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार साँझ धनगढीस्थित प्रादेशिक अस्पतालमा उपचाररत ३४ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको बताएको थियो । स्रोतकाअनुसार उनको प्रारम्भिक ट्राभल हिस्ट्री लिइएको छ । जसअनुसार उनी चैत ६ गते दुबईबाट इमिरेट्स एयरको […]

विपन्न परिवारलाई तिलोत्तमा नगरपालिकाको खाद्यान्न सहयोग

१४ चैत, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका अति विपन्न परिवारलाई घरमै पुगेर खाद्यान्न बाँडेको छ । लकडाउनका कारण विपन्न वर्गलाई छाक टार्न समस्या भएपछि नगरपालिकाले टोल विकास संस्थाहरुको सिफारिसमा शुक्रबारदेखि खाद्यान्न बाँड्न सुरु गरेको हो । शुक्रबार नगरपालिकाले वडा नम्बर ४ र ५ मा विपन्न परिवारलाई १० केजी […]

धनगढीमा पनि भेटिए कोरोना संक्रमित

१४ चैत, काठमाडौं । नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । प्रवक्ता देवकोटाले सं‌क्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । दुबईबाट आएका उनी चैत ११ गते अस्पताल […]

न्यूनतम आवागमन खुला गर्ने सरकारको निर्णय

१४ चैत, काठमाडौं । सरकारले दैनिक उपभोग्य वस्तुहरुको उत्पादन, ढुवानी, वितरण र किनमेललाई अवरोध नगर्ने भएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको शुक्रबार बसेको बैठकले न्यूनतम आवागमन खुला गर्ने निर्णय गरेको हो । बैठकपछि अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले भने, ‘दैनिकी चलाउन आवश्यक वस्तुको उत्पादन, ढुवानी, वितरण र त्यसका ग्राहकहरुको आवागमनलाई नरोक्ने निर्णय भएको […]

जनकपुरमा कालोबजारी गर्ने दुई जना पक्राउ

१४ चैत, जनकपुरधाम । पसलमा खाना पकाउने ग्यास राखेर पनि बिक्री नगर्ने र नुनमा कालोबजारी गरेको आरोपमा जनकपुरधामबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सरकारले जारी गरेको लकडाउनको समयमा ग्यास राखेर पनि सेवाग्राहीलाई बिक्री नगर्ने र नुन प्रति किलो ३५ रुपैयाँका दरले बिक्री गर्नेलाई शुक्रबार पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा […]

टेकु अस्पतालका चिकित्सकका मुख्य तीन चिन्ता

१४ फागुन, काठमाडौं  । ‘भेदभाव धेरै भो, तर हामी हाम्रो धर्म छोड्दैनौं ।’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्ष अगाडि रहेका चिकित्सकमध्ये एकले सुनाए, ‘हो, हामी अहिले कोरोना भाइरसविरुद्ध (कोभिड १९) युद्धको बोर्डर लाइनमा छौं । यसको मतलब हामी संक्रमित होइनौं । तर, अहिले घर, परिवार समाजले संक्रमितको जस्तो व्यवहार गर्न थालेका छन् ।’ […]

सुस्त कन्ट्याक ट्रेसिङ, जनस्वास्थ्यविद् भन्छन् – अमेरिकाले जस्तो खेलाँची नगरौं

१४ चैत, काठमाडौं । बुधबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइटका साथै सामाजिक सञ्जाल भाइबर कम्युनिटीमा अपडेट आयो, ‘नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका तेस्रो व्यक्ति भेटिए ।’ तर, रिपोर्ट पोजेटिभ आएको तेस्रो व्यक्तिबारे न त मन्त्रालयकै प्रवक्ता डा. विकास देवकाटालाई थाहा थियो न सम्बन्धित बिरामीको उपचार गरिरहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक […]

अख्तियारको हिरासतमा रहेका ८ जना थुनामुक्त, रंगेहात समातिएका पनि छुटे

१४ चैत, काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई फैलिन नदिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जनालाई थुनामुक्त गरेको छ । अनुसन्धानको सिलसिलामा हिरासतमा लिइएकामध्ये कसुरका आधारमा आठ जनालाई छाडिएको हो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले अनुसन्धानको पूर्णता र कसुरको मात्रा हेरेर उनीहरुलाई छाडिएको अनलाइनखबरलाई जानकारी दिए । ‘हिरासतमा नराखी बाँकी […]

दिनभर लकडाउन, साँझमा किनमेल !

१४ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन देश यतिबेला लकडाउनमा छ । एक हप्ताका लागि सरकारले घोषणा गरेको लकडाउनको चौथो दिन शुक्रबार हामीले काठमाडौंका केही सडक र गल्लीहरु चाहार्‍यौं । सरकारले घोषणा गरेको लकडाउनलाई जनताले पूर्णरुपमै पालना गरेका छन् । अत्यावश्यक बाहेकका अन्य काममा जनता सडकमा निस्किएका छैनन् । सवारी साधनहरुको लर्को लाग्ने […]



from समाचार – Online Khabar https://ift.tt/3buS4Ql
via IFTTT
Powered by Blogger.