समाचार
१७ चैत, सप्तरी । एक ठाउँमा मात्रै तरकारी बजार लगाउने निर्णय गरेपनि सामाजिक दुरी कायम नगरिँदा राजविराजमा तरकारी बजार पनि बन्द गरिएको छ । सोमबार बसेको नगरपालिकाको बैठकले सबै वडामा लाग्ने तरकारी बजार सोमबारदेखि बन्द गर्ने निर्णय गरेको छ । नगरपालिका प्रमुख शम्भु यादवले मंगलबारदेखि सबै वडामा सञ्चालन गरिएको तरकारी बजार पूर्ण रुपले बन्द गर्ने […]
१७ चैत, काठमाडौं । कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनले कोभिड १९ महामारी रोक्न सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि राहतका विशेष प्याकेज घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । युनियनका अध्यक्ष बद्री सिग्देलले सोमबार विज्ञप्ति जारी गरी लकडाउन अवधिको लागि श्रमजिवी पत्रकार र सञ्चारमाध्यमका लागि विशेष आर्थिक सहुलियतको योजना […]
१७ चैत, वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिकाबाट प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा ११ जनालाई नियन्त्रणमा लिएको छ । जिराभवानी गाउँपालिका सखुबनिया टोल स्थित फुलबारीमा जुवा खेल्दै गरेका स्थानीय २८ वर्षीय धर्मराज पंजियार, ३२ वर्षीय सुरेश प्रसाद थारू, ३० वर्षीय बिनोद चौधरी, ३० वर्षीय बिनय थारु, गोबिन्द कुमार थारू, ओझैया थारु, शिव शंकर नुनिया, सूर्य नारायण […]
१७ चैत, रामेछाप । भारतलगायत अन्य मुलुकबाट जिल्ला भित्रिएका ५६ जनालाई रामेछाप जिल्लामा क्वारेन्टाइनमा राखिएको छ । आइतबार साँझसम्म गोकुलगंगा गाउँपालिकामा सात जना, दोरम्बा गाउँपालिकामा १० जना, मन्थली नगरपालिकामा आठ जना, रामेछाप नगरपालिकामा १७ जना, खाँडादेवी गाउँपालिकामा १० र लिखु तामाकोशी गाउँपालिकामा चार जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी […]
१७ चैत, सप्तरी । लकडाउन उल्लंघन गरेको आरोपमा सशस्त्र प्रहरी बलले सर्वसाधारणमाथि निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । लकडाउन उल्लंघन गरेको आरोपमा बलान बिहुल गाउँपालिका–३ मौवाहाका हरेकृष्ण साह र चन्द्र यादवलाई सप्तरीको बलानबिहुल गाउँपालिकामा कुटपिट गरेका हुन् । घर नजिकै रहेको बिहारको लौकहा बजारबाट औषधि खरिद गरी फर्किने क्रममा कुटपिटमा भएको पीडित युवाले […]
१७ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लडाउन कार्यान्वयन गराउन सुरक्षाकर्मी १२ घन्टासम्म सडकमा खटिन्छन् । तर उनी सुरक्षाकर्मीहरुले कतिपय बेला पानी समेत खान पाउँदैनन् भने मास्कसमेत लगाएका हुँदैनन् । त्यसैले कतिपयले कार्यक्षेत्रमा खटिएका प्रहरी अधिकृतलाई मास्क, स्यानिटाइजर, भाइजर तथा खाजा दिन थालेका छन् । तर थोरै सामग्री […]
१७ चैत, वीरगञ्ज । पर्साबाट भारततर्फ अवैध रुपमा मदिरा लैजाँदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका – १६ बस्ने रामपुकार चौरसिया, वीरगञ्ज– ३२ बस्ने ३० वर्षीय नारायण राम र २० वर्षीय राजन महरालाई पक्राउ गरेको हो । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको […]
१७ चैत, सिड्नी । अस्ट्रेलियामा आइतबार साँझसम्मको रिपोर्टअनुसार कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ भने दुई लाख ११ हजारको परीक्षण गर्दा जम्मा तीन हजार नौ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमणको केन्द्रविन्दुको रुपमा रहेको न्यु साउथ वेल्स राज्य बनेको छ जहाँ एक हजार सात सय ९१ जनामा संक्रमण भेटिएको छ […]
१७ चैत, काठमाडौं । सरकारले महंगा सवारी साधनको आयातमा रोक लगाएको छ । सरकारको यो निर्णयलाई अटो मोबाइल्स व्यवसायीले स्वागत गरेका छन् । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले ५० हजार डलरभन्दा माथिका गाडी आयातमा रोक लगाएको हो । यो सँगै ६० लाखभन्दा महंगा गाडी नेपालमा भित्र्याउन पाइने छैन । सरकारले विलासी विस्तुको आयात रोक्ने नीति यसअघिदेखि […]
१७ चैत, वीरगञ्ज । वीरगञ्ज–रक्सौल नाकामा नेपालबाट घर फर्किन लागेका झण्डै एक हजारको संख्यामा भारतीय नागरिक अलपत्र परेका छन् । नेपालका विभिन्न स्थानबाट वीरगञ्ज आएका उनीहरुलाई भारतीय सुरक्षाकर्मीले भारत प्रवेश गर्न नदिएपछि उनीहरु अलपत्र परेका हुन् । काठमाडौं, पोखरा लगायतका स्थानमा मजदुरी, व्यापार गर्दै आएका उनीहरु घर फर्कन लागेका हुन् । नेपालका विभिन्न स्थानमा अलपत्र […]
१७ चैत, काठमाडौ । कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमितको कन्ट्यास ट्रेसिङमा आफ्नो जनशक्ति प्रयोग गर्न नेपाल नेपाल भेटेरिनरी एशोसिएसनले सरकारलाई आग्रह गरेको छ । वर्तमान अवस्थामा कोभिड १९ को सम्भावित संक्रमितको कन्ट्यास ट्रेसिङ पहिलो काम भन्दै पशु चिकित्सकले यसमा सघाउन सक्ने एशोसिएसनले बताएको हो । ‘एशोसिएसन आवद्ध देशभरका १२ सय पशुचिकित्सकले कन्ट्याक ट्रेसिङमा […]
१७ चैत, काठमाडौं । नेपालमा रहेका अमेरिकी नागकिरलाई फिर्ता लैजान मंगलबार जहाज आउने भएको छ । अमेरिकी सरकारले कतार एयरवेजको जहाज चार्टर्ड गरेको छ । यो जहाज काठमाडौंबाट दोहा हुँदै वासिंटन डिसीस्थित डल्लास एयरपोर्ट पुग्ने अमेरिकी दूतावासले जनाएको छ । सोमबार स्थलमार्गबाट नेपालका विभिन्न भागमा रहेका अमेरिकी नागरिकलाई भने काठमाडौं ल्याइदैछ । नेपालमा रहेका अमेरिकी […]
१७ चैत, काठमाडौं । निजी विद्यालयहरुले चैत महिनाको शुल्क मिनाहा गर्न शर्त राखेका छन् । सरकारले आइतबार कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित भएकाहरुलाई राहत घोषणा गर्दा माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको शुल्कमा आवासबाहेक अरु छुट दिन निर्देशन दिएको थियो । निजी तथा आवासीय विद्यालय संघ नेपाल (प्याब्सन)ले सरकारको निर्णय स्वागत योग्य भएको तर आफूहरूलाई […]
१७ चैत, काठमाडौं । निजी अस्पताल तथा सेवा प्रदायकहरुले चैत मसान्तसम्म आफूले प्रदान गर्ने सबै स्वास्थ्य सेवामा २० प्रतिशत छुट दिने भएका छन् । निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाहरुको संगठन (अफिन) ले आफ्ना सम्पूर्ण सदस्य तथा स्वास्थ्य सेवा प्रदायकलाई २०७६ चैत मसान्तसम्म सबै सेवामा २० प्रशित छुट दिन व्यवस्था मिलाइएको जनाएको छ । यो छुट […]
०३९ सालतिर कृषि क्याम्पस चितवनमा पढ्दाको साथीेले न्युयोर्कबाट बिहान सात बजे भिडियो कल गर्नुभयो । हतपत फोन रिसिभ गरेँ । सामान्य शिष्टतापछि विश्वव्यापी महामारी कोभिड १९ को बारेमा चर्चा नहुने कुरै भएन । आतंकित मनस्थिति उहाँमा झल्किन्थ्यो । सासै नबिराइ भन्नु हुन्छ– हेर्नुस आनन्दजी अमेरिका त नाम मात्रको छ । पहिले कोेरोना भाइरसलाई चाइनिज भाइरस […]
१६ चैत, काठमाडौं । कोरोना भाइरसका कारण चौतर्फी चपेटामा परेका सबै मुलुकको आर्थिक क्षेत्र समेत यसबाट अछुतो रहन सकेको छैन । अझ विदेशमा रोजगारीका लागि जानेहरुले पठाउने रेमिट्यान्स समेत कोरोना भाइरसको विश्वव्यापी महामारीको शिकार बनेको छ । नेपालबाट महिनामा औसत ५० हजार युवा रोजगारीका लागि बाहिरिन्थे । मासिक औसत ७५ अर्ब रेमिट्यान्स नेपाल भित्रिन्थ्यो । […]
१७ चैत, काठमाडौं । सेयर बजार बन्द गर्न नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ । कोरोना भाइरसका कारण असहज अवस्था सिजर्ना भएको बन्दै बजार बन्द गराउन निर्देशन दिएको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए । यसअघि पनि बोर्डको निर्देशनपछि नेप्सेले एक साताका लागि बजार बन्द गराएको थियो । एक साता मंगलबार पुग्दैछ […]
१७ चैत, कैलाली । सुदूरपश्चिम प्रदेशको दुई नाकाबाट तीन सातामा एक लाखभन्दा बढी मानिस नेपाल भित्रिएका छन् । सरकारको निर्णयअनुसार काम भएको भए उनीहरु स्वदेश फर्केदेखि आफ्नै घरमा १४ दिनसम्म ‘होम क्वारेन्टाइन’मा बस्नुपर्ने हुन्छ । सुदूरपश्चिम प्रदेशमा ८८ वटै स्थानीय तहमध्ये धेरैले क्वारेन्टाइन स्थल पनि बनाएका छन् । तर भारतबाट आएकामध्ये अधिकांश क्वारेन्टाइनमा छैनन् । […]
१७ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड — १९) को सम्भावित महामारी निगरानी गर्न काठमाडौं महानगरपालिकाले आइतबार ‘नेपाल कोभिड १९ निगरानी प्रणाली’ सार्वजनिक गरेको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले प्रणाली विकासकर्ताहरुलाई आफ्ना—आफ्नै ठाउँबाट भिडियो कन्फरेन्समा जोडेर राष्ट्रिय सभागृहबाट प्रणालीको शुभारम्भ गरे । यस प्रणालीमा कोभिड १९ सँग सम्बन्धित विशेषज्ञ डाक्टर, तथ्याङ्क विशेषज्ञ, भौगोलिक सूचना–प्रविधि […]
१७ चैत, बर्दिया । भारतसँग सीमा जोडिएका बाँके र बर्दिया जिल्लामा कोरोना संक्रमण रोक्न उच्च सतर्कता अपनाइएको छ । दुवै जिल्ला भारतसँग सीमा जोडिएकाले नाकाहरुमा निगरानी बढाइएको छ । दुवै जिल्लामा भारतबाट आउ–जाउ ठप्प छ । बाँके र बर्दियामा शंकास्पद २ सय १८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कवारेन्टाइनमा रहेकामध्ये अधिकांश सीमा नाका बन्द नहुँदै […]
१६ चैत, काठमाडौं । ग्यास सिलिण्डर बोकाएर सडकमा बसाएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीले सडकमा सिलिण्डर बोकाएर बसाएको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो । त्यसपछि के उद्देश्यले सिलिण्डर बोकाइए भन्ने विषयमा छानविन थालिएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उमेशराज जोशीले तस्वीर सार्वजनिक गर्ने व्यक्तिहरुसँग सोधपुछ […]
from समाचार – Online Khabar https://ift.tt/2Utt0nb
via IFTTT