समाचार
१३ चैत, चितवन । चितवनको भरतपुर अस्पतालले कोरोना संक्रमित बिरामीहरुको उपचारका लागि १० शय्याको आईसीयू सञ्चालन गर्ने भएको छ । अस्पतालको बिहीबार बसेको बैठकले अहिले चलिरहेको न्यूरो वार्डलाई खाली गरी १० शय्याको आईसीयू सेवा सञ्चालन गर्ने निर्णय गरेको अस्पतालका मेडिसिन विभाग प्रमुख प्रा.डा. प्रकाश खतिवडाले जानकारी दिए । त्यसका लागि अस्पतालले १० वटा भेन्टिलेटर स्वास्थ्य […]
१३ चैत, जनकपुरधाम । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको आशंकामा प्रदेश २ का बिभिन्न ठाउँका १५१ जनालाई क्वारेन्टाइनमा राखिएको छ । प्रदेश २ का आठ मध्ये सात जिल्लामा शंकास्पदलाई क्वारेन्टाइनमा राखिएको छ । महोत्तरीमा हालसम्म एक जना पनि शंकास्पद नदेखिएकाले क्वारेन्टाइनमा नराखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी सप्तरीमा क्वारेन्टाइनमा भर्ना गरिएको छ । […]
१३ चैत, काठमाडौं । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रदेशका ३ वटा अस्पताल तोकेको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले सुर्खेतको प्रदेश अस्पताल, जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुकुम पश्चिमको चौरजहारी सामुदायिक अस्पताललाई आइसोलेसन अस्पतालका रुपमा तोक्ने निर्णय गरेको हो । प्रदेश सरकारले उक्त कामका लागि प्रदेश अस्पताल र कर्णाली […]
१३ चैत, भक्तपुर । भक्तपुर नगरपालिकाले लकडाउनको अवधिमा दैनिक उपभोग्य बस्तुहरु किनमेल गर्न तीन घण्टा तोकेको छ । मेयर सुनिल प्रजापतिले बिहीबार अपील जारी गर्दै विहान ४ बजेदेखि विहान ७ बजेभित्र दैनिक उपभोग्य बस्तु खरिद गर्न नगरबासीलाई आग्रह गरेका हुन् । साथै अति आवश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन समेत अपील गरेका छन् । उनले […]
१३ चैत, वीरगञ्ज । पर्सा र बाराका विभिन्न स्थानबाट प्रहरीले लकडाउनको अवज्ञा गरी हिँडडुल गर्ने १९ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार बिहीबार पर्साबाट ३ जना र बाराबाट १६ जनालाई नियन्त्रणमा लिइएको हो । बाराबाट नियन्त्रणमा लिइएका १६ जनालाई १/१ सय रुपैयाँ जरिवाना लिएर छाडिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । उनीहरुलाई संक्रामक […]
१३ चैत, विराटनगर । प्रदेश १ मा थप ८ सय आइसोलेसन शय्या तयार गर्न प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले अस्पतालहरुलाई निर्देशन दिएका छन् । बिहीबारको छलफलपछि मन्त्री घिमिरेले कोशी अस्पताल, विराट मेडिकल कलेज, नोबेल मेडिकल अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीएण्डसी मेडिकल कलेज र मेची अस्पताललाई निर्देशन दिएका हुन् । कोरोना संक्रमितको […]
१३ चैत, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका–९ का वडाअध्यक्ष डा. अख्तर अन्सारीले मजदुरलाई खाद्यान्न वितरण गर्ने भएका छन् । लक डाउनको तेस्रो दिन वडाको घर घरमा पुगेर कोरोना भाइरसको बारेमा जानकारी दिँदै उनले राहत प्याकेजको घोषणा गरेका हुन् । लकडाउनको पालना गरी घर बसेका वडाका दैनिक ज्यालादारी गरी खाने मजदुरका लागि दुई दिनभित्र ५ किलो […]
१३ चैत, जनकपुरधाम । प्रदेश २ मा सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तु बिक्री गर्दा ब्यापारीले सुरक्षा सचेतना अपनाउन थालेका छन् । किराना, तरकारी र औषधि पसलका बिक्रेताहरुले कम्तीमा २ देखि तीन फिट दूरी राख्नुपर्ने व्यवस्था गरेका छन् । जनकपुरधाम, राजविराज, गौरसहितका ठाउँमा व्यापारीहरुले सर्वसाधारणका लागि घेरा बनाएका छन् । ती घेरामा उभिए मात्रै सर्वसाधारणले सामान पाइरहेका […]
१३ चैत, काठमाडौं । बेलायतमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट थप एक जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा लण्डनको साउथ इस्ट क्षेत्रमा बस्दै आएका चितवन बसेनी घर भएका ४० वर्षीय प्रशान्त अर्याल रहेका छन् । उपचारको क्रममा अर्यालको गत सोमबार मृत्यु भएको भएपनि अस्पतालले उनमा कोरोना संक्रमण रहेको पुष्टि बिहीबार मात्र गरेको गैरआवसीय नेपाली […]
१३ चैत, रौतहट । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएपछि लागि सरकारले लकडाउनको घोषणा गर्दै सबैलाई आआफ्नो घरभित्र बस्न आग्रह गरेको छ । तर दैनिक उपभोग्य बस्तुहरु किनमेल गर्नुपर्ने बाध्यता पनि छ । तरकारी, खाद्यान्न, औषधिलगायतका बस्तु किन्न पनि पर्नेछ, भिडभाडबाट बच्नु पनि पर्नेछ । रौतहटमा भने तरकारी पनि किन्न पाइने, दुई पनि कायम गर्ने […]
१३ चैत, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले इँटा उद्योग सञ्चालकमाथि भएको आक्रमणका दोषीहरुलाई कारबाही गर्न माग गरेका छन् । बिहीबार विज्ञप्ति निकालेर उनले रौतहटको गरुडा नगरपालिका अमरपट्टीस्थित ‘दाइभाइ इँटा उद्योग’का सञ्चालक रामबाबु चौधरीका भाइ मुकेशकुमार चौधरीमाथि सांघातिक हमला भएको उल्लेख गरेका छन् । मुकेशकुमार नेकपाका रौतहट […]
१३ चैत, काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिकी सभापति तारादेवी भट्टले समुदायस्तरमै कोरोना भाइरसको परीक्षण गर्ने व्यवस्था मिलाउन माग गरेकी छन् । बिहीबार बक्तव्य निकालेर उनले समुदायस्तरमै स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गरी आवश्यक सामग्री उपलब्ध गराएर कोरोना भाइरस परीक्षणको व्यवस्था यथाशीघ्र गर्न सरकारसमक्ष माग गरेकी हुन् । स्वास्थ्यकर्मीहरुलाई महामारीविरुद्ध तालिमको व्यवस्था गरेर […]
१३ चैत, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकालाल चौधरीले अपशब्द बोलेको भन्दै नेपाल पत्रकार महासंघ सुनसरी शाखाले आपत्ति जनाएको छ । एक स्थानीय टेलिभिजनले कोरोना भाइरस फैलिन नदिनका लागि नगरपालिकाले के कस्ता कार्य गरेको छ ? भनेर कुराकानी गर्न खोज्दा मेयर चौधरीले इन्कार गरेका छन् । त्यसक्रममा मेयर चौधरीले अपशब्द प्रयोग गरेका हुन् । […]
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट पाकिस्तानमा संक्रमित हुनेको संख्या एक हजार १०० नाघिसकेको छन् । अहिलेसमम ८ जनाको मृत्यु भइसकेको छ । तर सबैभन्दा अनौठोचाहिँ अन्यत्रभन्दा उल्टो प्रभाव देखिएको छ । अन्य मुलुकमा कोरोना भाइरसको प्रभाव वृद्ध उमेरका मानिसमा देखिए पनि पाकिस्तानमा युवाहरु बढी प्रभावित बनेका छन् । विशेषगरी २१-३० वर्ष समूहका युवाहरु यो […]
१३ चैत, काठमाडौं । अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार पुगेको छ । हालसम्म ६९ हजार बढीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले विश्वव्यापी रुपमा महामारीको रुप लिएको छ । यसबाट अमेरिकासमेत प्रभावित बनेको हो । भाइरसको नाम वुहान बनाउने प्रयास असफल […]
१३ चैत, वीरगञ्ज । लकडाउनका कारण किसानले तरकारी बेच्न नपाएको र उपभोक्ताले खरिद गर्न नपाएपछि सखुवाप्रसौनी गाउँपालिका-५ महुवनको सहास साना किसान कृषि सहकारी संस्थाले किसानसँग तरकारी संकलन गरेर बिक्री गर्न थालेकोछ । सहकारीले स्थानीय महुवन प्रहरी चौकीको समन्वयमा ‘बिक्री केन्द्र’ खोलेको छ । प्रहरी चौकीकै नजिक खोलिएको बिक्री केन्द्र सञ्चालनको जिम्मा लेखापाल सन्तोष बर्णवाललाई दिइएको […]
१३ चैत, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आपूर्ति व्यवस्थामा देखिएको समस्या समाधान गर्न परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको छ । कोरोना सर्तकता तथा सुरक्षाका लागि भारतले लिएको लकडाउनसम्बद्ध नीतिले नेपालको आपूर्ति प्रणालीमा असर परेको भन्दै मन्त्रालयले भारतसँग सहजीकरण गरिदिन परराष्ट्रलाई आग्रह गरेको हो । भारतीय नीतिका कारण तेस्रो मुलुकबाट भारत ट्रान्जिट भएर आउने औषधि […]
१२ चैत, काठमाडौं । लकडाउनका कारण पोखरामा अलपत्र परेका फ्रान्सेली पर्यटकलाई उद्दार गरिएको छ । बिहीबार अपरान्ह बुद्ध एयरको जहाजले उनीहरुलाई काठमाडौं ल्याएको छ । नेपालस्थित फ्रान्सेली दूतावासले उनीहरुलाई काठमाडौं ल्याउन जहाज चार्टर गरेको थियो । उनीहरुलाई काठमाडौंको होटलमा राखिनेछ । फ्रान्सबाट आउने चार्टर विमानले उनीहरुलाई फिर्ता लैजानेछ ।
१३ चैत, तनहुँ । लकडाउनको समयमा दैनिक गुजारा टार्न समस्या पर्ने आफ्नो निर्वाचन क्षेत्रका जनतालाई तनहुँका एकजना सांसदले सहयोग गर्ने बचन दिएका छन् । तनहुँ क्षेत्र १ का १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) ले सार्वजनिक अपिलमार्फत सो जानकारी गराएका हुन् । उनले लकडाउनको अवस्थामा दैनिक ज्यालादारी काम गरेर खाने तथा विपन्न जनतालाई दैनिकी […]
१३ चैत, बुटवल । कोरोना संक्रमणको त्रास बढ्दै जान थालेपछि रुपन्देहीको रोहिणी गाउँपालिकाले बाहिरबाट आएका नेपालीहरुलाई लक्षित गरी १५ शैय्याकोे क्वारेन्टाइन बनाउने भएको छ । धकधइमा रहेको रामनरेश आदर्श माध्यमिक विद्यालयमा हाललाई १५ शैय्याको क्वारेन्टाइन बनाउने र आवश्यकता अनुसार यसलाई थप्दै लैजाने गाउँपालिकाको बैठकले निर्णय गरेको छ । रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले कोभिड-१९को रोकथाम […]
१३ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमण र त्यसबाट उत्पन्न परिस्थितिले आगामी वर्षको बजेट निर्माणको काम प्रभावित बनेको छ । सामान्य अवस्था छँदा यतिबेलासम्म आधाउधि काम पूरा भइसक्नुपर्नेमा लगभग शून्य अवस्था रहेको मन्त्रालयका अधिकारीहरु बताउँछन् । विगतका वर्षमा मध्यचैत सम्म आइपुग्दा बजेट निर्माणको कामले निकै गति लिइसकेको हुन्थ्यो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट […]
from समाचार – Online Khabar https://ift.tt/3dvPrjm
via IFTTT






















