Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सिन्धुलीमा स्वास्थ्यकर्मीलाई घरभेटीले बस्न दिएनन्   

१८ चैत, सिन्धुली । सिन्धुलीमा स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न दिएका छैनन् । सिन्धुली अस्पतालमा कार्यरत २२ स्वास्थ्यकर्मीलाई घरबेटीले घरमा बस्न नदिएका हुन् । कोरोनाको आशङ्कामा आइसोलेसनमा बिरामीको सङ्ख्या थपिएसँगै अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीले डेरा गरिएका कोठामा बस्न पाएका छैनन् । डेरा घरमा जाँदा दुर्व्यवहार हुन थालेपछि स्वास्थ्यकर्मी हाल अस्पतालमै बस्दै आएका छन् । डेरामा जाँदा घरभेटीले दुर्व्यवहार […]

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३७ हजार नाघ्यो

१८ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ज्यान गुमाउने मानिसको संख्या ३७ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार विश्वभर मृत्यु हुने मानिसको संख्या ३७ हजार नाघेको हो । ज्यान गुमाउनेमध्ये इटालीमा सबैभन्दा धेरै ११ हजार पाँच सय ९१ जनाको ज्यान गएको छ । त्यस्तै, स्पेनमा सात हजार सात सय […]

लकडाउन उल्लंघन गरेका युवक कुट्ने सशस्त्र प्रहरी निलम्बित

१८ चैत, सप्तरी । औषधि किनेर सीमावर्ती क्षेत्र भारतबाट आइरहेको अवस्थामा सप्तरीका दुई युवकलाई निर्घात कुटपिट गर्ने सशस्त्र प्रहरीका जवानलाई कारबाही गरिएको छ । कुटपिटमा संलग्न एक जवानलाई निलम्बन गरिएको छ भने अर्का एक जनालाई कारबाहीका लागि सदरमुकाम राजविराज तानिएको छ । दुई युवकलाई बलान बिहुल गाउँपालिकास्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा निर्घात कुटपिट गर्नेमध्येका मनोज चौधरीलाई […]

कोरोना भाइरसविरुद्ध तरकारी बजारमा सतर्कता

१८ चैत, काठमाडौं । कोरोना भाइरसको रोकथामका लागि तरकारी बजारहरुले पनि सर्तकता अपनाउन थालेका छन् । सरकारले लकडाउनको समयमा पनि खुल्ने तरकारी बजारमा बिहान र साँझ सर्वसाधारणको भीड बढ्न थालेपछि बजार व्यवस्थापन समितिहरुले थप सर्तकता अपनाउन थालेका हुन् । उनीहरुले कम्तीमा ३ फिट टाढा बस्नुपर्ने नियमलाई पालना गराउनका लागि तीन फिटको दुरीमा सेतो गोलो घेरा […]

महिना दिनको हाजिर गरी स्वास्थ्यकर्मी टाप !   

१८ चैत, सिमकोट । हुम्लाको डाडाफया स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू चैत अन्तिमसम्मको हाजिर गरी टाप कसेका छन् । सिमकोट गाउँपालिका–७ मा रहेको डाडाफया स्वास्थ्यचौकीका इन्चार्जसहित अन्य स्वास्थ्यकर्मीले कार्यालयमा पुगी यो महिनाभरि शनिबारको समेत हाजिर गरी फिर्ता भएका छन् । चीनबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा देखिएपछि सरकारले स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्था नछाड्न निर्देशन दिएका बेला हुम्लामा ठिक […]

चितवनको सरस फुड इन्डस्ट्रीमा आगलागी

१८ चैत, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ४ लंकुमा रहेको सरस फुड इन्डस्ट्रीमा आगलागी भएको छ । स्थानीयका अनुसार उद्योगमा मंगलबार बिहान करिब ५ बजे आगलागी सुरु भएको हो । हाल भरतपुर महानगरपालिकाका दुई, खैरहनी नगरपालिकाको एउटा र नेपाली सेनाको एक दमकलद्वारा आगो निभाउने काम भइरहेको छ । आगो लगभग नियन्त्रणमा आइसकेको जिल्ला […]

२०७७ सालको दशैं कात्तिक १० गते, तिहार मंसिर १ गते

१८ चैत, काठमाडौं । २०७७ सालको दशैंको टीका कात्तिक १० गते परेको छ । तिहार भने मंसिर १ गते परेको छ । सरकारले २०७७ सालका सार्वजनिक विदाहरुको सूची सार्वजनिक गरेको छ । सो सूचीअनुसार दशैं–तिहार जस्ता चाडपर्व केही पछि धकेलिएका छन् । २०७७ सालको दशैं विदा कात्तिक ७ गते फूलपातीदेखि ११ गते एकादशीसम्म पाँच दिन […]

महामारीले एसियाको आर्थिक वृद्धिमा ठूलो असर : विश्व बैंक

१८ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीले एसियाली अर्थतन्त्र निकै सुस्ताउने विश्व बैंकले बताएको छ । विशेषगरी पूर्वी एसिया र प्रशान्त क्षेत्रका मुलुक र चीनको अर्थतन्त्र नराम्ररी प्रभावित बन्ने विश्व बैंकले अनुमान गरेको छ । सोमबार विश्व अर्थतन्त्रबारे नयाँ प्रक्षेपण सार्वजनिक गर्ने क्रममा विश्व बैंकले यो अवस्थामा आर्थिक वृद्धिको प्रक्षेपण गर्नु निकै कठिन […]

लकडाउन ? मध्यरातमा शहर छाड्न सधैं खुल्ला (भिडियो सहित)

१८ चैत, काठमाडौं । सिंगो देश लकडाउनमा छ । शहरबासी घरभित्रै बसेको सात दिन भइसक्यो । अब कम्तिमा पनि २५ चैतसम्म यसरी नै लकडाउनमा बस्नुपर्नेछ । यदि जरुरी काम पर्‍यो र बाहिर निस्कियो भने पनि प्रहरीले केरकार गर्छ, सडक किनारामा दुई घण्टासम्म उभ्याउँछ । तर, सोमबार साँझ बल्खु कटेर कीर्तिपुरतर्फ लाग्दा यस्तो लाग्थ्यो, लकडाउन होइन, […]

उपत्यकाका ९ अस्पताल पुग्दा…

घटना १ : चैत १२ गते बिहान १० बजेतिर एकजना बिरामी टेकु अस्पतालको प्राङ्गणमा पुगे । उनलाई सामान्य रुघा लागेको थियो, ज्वरो थिएन । निरन्तर खोकिरहेका उनको नियमित डायलासिस गर्ने पालो त्यसै दिन थियो । तर, डायलासिस गराइरहेको अस्पतालले भन्यो, ‘टेकु अस्पताल गएर कोरोना संक्रमण नभएको रिपोर्ट लिएर आउनू ।’ त्यसैले उनी टेकु अस्पताल पुगेका […]

पाँचथरमा विदेशबाट फर्किएका एक तिहाइ क्वारेन्टाइन बाहिर

१८ चैत, फिदिम । पाँचथरमा विदेशबाट फर्किएका एक तिहाइभन्दा बढी मानिस क्वारेन्टाइन तथा होम क्वारेन्टाइनभन्दा बाहिर रहेको जिल्ला स्तरको सरकारी तथ्याङ्कले देखाएको छ । विदेशमा तथा यात्राका क्रममा कोरोना भाइरसको सङ्क्रमण भएको हुन सक्ने आशङ्कामा चैत महिनाभित्र नेपाल आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने भनिएपनि पाँचथरमा त्यस्ता करिब ३३ प्रतिशत क्वारेन्टाइनमा नरहेको उक्त तथ्याङ्कले देखाएको छ । […]

भक्तपुरको हनुमन्ते खोलामा महिलाको शव भेटियो

१८ चैत, भक्तपुर । मध्यपुर थिमी नगरपालिका गठ्ठाघर र सूर्यविनायक नगरपालिका बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा एक महिलाको हत्या गरी फ्याँकेको अवस्थामा शव भेटिएको छ । शवको प्रकृति हेर्दा करिब एक साताअघि हत्या गरेर फ्याँकेको हुनसक्ने प्रहरीको अनुमान छ । सोमबार साँझ खोलामा शव भेटेपछि महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान र अपराध […]

भक्तपुरबाट गएको जिप रामेछापमा दुर्घटना, ३० जना घाइते

१८ चैत, काठमामडौं । रामेछापको खाँडादेवी- १ राकाथुममा मंगलबार बिहान जिप दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । भक्तपुरबाट रामेछापको दोरम्बातर्फ जाँदै गरेको बा १४ च ९४९८ को जिप सडकदेखि करिब १ सयमिटर तल खसेर दुर्घटना भएको रामेछापका डीएसपी बसन्त पाठकले अनलाइनखबरलाई जानकारी दिए । प्रहरीले दुर्घटना भएको खबर पाउनेवित्तिकै बिहान ५ बजे घाइते […]

लकडाउन पालनामा सहयोग गर्न तरुण दलको परिपत्र

१८ चैत, काठमाडौं । नेपाली कांग्रेसको युवा संगठन तरुण दलले सरकारले लागू गरेको लकडाउन पूर्ण पालनामा सहयोग गर्न आफ्ना जिल्ला समितिहरुलाई निर्देशन दिएको छ । तरुण दलले मंगलबार जिल्ला समितिलाई परिपत्र गरी यो अवधिमा दैनिक जीवन कठिन बन्न सक्ने भएकाले स्थानीय प्रशासनको अनुमति लिई सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेको छ । तरुण दलले बाहिरी मुलुकबाट […]

एटीएममात्र खुल्दा दृष्टिविहीनलाई पैसा झिक्न समस्या

१८ चैत, काठमाडौं । धनकु्टाका जीतबहादुर भक्तपुरमा डेरा गरी बस्छन् । उनी दृष्टिविहीन छन् । दृष्टिविहीनलाई बैंकमा खाता खोल्दा एटीएम कार्ड दिइँदैन । चेकमा ल्याप्चे लगाएपछि मात्रै पैसा झिक्न सक्छन उनीहरु । तर, कोरोना भइरसको संक्रमण फैलिन नदिन सरकारले देशब्यापी लकडाउन गरेपछि जीतबहादुर समस्यामा परेका छन् । बैंकमा पैसा छ तर, झिक्न पाएका छैनन् । […]

युएईमा कोरोना संक्रमित नेपालीको संख्या ६ पुग्यो

१८ चैत, युएई । युएईमा हालसम्म ६ जना नेपालीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । दुईजना भने उपचार पछि निको भएका छन् । युएईमा मार्च ९ मा पहिलो २ जना नेपाली सहित १४ जना संक्रमित फेला परेका थिए । तर, सोमबारसम्म संक्रमित नेपालीको संख्या ६ पुगेको युएईको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै यहाँस्थित […]

कहाँ पुग्यो कन्ट्याक ट्रेसिङ ? अहिले भन्न सकिन्न

१७ चैत, काठमाडौं । नौ सय १७ नमुना परीक्षण, ५ पोजेटिभ । जसमध्ये एक जना निको भएर घर फर्किए । । यो नेपालको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आइतबार साँझसम्मको आउटब्रेक तथ्यांक हो । तर, यो तथ्यांकसँग जनस्वास्थ्य विज्ञहरु सन्तुष्ट छैनन् । एकदमै थोरै परीक्षण भएकाले संक्रमण फैलिने डर बढेको उनीहरुको तर्क छ । एक जनस्वास्थ्य […]

गाउँलेले रातारात एम्बुलेन्समा कोचेर पठाए, अस्पतालले भर्ना नलिँदा चौतारीमा रात काटे

१७ चैत, पोखरा । झमक्क साँझ परिसकेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राङ्गण पनि सुनसान छ । बिरामीको चाप नभएकाले एकाध मानिसहरु मात्र इमर्जेन्सी वार्डबाहिर छन्, जो नियमित बिरामीका कुरुवा रहेछन् । अस्पताल छिर्ने मुल गेटनिर प्रयोगशाला छ । प्रयोगशालाको अघितिर कोरोना भाइरस (कोभिड–१९) को टेस्ट गर्न बनाइएको टेन्ट छ । टेन्टको अघिल्तिर चौतारोमा […]

अस्ट्रेलियामा नेपालीको नालीबेली : ९ जनामा संक्रमण, ४ जना निको भए

१७ चैत, सिड्नी । अस्ट्रेलियामा आइतबार साँझसम्मको रिपोर्टअनुसार कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ भने दुई लाख ११ हजारको परीक्षण गर्दा जम्मा तीन हजार नौ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमणको केन्द्रविन्दुको रुपमा रहेको न्यु साउथ वेल्स राज्य बनेको छ जहाँ एक हजार सात सय ९१ जनामा संक्रमण भेटिएको छ […]

निजी विद्यालयको एक महिने शुल्क मिनाहा गर्न प्याब्सनको दुई शर्त

१७ चैत, काठमाडौं । निजी विद्यालयहरुले चैत महिनाको शुल्क मिनाहा गर्न शर्त राखेका छन् । सरकारले आइतबार कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित भएकाहरुलाई राहत घोषणा गर्दा माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको शुल्कमा आवासबाहेक अरु छुट दिन निर्देशन दिएको थियो । निजी तथा आवासीय विद्यालय संघ नेपाल (प्याब्सन)ले सरकारको निर्णय स्वागत योग्य भएको तर आफूहरूलाई […]

धार्चुलामा अलपत्र नेपालीलाई उतै रोक्ने निर्णय, ३ जना महाकालीमा पौडिँदै आए

१७ चैत, काठमाडौं । नेपाल र भारतको सीमा दार्चुलापारि धार्चुलामा अलपत्र परेकाहरूलाई नेपाल प्रवेश गर्न नदिने निर्णय प्रशासनले गरेको छ । स्थानीय प्रशासनले स्वदेश आउन नदिएपछि तीन जना नेपाली भने महाकाली नदीमा पौडी खेल्दै नेपाल प्रवेश गरेका छन् । उनीहरुलाई नेपाली भूमिमा आउनासाथ प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएको छ । कोरोना भाइरस रोकथामको उद्देश्यले गरिएको  […]



from समाचार – Online Khabar https://ift.tt/2USbA2R
via IFTTT
Powered by Blogger.