समाचार
१४ चैत, वीरगञ्ज । लकडाउनको मौका छोपी कालोबजारी गरेकाे आरोपमा वीरगञ्जको छपकैयाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलन नदिन आव्हान गरिएको लकडाउनको मौका छोपेर कालोबजारी गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–१ छपकैयाका ५० वर्षीय जगनारायण पटेल पक्राउ परेका हुन् । कालोबजारी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय पर्साबाट खटिएको टोलीले बिहीबार बेलुका […]
१४ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङबीच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्तापछि यसअघि कोरोना भाइरसलाई ‘चाइनिज भाइरस’ भन्दै आएका ट्रम्पको बोली फेरिएको छ । अमेरिकी समयअनुसार बिहीबार बेलुका भएको फोन वार्तामा राष्ट्रपति ट्रम्प र राष्ट्रपति सीबीच कोरोना भाइरस महामारी नियन्त्रणबारे कुराकानी भएको थियो । वार्तापछि अमेरिकी राष्ट्रपति […]
१४ चैत, काठमाडौं । झापाको बिर्तामोडमा रहेको वीएण्डसी अस्पताल सरकारलाई दिने सञ्चालक दुर्गा प्रसाईंले घोषणा गरेका छन् । विश्वव्यापी रुपमा कोरोना (कोभिड–१९) भाइरसको महामारी फैलिरहेका वेला उपचारका लागि सरकारलाई अस्पताल सुम्पने उनले घोषणा गरेका हुन् । ‘हामीसँग एक सय वटा आईसीयू, २५ वटा भ्याडिलेटर, एक सय ५ जना डाक्टर, नर्ससहित गरी ९ सय जना कर्मचारी […]
१४ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) उपचारका लागि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले माग गरेको कन्सल्टेण्ट एनेस्थेसियोलोजिस्ट पदमा शून्य आवेदन परेको छ । यद्यपि, अन्य ३ पद मेडिकल अधिकृत, नर्सिङ अधिकृत र स्टाफ नर्समा भने माग गरिएभन्दा बढी आवेदन परेका छन् । सरुवा रोग केन्द्रले कोरोना भाइरसका संक्रमितको उपचारका लागि चैत ९ […]
१४ चैत, काठमाडौं । कोरोना, कोरोना, कोरोना । अहिले यो जति उच्चारण हुने शब्द अर्को छैन होला । सारा विश्व नै कोरोना भाइरस कोभिड १९ को महामारीमा फसेको छ । लाखौंमा यसको संक्रमण भइसकेको छ भने हजारौंको मृत्यु भइसकेको छ । कुनै क्षेत्र छैन जहाँ कोरोनाको असर नपरेको होस् । यसले न कुनै जाति वर्ग भन्छ न धनी […]
१४ चैत, काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) सालकबाट मानिसमा सरेको आशंका गरिएको छ। वैज्ञानिकहरुले गरेको अनुसन्धानमा तस्करी गरिएका सालकमा अहिले विश्वभर महामारी फैलिएको भाइरस जस्तै फेला परेपछि यो तथ्य बाहिर आएको हो । वैज्ञानिकहरुले भविष्यमा आउनसक्ने यस किसिमको महामारीबाट बच्न जंगली जनावरको बजारमा कडाइका साथ रोक लगाउनुपर्ने बताएका छन् । सालक सबैभन्दा […]
१३ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को असरका कारण निजी क्षेत्रले माग्दै आएको ब्याजदर सहुलियत तत्कालै उपलब्ध नहुने भएको छ । कोरोनाले उद्योग-व्यवसाय धरासायी हुने खतरा बढेको भन्दै निजी क्षेत्रले ब्याजदर सहुलियत माग्दै आएका थिए । यसका लागि तत्कालै कदम नचालिने नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार कोरोना प्रभावितहरुका लागि भने […]
१४ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । मुटुको चासमा समस्या देखिएपछि ओलीलाई बिहीबार साँझ साढे ११ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्जमा भर्ना गरिएको थियो । अस्पतालका डा. अरुण सायमीका अनुसार सम्भवतः उनलाई शुक्रबार साँझसम्ममै डिस्चार्ज गरिनेछ । ‘हिजो मुटुको चालमा गडबडी भएर अस्पताल […]
१४ चैत, काठमाडौं । आगामी १८ गते पछि विदेशबाट फर्किने काठमाडौंका सबै नागरिकको काठमाडौं महानगरपालिकाले अभिलेख राख्ने भएको छ । महानगरले सबै वडा कार्यालयहरुलाई परिपत्र गर्दै विदेशबाट काडमाढौं फर्कनेहरुको अभिलेख राख्न भनेको हो । कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउन गरेपछि केही असहज बनेको नगरवासीको जीवनयापनलाई सकेसम्म सहज बनाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यको […]
१४ चैत, काठमाडौं । कोरोनाको विश्वप्यापी प्रभावका कारण लकडाउनको स्थिति आएपछि राष्ट्रिय दैनिक पत्रिकाको मुद्रण शनिबारदेखि केही दिनका लागि बन्द हुने भएको छ । कान्तिपुरसँगै काठमाडौं पोष्ट, नेपाल साप्ताहिक, नारी र साप्ताहिक पनि केही दिन नछापिने कान्तिपुरका पब्लिकेसनका प्रकाशकले जनाएका छन् । कोरोनाको जोखिमसँगै प्रिन्ट मिडियामा संकट आउन थालेको छ । यसअघि नै साप्ताहिकरुपमा प्रकाशित […]
१४ चैत, चितवन । पूर्वीनवलपरासीको रहजरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयलाई क्वारेन्टाइन बनाइने भएको छ । झण्डै ४ सय बेड क्षमताको चिकित्सालयलाई क्वारेन्टाइन बनाउन दिने निर्णय गरिएको व्यवस्थापक हरि सापकोटाले जानकारी दिए । त्यसका लागि चिकित्सालयमा रहेका सबै बिरामीहरुलाई डिस्चार्ज गरेर घर पठाइ सकिएको छ । उनले भने ‘हामीसँग पनि बिरामी आउने अवस्था छैन, समुदाय र […]
१४ चैत, बुटवल । तिलोत्तमा नगरपालिकाले १ करोड रुपैयाँको प्रकोप व्यवस्थापन कोष स्थापना गरेको छ । कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गरी कोष खडा गरिएको नगरपालिकाले जनाएको छ । प्रकोप व्यवस्थापन कोषमा रहेको ८० लाख रुपैयाँ र स्वास्थ्य तथा सामुदायिक विशेष कोषमा रहेको २० लाख थपेर एक करोडको कोष बनाइएको हो । उक्त कोषमा नगरप्रमुख […]
१४ चैत, काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक सबै प्रवन्ध मिलाएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । नागरिकको जीवन रक्षाका लागि सरकारले लकडाउन गरेकाले त्यसको भने पूर्ण पालना गर्न उनले आग्रह गरे । ‘सामान्य हेलचेक्राइँले विपद् आउनसक्न सक्छ । त्यसैले सतर्क रहनु उत्तम उपय हो,’ मन्त्री मानन्धरले भने, […]
१४ चैत, काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य गजेन्द्रकुमार लामाको बिहीबार निधन भएको छ । कांग्रेस काठमाडौं क्षेत्र नं ३ का महासमिति सदस्य लामाको भारतको मेदान्त अस्पतालमा कलेजो प्रत्यारोपणपछि उपचारका क्रममा निधन भएको सो पार्टीका वागमती प्रदेशसभाका सदस्य छिरिङ दोर्जे लामाले जानकारी दिए । लुम्बिनी विकास कोषका पूर्वउपाध्यक्षसमेत रहेका लामा महेन्द्र बौद्ध माध्यामिक विद्यालय व्यवस्थापन […]
१४ चैत, धरान । विदेशबाट आएका व्यक्तिमा कोरोना संक्रमण देखिएपछि धरानमा विदेशबाट आएका व्यक्तिको विवरण संकलन सुरु गरिएको छ । गृह मन्त्रालयले विदेशबाट आएका व्यक्तिको विवरण पठाउन पत्राचार गरेपछि धरान उपमहागनरपालिकाले पनि विदेशबाट आएका व्यक्तिको खोजी तीव्ररुपमा बनाएको हो । प्रत्येक वडाले आफ्नो वडामा विदेशबाट आएकाहरुको तथ्यांक संकलन गरिरहेको छ । हालसम्म धरानमा ६४ जना […]
१४ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । बिहीबार रातिदेखि शरीरमा असहज महसुस भएकाले प्रधानमन्त्रीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको स्रोतले बतायो । प्रधानमन्त्रीको मुटुको चालमा केही तलमाथि देखिएको भए पनि अहिले बिहानसम्म स्थिति सामान्य बनिसकेको स्रोतले बताएको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपर्ने भएता पनि […]
१४ चैत, चितवन । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–७, चोरमाराको भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । २ जना घाइते छन् । चोरमारादेखि उत्तर अम्रसातर्फ जाँदै गरेको ना ४३ प २९८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही स्थानका २८ वर्षीय भोजबहादुर महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते महतोलाई चितवनको पुरानो […]
१४ चैत, काठमाडौं । कोरोना भाइरस परीक्षण गर्ने कीट र पीपीई लगायतका औषधिजन्य सामाग्रीहरु लिन नेपाल वायु सेवा निगमको ए–३३२ वाइडबडी विमान चीनको ग्वाङझाओ जाने तयारी गरिएको छ । विमानस्थल भन्सार कार्यालय स्रोतका अनुसार भोलि शनिबार नेपाल एयरलाइन्सको बाइडबडी विमान काठमाडौंबाट ग्वाङझाओ जान तयारी गरिएको छ । औषधिजन्य सामाग्री लिनका लागि शनिबार फ्लाइट नम्बर आरएनए […]
१४ चैत, बार्सिलोना । स्पेनमा चार जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ । बार्सिलोनाको साग्रादा फ्यामिलिया बस्दै आएका एक जना नेपालीको भने सान्पाओ अस्पतालमा उपाचार भइरहेको छ । अन्य ३ जना भने हस्पितालेद क्षेत्रका हुन् । उनीहरु त्यहाँस्थित अस्पतालमा भर्ना भएका छन् […]
१४ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को कारण पछिल्लो २४ घण्टामा इटाली र स्पेनमा १४ सयभन्दा बढी मानिसको ज्यान गएको छ । वर्ल्डओमिटरका अनुसार इटालीमा एकैदिन ७१२ जनाले ज्यान गुमाएका छन् । यससँगै इटालीमा मृत्यु हुनेको संख्या पनि ८ हजार २१५ पुगेको छ । त्यस्तै संक्रमितको संख्या पनि बिहीबार इटालीमा ८ हजारभन्दा बढीले बढेको […]
१४ चैत, काठमाडौं । चीन र युरोपपछि कोरोना भाइरसको इपिसेन्टर बनेको अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित फेला परेका छन् । अमेरिकाको जोन हकिन्स युनिभर्सिटीका अनुसार, हालसम्म अमेरिकाभर ८३ हजार ५०० मानिसमा कोरोनाको लक्षण भेटिएको छ । ५ लाख ५२ हजार मानिसमा गरिएको परीक्षणमा यतिधेरै संक्रमित भेटिएका हुन् । यो संख्या कोरोनाको उद्गमस्थल चीनको भन्दा १ […]
from समाचार – Online Khabar https://ift.tt/2USyfft
via IFTTT





















