Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

गाउँपालिकाले मजदुरलाई खाद्यान्न दिने

१५ चैत, प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका बाहानेले क्षेत्रभित्र ज्यालादारी रुपमा काम गरी बिहान–बेलुका खाना जुटाउने मजदुरलाई एक महिनाका लागि खाद्यान्न दिने भएको छ । शुक्रबार आकस्मिक कार्यपालिका सदस्य र कर्मचारीको बैठक बसी मजदुरलाई खाद्यान्न पुर्याउने निर्णय गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराम शर्माले जानकारी दिए । गाउँपालिकाले वडाध्यक्षमार्फत आठ वटै वडाका ज्यालादारी मजदुरीको लगत […]

प्रधानसेनापति थापाले भने – कोरोनाबारे आधिकारिक सूचनामा मात्र विश्वास गर्नुस्

१५ चैत, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना भाइरसबारे आधिकारिक सूचनामा मात्र विश्वास गर्न नेपाली सेनाका सकलदर्जालाई निर्देशन दिएका छन् । कारोना (कोभिड–१९) रोकथामका लागि नियन्त्रणमा खटिएका सैनिक अधिकृत तथा जवानहरूलाई सम्बोधन गर्दै थापाले विश्वासनीय सूचनामा मात्र भर पर्न भनेका हुन् । थापाले दश बुँदे निर्देशन दिँदै ‘नागरिकको सेवामा समर्पित हुँदा आफ्नो सुख सुविस्ता भुलेर […]

पुरिँदै ओजोन तह

१५ चैत, काठमाडौं । पछिल्लो समय ओजोनको तहमा सुधार आइरहेको एक अध्ययनले देखाएको छ । कोलोराडो बोउल्डर यूनिभर्सिटीले गरेको एक अनुसन्धानले अन्टार्कटिकाभन्दा माथिको ओजोन तहमा निरन्तर सुधार आइरहेको देखाएको हो । वैज्ञानिकहरुका अनुसार अहिले दक्षिणी गोलार्धको वायुमण्डलमा देखिँदै आएको धेरै जोखिमपूर्ण परिवर्तन रोकिएका छन् । तर, यो परिवर्तन अस्थायी मात्र पनि हुन सक्ने उनीहरुले बताएका […]

कहाँ छ ललितपुर महानगरको मास्क र स्यानिटाइजर ?

१५ चैत, ललितपुर । ललितपुर महानगरपालिका–१० निवासी राजेश महर्जनले बजारमा मास्क र स्यानिटाइजर खोजेको धेरै दिन भयो । उनले मास्क र स्यानिटाइजर पाउन नसकेपछि साबुनपानीले मात्र हात धुने गरेको गुनासो गरे । ‘खोइ महानगरपालिकाले स्यानिटाइजर बनाएर जनतालाई प्रयोग गर्न दिन्छ रे भन्ने सुनेको थिएँ । बजारमा खोज्न गएँ न मास्क छ न त स्यानिटाइजर । […]

रामेछापमा क्वारेन्टाइनमा बस्नेको संख्या ४२ पुग्यो

१५ चैत, रामेछाप । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि रामेछाप जिल्लाका आठ वटै स्थानीय तहले उच्च सतर्कता अपनाएका छन् । छिमेकी मुलुक भारत र अन्य बिभिन्न देशहरुबाट आएका ४२ जनालाई जिल्लाका बिभिन्न स्थानका क्वारेन्टाइनमा राखिएको छ । शुक्रबार साँझसम्म रामेछाप नगरपालिकामा १२ जना, दोरम्बा गाउँपालिकामा १० जना, मन्थली नगरपालिकामा ९ […]

अमेरिकामा एकैदिन चार सय जनाको मृत्यु, एक लाख नाघे संक्रमित

१५ चैत, काठमाडौं । अमेरिकामा शुक्रबार एकैदिन कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ४ सय जनाको मृत्यु भएको छ । वर्ल्ड ओमिटरकाअनुसार यससँगै अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार छ सय ९५ पुगेको छ । त्यस्तै, शुक्रबार एकैदिन अमेरिकामा १८ हजार नयाँ संक्रमित भेटिएका छन् । यससँगै समग्र संक्रमितको संख्या एक लाख ४ हजार […]

‘सरकार तयार भए हामी पन्छिने कुरै आउँदैन’

१५ चैत, चितवन । कोरोना भाइरस संंक्रमण र त्यसविरुद्व सरकारले गरेको ‘लकडाउन’ बढ्दै जाँदा अस्पतालहरुमा बिरामी घट्दै गएका छन् । कोरोनाको लक्षणसँग मिल्ने रुघाखोकीका बिरामी अस्पताल पुग्दा सेवा नपाएको समाचारहरु पनि आउन थालेका छन् । अरुबेला बिरामी तान्न प्रतिस्पर्धा गर्ने निजी अस्पतालहरु यो संकटको बेला भाग्न खोजेको भनेर आलोचना पनि भइरहेको छ । निजी अस्पतालहरु […]

युरोपको एकमात्र देश जसलाई छैन कोरोनाको डर

१५ चैत, काठमाडौं । चीनबाट सुरु भएको कोरोना भाइरस संक्रमणको केन्द्र अहिले युरोप बनेको छ । युरोपका धेरै देशहरुले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सक्दो प्रयास गरिरहेका छन्। ती देशका सरकारले मानिसहरुलाई घर बाहिर ननिस्किन सूचना जारी गर्दै सम्भव भएसम्म सबै उपायहरु अपनाइरहेका छन् । तर, युरोपमा एक देश यस्तो पनि छ जहाँ कोरोना […]

लकडाउन उल्लंघन गरेको आरोपमा शनिबार बिहानै १३९ जना पक्राउ

१५ चैत, काठमाडौं । कोरोना रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरी कडा रुपमा उत्रिन थालेको छ । लकडाउनको पाँचै दिनसम्ममा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सरकारी निर्णयको पूर्ण कार्यान्वयनका लागि प्रहरी आक्रामक रुपमा प्रस्तुत हुन थालेको हो । जसअनुसार शनिबार बिहान ८ बजेसम्मको अवधिमा मात्रै प्रहरीले १ सय ३० जना पुरुष र […]

विदेशबाट फर्केका खोज्दै, स्वास्थ्य परीक्षण गर्दै थाहा नगरपालिका

१५ चैत, काठमाडौं । मकवानपुरको थाहा नगरपालिकाले विदेशबाट फर्केकाको घरघरमा पुगेर स्वास्थ्य परीक्षण थालेको छ । कोरोनाको सम्भावित जोखिम न्यूनीकरणका लागि नगरपालिकाले घरघर पुगेर स्वास्थ्य परीक्षण थालेको हो । स्वास्थ्य परीक्षणका लागि मेडिकल अधिकृतसहितको टोली परिचालित भएको थाहा नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार, फागुन १५ पश्चात यो क्षेत्रका ६३ जना घर फर्किएका छन् । […]

कोभिड-१९ बारे भ्रम फैलाउने एक जना पक्राउ   

१५ चैत, सुरुङ्गा । कोरोना भाइसरको सङ्क्रमण देखियो भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने एक व्यक्ति शुक्रबार साँझ झापाको दमकबाट पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजय पण्डितका अनुसार दमक–१ निवासी ३५ वर्षीय कुमार राईलाई पक्राउ गरिएको हो । झापामा ३४१ क्वारेन्टाइन तयार     सङ्क्रमणबाट बच्न झापामा ३४१ क्वारेन्टाइन निर्माण गरिएको छ । […]

प्लास्टिकको झोला काटेर पीपीईको जोहो !

१४ चैत, पोखरा । पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) माग्दामाग्दा स्वास्थ्यकर्मीहरु थाकिसके । कोरोना भाइरस (कोभिड १९) का संक्रमित भेटिन लाग्दा पनि पीपीई नपाएपछि स्वास्थ्यकर्मीहरु आफैँले जोहो गर्न लागेका छन् । पोखराका चरक अस्पतालका डाक्टर क्लारा पौडेलले पनि होममेड पीपीई बनाउन थालेकी छन् । त्यसलाई पोखराका अरु अस्पतालले पनि पछ्याएका छन् । पीपीई अभाव भएपछि आफैंले […]

कोरोना संक्रमित युवतीसँगै आएका दम्पतीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ   

१५ चैत, स्याङ्जा । कतारबाट आएकी कोरोना संक्रमित किशोरीसँगै आएका स्याङ्जा फेदीखोला गाउँपालिकाको एक दम्पतीको स्वाव परीक्षणको नतिजाबाट उनीहरुमा काेरोना स‌ंक्रमण नभएको देखिएको छ । किशोरीसँगै आएका कतारमा कार्यरत फेदीखोला गाउँपालिकाका दम्पतीलाई ज्वरो आएपछि क्वारेन्टाइनमा राखेर स्वाव परीक्षणका लागि बिहीबार टेकु अस्पताल काठमाडौँ पठाइएको थियो । शुक्रबार उनीहरुको नेगेटिभ रिपोर्ट आएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले […]

कोरोना रोकथाममा गाउँपालिकाको सक्रियता, २९ जना क्वारेन्टाइनमा, नि:शुल्क एम्बुलेन्स

१४ चैत, पोखरा । रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले शुक्रबार साँझ फेसबुकमा लेखे, ‘नमस्कार, सबै घर-घरमै बस्नु होला, नियमित खानुपर्ने औषधि सकिएमा मेरो फोन नम्बर ९८५६०८४००९ मा फोन गर्नुहोला । फोन बिजी भए एसएमएस गर्नुहोला । २४ सैं घण्टा खटिएरै हामी सेवा गर्नेछौं ।’ उनी अहिले गाउँमा कसको स्वास्थ्य अवस्था कस्तो छ, कहाँ के पूर्वाधार […]

मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी चीन जाँदै

१५ चैत, काठमाडौं । कोरोना संक्रमितको उपचारमा प्रयोग हुने मेडिकल उपकरणहरु लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज चीनको ग्वाङझाओ जाने भएको छ । ए ३३० वाइडबडी जहाज शनिबार दिउँसो साढे १२ बजे काठमाडौंबाट चीनको ग्वाङझाओ प्रस्थान गर्ने छ । कार्गो उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उडान अनुमति दिइसकेको नेपाल एयरलाइन्सका अपरेशन बिभाग प्रमुख दिपु ज्वार्चनले […]

इटलीमा एकैदिन ९१९ जनाको मृत्यु, स्पेनमा ७७७ मृतक थपिए

१५ चैत, काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड–१९) को कारण शुक्रबारमात्रै ९१९ जनाको मृत्यु भएको छ । यो दैनिक मृत्यु हुने संख्यामा अहिलेसम्मकै उच्च हो । मृतकमध्ये ६ सयजना बढी लोम्बार्डी क्षेत्रका हुन् । इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९ हजार १ सय ३४ पुगेको छ । जसमा ४४ जना डाक्टर पनि छन् […]

यूएईमा थप २ नेपालीमा कोरोना संक्रमण

१५ चैत, युएई । यूएईमा थप २ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा दुई जना नेपालीसहित ७२ जना नयाँ संक्रमित फेला परेको उल्लेख छ । योसँगै यहाँ कोरोना संक्रमण पुष्टि भएकाको संख्या ४ सय ५ पुगेको छ । यसअघि कोरोना संक्रमित दुईजना नेपाली उपचारपछि निको […]

अत्यावश्यक वस्तुको बन्दोबस्त गर्छु, बाहिर ननिस्किनुहोला : मेयर सरावगी

१४ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका नगर प्रमुख विजयकुमार सरावगीले प्रत्येक वडामा अत्यावश्यक खाद्यान्न, दुध, तरकारीको व्यवस्था मिलाउने दाबी गरेका छन् । उनले नगरबासीलाई घर बाहिर ननिस्कन आग्रह गर्दै अत्यावश्यक वस्तुको अभाव हुन नदिने बताएका हुन् । ‘लकडाउनको चौथो दिनसम्म आइपुग्दा धेरै नगरबासी सुरक्षा सतर्कताबिना बजारमा निस्किएको पाइयो, रमिता गरेको पाइएको छ । नगरबासीलाई आफ्नै […]

भारतमा अलपत्र १४ नेपाली तीर्थयात्रीको उद्धार

१४ चैत, बनियानी । भारतको चेन्नईमा अलपत्र  १४ नेपाली तीर्थयात्रीको शुक्रबार उद्धार गरिएको छ । कोभिड–१९ को सङ्क्रमणका कारण भारतको चेन्नईस्थित नोलाम्बोमा अलपत्र उनीहरुको उद्धार गरिएको हो । ग्रेटर चेन्नई कर्पोरेशनका कमिशनर जी प्रकाश, निःशब्द सेवा चेन्नईका संस्थापक ई ए विश्वोनथन, डा नेहा मयुर, फुड बैंक भारतका संस्थापक स्नेहा मोहान्डोसलगायतसँगको सहयोग र सहकार्यमा उनीहरुको उद्धार […]

अस्पतालबाट निवास फर्किए प्रधानमन्त्री

१४ चैत, काठमाडौं ।मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारस्थित सरकारी निवास फर्किएका छन् । बिहीबार राति ११:३० पछि मुटुकाे धड्कन बढ्ने समस्या देखिएपछि प्रधानमन्त्री ओली महाराजगञ्जस्थित मनमोहन कार्डियोभाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । करिब २० घण्टा अस्पतालमा रहेर उपचार गराएका उनी शुक्रबार बालुवाटार फर्किएको उनका प्रेस सल्लाहकार सूर्य […]

कोरोना संक्रमितको ट्राभल हिस्ट्री : दुबईबाट दिल्ली, काठमाडौं, नेपालगञ्ज हुँदै धनगढी

१४ चैत, धनगढी । कारोना संक्रमण देखिएका धनगढीका ३४ वर्षीय पुरुष दुबईबाट दिल्ली हुँदै काठमाडौं आएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार साँझ धनगढीस्थित प्रादेशिक अस्पतालमा उपचाररत ३४ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको बताएको थियो । स्रोतकाअनुसार उनको प्रारम्भिक ट्राभल हिस्ट्री लिइएको छ । जसअनुसार उनी चैत ६ गते दुबईबाट इमिरेट्स एयरको […]



from समाचार – Online Khabar https://ift.tt/33PKpcM
via IFTTT
Powered by Blogger.