समाचार
१३ चैत, वीरगञ्ज । बाराको निजगढ नगरपालिका–९ स्थित खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले चैत महिनाको न्यूनतम महसुल छुट गर्ने भएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट जोगिन सरसफाईमा जोड दिन उत्प्रेरित गर्ने उद्देश्यले संस्थाले उपभोक्तालाई १० हजार लिटरसम्मको पानी उपभोगमा छुट दिन लागेको हो । संस्थाका अध्यक्ष सुदर्शनप्रसाद कोइरालाले चैत महिनाको महसुल भुक्तानी गर्दा […]
१६ चैत, चितवन । चितवनबाट शनिबार कोभिड १९ परीक्षणका लागि काठमाडौं पठाइएको चार जनाको नमूना परीक्षण नतिजा नेगेटिभ आएको छ । भरतपुरको कोरोना विशेष अस्पतालको आइसोलेसनमा भर्ना भएका चारै जनाको स्वाब नमूना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले जानकारी दिए । आइतबार थप तीन जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको छ […]
१६ चैत, वीरगञ्ज । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलन नदिन भारतलगायत अन्य मुलुकबाट नेपाल आएकाको पहिचान तथा सुरक्षित व्यवस्थापनका विषयमा नेपाली सेनाले तीन जिल्लाका जनप्रतिनिधि तथा सुरक्षा अधिकारीहरुसँग छलफल गरेको छ । बाराको परवानीपुरस्थित नेपाली सेनाको २२ नम्बर बाहिनीले बारा, पर्सा र रौतहट जिल्लाका सुरक्षा प्रमुख, सेनाका अधिकारी एवं स्थानीय निकायका प्रमुख तथा सरकारी […]
१६ चैत, काठमाडौं । मेडिकल सप्लायर्सहरुले सरकारले चीनबाट खरिद गरेको स्वास्थ्य सामाग्री महंगो भएको बताएको छ । स्वास्थ्य मन्त्रालयले खरिद गरेको एन ९५ मास्क, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीपी) लगायतका उपकरणको पहिलो खेल आइतबार मात्र काठमाडौं आइपुगेको छ । तर सम्झौताको खरिद मूल्य सार्वजनिक भएपछि महंगो भएको भन्दै आलोचना गरेका थिए । आइतबार स्वास्थ्य मन्त्रालयले अभावका […]
१६ चैत, रौतहट । रौतहटमा भारतलगायत अन्य मुलुकबाट फर्किएका ८२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरस (कोभिड-१०) को रोकथाम तथा नियन्त्रणका लागि विभिन्न स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । बाह्य मुलुकबाट फर्किएका व्यक्तिहरुलाई परिवार र समाजबाट अलग गरी सुरक्षित तबरले क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाइएको घिमिरेले […]
१६ चैत, काठमाडौं । चितवनको माडीस्थित सुकुम्बासी शिविरमा रहेको एक टहरामा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–७ देवेन्द्रपुरस्थित परुई खोला नजिकै सुकुम्बासी शिविरमा बस्दै आएका रामकुमार चेपाङकी ९ वर्षीया छोरी रोजिना रहेकी छिन् । माडी प्रहरीका अनुसार घरमा कोही नभएको समयमा आइतबार दिउँसो करिब एक बजेको समयमा चेपाङको घरमा […]
१६ चैत, काठमाण्डौ । १८ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाउने निर्णय गर्यो । त्यतिबेला चीन, जापान, दक्षिण कोरियालगायत एसियाली देशहरु कोरोना (कोभिड–१९) भाइरसबाट आक्रान्त थिए । यतिबेला तीनवटै देश कोरोना नियन्त्रण उन्मुख छ । चीनले युरोप, अमेरिकालाई कोरोना रोकथाममा सघाइरहेको छ । मानवीय संशाधनदेखि कोरोना नियन्त्रणका लागि आवश्यक […]
१६ चैत, काठमाडौं । लकडाउनका कारण विभिन्न जिल्लाको निर्माण क्षेत्रमा करिब ५० हजार निर्माण मजदुर अलपत्र परेका छन् । औद्योगिक तथा व्यवसायिक क्षेत्रमा कार्यरत मजदुरको संख्या जोड्ने हो भने त्यो संख्या अझै धेरै रहेको अनुमान गरिएको छ । अहिले विभिन्न क्षेत्रमा अलपत्र मजदुरले उद्दारका लागि याचना गरिरहेका छन् । मजदुरीको सिलसिलामा आफ्नो घरभन्दा बाहिरी जिल्ला […]
१६ चैत, काठमाडौं । आइतबार काठमाडौंको विभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदा क्षेत्रमा डिसइन्फेक्सन स्प्रे (हानिकारक जीवाणुनाशक झोल) छरिएको छ । काठमाडौं महानगरपालिकाले काठमाडौंको हनुमानढोका, वसन्तपुर लगायतका क्षेत्रमा डिसइन्फेक्सन स्प्रे छरेको हो । सार्वजनिक स्थल र मानिसहरुको भिडभाड हुने क्षेत्रमा जिवाणुनाशक झोल छर्नुपर्ने सरकारी निर्णयअनुसार काठमाडौं महानगरपालिकाले अन्य सार्वजनिक क्षेत्रमा पनि यस्तो झोल छरेको छ । […]
१६ चैत, काठमाडौं । कोरोना संक्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउनको अवधिमा पनि अत्यावश्यक वस्तुको आपूर्ति नियमित रहेको भन्सार विभागले जनाएको छ । नेपाल र भारत दुबैतर्फ लकडाउन रहेपनि आपूर्ति अवस्थाकै कारण बजारमा अभावको अवस्था नआउने विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए । लकडाउन आरम्भ भएको पाँच दिनसम्मको अवधिमा डिजेल, पेट्रोल, खाद्यान्न, तरकारी, गेडागुडी, फलफूल, […]
१६ चैत, काठमाडौं । भारत पूर्णरुपमा लकडाउनको अवस्थामा छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन गर्ने निर्णय गरेका थिए । त्यसको पूर्ण पालना नभएको भन्दै केही प्रदेशले त कर्फ्यू नै लगायो । तर, शनिबार भारतको दिल्ली र उत्तरप्रदेशको सीमाको बस स्टेशनमा हजारौं मानिसको भिड देखियो । राति अबेरसम्म पनि बस […]
१५ चैत, पोखरा । बेल्जियमबाट कतारहुँदै नेपाल आएकी बागलुङकी युवतीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि सर्वसाधारणमा सन्त्रास थपिएको छ । ४ चैतमा काठमाडौं आएकी उनी त्यही दिन यति एयरलाइन्सको जहाजमा पोखरा पुगेकी थिइन् । उनी एक दिन पोखरामा आफन्त कहाँ बसेर चैत ६ गते बागलुङस्थित घर पुगिन् । पोखरा बसाईको क्रममा उनले ट्याक्सी प्रयोग […]
१६ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले गरेको लकडाउन पालना गराउन अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीहरु हुन् । तर, उनीहरुसँग मास्क, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), स्यानिटाइजर, भाइजर लगायतका सामग्री छैन । हिजोआज सुरक्षाकर्मीहरु सामान्य मास्ककै भरमा ड्यूटी गरिरहेका छन् । आइतबार भने डिल्लीबजार क्षेत्रमा एक युवक प्रहरीलाई भाइजर बाँड्दै थिए । उनी हुन् मति […]
१६ चैत, काठमाडौं । काठमाडौँ उपत्यकामा पैसा नभएर कोही भोको बस्नु परेको त छैन ? यदि त्यस्तो हो भने अब महानगरीय प्रहरी कार्यालयको आवश्यक समन्वयमा अभावमा बस्न बाध्य सर्वसाधारणका लागि निःशुल्क खाद्यान्न उपलब्ध गराउने भएको छ । राहत वितरणका लागि विभिन्न बैंक तथा व्यवसायीसँग समन्वय थालिसकेको कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए […]
१६ चैत, काठमाडौं । सरकारले ज्वरो आएका बिरामीको उपचारै नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ । कतिपय अस्पतालले ज्वरो आएका बिरामीलाई कोरोना संक्रमणको आशंकामा उपचारै नगरी फर्काइदिने गरेकोमा सरकारले यस्तो पाइए कारबाही गर्ने बताएको हो । ‘के सरकारी, के गैरसरकारी, के सामुदायिक सबै अस्पतालले आफ्नो दायित्व बुझ्नुपर्ने हुन्छ’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. […]
१६ चैत, बारा । बारामा लकडाउन उल्लंघन गर्ने एक समूहले प्रहरीमाथि कुटपिट गरेको छ । बाराको परवानीपुर गाउँपालिका-५ गण्डक चोकमा क्रिकेट खेलिरहेका ८/९ जनाको समूहलाई सम्झाउने क्रममा प्रहरीमाथि कुटपिट भएको हो । प्रहरीका अनुसार लकडाउनको समयमा क्रिकेट नखेल्न सम्झाउँदा परवानीपुर गाउँपालिका ५ नौतन बहुअरीका २७ वर्षीय गणेशकुमार साहले प्रहरीलाई क्रिकेटको ब्याटले हिर्काएका थिए । ब्याटले […]
१६ चैत,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले कोरोना भाइरस (कोभिड-१९) महामारीविरुद्ध सरकारले देश र जनतालाई जोगाउनका लागि गरिरहेको प्रयासमा साथ दिन सबैमा अपिल गरेका छन् । लकडाउनका कारण घरमै बसिरहेका महासचिव पौडेलले आइतबार भिडियो सन्देश जारी गरी अत्यावश्यक कामबाहेक घरमै बस्न र संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका आग्रह र […]
१५ चैत, काठमाडौं । चीनबाट फर्केका एक नेपाली विद्यार्थीमा कोरोना (कोभिड–१९) भाइरसको संक्रमण देखिएको नौ हप्ता भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को हङकङस्थित कोलाबोरेटिङ सेन्टरले गत ९ माघमा ती विद्यार्थीमा कोरोना संक्रमण पुष्टि गरेको थियो । अहिले ती विद्यार्थीले स्वास्थ्य लाभ गरिसकेका छन् । त्यसयताको नौ हप्तामा विश्वको स्वास्थ्य स्थितमा निकै ठूलो उथलपुथल भइरहेको […]
१६ चैत, चितवन । धादिङका एम्बुलेन्स चालक लक्ष्मण जमरकट्टेल बिरामी लिएर चितवनको भरतपुर आए । उनले सामान्य कपडाको मास्क लगाएका थिए । जमरकट्टेलको जस्तै अवस्था छ अधिकांश एम्बुलेन्स चालकको । नेपाल रेडक्रस सोसाइटीमा आबद्ध एम्बुलेन्स चालकले सामान्य पीपीई लगाए पनि निजी अस्पताल तथा विभिन्न संघसंस्थाका एम्बुलेन्स चालकले भने अहिलेसम्म पीपीई पाएका छैनन् । उनीहरु जोखिम […]
१६ चैत, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाले लकडाउनका कारण छाक टार्न समस्या परेका विपन्न परिवारलाई १५ दिनका लागि खाद्यान्न उपलब्ध गराउने भएको छ । नगरपालिकाको आइतबार बसेको बैठकले प्रत्येक वडाका एक सय विपन्न परिवारको पहिचान गरी खाद्यान्न वितरण गर्ने निर्णय भएको नगर प्रमुख मोहनबहादुर वस्नेतले जानकारी दिए । नगरपालिकाले विपन्न परिवारलाई १५ किलो चामाल, २/२ […]
१६ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा उपचारमा चाहिने उपकरण खरिदमा अनियमितता नभएको स्पष्टीकरण दिएको छ । यद्यपि केही महंगो परेको हुनसक्ने स्वीकार गरेको छ । मन्त्रालयले एन ९५ मास्क, पर्सनल प्रोटेक्टिभ इक्युपेमन्ट (पीपीई) लगायतका उपकरणको पहिलो खेप आइतबार राति काठमाडौं ल्याएको छ । तर एन ९५ लगायतका […]
from समाचार – Online Khabar https://ift.tt/2UosA1o
via IFTTT