Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

पैसा नभएर भोकै बस्नुपर्‍यो ! प्रहरीलाई कल गर्नुहोस्   

१६ चैत, काठमाडौं । काठमाडौँ उपत्यकामा पैसा नभएर कोही भोको बस्नु परेको त छैन ? यदि त्यस्तो हो भने अब महानगरीय प्रहरी कार्यालयको आवश्यक समन्वयमा अभावमा बस्न बाध्य सर्वसाधारणका लागि निःशुल्क खाद्यान्न उपलब्ध गराउने भएको छ । राहत वितरणका लागि विभिन्न बैंक तथा व्यवसायीसँग समन्वय थालिसकेको कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए […]

बिरामी फर्काउने अस्पताललाई सरकारको चेतावनी

१६ चैत, काठमाडौं । सरकारले ज्वरो आएका बिरामीको उपचारै नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ । कतिपय अस्पतालले ज्वरो आएका बिरामीलाई कोरोना संक्रमणको आशंकामा उपचारै नगरी फर्काइदिने गरेकोमा सरकारले यस्तो पाइए कारबाही गर्ने बताएको हो । ‘के सरकारी, के गैरसरकारी, के सामुदायिक सबै अस्पतालले आफ्नो दायित्व बुझ्नुपर्ने हुन्छ’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. […]

लकडाउनमा क्रिकेट नखेल्न आग्रह गर्दा प्रहरीमाथि कुटपिट

१६ चैत, बारा । बारामा लकडाउन उल्लंघन गर्ने एक समूहले प्रहरीमाथि कुटपिट गरेको छ । बाराको परवानीपुर गाउँपालिका-५ गण्डक चोकमा क्रिकेट खेलिरहेका ८/९ जनाको समूहलाई सम्झाउने क्रममा प्रहरीमाथि कुटपिट भएको हो । प्रहरीका अनुसार लकडाउनको समयमा क्रिकेट नखेल्न सम्झाउँदा परवानीपुर गाउँपालिका ५ नौतन बहुअरीका २७ वर्षीय गणेशकुमार साहले प्रहरीलाई क्रिकेटको ब्याटले हिर्काएका थिए । ब्‍याटले […]

नेकपा महासचिवको आग्रह – ‘विदेशबाट आएकाको स्वास्थ्य परीक्षण गराऔं’

१६ चैत,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले कोरोना भाइरस (कोभिड-१९) महामारीविरुद्ध सरकारले देश र जनतालाई जोगाउनका लागि गरिरहेको प्रयासमा साथ दिन सबैमा अपिल गरेका छन् । लकडाउनका कारण घरमै बसिरहेका महासचिव पौडेलले आइतबार भिडियो सन्देश जारी गरी अत्यावश्यक कामबाहेक घरमै बस्न र संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका आग्रह र […]

कोभिड-१९ को टेस्ट नबढाए अमेरिकाकै हालतमा पुग्ने जोखिम

१५ चैत, काठमाडौं । चीनबाट फर्केका एक नेपाली विद्यार्थीमा कोरोना (कोभिड–१९) भाइरसको संक्रमण देखिएको नौ हप्ता भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को हङकङस्थित कोलाबोरेटिङ सेन्टरले गत ९ माघमा ती विद्यार्थीमा कोरोना संक्रमण पुष्टि गरेको थियो । अहिले ती विद्यार्थीले स्वास्थ्य लाभ गरिसकेका छन् । त्यसयताको नौ हप्तामा विश्वको स्वास्थ्य स्थितमा निकै ठूलो उथलपुथल भइरहेको […]

एम्बुलेस चालकको गुनासो : ज्वरोका बिरामी बोक्दा डर लाग्छ

१६ चैत, चितवन । धादिङका एम्बुलेन्स चालक लक्ष्मण जमरकट्टेल बिरामी लिएर चितवनको भरतपुर आए । उनले सामान्य कपडाको मास्क लगाएका थिए । जमरकट्टेलको जस्तै अवस्था छ अधिकांश एम्बुलेन्स चालकको । नेपाल रेडक्रस सोसाइटीमा आवद्ध एम्बुलेन्स चालकले सामान्य पीपीई लगाए पनि निजी अस्पताल तथा विभिन्न संघसंस्थाका एम्बुलेन्स चालकले भने अहिलेसम्म पीपीई पाएका छैनन् । उनीहरु जोखिम […]

विपन्न परिवालाई नागार्जुन नगरपालिकाले १५ दिनको खाद्यान्न उपलब्ध गराउने

१६ चैत, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाले लकडाउनका कारण छाक टार्न समस्या परेका विपन्न परिवारलाई १५ दिनका लागि खाद्यान्न उपलब्ध गराउने भएको छ । नगरपालिकाको आइतबार बसेको बैठकले प्रत्येक वडाका  एक सय विपन्न परिवारको पहिचान गरी खाद्यान्न वितरण गर्ने निर्णय भएको नगर प्रमुख मोहनबहादुर वस्नेतले जानकारी दिए । नगरपालिकाले विपन्न परिवारलाई १५ किलो चामाल, २/२ […]

सी चिनफिङलाई प्रचण्डको बधाई पत्र, नेपाललाई सहयोगको अपेक्षा

१६ चैत, कठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरसविरुद्धको लडाइँमा चीनले प्राप्त गरेको सफलताप्रति बधाई दिँदै राष्ट्रपति सी चिनफिङलाई पत्र पठाएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सीलाई प्रचण्डले आइतबार पठाएको पत्रमा चिनियाँ जनजीवनलाई सामान्य अवस्थामा ल्याउने सफलताप्रति बधाई दिएका हुन् । उनले पत्रमा नेपाल अहिले […]

चारवटा प्रदेशले पाउने भए कोरोना परीक्षण गर्ने मेसिन

१६ चैत, काठमाडौं । चीनबाट ल्याइएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण परीक्षण गर्ने मेसिन चारवटा प्रदेशले पाउने भएको छ । प्रदेश २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशले पीसीआर (पोलिमर चेन रियाक्सन) मेसिन पाउने भएको हो । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले प्रदेश ५ को बुटवल वा नेपालगञ्ज तथा कर्णालीको सुर्खेतमा ल्याब स्थापना गर्ने […]

क्वारेन्टाइनमा नबस्नेलाई कारबाही गर्ने निर्णय

१६ चैत, काठमाडौं । सरकारले विदेशबाट फर्केर क्वारेन्टाइनमा नबस्ने र सम्पर्कमा पनि नआउनेहरुलाई कारबाही गर्ने भएको छ । चैत १ बाट नेपाल आएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न अनिर्वाय गरिएको थियो । तर, अहिले पनि धेरैले त्यसलाई पालना गरेका छैनन् । साथै, पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएकाहरुसँग विदेशबाट विमानमा यात्रा गरेकाहरु अझैपनि सरकारको सम्पर्कमा […]

दशजगामा अलपत्र नेपालीलाई प्रवेश दिने निर्णय

१६ चैत, काठमाडौं । नेपालको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने भएको छ । तर, उनीहरु स्थानीय तहले बनाएको क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्नेछ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले भारतीय सुरक्षाकर्मीले नेपालतर्फ पठाएका थिए । तर, सीमा नाका बन्दका कारण दशगजा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने निर्णय गरेको हो । नेपाली नागरिक […]

लकडाउनमा खटिने बैंकका कर्मचारीलाई विशेष सुविधा

१६ चैत, काठमाडौं । लकडाउनका बेला पनि कार्यालयमा खटिने  बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले विशेष सुविधा पाउने भएका छन् । अप्ठेरो अवस्थामा पनि कार्यालयमा खटिएको अवधिको  गणना गरेर बैंकहरुले आफ्ना कर्मचारीहरुलाई विशेष सुविधा दिने भएका हुन् । वाणिज्य बैंकका सीईओहरुको छाता संगठन नेपाल बैंकर्स संघले समेत विशेष सुविधा दिन सबै बैंकहरुलाई आग्रह गरेको छ । […]

कोभिड-१९ विरुद्धको अभियानका क्रममा वडाध्यक्षमाथि आक्रमण   

१६ चैत, जाजरकोट । छेडागाड नगरपालिका–११ का वडाध्यक्ष चक्रबहादुर सिंहमाथि गएराति आक्रमण भएको छ । नगरप्रमुख लालबहादुर महतराले दिएको जानकारीअनुसार शुक्रबार वडा कार्यालयमा कोरोनाबाट जोगिने र जोगाउने विषयमा छलफल गरी गाउँगाउँमा प्रचार गर्दै हिँडेको समयमा शनिबार बेलुकी झार्पा पिपलको बोट नजिकैबाट अपरिचित व्यक्तिको समूहले उनलाई वडा कार्यालयतिर जाउँ भनी लगेको थियो । शनिबार राति नै […]

लकडाउन लम्बिने पक्का, दिन मन्त्रिपरिषदले तोक्ने

१६ चैत, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लगाएको लकडाउनको अवधि लम्ब्याउने भएको छ । आइतबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले लकडाउनको अवधि थप गर्नुपर्ने निश्कर्ष निकालेको हो । तर कति दिन भन्ने टुंगो लगाएको छैन । बैठकमा सहभागी एक मन्त्रीले भने, ‘लकडाउन लम्ब्याउनुपर्छ भन्ने छलफल […]

स्वास्थ्य र अत्यावश्यकीय सेवाको भुक्तानीलाई प्राथमिकता दिनू : महालेखा

१६ चैत, काठमाडौं । महालेखा नियन्त्रकको कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरु सञ्चालनमा बाधा नपर्ने गरी आलोपालो मिलाई खुला राख्न निर्देशन दिएको छ । कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै स्वास्थ्य सेवा तथा अत्यावश्यकीय सेवासँग सम्बन्धित भुक्तानीलाई प्राथमिकताका साथ निकासी दिन आग्रह गरिएको छ । सरकारले ११ चैतदेखि लकडाउन घोषणा गरेको छ । त्यसयता सम्पूर्ण आर्थिक […]

लकडाउनमा सुनसान विराटनगर

१६ चैत, विराटनगर । लकडाउनका कारण प्रदेश १ को राजधानी विराटनगरसहित आसपासका जिल्लाका शहरहरु सुनसान छन् । विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट सतर्क रहन सरकारले गरेको आग्रहलाई पालना गर्दै प्रायः मानिसहरु घरबाहिर निस्किएका छैनन् । तुलनात्मक रुपले अहिले नागरिकले लकडाउनलाई कार्यान्वयन गरेकको पाइएको छ । बेलुकाको समयमा मात्रै विराटनगरमा तरकारी, खाद्यान्न किनमेलका […]

कोरोना सहायता कोषलाई उद्योग वाणिज्य महासंघबाट १ करोडको सहयोग

१६ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासघले कोरोना साहायता केन्द्रीय राहत कोषमा ५० लाख नगद र ५० लाख बराबरको सहयोगा सामग्री बुझाउँदैछ । सिंहदरबारमा पुगेर महासघको टोलीले सहयोग हस्तान्तरण गर्न लागेको हो । टोलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई ५० लाखको चेक अहिले हस्तान्तरण गर्नेछ । मास्क, स्यानिटाइजर, पन्जा खाद्यान्न दाल चामल लगायतका खादान्न पनि हस्तान्तरण […]

धरानमा पनि सुरु भयो कोरोना भाइरस संक्रमणको परीक्षण

१६ चैत, विराटनगर । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको परीक्षण सुरु भएको छ । यसअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा मात्र कोरोना भाइरसको परीक्षण गर्ने गरिएको थियो । तर, लकडाउनका कारण देशबाट नमुना संकलन गर्न कठिनाई भएपछि सरकारले धरान, पोखरा र नेपालगञ्जमा पनि परीक्षण गर्ने निर्णय गरेको हो । प्रतिष्ठानमा […]

रुपन्देहीको कोरोना विशेष अस्पतालमा एक युवकको मृत्यु

१६ चैत, बुटवल । रुपन्देहीको कोरोना भाइरस उपचार विशेष अस्पतालमा एक युवकको मृत्यु भएको छ । बुटवल धागो कारखानामा सञ्चालित कोभिड १९ विशेष अस्पतालमा उपचाररत पाल्पा रिब्दीकोट स्थायी घर भई बुटवल सैनामैना बस्ने ३३ वर्षका युवकको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिए । ती युवकमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छैन […]

‘लकडाउन’मा पनि व्यस्त कालीमाटी तरकारी बजार

१६ चैत, काठमाडौं । लकडाउनका कारण सिंगो देश ठप्प छ । सडकहरु सुनसान छन् । अत्यावश्यक काममा बाहेक सडकमा निस्कियो भने प्रहरीले सडकमै दुई घण्टा उभ्याउन थालेको छ । त्यसैले मानिसहरु पनि घरभित्रै बसेका छन् । तर, कालीमाटी तरकारी बजारको अवस्था भिन्न छ । मध्यरातमै जाग्छ, र उज्यालो हुँदासम्म चहलपहल रहन्छ । आइतबार बिहान झिसमिसेमै […]

यसरी तयार हुँदैछ विराटनगरमा कोरोना विशेष अस्पताल

१६ चैत, विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमित (कोभिड १९)  को उपचार गर्न अस्थायी अस्पताल निर्माण कार्य सुरु गरेको छ । विराटनगरस्थित नेशनल ट्रेडिङको भवनमा ५० शय्याको अस्पताल बनाउने निर्णय भएसँगै धमाधम काम सुरु भएको हो । अस्पतालमा १० शय्याको भेण्टिलेटर वार्ड पनि निर्माण गरिँदैछ । अहिले अस्पतालका लागि आवश्यक संरचना निर्माण गर्ने काम […]



from समाचार – Online Khabar https://ift.tt/2UJxpkP
via IFTTT
Powered by Blogger.