समाचार
१३ चैत, काठमाडौं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विभिन्न स्थानमा क्वारेन्टाइन र आइसोलेसन बेड निर्माणका काम सरकारले धमाधम गरिरहेको छ । तर, कतिपय स्थानमा कर्मचारी कम हुँदा प्रक्रियागत काममा बाधा पुगेको उच्च सरकारी अधिकारीको अनुभव छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कँडेलले अनलाइनखबरसँग भने, ‘लकडाउनका कारण कर्मचारीहरुको मोबिलिटी न्युन भएको हुनाले […]
१३ चैत, वीरगञ्ज । लकडाउनको मौका छोपेर कालो बजारी गर्ने वीरगञ्जका तीन वटा पसललाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नते नेतृत्वको बजार अनुगमन टोलीले तीन वटा पसललाई कारबाही गरेको हो । कम मूल्यमा पाउने ग्लोब ५० रुपैयाँमा बिक्री गरेको र अनुगमन टोलीलाई खरिद मूल्य नदेखाई असहयोग गरेकोले […]
१३ चैत, काठमाडौं । समाजवादी पार्टीकी नेतृ सरिता गिरीले सातै प्रदेशमा कोरोना भाइरस परीक्षणका लागि ‘परीक्षण केन्द्र’ स्थापना गर्न सरकारसँग माग गरेकी छन् । जिल्लामा क्वारेन्टाइनमा राखिएकामा कोरोना भाइरस संक्रमणको लक्षण देखिएमा परीक्षण गर्न कठिनाइ रहेको भन्दै उनले परीक्षण सहज बनाउन माग गरेकी छन् । सम्भावित विरामीको नमुना संकलनका लागि चाहिने भाइरल ट्रान्सपोर्ट भिडिया भीटीएस […]
१३ चैत, बुटवल । प्रदेश ५ सरकारले रुपन्देहीको भैरहवामा कोरोना भाइरस (कोभिड–१९) परीक्षण प्रयोगशाला स्थापना गर्ने भएको छ । भैरहवाको अञ्चलपुरस्थित गहुँबाली अनुसन्धान केन्द्रमा प्रदेशस्तरीय प्रयोगशाला बनाउन थालिएको हो । प्रयोगशाला बनाउन गहुँबाली अनुसन्धान केन्द्रको एउटा भवन निश्चित गरी काठमाडौंबाट विशेषज्ञ प्राविधिक बोलाइएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. राजेन्द्र गिरीले बताए । रियल टाइम पीसीआर […]
१३ चैत, जनकपुरधाम । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवती कोरोना संक्रमित भएको पाइएपछि उनीसँगै आएका सर्लाहीका एक युवकलाई घरमै क्वारेन्टाइनमा राखिएको छ । उनीसहित उनका परिवारका सबै सदस्यलाई घरको क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए । ‘हामीले संक्रमित युवतीसँगै जहाजमा आएका एक व्यक्तिको पहिचान गरिसकेका छौं, उनलाई घरकै क्वारेन्टाइनमा राखेका छौं’ प्रमख […]
१३ चैत, विराटनगर । कोरोना भाइरस संक्रमणको आशंकामा प्रदेश १ का विभिन्न जिल्लामा रहेका क्वारेन्टाइनमा १०२ जनालाई राखिएको छ । १० जनाको आइसोलेसनमा उपचार भइरहेको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य महाशाखाका प्रमुख डा. शुरेश मेहताले ७८ जना भने होम क्वारेन्टाइनमै रहेको जानकारी दिए । प्रदेश १ का प्रायः सबै जिल्लामा आइसोलेसन र क्वारेन्टाइन […]
१३ चैत, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार दैनिक ७ घण्टा सञ्चालन गर्न प्रशासनले आग्रह गरेको छ । फलफूल तथा तरकारीको अभाव सिर्जना हुन नदिन बिहान ३ बजेदेखि ७ बजेसम्म र साँझ ५ बजेदेखि ८ बजेसम्म बजार खोल्नेबारे छलफल थालिएको बजार विकास समितिले जनाएको छ । उपभोक्ता र बिक्रेतालाई लकडाउनले असहज भएकोबारे छलफल अघि […]
१३ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएका व्यक्ति सवार एयर अरेबियाको विमानमा उनीबाहेक १६९ यात्रु रहेको पाइएको छ । चैत ६ गते एयर अरेबियाको उडान नम्बर जी-९५३७ विमानमा आएका धादिङका ३२ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको थियो । अब उनीसँगै विमानमा आएका तथा काठमाडौंको होटलमा बसेकाहरुको पहिचान गर्न थालिएको छ । स्रोतकाअनुसार […]
१३ चैत, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले लकडाउनका बेला सरकारलाई नागरिकको स्वास्थ्यप्रति संवेदनशील बन्न र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन आग्रह गरेको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै लकडाउनका बेला घरमै रहेका अपाङ्गता भएका बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अतिविपन्नहरूको लागि आवश्यक पर्ने दैनिक उपभोग्य सामग्री उपलब्ध गराउन आग्रह गरेको हो । यस्तै, […]
१३ चैत, काठमाडौं । अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ । कोरोना संक्रमित विरामीसँग पहिलो पटक स्वास्थ्यकर्मीले नै भेट गर्नुपर्ने भएकाले उनीहरुलाई आवश्यक सुरक्षात्मक उपकरण दिनुपर्ने एमनेस्टीले बताएको छ । ‘उनीहरु र उनीहरूको परिवारलाई उचित प्रशिक्षण र मनोवैज्ञानिक सहयोग दिएर स्वास्थ्यकर्मीहरु सुरक्षित रहेको सुनिश्चित […]
१३ चैत, पोखरा । नेपाल लकडाउन भएपछि अन्नपूर्ण फेरो पदमार्ग र हिमाली जिल्ला मुस्ताङमा रोकिएका पर्यटकको उद्धार गरिएको छ । अन्नपूर्ण पदमार्गको थोराङ पास गरेर मुस्ताङ आइपुगेका र मुस्ताङ घुम्न पुगेका गरी १ सय २१ पर्यटकको जिल्ला प्रशासन कार्यालय मुस्ताङले उद्धार गरेको हो । मुस्ताङबाट मंगलबार १३ जना, बुधबार ५१ जना पर्यटक काठमाडौं पठाइसकिएको छ […]
१३ चैत, काठमाडौं । लकडाउनका कारण नेपालका विभिन्न स्थानमा फसेका पर्यटकको उद्दार शुरु गरिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार बिहीबार बिहानैबाट पर्यटकको उद्दार शुरु भएको हो । लुक्लाबाट बिहीबार चार्टर्ड विमान काठमाडौं ल्याइदै गरेको बोर्डका निर्देशक लिला बानियाँले बताए । यो विमानले लुक्लामा रहेका फ्रेन्च, जर्मन तथा अन्य यूरोपेली मुलुकका नागरिकलाई काठमाडौं ल्याउनेछ । […]
१३ चैत, काठमाडौं । नोवेल कोरोना (कोभिड-१९) भाइरसबाट २१ हजारभन्दा बढीको ज्यान गइसकेको छ । बिहीबार मध्यान्हसम्म २१ हजार २९७ जनाको मृत्यु भएको छ । १९८ देशमा पुगेको कोरोनाका कारण सबैभन्दा बढी इटलीमा सात हजार ५०२ जनाको ज्यान गएको छ । यस्तै, स्पेनमा तीन हजार ६४७, चीनमा तीन हजार २८७, इरानमा २ हजार ७७, अमेरिकामा […]
१३ चैत, जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना भाइरस (कोभिड-१०) विरुद्व लड्न २५ करोड रुपैयाँको कोष स्थापना गरेको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले २५ करोड रुपैयाँको राहत कोष बनाउने निर्णय गरेको हो । प्रदेश सरकारको तर्फबाट स्थापना गरिएको कोषमा सम्पूर्ण मन्त्रीहरुले आफ्नो एक महिनाको तलब समेत दिने भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला […]
१३ चैत, वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगाउन सरकारले लकडाउनको घोषणा गरेको छ । त्यसको पालना गराउन सुरक्षाकर्मीहरु खटिएका छन् । उलंघन गर्नेलाई कारबाही भइरहेको छ । सवारी साधन नियन्त्रणमा लिएर जरीवाना लिएर छोडिएको छ । तर वीरगञ्ज महानगरपालिकामा तरकारी फलफूल र खाद्यान्न खरिदका लागि निस्कन दिइने भएको छ । तरकारी र फलफूल […]
१३ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को प्रकोपबाट सबैभन्दा आक्रान्त देश हो इटाली । त्यहाँ मृतक संख्या चीनमा मृत्यु हुनेको संख्या भन्दा दोब्बर पुगिसक्यो । हिजोआज सामाजिक सञ्जालमा इटालीका प्रधानमन्त्रीले कोरोनासामू आत्मसमर्पण गरेको भन्दै एउटा पोष्ट भाइरल बनेको छ । नेपालमा पनि धेरैले यसलाई सेयर गरेका छन् । इटालीका प्रधानमन्त्री गिउसेप्पे कोन्टको अभिव्यक्ति भन्दै […]
१३ चैत, वीरगञ्ज । समाजवादी पार्टीका सांसद प्रदीप यादवले दुई साताभित्र विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्नुपर्ने माग गरेका छन् । उनले यस्तो अभियान वडास्तरसम्म चलाउनु आवश्यक रहेको बताए । नोवेल कोरोना भाइरस (कोभिड-१९)को महामारीले गर्दा विश्वव्यापी रूपमा उत्पन्न भएको मानवीय संकटको संवेदशील घडीमा संघीय सरकर, प्रदेश २ सरकार र स्थानीय तहलाई प्रभावकारी ढंगले अगाडि बढ्न […]
१३ चैत, काठमाडौं । कोरोनाको त्रास बढेसँगै कारागारबाट कैदी बन्दीको संख्या घटाउने गृहकार्य सुरु भएको छ । गृह मन्त्रालय र कारागार व्यवस्था विभागका अनुसार कतिलाई छोड्न सकिन्छ भनेर तथ्याङ्क संकलन सुरु भएको छ । कारागारभित्र कोरोना भाइरसको संक्रमण फैलिन सक्ने संभावनालाई रोक्न कैदीबन्दीको संख्या घटाउन लागिएको हो । गृह मन्त्रालय र विभागका अनुसार असल चालचलन […]
१३ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरूका लागि तत्काल विशेष राहत प्याकेज घोषणा गर्न माग गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन । ‘कोरोनाबाट सुरक्षित हुँदाहुँदै कुनै समूह भोकमारीको सिकार बन्न नपरोस्’ देउवाले टि्वटरमा लेखेका छन्, ‘म सरकारलाई दैनिक ज्यालादारीमा निर्भर […]
१३ चैत, काठमाडौं । सरकारले लकडाउन गरेपछि दैनिक ज्यालादारीमा गुजारा चलाउँदै आएका श्रमिकहरूहरु अप्ठेरोमा परेको भन्दै उनीहरुका लागि विशेष प्याकेज ल्याउन प्रवुद्ध व्यक्तिहरुले सरकारसँग माग गरेका छन् । पूर्वप्रधानन्यायाधीशद्वय कल्याण श्रेष्ठ, सुशीला कार्की, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा. केदारभक्त माथेमा, दुर्गा सुवेदी लगायतले विहीबार संयुक्त विज्ञप्ति निकालेर न्यून आय भएकाहरूका लागि तुरून्तै विशेष प्याकेज ल्याउन सरकारसँग […]
१३ चैत, काठमाडौं । अब सिलिण्डर आधा मात्र भरेको ग्यास पाइने भएको छ । नेपाल आयल निगमले सिलिन्डर आधा मात्र भनेर बजारमा पठाउन ग्यास उद्योगहरुलाई निर्देशन दिएको हो । हाल एक सिलिन्डरमा १४.२ केजी ग्यास हुन्छ । तर अब सिलिन्डरमा ७.१ केजी मात्रै ग्यास हुनेछ । निगमका एक अधिकारीकाअनुसार मागअनुसार ग्यास पुर्याउन नसकिने अवस्था आएपछि […]
from समाचार – Online Khabar https://ift.tt/2WJXqTW
via IFTTT






















