Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

लकडाउन उल्लङ्घन गर्दा घुँडा टेकाएर हिँडाइयो

१८ चैत, धरान । सरकारले आह्वान गरेको लकडाउन उल्लङघन गर्ने दुईजनालाई धरानमा प्रहरीले घुँडा टेकाएर हिँडाएको छ । लकडाउन उल्लङ्घन गरेको भन्दै वडा प्रहरी कार्यालय धरान अगाडि दुईजनालाई घुँडा टेकाएर हिँडाइएको हो । भानुचोकमा रहेको प्रहरी कार्यालय अगाडि पिच सडकमा घुँडा टेकाएर हिँड्न लगाएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

सरकारी राहत सकारात्मक, तर अपर्याप्त : कांग्रेस

१८ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको राहत प्याकेज सकारात्मक, तर अपर्याप्त भएको बताएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार विज्ञप्ती जारी गर्दै थप राहत प्याकेज ल्याउन माग गरेका छन् । उनले भनेका छन्, ‘आएको प्याकेज एक हदसम्म सकारात्मक भएपनि यो पर्याप्त छैन । व्याजको किस्ता तिर्ने समयावधि थपेर मात्र […]

लकडाउनले प्रभावित विपन्न परिवारलाई लमही नगरपालिकाले खाद्यान्न बाँड्ने

१८ चैत, दाङ । लकडाउनबाट प्रभावित अति विपन्न परिवारलाई दाङको लमही नगरपालिकाले निःशुल्क खाद्यान्न वितरण गर्ने भएको छ । लमही नगरपालिका क्षेत्रभित्र रहेका अति विपन्न र वैदेशिक रोजगारीको भरमा जीवनयापन गर्नेहरुलाई चामल, दाल, तेल र नुन वितरण गर्ने निर्णय गरेको हो । लमही नगरपालिका प्रमुख कुलबहादुर केसीको अध्यक्षतामा मंगलबार बसेको बैठकले चैत १९ गतेदेखि राहतस्वरुप […]

रौतहटमा नगरपालिकाका मेयरविरुद्ध पक्राउ पुर्जी

१८ चैत, रौतहट । गाँजा तस्करीसम्बन्धी एक मुद्दामा रौतहटको इशनाथ नरपालिकाका मेयरलाई पक्राउ गर्न मकवानपुर जिल्ला अदालतले अनुमति दिएको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयले रौतहट जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी ईशनाथ नरपालिकाका मेयर सन्तोष मेहता र उनका भाइ मोहन मेहतालाई पक्राउ गर्न आग्रह गरेको छ । मेयरका भाई मोहन नेकपाको इशनाथ नगरपालिका समितिका अध्यक्ष […]

एसियामा अझै सकिएको छैन कोरोनाको महामारी : डब्ल्यूएचओ

१८ चैत, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले एसिया प्रशान्त क्षेत्रमा कोरोना भाइरस (कोभिड–१९)को महामारी अझै नसकिएको बताएको छ । साथै उसले सबैलाई कोरोना भाइरसविरुद्ध लड्ने आफ्नो कदम कायम राख्न आग्रह गरेको छ । चीनको बुहावबाट सुरु भएको कोरोना भाइरसको प्रकोप अहिले युरोप र अमेरिकाका बढी छ । तर एसिया–प्रशान्त क्षेत्रमा पनि यसको प्रभाव नरोकिएको […]

स्पेनमा एकैदिनमा ८४९ जनाको ज्यान गयो

१८ चैत, काठमाडौं । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९)का कारण ८४९ जनाको मृत्यु भएको छ । यो कोरोना भाइरसबाट स्पेनमा एकैदिनमा अहिलेसम्मकै धेरै मानिसले ज्यान गुमाएका हुन् । यससँगै मुलुकभर ज्यान गुमाउने मानिसको संख्या ८ हजार १८९ पुगेको छ स्पेनका विदेशमन्त्रीले बिस्तारै कोरोना भाइरस संक्रमितको संख्यामा बिस्तारै कमी आउने अपेक्षा गरेको भोलिपल्ट स्पेनमा […]

सुरक्षाकर्मीको कुटपीट र यातना रोक्न माग

१८ चैत, काठमाण्डौ । जवाफदेहिता निगरानी समितिले लकडाउन उल्लंघन गरेको भन्दै नागरिकलाई नियन्त्रणमा लिएर निर्मम कुटपीट गर्ने र यातना दिनेलाई कारबाही गर्न माग गरेको छ । समितिका संयोजक चरण प्रसाईंले मंगलबार विज्ञप्ति जारी गर्दै नागरिकलाई प्रहरी–प्रशासनले नियन्त्रणमा लिएर यातना दिएको भन्दै त्यसको निन्दा गरेका हुन् । ‘यस्ता अशोभनीय र अनुचित कार्य एवं शारीरिक तथा मानसिक […]

राहत माग्न लकडाउन उल्लंघन

१८ चैत, विराटनगर । लकडाउनका कारण दैनिकी चलाउन मुस्किल परेपछि राहत माग्दै विराटनगर १० का स्थानीयले वडा कार्यालय घेराउ गरेका छन् । लकडाउन उल्लंघन गर्दै मंगलबार दैनिक काम गरेर गुजारा चलाउँदै आएका स्थानीयले वडा घेराउ गरेका हुन् । मंगलबार वडा कार्यालय पुगेका स्थानीयबासीले वडा अध्यक्षले आफूखुसी बोल्दै हिँडेको बताउँदै तत्काल राहत दिन माग गरे । […]

नर्सलाई डेराबाट निकालेको आरोपमा घरधनी नियन्त्रणमा

१८ चैत, घोराही । कोरोना भाइरस सर्ने भन्दै नर्सलाई डेराबाट निकालेको आरोप लागेका दाङको घोराही उपमहानगरपालिका २ का वडासचिव नारायण आचार्यलाई प्रहरीले पक्राउ गरेको छ । घोराही १८ नवलपुरस्थित आफ्नो घरमा डेरामा बस्दै आएकी तुलसीपुर उपमहानगरपालिका १६ गणेशपुरकी नर्स सिर्जना खड्कालाई निकालेको आरोपमा उनलाई पक्राउ गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए। दाङका […]

जनकपुरमा भर्ना भएका दुबै बिरामीको रिपोर्ट नेगेटिभ

१८ चैत, जनकपुरधाम । भारतबाट आएका धनुषाका दुई व्यक्तिमा कोरोनाको आशंका गरिए पनि जाँचमा उनको रिपोर्ट नेगेटिभ आएको छ । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा शनिबार भर्ना भएका दुबै व्यक्तिको रिपोर्ट नेगेटिभ आएको अस्पतालका ल्याब विभागकी प्याथोलोजिस्ट डा. स्वेना ठाकुरले जानकारी दिइन् । उनकाअनुसार भारतबाट केही दिन अगाडि आएका ती दुई व्यक्तिमा रुघाखोकी र ज्वरो देखिएपछि […]

प्रदेश २ सरकारले दूध र तरकारीको अभाव हुन नदिने

१८ चैत, जनकपुरधाम । प्रदेश २ सरकारले लकडाउनको समयमा सर्वसाधारणलाई दूध र तरकारीको अभाव हुन नदिने भएको छ । प्रदेशको भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सर्वसाधारणका लागि दूध र तरकारी उपलब्ध गराउने योजना ल्याएको छ । ‘सुपथ मूल्यमा दूध र तरकारी उपलब्ध गराउन हामीले योजना बनाएका छौं,’ भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र […]

चितवनमा पीपीई र मास्कमा कालोबजारीको जालो

१८ चैत, चितवन । कोरोना भाइरसको संक्रमण भएका बिरामीको उपचारमा स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क र चश्मामा ब्यापक कालोबजारी भएको पाइएको छ । चितवनका विभिन्न अस्पताल तथा मेडिकल कलेजहरुले महंगो शुल्कमा दलालमार्फत पीपीई खरिद गरेका छन् । सरकारबाट पीपीई पाउन नसकेपछि बाध्यात्मक अवस्थामा महंगो भए पनि पीपीई खरिद गरेको उनीहरुको भनाइ छ । […]

१७ अनलाइन बन्द गराउने काउन्सिलको निर्णयप्रति आपत्ति

१८ चैत, काठमाडौं । नेपाल प्रेस काउन्सिलको आग्रहमा १७ वटा अनलाइन सञ्चार माध्यम नेपालभित्र प्रकाशन/प्रशारण हुन नसक्ने बनाएकाेमा अनलाइन पत्रकार संघले आपत्ति जनाएको छ । केही अनलाइन संचार माध्यमले ‘हुँदै नभएका कथा बुनेर, अनुमानका भरमा र पुष्टि नै नभएका तथा समाजलाई आतंकित र उत्तेजित पार्ने खालका समाचार दिने गरेको पाइएको’ भन्दै प्रेस काउन्सिलले ती  संचार […]

ज्वरोका बिरामीदेखि तर्सिन थाले एम्बुलेन्स चालक

१८ चैत, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–४ धावाका ३८ बर्षका रामबहादुर सिंखडालाई सोमबार एक्कासी श्वासप्रश्वासमा समस्या भयो । बेला बेला खोकीले पनि सताउन थालेपछि उनले स्वास्थ्यकर्मीलाई फोन गरे । उनी केही दिनअघि मात्रै भारतबाट फर्किएका हुन् । ‘ज्वरो छ कि छैन,’ स्वास्थ्यकर्मीले सोधे । केही दिन अघि ज्वरो आएको कुरा सिंखडाले जानकारी गराए । […]

वीर अस्पतालमा मृत्यु भएका पुरुषको नतिजा नेगेटिभ

१८ चैत, काठमाडौं । सोमबार वीर अस्पतालमा  मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण नभएको पुस्टि भएको छ । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्‍त उनको नमुना परीक्षणको नतिजा नेगेटिभ आएको वीर अस्पतालका डा. विद्यानिधि पौडेलले जानकारी दिए । ज्वरो आएका कारण सोमबार विहान उपचारका लागि अस्पताल आएका अन्दाजी ५० वर्षका ती व्यक्तिको सोमबार दिउँसो मृत्यु भएको […]

‘राष्ट्रिय संकटका बेला रक्सी नपिए हुन्न ?’

१८ चैत, काठमाडौं । विदेशबाट आयात हुने मदिरा रोक्दा एक वर्षमा मुलुकको डेढ अर्ब रुपैयाँ बचत हुने भन्सार विभागले दाबी गरेको छ । नेपालले एक आर्थिक वर्षमा विभिन्न ब्राण्डका झण्डै एक अर्ब ५० करोड रुैपैयाँ बराबरको मदिराजन्य पदार्थ आयात गर्ने गरेको भन्सार विभागका महानिर्देशक सुमन दाहालले अनलाइनखबरलाई बताए । ‘भन्सारको तथ्यांक अनुसार मदिराको आयात हरेक […]

कोरोना संकटः जनप्रतिनिधि र कर्मचारीको तलब ६० प्रतिशत कटौती गर्ने महाराष्ट्र सरकारको घोषणा

१८ चैत, काठमाडौं । भारतको महाराष्ट्र सरकारले जनप्रतिनिधि र कर्मचारीको तलब कटौती गर्ने घोषणा गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण राजस्व संकलनमा कमी आउने आशंकासँगै सरकारले यस्तो घोषणा गरेको हो । महाराष्ट्रमा अहिलेसम्म २२५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्, जसमध्ये १० जनाको मृत्यु भएको छ । सहायक मुख्यमन्त्री एवं वित्तमन्त्री अवित पवरले […]

निजी अस्पताललाई सर्वोच्चको आदेश : कोरोना सं‌क्रमितको उपचार व्यवस्था मिलाऊ

१८ चैत,काठमाडौं । सर्वोच्च अदालतले निजी अस्पतालहरुलाई बिना शर्त कोरोना सं‌क्रमितको उपचार व्यवस्था मिलाउन आदेश दिएको छ । अदालतले मंगलबार आदेश जारी गर्दै कुनैपनि बहानामा कोरोना भाइरस संक्रमणको उपचार गर्नबाट पन्छिने छुट नरहेको भन्दै यस्ता उपचार गर्ने व्यवस्था मिलाउन आदेश जारी गरेको छ । सर्वोच्च अदालत बार एशोसिएसनको तर्फबाट अधिवक्ता पुष्पराज पौडेल समेतले दायर गरेको […]

पावर चाइनाले दियो ऊर्जा मन्त्रालयलाई ५ हजार मास्क

१८ चैत, काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिञ्चाई मन्त्रालयलाई चीनको पावर चाइना कम्पनीले पाँच हजार थान सर्जिकल मास्क उपलब्ध गराएको छ । पछिल्लो समय नेपालमा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गइरहेको समयमा पावर चाइनाले मंगलबार मन्त्रालयलाई उक्त मास्क उपलब्ध गराएको हो । पावर चाइनाका प्रतिनिधि ली हाइयुआनले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर ऊर्जा, जलश्रोत तथा […]

एनसेलले तिर्‍यो ४ अर्ब ६० करोड पुँजीगत लाभ कर

१८ चैत, काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो सेयर स्वामित्व खरिद बिक्री वापतको पुँजीगत लाभकर ४ अर्ब ६० करोड रुपैयाँ तिरेको छ । मंगलबार एनसेलले सो रकम तिरेको ठूला करदाता कार्यालय प्रमुख झलकराम अधिकारीले जानकारी दिए । कुल २२ अर्ब ४५ करोड रुपैयाँ पुँजीगत लाभ कर निर्धारण भएकामा एनसेलले यसअघि चार अर्ब ५० […]

नेपाल भ्रमण वर्ष स्थगित, बैशाखदेखि सचिवालय विघटन गरिने

१८ चैत, काठमाडौं । अन्ततः  सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ । यसअघि अप्रिलसम्मका लागि मात्र स्थगित भएको यो अभियान अब भने औपचारिक रुपमा स्थगित भएको हो । नेपाल सरकारको चैत ९ गतेको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार […]



from समाचार – Online Khabar https://ift.tt/3dEZEKp
via IFTTT
Powered by Blogger.