Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सालकबाट कोरोना भाइरस सरेको आशंका

१४ चैत, काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) सालकबाट मानिसमा सरेको आशंका गरिएको छ। वैज्ञानिकहरुले गरेको अनुसन्धानमा तस्करी गरिएका सालकमा अहिले विश्वभर महामारी फैलिएको भाइरस जस्तै फेला परेपछि यो तथ्य बाहिर आएको हो । वैज्ञानिकहरुले भविष्यमा आउनसक्ने यस किसिमको महामारीबाट बच्न जंगली जनावरको बजारमा कडाइका साथ रोक लगाउनुपर्ने बताएका छन् । सालक सबैभन्दा […]

विदेशबाट फर्किने काठमाडौंवासीको महानगरले अभिलेख राख्ने

१४ चैत, काठमाडौं । आगामी १८ गते पछि विदेशबाट फर्किने काठमाडौंका सबै नागरिकको काठमाडौं महानगरपालिकाले अभिलेख राख्ने भएको छ । महानगरले सबै वडा कार्यालयहरुलाई परिपत्र गर्दै विदेशबाट काडमाढौं फर्कनेहरुको अभिलेख राख्न भनेको हो । कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउन गरेपछि केही असहज बनेको नगरवासीको जीवनयापनलाई सकेसम्म सहज बनाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यको […]

कान्तिपुर दैनिकसहित कान्तिपुर पब्लिकेसनका सबै पत्रपत्रिका बन्द

१४ चैत, काठमाडौं । कोरोनाको विश्वप्यापी प्रभावका कारण लकडाउनको स्थिति आएपछि राष्ट्रिय दैनिक पत्रिकाको मुद्रण शनिबारदेखि केही दिनका लागि बन्द हुने भएको छ । कान्तिपुरसँगै काठमाडौं पोष्ट, नेपाल साप्ताहिक, नारी र साप्ताहिक पनि केही दिन नछापिने कान्तिपुरका पब्लिकेसनका प्रकाशकले जनाएका छन् । कोरोनाको जोखिमसँगै प्रिन्ट मिडियामा संकट आउन थालेको छ । यसअघि नै साप्ताहिकरुपमा प्रकाशित […]

रजहरको प्राकृतिक चिकित्सालयलाई क्वारेन्टाइन बनाइने

१४ चैत, चितवन । पूर्वीनवलपरासीको रहजरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयलाई क्वारेन्टाइन बनाइने भएको छ । झण्डै ४ सय बेड क्षमताको चिकित्सालयलाई क्वारेन्टाइन बनाउन दिने निर्णय गरिएको व्यवस्थापक हरि सापकोटाले जानकारी दिए । त्यसका लागि चिकित्सालयमा रहेका सबै बिरामीहरुलाई डिस्चार्ज गरेर घर पठाइ सकिएको छ । उनले भने ‘हामीसँग पनि बिरामी आउने अवस्था छैन, समुदाय र […]

तिलोत्तमाले बनायो १ करोडको प्रकोप व्यवस्थापन कोष

१४ चैत, बुटवल । तिलोत्तमा नगरपालिकाले १ करोड रुपैयाँको प्रकोप व्यवस्थापन कोष स्थापना गरेको छ । कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गरी कोष खडा गरिएको नगरपालिकाले जनाएको छ । प्रकोप व्यवस्थापन कोषमा रहेको ८० लाख रुपैयाँ र स्वास्थ्य तथा सामुदायिक विशेष कोषमा रहेको २० लाख थपेर एक करोडको कोष बनाइएको हो । उक्त कोषमा नगरप्रमुख […]

मन्त्री मानन्धरको सुझाव–कोरोनासँग नआत्तिनू, ज्ञानगुनका किताब पढ्नू

१४ चैत, काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक सबै प्रवन्ध मिलाएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । नागरिकको जीवन रक्षाका लागि सरकारले लकडाउन गरेकाले त्यसको भने पूर्ण पालना गर्न उनले आग्रह गरे । ‘सामान्य हेलचेक्राइँले विपद् आउनसक्न सक्छ । त्यसैले सतर्क रहनु उत्तम उपय हो,’ मन्त्री मानन्धरले भने, […]

कांग्रेस महासमिति सदस्य लामाको निधन

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य गजेन्द्रकुमार लामाको बिहीबार निधन भएको छ । कांग्रेस काठमाडौं क्षेत्र नं ३ का महासमिति सदस्य लामाको भारतको मेदान्त अस्पतालमा कलेजो प्रत्यारोपणपछि उपचारका क्रममा निधन भएको सो पार्टीका वागमती प्रदेशसभाका सदस्य छिरिङ दोर्जे लामाले जानकारी दिए । लुम्बिनी विकास कोषका पूर्वउपाध्यक्षसमेत रहेका लामा महेन्द्र बौद्ध माध्यामिक विद्यालय व्यवस्थापन […]

विदेशबाट आएका नागरिक खोज्दै धरान

१४ चैत, धरान । विदेशबाट आएका व्यक्तिमा कोरोना संक्रमण देखिएपछि धरानमा विदेशबाट आएका व्यक्तिको विवरण संकलन सुरु गरिएको छ । गृह मन्त्रालयले विदेशबाट आएका व्यक्तिको विवरण पठाउन पत्राचार गरेपछि धरान उपमहागनरपालिकाले पनि विदेशबाट आएका व्यक्तिको खोजी तीव्ररुपमा बनाएको हो । प्रत्येक वडाले आफ्नो वडामा विदेशबाट आएकाहरुको तथ्यांक संकलन गरिरहेको छ । हालसम्म धरानमा ६४ जना […]

प्रधानमन्त्री ओली अस्पताल भर्ना

१४ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । बिहीबार रातिदेखि शरीरमा असहज महसुस भएकाले प्रधानमन्त्रीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको स्रोतले बतायो । प्रधानमन्त्रीको मुटुको चालमा केही तलमाथि देखिएको भए पनि अहिले बिहानसम्म स्थिति सामान्य बनिसकेको स्रोतले बताएको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपर्ने भएता पनि […]

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, २ घाइते 

१४ चैत, चितवन । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–७, चोरमाराको भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । २ जना घाइते छन् । चोरमारादेखि उत्तर अम्रसातर्फ जाँदै गरेको ना ४३ प २९८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही स्थानका २८ वर्षीय भोजबहादुर महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते महतोलाई चितवनको पुरानो […]

चीनबाट मेडिकल सामग्री लिन वाइडबडी शनिबार ग्वाङझाओ जाँदै

१४ चैत, काठमाडौं । कोरोना भाइरस परीक्षण गर्ने कीट र पीपीई लगायतका औषधिजन्य सामाग्रीहरु लिन नेपाल वायु सेवा निगमको ए–३३२ वाइडबडी विमान चीनको ग्वाङझाओ जाने भएको छ । विमानस्थल भन्सार कार्यालय स्रोतका अनुसार भोलि शनिबार नेपाल एयरलाइन्सको बाइडबडी विमान काठमाडौंबाट ग्वाङझाओ जान लागेको हो । औषधिजन्य सामाग्री लिनका लागि शनिबार फ्लाइट नम्बर आरएनए ४१७१ को […]

स्पेनमा चार नेपालीलाई कोरोना संक्रमण पुष्टि 

१४ चैत, बार्सिलोना । स्पेनमा चार जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ । बार्सिलोनाको साग्रादा फ्यामिलिया बस्दै आएका एक जना नेपालीको भने सान्पाओ अस्पतालमा उपाचार भइरहेको छ । अन्य ३ जना भने हस्पितालेद क्षेत्रका हुन् । उनीहरु त्यहाँस्थित अस्पतालमा भर्ना भएका छन् […]

कोरोना भाइरसले इटाली र स्पेनमा एकैदिन १४ सय बढीको मृत्यु

१४ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को कारण पछिल्लो २४ घण्टामा इटाली र स्पेनमा १४ सयभन्दा बढी मानिसको ज्यान गएको छ । वर्ल्डओमिटरका अनुसार इटालीमा एकैदिन ७१२ जनाले ज्यान गुमाएका छन् । यससँगै इटालीमा मृत्यु हुनेको संख्या पनि ८ हजार २१५ पुगेको छ । त्यस्तै संक्रमितको संख्या पनि बिहीबार इटालीमा ८ हजारभन्दा बढीले बढेको […]

चीनमा भन्दा अमेरिकामा धेरै कोरोना संक्रमित

१४ चैत, काठमाडौं । चीन र युरोपपछि कोरोना भाइरसको इपिसेन्टर बनेको अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित फेला परेका छन् । अमेरिकाको जोन हकिन्स युनिभर्सिटीका अनुसार, हालसम्म अमेरिकाभर ८३ हजार ५०० मानिसमा कोरोनाको लक्षण भेटिएको छ ।  ५ लाख ५२ हजार मानिसमा गरिएको परीक्षणमा यतिधेरै संक्रमित भेटिएका हुन् । यो संख्या कोरोनाको उद्गमस्थल चीनको भन्दा १ […]

लकडाउनमा पुरूष बढी अस्थिर देखिएका हुन् कि ?

विगत तीन महिनाबाट शुरू भएको कोरोना भाइरस (कोभिड१९) ले महामारीको रूप लिएपछि अहिले नेपालमा लकडाउन शुरू भएको छ । महामारीका कारण लामो समय आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने भएपछि धेरैजसो मानिसहरु अस्थिर देखिएको बुझिन आएको छ । त्यसमा पनि महिलाभन्दा बढी अस्थिरता पुरूषहरूमा देखिएको हो कि भन्ने भान हुन्छ । यदि यस्तै अस्थिरता बढ्दै जाने […]

क्वारेन्टाइन बनाउन मकवानपुरको ओम रिसोर्टले दियो २८ कोठा

१४ चैत, हेटौंडा । मकवानपुरको थाहा नगरपालिकास्थित ओम अध्याय रिट्रिट रिसोर्टलाई कोरोना भाइरस संक्रमणको आशंका गरिएका बिरामीहरुलाई राख्ने क्वारेन्टाइनको रुपमा प्रयोग गरिने भएको छ । क्वारेन्टाइन बनाउनका लागि रिसोर्ट सञ्चालकले २८ वटा कोठा थाहा नगरपालिकालाई निःशुल्क उपलब्ध गराएका छन् । रिसोर्टलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने सम्बन्धमा थाहा नगरपालिका र ओम अध्याय रिट्रिट रिसोर्टबीच बिहीबार सम्झौता […]

ज्वरो आयो ? कोशी अस्पताल जानुहोस् !

१३ चैत, विराटनगर । ज्वरो आएका हरेक विरामी कोरोना भाइरस (कोभिड-१९) का शंकास्पद संक्रमित होइनन् । तर अहिले ज्वरो आयो भनेर कोही निजी अस्पतालमा पुग्यो भने उसले गेटबाटै प्रवेश दिँदैन । भन्छ, कोशी अस्पताल जानुस् । विराटनगरका निजी अस्पतालहरुले सुरक्षा गार्डलाई ज्वरो आएका विरामी आए फर्काउन निर्देशन दिएका छन् । यसरी नै कोशी अस्पताल पुग्ने […]

सरकारले घरबेटीलाई भन्यो-अत्यावश्यक सेवाका श्रमिकलाई नरोक्नू

१३ चैत, काठमाडौं । आपूर्ति मन्त्रालयले अत्यावश्यकीय वस्तु तथा सेवाको उत्पादन, ढुवानी तथा बिक्रीवितरणमा संलग्न श्रमिकहरुलाई काममा जानबाट नरोक्न सम्बद्ध परिवार तथा घरबेटीहरुलाई आग्रह गरेको छ । कतिपय घरधनीहरुले आफ्नो घरमा बहालमा बस्ने श्रमिकलाई घरबाहिर ननिस्कन दवाव दिएको र कतिपयले आफ्नो परिवारका सदस्यलाई काममा जानबाट रोकेको जस्ता गुनासाहरु आएको भन्दै मन्त्रालयले नरोक्न आग्रह गरेको हो […]

लकडाउनमा हिँड्नेमाथि लाठी, नागरिक अनुशासित नहुँदाको परिणाम : प्रहरी

१३ चैत, काठमाडौं । कारोना (कोभिड–१९) भाइरसको संक्रमण रोकथामका लागि लागू गरिएको लकडाउनको पहिलो दिन मंगलबार सडकमा छिटफुट रुपमा मानिसहरु देखिए । त्यसको विपक्षमा लकडाउन उल्लंघन गरेका व्यक्तिलाई भारतमा प्रहरीले पिटेको भिडियो र तस्वीर सामाजिक सञ्जालमा व्यापक रुपमा शेयर भयो । नेपाल प्रहरी भने सकेसम्म बल प्रयोग नगर्ने मनस्थितिमा थियो । सम्झाई बुझाई गर्दा पनि […]

अब हामीसँग २/३ दिन छ, यसलाई खेर नफालौं

कोही महिना अगाडि (डिसेम्बर २०१९) चीनमा कोरोना भाइरसको संक्रमण देखियो, त्यसको केही समयपछि नेपालमा पनि एक जना संक्रमित भेटियो । त्यही बेला नै हामीले संसदबाट भन्यौं कि ‘पूर्वतयारी गर्दै गर्दा एउटा राष्ट्रिय कार्ययोजना बनाऔं, सिंगो नेपाल त्यो कार्ययोजनाबाट बाँधिनुपर्छ ।’ त्यो भनेको एउटा समिति बनाउने वा सबै मन्त्रालय एक ठाउँ बस्ने भनेको होइन । कोरोनासँग […]

अब आधा सिलिन्डर भरेको ग्यास मात्र पाइने

१३ चैत, काठमाडौं । अब सिलिण्डर आधा मात्र भरेको ग्यास पाइने भएको छ । नेपाल आयल निगमले सिलिन्डर आधा मात्र भनेर बजारमा पठाउन ग्यास उद्योगहरुलाई निर्देशन दिएको हो । हाल एक सिलिन्डरमा १४.२ केजी ग्यास हुन्छ । तर अब सिलिन्डरमा ७.१ केजी मात्रै ग्यास हुनेछ । निगमका एक अधिकारीकाअनुसार मागअनुसार ग्यास पुर्‍याउन नसकिने अवस्था आएपछि […]



from समाचार – Online Khabar https://ift.tt/2wxXMCu
via IFTTT
Powered by Blogger.