समाचार
१५ चैत, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार कोरोना भाइरसविरुद्ध लड्न पीएम–केयर्स कोषको घोषणा गरेका छन् । शनिबार उनले जनताहरुलाई कोरोना भाइरसविरुद्ध लड्न सहयोगको अपिल गर्दैै प्राइम मिनिस्टर्स सिटिजन इसिस्टेन्ट एण्ड रिलिफ इन इमर्जेन्सी सिचुएसन्स फण्ड (पीएम–केयर्स)को घोषणा गरेका हुन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् मोदीले यो भाइरसको कारण ज्यान गुमाएका परिवारले यो भाइरसविरुद्धको लडाइँमा […]
१५ चैत, हेटौंडा । स्थानीय तहसँगको सहकार्यमा वागमती प्रदेश सरकारले ३ सय ३७ वटा आइसोलेसन वेड तयार पारेको छ । सरकारले प्रदेशभित्रका विभिन्न जिल्लाका स्थानीय तहमा कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन बेड तयार पारेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण रोकथाम र उपचारका लागि उच्च सर्तकताका साथ सरकारले काम गरी रहेको मन्त्रालयका मन्त्री […]
१५ चैत, वीरगञ्ज । कोरोना भाइरसको (कोभिड–१९) संक्रमण फैलन नदिन मुलुकभरी लकडाउन गरिएको छ । तीनै तहको सरकारले दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कुनै समस्या नआउने भनेपनि व्यवहारमा त्यस्तो देखिँदैन । लकडाउनकै कारण दैनिक जीवनमा नभई नहुने चामल, दाल, तेल उत्पादन गर्ने उद्योग पाँच दिनदेखि बन्द छ । उद्योगमा मौज्दात रहेका सामान ढुवानी गर्ने साधनको समेत […]
५ चैत, गोरखा । कोरोना भाइरसको संक्रमण रोक्न गोरखा सदरमुकाम क्षेत्रमा किटनाशक बिषादी (क्लोरिन झोल) छरिएको छ । बजार क्षेत्रलाई लक्षित गर्दै क्लोरिन पाउडरमा पानी मिसाएर गोरखा नगरपालिकाले शनिवारदेखि बिषादी छर्कन शुरु गरेको हो । खोलखोले, हरमटारी, बसपार्क, ठुलोआँगन, अस्पतालचोकलगायतका क्षेत्रमा बिषादी छर्किएको नगर प्रमुख राजनराज पन्तले बताए । ‘नगरपालिका भित्र रहेको वजार क्षेत्र र […]
१५ चैत, बार्सिलोना । स्पेनमा कोरोना भाइरस (कोभिड-१९) का कारण पछिल्लो २४ घण्टामा आठ सय ३२ जनाको मृत्यु भएको छ । यो भाइरसका कारण स्पेनमा एकै दिनमा मृत्यु भएको अहिलेसम्मकै धेरै हो । शनिबार मध्यान्हसम्म ५ हजार छ सय ९४ जनाको मृत्यु भएको स्पेनको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। कुल संक्रमितको संख्या ७२ हजार दुई […]
१५ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)विरुद्ध लड्नका लागि टाटा ट्रस्टले भारतलाई पाँच सय करोड भारु सहयोग गर्ने भएको छ । ट्रस्टका अध्यक्ष रतन टाटाले कोभिड-१९ विरुद्ध लड्नका लागि पाँच सय करोड भारु सहयोग गर्ने घोषणा गरेका हुन् । रतन टाटाले भने, ‘कोभिड–१९ का कारण भारतलगायत विश्वको वर्तमान अवस्था चिन्ताजनक छ । यसविरुद्ध लड्न तत्काल […]
१५ चैत, पोखरा । लकडाउनका कारण अन्नपूर्ण पदमार्ग र आसपासका ठाउँमा अलपत्र परेका पर्यटकहरु पोखरा आइरहेका छन् । थोरङ ला पास र उपल्लो मुस्ताङ गएका पर्यटकहरु जोमसोम झरिरहेका छन् । आफ्नो मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएका कारण केही पर्यटक नेपालमै बस्न चाहन्छन् भने स्वदेश जान चाहने फर्किरहेका छन् । अलपत्र पर्यटकलाई अहिले दिनहुँ […]
१५ चैत, गुल्मी । कोरोना भाइरसको संक्रमण रोकथामका लागि गुल्मी जिल्लाका ११ स्थानीय तहमा गरी ३०८ वेडको आइसोलेसन वार्ड बताइएको छ । गुल्मीमा १२ मध्ये गुल्मी दरबार गाउँपालिकाबाहेक सबै स्थानीय तहले आइसोलेसन वार्ड स्थापना गरेको जानकारी आएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी लक्ष्मण पाण्डेयले बताए । रुरुक्षेत्र गाउँपालिकामा २५, छत्रकोट गाउँपालिकामा […]
१५ चैत, पोखरा । वीरेन्द्र पौडेलले गत साता मात्र घरमा खुशी साटेका थिए, ‘मेरो पेन्सन पाक्यो । अब छिट्टै घर आउँछु ।’ चैत ७ गते पेन्सन पकाएर नेपाल प्रहरीबाट अवकाश लिने सोचमा थिए पौडेल । तर, देशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र सन्त्राससँगै उनको जिम्मेवारी थपियो । कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा […]
१५ चैत, विराटनगर । सुनसरीको इटहरीमा रहेको गोर्खा डिपार्टमेन्ट स्टोरले शनिबारदेखि अनलाइनबाटै अर्डर लिएर होम डेलिभरी सेवा सुरु गरेको छ । डिपार्टमेन्टले इटहरी नगरबासीको लागि शनिबार नाै सय ग्राहकको अर्डर लिएर होम डेलिभरी सेवा सुरु गरेको हो । डिपार्टमेन्ट स्टोरका प्रवन्धक श्रीप्रसाद गौतमले स्टोरबाट बिक्री वितरण गरिरहेका विभिन्न खाद्यवस्तु तथा सामग्रीहरु होम डेलिभरी गर्नेगरी अनलाइन […]
१५ चैत, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण भएको दोस्रो र पाँचौ व्यक्ति एकै विमानमा आएको पाइएको छ । उनीहरु दुबै जना चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएको कतार एयरवेजको विमान चढेर आएका हुन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कोरोना संक्रमित पाँचौ व्यक्ति बागलुङकी १९ वर्षकी किशोरी हुन् । उनी चैत […]
१५ चैत, काठमाडौं । बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी १९ वर्षीया किशोरीमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ । उनीहरू मध्ये एक निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा […]
१५ चैत, काठमाडौं । कोभिड १९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘नेपाल लकडाउन’ पश्चात् पर्यटकहरु अलपत्र परेपछि यती एअरलाइन्स र यसको भगिनी संस्था तारा एअरले उनीहरुको उद्दार गरी आज काठमाडौं ल्याएको छ । आज मात्रै पोखराबाट २२ जना र लुक्लाबाट ५३ जना गरी जम्मा ७५ जना पर्यटकहरुको उद्दार गरिएको छ । १५ […]
१५ चैत, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिबार दिउँसो ट्वीट गरे, ‘स्वास्थ्य मन्त्रालयको अर्डरअनुसार अत्यावश्यक स्वास्थ्य सामाग्री लिन नेपाल एयरलाइन्सको आरए ४१७१ विमान चीनको ग्वान्जाउ उडेको छ । रााति १ बजेसम्म नेपालमा ती सामान लिएर आइसक्छ ।’ ट्वीटर र फेसबुकबाट एकसाथ यो जानकारी दिँदा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थिए । देशभर […]
१५ चैत,काठमाडौं । गाउँपालिका महासंघले सबै देशभरका सबै गाउँपालिकालाई भारतसहित तेस्रो मुलुकबाट आफ्नो गाउँपालिकाभित्र आएका नागरिकहरुको विवरण संकलन गरी संघीय सरकारलाई दैनिक रुपमा पठाउन पत्राचार गरेको छ । गत दुई साताभित्र विदेशबाट फर्केकाहरुलाई निर्धारित मापदण्ड बमोजिमका क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न समेत गाउँपालिकाहरुलाई भनिएको छ । विदेशबाट आएका व्यक्तिहरुमा संक्रमण देखिएपछि महासंघले गाउँपालिकाहरुलाई सचेत गराएको हो […]
१५ चैत, काठमाडौं । नेपाल एयरलाइन्सको वाइडबडी विमान अप्रिलको सुरुआतमा अस्ट्रेलिया जाने भएको छ । नेपालमा रहेका अस्ट्रेलियाली नागरिकलाई नेपाल एयरलाइन्सले घर फिर्ता लगिदिने भएको छ । नेपालस्थित अस्ट्रेलियाली दूतावासको पहलमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टर्ड गर्न लागिएको हो । नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख दिपु ज्वार्चनका अनुसार सम्भवत १ अप्रिलमा काठमाडौंबाट सिड्नी जाने गरी […]
१५ चैत, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न एकीकृत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ । पार्टीका महासचिव किरणले शनिबार एक विज्ञप्ती जारी गर्दै कोभिड-१९ विरुद्ध लड्न र लकडाउनपछि उत्पन्न समस्या समाधान गर्न सरकारलाई सात बुँदे सुझाव दिएका हुन् । क्रान्तिकारी माओवादीले विदेशबाट आएका नेपालीहरुलाई अनिवार्य १४ दिनसम्म […]
१५ चैत, बुटवल । कोरोना भाइरस (कोभिड–१९) को रोेकथाम तथा उपचारका लागि रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले दुई लाख रुपैयाँ दिने निर्णय गरेको छ । रुपन्दहीका तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका, ओमसतिया गाउँपालिका र सियारी गाउँपालिकाले स्थापना गरेका कोरोना रोकथाम तथा उपचार कोषमा जनउत्थानले ५० हजार रुपैयाँका दरले रकम दिने निर्णय गरेको हो । […]
१५ चैत, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ६ लाख नाघेको छ । दक्षिणी युरोप संक्रमणको केन्द्र बनेको छ । अमेरिकामा पनि संक्रमित र त्यसबाट मृत्यु हुनेको संख्या बढ्दो क्रममा छ । कोरोनाको संक्रमण र रोकथामको प्रयासमा धेरै देशहरुले लकडाउन गरेर मानिसहरुलाई घरबाहिर निस्किन प्रतिबन्ध लगाएका छन् । नक्शा र चार्टमार्फत् अहिलेको अवस्थाबारे […]
अहिले कोरोना भाइरसको महामारीका कारण मुलुकमा संकट छाएको छ । सबै तहका सरकारहरुका दैनिक खर्चहरु खुम्चिएका छन् । स्थानीय तह, प्रदेश र संघ सरकार सबैले तलबमा बाहेक अन्य चालू आर्थिक वर्षको खर्च धेरै गर्नुपरेको छैन । अत्यावश्यकीय सेवामा मात्र खर्च भइरहेको छ । यही समयमा निजी क्षेत्रसहित आम जनता आत्तिएका छन् । स्रोतको खासै अभाव […]
१५ चैत, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ४० करोड रुपैयाँको कोष स्थापना गरिएको छ । शनिबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना रोकथामका लागि कोष स्थापना गर्ने निर्णय गरेको हो । प्रदेश सरकारले तीन अस्पतालमा नमुना परिक्षण केन्द्र स्थापना गर्ने निर्णय पनि गरेको छ । सेती प्रादेशिक अस्पताल धनगढी, डोटी अस्पताल र […]
from समाचार – Online Khabar https://ift.tt/3bywhrg
via IFTTT