Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

इटहरीमा अनलाइनमार्फत घरघरमा खाद्यान्न

१५ चैत, विराटनगर । सुनसरीको इटहरीमा रहेको गोर्खा डिपार्टमेन्ट स्टोरले शनिबारदेखि अनलाइनबाटै अर्डर लिएर होम डेलिभरी सेवा सुरु गरेको छ । डिपार्टमेन्टले इटहरीनगरबासीको लागि शनिबार ९ सय ग्राहकको अर्डर लिएर होम डेलिभरी सेवा सुरु गरेको हो । डिपार्टमेन्ट स्टोरका मेनेजर श्रीप्रसाद गौतमले स्टोरबाट बिक्री वितरण गरिरहेका विभिन्न खाद्यवस्तु तथा सामग्रीहरु होम डेलिभरी गर्ने गरी अनलाइन […]

यति र तारा एयरमार्फत पोखरा र लुक्लाबाट ७५ जना पर्यटकको उद्दार

१५ चैत, काठमाडौं । कोभिड १९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘नेपाल लकडाउन’ पश्चात् पर्यटकहरु अलपत्र परेपछि यती एअरलाइन्स र यसको भगिनी संस्था तारा एअरले उनीहरुको उद्दार गरी आज काठमाडौं ल्याएको छ । आज मात्रै पोखराबाट २२ जना र लुक्लाबाट ५३ जना गरी जम्मा ७५ जना पर्यटकहरुको उद्दार गरिएको छ । १५ […]

विदेशबाट आएका व्यक्तिको विवरण संकलन गर्न गाउँपालिकालाई पत्राचार

१५ चैत,काठमाडौं । गाउँपालिका महासंघले सबै देशभरका सबै गाउँपालिकालाई भारतसहित तेस्रो मुलुकबाट आफ्नो गाउँपालिकाभित्र आएका नागरिकहरुको विवरण संकलन गरी संघीय सरकारलाई दैनिक रुपमा पठाउन पत्राचार गरेको छ । गत दुई साताभित्र विदेशबाट फर्केकाहरुलाई निर्धारित मापदण्ड बमोजिमका क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न समेत गाउँपालिकाहरुलाई भनिएको छ । विदेशबाट आएका व्यक्तिहरुमा संक्रमण देखिएपछि महासंघले गाउँपालिकाहरुलाई सचेत गराएको हो […]

नेपाल एयरलाइन्सको वाइडबडी विमान अस्ट्रेलिया जाँदै

१५ चैत, काठमाडौं । नेपाल एयरलाइन्सको वाइडबडी विमान अप्रिलको सुरुआतमा अस्ट्रेलिया जाने भएको छ । नेपालमा रहेका अस्ट्रेलियाली नागरिकलाई नेपाल एयरलाइन्सले घर फिर्ता लगिदिने भएको छ । नेपालस्थित अस्ट्रेलियाली दूतावासको पहलमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टर्ड गर्न लागिएको हो । नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख दिपु ज्वार्चनका अनुसार सम्भवत १ अप्रिलमा काठमाडौंबाट सिड्नी जाने गरी […]

सरकारलाई कोभिड–१९ विरुद्ध लड्न क्रान्तिकारी माओवादीको सात बुँदे सुझाव

१५ चैत, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न एकीकृत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ । पार्टीका महासचिव किरणले शनिबार एक विज्ञप्ती जारी गर्दै कोभिड-१९ विरुद्ध लड्न र लकडाउनपछि उत्पन्न समस्या समाधान गर्न सरकारलाई सात बुँदे सुझाव दिएका हुन् । क्रान्तिकारी माओवादीले विदेशबाट आएका नेपालीहरुलाई अनिवार्य १४ दिनसम्म […]

कोभिड-१९ कोषमा जनउत्थान सहकारीको २ लाख

१५ चैत, बुटवल । कोरोना भाइरस (कोभिड–१९) को रोेकथाम तथा उपचारका लागि रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले दुई लाख रुपैयाँ दिने निर्णय गरेको छ । रुपन्दहीका तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका, ओमसतिया गाउँपालिका र सियारी गाउँपालिकाले स्थापना गरेका कोरोना रोकथाम तथा उपचार कोषमा जनउत्थानले ५० हजार रुपैयाँका दरले रकम दिने निर्णय गरेको हो । […]

कोरोना भाइरसको चपेटामा करोडौं मानिस

१५ चैत, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ६ लाख नाघेको छ । दक्षिणी युरोप संक्रमणको केन्द्र बनेको छ । अमेरिकामा पनि संक्रमित र त्यसबाट मृत्यु हुनेको संख्या बढ्दो क्रममा छ । कोरोनाको संक्रमण र रोकथामको प्रयासमा धेरै देशहरुले लकडाउन गरेर मानिसहरुलाई घरबाहिर निस्किन प्रतिबन्ध लगाएका छन् । नक्शा र चार्टमार्फत् अहिलेको अवस्थाबारे […]

‘राहत प्याकेज ल्याउन ढिलो भइसक्यो’

अहिले कोरोना भाइरसको महामारीका कारण मुलुकमा संकट छाएको छ । सबै तहका सरकारहरुका दैनिक खर्चहरु खुम्चिएका छन् । स्थानीय तह, प्रदेश र संघ सरकार सबैले तलबमा बाहेक अन्य चालू आर्थिक वर्षको खर्च धेरै गर्नुपरेको छैन । अत्यावश्यकीय सेवामा मात्र खर्च भइरहेको छ । यही समयमा निजी क्षेत्रसहित आम जनता आत्तिएका छन् । स्रोतको खासै अभाव […]

सुदूरपश्चिममा कोरोना भाइरस रोकथामका लागि ४० करोडको कोष

१५ चैत, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ४० करोड रुपैयाँको कोष स्थापना गरिएको छ । शनिबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना रोकथामका लागि कोष स्थापना गर्ने निर्णय गरेको हो । प्रदेश सरकारले तीन अस्पतालमा नमुना परिक्षण केन्द्र स्थापना गर्ने निर्णय पनि गरेको छ । सेती प्रादेशिक अस्पताल धनगढी, डोटी अस्पताल र […]

समाजवादीले कोभिड-१९ कोषमा १० लाख दिने   

१५ चैत, काठमाडौँ । समाजवादी पार्टी नेपालले कोरोना भाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा आफ्नो तर्फबाट एकमुस्ट १० लाख रुपैयाँ प्रदान गर्ने जनाएको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गरी पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने सांसद तथा जनप्रतिनिधिको आधा महिनाबराबरको तलब तथा पार्टी कार्यकर्ता तथा शुभेच्छुकको सहयोगसमेत गरी […]

घलेगाउँको होमस्टेमा पर्यटक राखे ५० हजार जरिवाना

१५ चैत, पोखरा । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न अहिले सरकारदेखि गाउँ तहसम्म नै सतर्कता अपनाइरहेको छ । लमजुङको होमस्टे गाउँ घलेगाउँले कोरोना संक्रमणबाट बच्न र सावधानी अपनाउन सतकर्ताको नयाँ तरिका अपनाएको छ । घलेगाउँले गाउँमा पर्यटक आउन प्रतिबन्ध लगाएको छ । तर, यदि कसैले गाउँ आएका पर्यटकलाई बास दिएमा पनि जरिवाना गरिने भएको […]

चीनमा खुले ८० प्रतिशत व्यापारिक केन्द्र, हवाई यात्रुमा ५० प्रतिशत वृद्धि

१५ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट चीन बिस्तारै सामान्य अवस्थामा फर्किन थालेको छ । यो भाइरस निस्किएको वुहान शहरमा शनिबारदेखि सब–वे सेवा सुरु भएको छ । बजार खुलेका छन् भने मानिसहरु बाहिर निस्किन थालेका छन् । ९ सातापछि हुबेई प्रान्तले पूर्ण लकडाउन हटाएको छ र वुहानलाई कोरोना भाइरसको मिडियम रिक्स भएको क्षेत्र बनाइएको […]

६ लाख भन्दा बढीलाई कोरोना संक्रमण

१५ चैत, काठमाडौं । कोभिड–१९ महामारीबाट संक्रमितको संख्या ६ लाख नाघेको छ । शनिबार मध्यान्हसम्म ६ लाख ८३५ जनामा यसको संक्रमण देखिएको हो । कोरोना भाइरस संक्रमितमध्ये एक लाख ३३ हजार ४ सय  २६ जना भने निको भइसकेका छन् । २७ हजार ४१७ जनाले ज्यान गुमाइसकेका छन् । चीनबाट सुरु भएको कोभिड–१९ को संक्रमण एक […]

पोखराको १ सय ५० वेडको क्वारेन्टाइन : कतै भवनमात्र, कतै स्थानीयको विरोध

१५ चैत, पोखरा । चैत ११ गते लकडाउन छल्दै पोखरा आइपुगेका २७ जनामध्ये ११ जना कास्कीका थिए । कोरोना भाइरस कोरोना–१९ बाट भारतमा संक्रमित बढिरहेका पोखरा आइपुगेकाहरुलाई क्वारेन्टाइनमा राखेर निगरानी गर्ने भनिएको थियो । तर, मुग्लिनमा ज्वरो नापेर गण्डकी प्रदेश छिराइएका कसैलाई पनि सरकारले क्वारेन्टाइनमा नराखी होम क्वारेन्टाइनमा बस्नु भनेर छाडिदियो । अहिले ती ब्यक्ति […]

अख्तियारका आयुक्तद्वारा कोभिड-१९ राहत कोषमा १५ दिनको तलव

१५ चैत, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तहरुले कोरोना भाइरस (कोभिड-१९) को जोखिम सामना गर्न सरकारले स्थापना गरेको केन्द्रीय राहत कोषमा १५ दिनको तलव उपलब्ध गराउने भएका छन् । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि १५ दिनको तलव राहत कोषमा सहयोग गर्ने जानकारी […]

वीरगञ्ज महानगरले बाँड्यो विपन्न परिवारलाई खाद्यान्न

१५ चैत, वीरगञ्ज । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न सरकारले ‘लकडाउन’  गरेका कारण समस्यामा परेका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविका धान्दै आएका परिवारलाई वीरगञ्ज महानगरपालिकाले खाद्यान्न उपलब्ध गराएको छ । महानगरका प्रमुख विजयकुमार सरावगीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ र १२ का २४९ घरपरिवारलाई शनिबार खाद्यान्न वितरण गरेका हुन् । मेयर सरावगीले […]

प्रदेश २ का जिल्लाले मगाए पीपीई र थर्मल गन

१५ चैत, जनकपुरधाम । कोरोना रोकथामका लागि प्रदेश २ सरकारले जिल्लालाई दिएको रकमबाट उपकरण खरिद गरिने भएको छ । प्रदेश सरकारले प्रदेशका ८ जिल्लाको विपद व्यवस्थापन समितिलाई दिएको ५० लाख रुपैयाँबाट दुई जिल्लाले उपकरण खरिदका लागि सम्झौता गरिसकेको छ । प्रमुख जिल्ला अधिकारीहरुका अनुसार स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई), तापक्रम नाप्ने थर्मल गन, […]

प्रचण्डको भिडियो सन्देश-घरमै बसौं, आचारसंहिता पालना गरौं

१५ चैत, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घरभित्रै बसेर कोरोना भाइरस (कोभिड १९) महामारीविरुद्धको लडाई‌ं जित्न सरकारलाई साथ दिन आह्वान गरेका छन् । शनिबार प्रचण्डले भिडियो सन्देशमार्फत् जनतालाई घरमै बस्न र सुरक्षित रहन आग्रह गरेका हुन् । अध्यक्ष प्रचण्डले सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्न आग्रह गर्दै आधिकारिक सूचनाले […]

लकडाउनका बेला मानसिक रुपमा स्वस्थ रहन के गर्ने ?

१४ चैत, काठमाडौं । कहिलेकाहीँ नेपाल बन्दमा घरमै बसेको भएपनि साताव्यापी लकडाउन नेपालीहरुका लागि नयाँ अनुभव हो । घरबाहिर जानै नहुने, छरछिमेक र आफन्त कहाँ आउजाउ वा भेटघाटै गर्नै नहुने भएपछि एक किसिमको उकुसमुकुस हुनु स्वभाविक नै हो । विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको कोरोना (कोभिड–१९) भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन […]

कोरोना संक्रमित युवकको पीडा : न चिकित्सक हेर्न आए, न तातोपानी नै दिए

१५ चैत, धनगढी । मंगलबार सेती प्रादेशिक अस्पतालमा भर्ना भएका धनगढीका ३४ वर्षीय पुरुषलाई कोरोनो संक्रमण भएको पुष्टि भयो । शुक्रबार साँझ पोजेटिभ रिपोर्ट आएपछि उनलाई अस्पतालले छुट्टै आइसोलसेन वेडमा राखेको छ । तर, आफूलाई चिकित्सकले जाँच पनि नगरेको र औषधि पनि नदिएको उनको आरोप छ । कतिसम्म भने उनले आफ्नो रिपोर्ट पोजेटिभ आएको समेत […]

योगेश भट्टराईको टिप्पणी : स्वास्थ्यकर्मीलाई भड्काउन खोजियो

१५ चैत, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्वास्थ्यकर्मीलाई भड्काउने कोसिस भइरहेको टिप्पणी गरेका छन् । मन्त्री भट्टराईले सामाजिक सञ्जालमा ११ बुँदे वक्तव्यमार्फत् कोरोना भाइरस (कोभिड–१९) को महामारीविरुद्ध सरकारका सबै संयन्त्रहरु परिचालित भएका बेला धमिलो पानीमा जाल थाप्नेहरु सल्बलाएको बताएका हुन् । ‘स्वार्थी राजनीतिका घिनौना सुँड यत्रतत्र घुसार्ने कोसिस भइरहेको’ भन्दै उनले […]



from समाचार – Online Khabar https://ift.tt/3aqqDHf
via IFTTT
Powered by Blogger.