समाचार
१४ चैत, काठमाडौं । चीन र युरोपपछि कोरोना भाइरसको इपिसेन्टर बनेको अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित फेला परेका छन् । अमेरिकाको जोन हकिन्स युनिभर्सिटीका अनुसार, हालसम्म अमेरिकाभर ८३ हजार ५०० मानिसमा कोरोनाको लक्षण भेटिएको छ । साढे ५ लाख ५२ हजार मानिसमा गरिएको परीक्षणमा यतिधेरै संक्रमित भेटिएका हुन् । यो संख्या कोरोनाको उद्गमस्थल चीनको भन्दा […]
१४ चैत, हेटौंडा । मकवानपुरको थाहा नगरपालिकास्थित ओम अध्याय रिट्रिट रिसोर्टलाई कोरोना भाइरस संक्रमणको आशंका गरिएका बिरामीहरुलाई राख्ने क्वारेन्टाइनको रुपमा प्रयोग गरिने भएको छ । क्वारेन्टाइन बनाउनका लागि रिसोर्ट सञ्चालकले २८ वटा कोठा थाहा नगरपालिकालाई निःशुल्क उपलब्ध गराएका छन् । रिसोर्टलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने सम्बन्धमा थाहा नगरपालिका र ओम अध्याय रिट्रिट रिसोर्टबीच बिहीबार सम्झौता […]
१३ चैत, काठमाडौं । मेडिकल केमेस्ट्री एण्ड मोलिकुलर फर्मालोजीमा विद्यावारिधि गरेका जिवाणु वैज्ञानिक सुदीप खड्का अमेरिकाको जर्जिया राज्यको इन्स्टिच्युट फर बायोमेडिकल साइन्समा कार्यरत छन् । उनी संग्लग्न वैज्ञानिक टोलीले २ वर्षअघि इबोला भाइरसको औषधि पत्ता लगाएको सोधपत्र प्रतिष्ठित एण्टी भाइरल जर्नलमा प्रकाशित भएको थियो । इबोला भाइरसको महामारी फैलिएमा रोकथाम गर्न सकिने खबर एण्टी भाइरल […]
१३ चैत, विराटनगर । ज्वरो आएका हरेक विरामी कोरोना भाइरस (कोभिड-१९) का शंकास्पद संक्रमित होइनन् । तर अहिले ज्वरो आयो भनेर कोही निजी अस्पतालमा पुग्यो भने उसले गेटबाटै प्रवेश दिँदैन । भन्छ, कोशी अस्पताल जानुस् । विराटनगरका निजी अस्पतालहरुले सुरक्षा गार्डलाई ज्वरो आएका विरामी आए फर्काउन निर्देशन दिएका छन् । यसरी नै कोशी अस्पताल पुग्ने […]
१३ चैत, काठमाडौं । आपूर्ति मन्त्रालयले अत्यावश्यकीय वस्तु तथा सेवाको उत्पादन, ढुवानी तथा बिक्रीवितरणमा संलग्न श्रमिकहरुलाई काममा जानबाट नरोक्न सम्बद्ध परिवार तथा घरबेटीहरुलाई आग्रह गरेको छ । कतिपय घरधनीहरुले आफ्नो घरमा बहालमा बस्ने श्रमिकलाई घरबाहिर ननिस्कन दवाव दिएको र कतिपयले आफ्नो परिवारका सदस्यलाई काममा जानबाट रोकेको जस्ता गुनासाहरु आएको भन्दै मन्त्रालयले नरोक्न आग्रह गरेको हो […]
कोही महिना अगाडि (डिसेम्बर २०१९) चीनमा कोरोना भाइरसको संक्रमण देखियो, त्यसको केही समयपछि नेपालमा पनि एक जना संक्रमित भेटियो । त्यही बेला नै हामीले संसदबाट भन्यौं कि ‘पूर्वतयारी गर्दै गर्दा एउटा राष्ट्रिय कार्ययोजना बनाऔं, सिंगो नेपाल त्यो कार्ययोजनाबाट बाँधिनुपर्छ ।’ त्यो भनेको एउटा समिति बनाउने वा सबै मन्त्रालय एक ठाउँ बस्ने भनेको होइन । कोरोनासँग […]
१३ चैत, काठमाडौं । अब सिलिण्डर आधा मात्र भरेको ग्यास पाइने भएको छ । नेपाल आयल निगमले सिलिन्डर आधा मात्र भनेर बजारमा पठाउन ग्यास उद्योगहरुलाई निर्देशन दिएको हो । हाल एक सिलिन्डरमा १४.२ केजी ग्यास हुन्छ । तर अब सिलिन्डरमा ७.१ केजी मात्रै ग्यास हुनेछ । निगमका एक अधिकारीकाअनुसार मागअनुसार ग्यास पुर्याउन नसकिने अवस्था आएपछि […]
१३ चैत, बिराटनगर । कोरोना संक्रमणको त्रास फैलिएपछि सरकारले आफ्नो सम्पूर्ण ध्यान यसको रोकथाम र नियन्त्रणमा लगाएको बताउँदै आएको छ । कोरोना जोखिमका कारण देश मंगलबार यता लकडाउन भएको छ । तर, स्वास्थ्य मन्त्रालयले सुरक्षाको उचित प्रवन्ध गर्न नसक्दा कोरोनाविरुद्ध लड्ने टोलीको फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरु आफैं असुरक्षित छन् । कोरोना संक्रमित र आशंकामा उपचारका […]
१३ चैत, पोखरा । लेखनाथ तालचोकदेखि बेगनास ताल जाने सडकको बीचतिर पुगेपछि आइपुग्छ, मोहोरिया भन्ने ठाउँ । मोहोरिया पुगेपछि सडकको वाँयापट्टी देखिन्छ, एउटा रातो ३ तले भवन । जहाँ लेखिएको छ- लेखनाथ सामुदायिक लायन्स अस्पताल । अस्पताल आसपासमा केही घर छन् । अस्पताल प्रांगण सुनसान छ । अस्पतालको च्यानल गेटबाहिर २ जना महिला मास्क लगाएर […]
१३ चैत, चितवन । मेडिकल सिटीको उपमा पाएको चितवनमा दुईवटा मेडिकल कलेज, क्यान्सर अस्पताल, भरतपुर अस्पताल र झण्डै दुई दर्जनभन्दा बढी निजी अस्पतालहरु छन् । अरुबेला बिरामी तानातान गरी अस्वस्थ प्रतिस्पर्धा गर्ने यहाँका निजी अस्पताल र मेडिकल कलेजले कोरोनाको त्रास बढ्दै जाँदा बिरामी पन्छाउन थालेका छन् । बिरामीले विभिन्न अस्पतालमा चक्कर मार्न थालेका सूचनाहरु आइरहेका […]
१३ चैत, जनकपुरधाम । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले सोमबारदेखि लकडाउन घोषणा गरेको छ र सबै नागरिकलाई आफ्नो घरमा बस्न आग्रह गरेको छ । तर ठाउँठाउँमा सर्वसाधारणले अवज्ञा पनि गरेका छन् । धनुषाबाट तेस्रो दिन पनि लकडाउनको अवज्ञा गरेको आरोपमा प्रहरीले ६६ जनालाई पक्राउ गरिएको छ । धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी […]
१३ चैत, काठमाडौं । कारोना (कोभिड–१९) भाइरसको संक्रमण रोकथामका लागि लागू गरिएको लकडाउनको पहिलो दिन मंगलबार सडकमा छिटफुट रुपमा मानिसहरु देखिए । त्यसको विपक्षमा लकडाउन उल्लंघन गरेका व्यक्तिलाई भारतमा प्रहरीले पिटेको भिडियो र तस्वीर सामाजिक सञ्जालमा व्यापक रुपमा शेयर भयो । नेपाल प्रहरी भने सकेसम्म बल प्रयोग नगर्ने मनस्थितिमा थियो । सम्झाई बुझाई गर्दा पनि […]
१३ चैत, जनकपुरधाम । धनुषामा प्रहरीले लक डाउनको मौका छोपी चर्काे मूल्यमा सामान बेच्ने ११ जनालाई पक्राउ गरेको छ । ग्यास, आलु, प्याजदेखि रिजार्च कार्डसम्म बढी मूल्य लिएर बेच्ने ११ जनालाई जनकपुरधामबाट बिहीबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा अधिकांस आलु र प्याज महंगो मूल्यमा बेच्नेहरु छन् । आलु, प्याजमा ब्यापारी नौ जना, एक जना […]
१३ चैत, काठमाडौं ।भाटभटेनी सुपरमार्केटले उपभोक्ता लक्षित घरमै मालसामान पुर्याउने सेवा सुरु गरेको जनाएको छ । फोन तथा सामाजिक सञ्जालमार्फत उपभोक्ताले वस्तु मगाउन सक्नेगरी होम डेलिभरी सेवा आरम्भ भएको सुपरमार्केटले जनाएको छ । सरकारले घोषणा गरेको लकडाउनमा खाद्यान्नसहितका उपभोग्यवस्तु अभाव हुन नदिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सबै ठूला सुप्परमार्केटलाई खुला राख्न तथा डेलीभरी सेवा […]
१३ चैत, काठमाडौं । नागरिक अगुवाको एक समूहले कोरोना संक्रमण फैलिन नदिन आपतकालीन रणनीति बनाउन सरकारलाई सुझाव दिएको छ । डा. महेश मास्के, कनकमणि दीक्षित, सुशील प्याकुरेललगायत नागरिक अगुवाले बिहीबार उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटी संक्रमण फैलिन नदिन तत्काल प्रदेश र स्थानीय निकायसंग समन्वय गरी आपतकालीन रणनीति बनाउन सुझाव दिएका हुन् । कोरोना संक्रमण […]
१३ चैत, चितवन । चितवनको भरतपुर अस्पतालले कोरोना संक्रमित बिरामीहरुको उपचारका लागि १० शय्याको आईसीयू सञ्चालन गर्ने भएको छ । अस्पतालको बिहीबार बसेको बैठकले अहिले चलिरहेको न्यूरो वार्डलाई खाली गरी १० शय्याको आईसीयू सेवा सञ्चालन गर्ने निर्णय गरेको अस्पतालका मेडिसिन विभाग प्रमुख प्रा.डा. प्रकाश खतिवडाले जानकारी दिए । त्यसका लागि अस्पतालले १० वटा भेन्टिलेटर स्वास्थ्य […]
१३ चैत, जनकपुरधाम । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको आशंकामा प्रदेश २ का बिभिन्न ठाउँका १५१ जनालाई क्वारेन्टाइनमा राखिएको छ । प्रदेश २ का आठ मध्ये सात जिल्लामा शंकास्पदलाई क्वारेन्टाइनमा राखिएको छ । महोत्तरीमा हालसम्म एक जना पनि शंकास्पद नदेखिएकाले क्वारेन्टाइनमा नराखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी सप्तरीमा क्वारेन्टाइनमा भर्ना गरिएको छ । […]
१३ चैत, काठमाडौं । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रदेशका ३ वटा अस्पताल तोकेको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले सुर्खेतको प्रदेश अस्पताल, जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुकुम पश्चिमको चौरजहारी सामुदायिक अस्पताललाई आइसोलेसन अस्पतालका रुपमा तोक्ने निर्णय गरेको हो । प्रदेश सरकारले उक्त कामका लागि प्रदेश अस्पताल र कर्णाली […]
१३ चैत, भक्तपुर । भक्तपुर नगरपालिकाले लकडाउनको अवधिमा दैनिक उपभोग्य बस्तुहरु किनमेल गर्न तीन घण्टा तोकेको छ । मेयर सुनिल प्रजापतिले बिहीबार अपील जारी गर्दै विहान ४ बजेदेखि विहान ७ बजेभित्र दैनिक उपभोग्य बस्तु खरिद गर्न नगरबासीलाई आग्रह गरेका हुन् । साथै अति आवश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन समेत अपील गरेका छन् । उनले […]
१३ चैत, वीरगञ्ज । पर्सा र बाराका विभिन्न स्थानबाट प्रहरीले लकडाउनको अवज्ञा गरी हिँडडुल गर्ने १९ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार बिहीबार पर्साबाट ३ जना र बाराबाट १६ जनालाई नियन्त्रणमा लिइएको हो । बाराबाट नियन्त्रणमा लिइएका १६ जनालाई १/१ सय रुपैयाँ जरिवाना लिएर छाडिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । उनीहरुलाई संक्रामक […]
१३ चैत, विराटनगर । प्रदेश १ मा थप ८ सय आइसोलेसन शय्या तयार गर्न प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले अस्पतालहरुलाई निर्देशन दिएका छन् । बिहीबारको छलफलपछि मन्त्री घिमिरेले कोशी अस्पताल, विराट मेडिकल कलेज, नोबेल मेडिकल अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीएण्डसी मेडिकल कलेज र मेची अस्पताललाई निर्देशन दिएका हुन् । कोरोना संक्रमितको […]
from समाचार – Online Khabar https://ift.tt/3dD3Lqn
via IFTTT






















