समाचार
१५ चैत, बुटवल । कोरोना भाइरस (कोभिड–१९) को रोेकथाम तथा उपचारका लागि रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले दुई लाख रुपैयाँ दिने निर्णय गरेको छ । रुपन्दहीका तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका, ओमसतिया गाउँपालिका र सियारी गाउँपालिकाले स्थापना गरेका कोरोना रोकथाम तथा उपचार कोषमा जनउत्थानले ५० हजार रुपैयाँका दरले रकम दिने निर्णय गरेको हो । […]
१५ चैत, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ६ लाख नाघेको छ । दक्षिणी युरोप संक्रमणको केन्द्र बनेको छ । अमेरिकामा पनि संक्रमित र त्यसबाट मृत्यु हुनेको संख्या बढ्दो क्रममा छ । कोरोनाको संक्रमण र रोकथामको प्रयासमा धेरै देशहरुले लकडाउन गरेर मानिसहरुलाई घरबाहिर निस्किन प्रतिबन्ध लगाएका छन् । नक्शा र चार्टमार्फत् अहिलेको अवस्थाबारे […]
१५ चैत, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ४० करोड रुपैयाँको कोष स्थापना गरिएको छ । शनिबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना रोकथामका लागि कोष स्थापना गर्ने निर्णय गरेको हो । प्रदेश सरकारले तीन अस्पतालमा नमुना परिक्षण केन्द्र स्थापना गर्ने निर्णय पनि गरेको छ । सेती प्रादेशिक अस्पताल धनगढी, डोटी अस्पताल र […]
१५ चैत, काठमाडौँ । समाजवादी पार्टी नेपालले कोरोना भाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा आफ्नो तर्फबाट एकमुस्ट १० लाख रुपैयाँ प्रदान गर्ने जनाएको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गरी पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने सांसद तथा जनप्रतिनिधिको आधा महिनाबराबरको तलब तथा पार्टी कार्यकर्ता तथा शुभेच्छुकको सहयोगसमेत गरी […]
१५ चैत, पोखरा । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न अहिले सरकारदेखि गाउँ तहसम्म नै सतर्कता अपनाइरहेको छ । लमजुङको होमस्टे गाउँ घलेगाउँले कोरोना संक्रमणबाट बच्न र सावधानी अपनाउन सतकर्ताको नयाँ तरिका अपनाएको छ । घलेगाउँले गाउँमा पर्यटक आउन प्रतिबन्ध लगाएको छ । तर, यदि कसैले गाउँ आएका पर्यटकलाई बास दिएमा पनि जरिवाना गरिने भएको […]
१५ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट चीन बिस्तारै सामान्य अवस्थामा फर्किन थालेको छ । यो भाइरस निस्किएको वुहान शहरमा शनिबारदेखि सब–वे सेवा सुरु भएको छ । बजार खुलेका छन् भने मानिसहरु बाहिर निस्किन थालेका छन् । ९ सातापछि हुबेई प्रान्तले पूर्ण लकडाउन हटाएको छ र वुहानलाई कोरोना भाइरसको मिडियम रिक्स भएको क्षेत्र बनाइएको […]
१५ चैत, काठमाडौं । कोभिड–१९ महामारीबाट संक्रमितको संख्या ६ लाख नाघेको छ । शनिबार मध्यान्हसम्म ६ लाख ८३५ जनामा यसको संक्रमण देखिएको हो । कोरोना भाइरस संक्रमितमध्ये एक लाख ३३ हजार ४ सय २६ जना भने निको भइसकेका छन् । २७ हजार ४१७ जनाले ज्यान गुमाइसकेका छन् । चीनबाट सुरु भएको कोभिड–१९ को संक्रमण एक […]
१५ चैत, पोखरा । चैत ११ गते लकडाउन छल्दै पोखरा आइपुगेका २७ जनामध्ये ११ जना कास्कीका थिए । कोरोना भाइरस कोरोना–१९ बाट भारतमा संक्रमित बढिरहेका पोखरा आइपुगेकाहरुलाई क्वारेन्टाइनमा राखेर निगरानी गर्ने भनिएको थियो । तर, मुग्लिनमा ज्वरो नापेर गण्डकी प्रदेश छिराइएका कसैलाई पनि सरकारले क्वारेन्टाइनमा नराखी होम क्वारेन्टाइनमा बस्नु भनेर छाडिदियो । अहिले ती ब्यक्ति […]
१५ चैत, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तहरुले कोरोना भाइरस (कोभिड-१९) को जोखिम सामना गर्न सरकारले स्थापना गरेको केन्द्रीय राहत कोषमा १५ दिनको तलव उपलब्ध गराउने भएका छन् । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि १५ दिनको तलव राहत कोषमा सहयोग गर्ने जानकारी […]
१५ चैत, वीरगञ्ज । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न सरकारले ‘लकडाउन’ गरेका कारण समस्यामा परेका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविका धान्दै आएका परिवारलाई वीरगञ्ज महानगरपालिकाले खाद्यान्न उपलब्ध गराएको छ । महानगरका प्रमुख विजयकुमार सरावगीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ र १२ का २४९ घरपरिवारलाई शनिबार खाद्यान्न वितरण गरेका हुन् । मेयर सरावगीले […]
१५ चैत, जनकपुरधाम । कोरोना रोकथामका लागि प्रदेश २ सरकारले जिल्लालाई दिएको रकमबाट उपकरण खरिद गरिने भएको छ । प्रदेश सरकारले प्रदेशका ८ जिल्लाको विपद व्यवस्थापन समितिलाई दिएको ५० लाख रुपैयाँबाट दुई जिल्लाले उपकरण खरिदका लागि सम्झौता गरिसकेको छ । प्रमुख जिल्ला अधिकारीहरुका अनुसार स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई), तापक्रम नाप्ने थर्मल गन, […]
१५ चैत, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घरभित्रै बसेर कोरोना भाइरस (कोभिड १९) महामारीविरुद्धको लडाईं जित्न सरकारलाई साथ दिन आह्वान गरेका छन् । शनिबार प्रचण्डले भिडियो सन्देशमार्फत् जनतालाई घरमै बस्न र सुरक्षित रहन आग्रह गरेका हुन् । अध्यक्ष प्रचण्डले सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्न आग्रह गर्दै आधिकारिक सूचनाले […]
१४ चैत, काठमाडौं । कहिलेकाहीँ नेपाल बन्दमा घरमै बसेको भएपनि साताव्यापी लकडाउन नेपालीहरुका लागि नयाँ अनुभव हो । घरबाहिर जानै नहुने, छरछिमेक र आफन्त कहाँ आउजाउ वा भेटघाटै गर्नै नहुने भएपछि एक किसिमको उकुसमुकुस हुनु स्वभाविक नै हो । विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको कोरोना (कोभिड–१९) भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन […]
१५ चैत, धनगढी । मंगलबार सेती प्रादेशिक अस्पतालमा भर्ना भएका धनगढीका ३४ वर्षीय पुरुषलाई कोरोनो संक्रमण भएको पुष्टि भयो । शुक्रबार साँझ पोजेटिभ रिपोर्ट आएपछि उनलाई अस्पतालले छुट्टै आइसोलसेन वेडमा राखेको छ । तर, आफूलाई चिकित्सकले जाँच पनि नगरेको र औषधि पनि नदिएको उनको आरोप छ । कतिसम्म भने उनले आफ्नो रिपोर्ट पोजेटिभ आएको समेत […]
१५ चैत, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्वास्थ्यकर्मीलाई भड्काउने कोसिस भइरहेको टिप्पणी गरेका छन् । मन्त्री भट्टराईले सामाजिक सञ्जालमा ११ बुँदे वक्तव्यमार्फत् कोरोना भाइरस (कोभिड–१९) को महामारीविरुद्ध सरकारका सबै संयन्त्रहरु परिचालित भएका बेला धमिलो पानीमा जाल थाप्नेहरु सल्बलाएको बताएका हुन् । ‘स्वार्थी राजनीतिका घिनौना सुँड यत्रतत्र घुसार्ने कोसिस भइरहेको’ भन्दै उनले […]
१५ चैत, काठमाडौं । कतार एयरवेजका दुई वटा विमानले युरोपियन युनियनमा आबद्ध देशबाट नेपाल आएका अलपत्र यात्रु लिएर उडान भरेको छ । बिहान ११ : ४७ बजे र मध्यान्ह १२ : ४५ बजे कतार एयरवेजका दुईवटा विमानले ६०८ जना पर्यटक लिएर त्रिभुवन विमानस्थल छाडेका हुन् । युरोपेली मुलुक स्वीडेन, फ्रान्स र जर्मनीका ६ सयभन्दा बढी […]
१५ चैत, काठमाडौं । कोरोना परीक्षण तथा रोकथामसँग सम्बन्धित मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको जहाज चीन उडेको छ । ए ३३० वाइडबडी जहाज चीनको ग्वाङ्झाउका लागि उडेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अपराह्न साढे १२ बजे उडेको जहाज आजै राति काठमाडौं आइपुग्ने नेपाल एयरलाइन्सले जनाएको छ । यसबाहेक नेपाल एयरलाइन्सले चीनमा थप ३ कार्गो उडान […]
१५ चैत, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेहरुको संख्या नौ सय नाघेको छ । शनिबार मात्र भारतमा १५ नयाँ संक्रमित फेला परेका छन् । यसअघि शुक्रबार १६० नयाँ संक्रमित देखिएका थिए । शुक्रबार भारतमा एकैदिनमा अहिलेसम्म सबैभन्दा धेरै मानिसमा यो भाइरसको संक्रमण देखिएको हो । भारतको सबैभन्दा प्रभावित राज्य केरलामा १७६ संक्रमित फेला […]
१५ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएकी किशोरीको परिवारका सदस्यहरुको अझैसम्म कोरोना परीक्षण नगरेको पाइएको छ । चैत ४ गते फ्रान्सबाट दुबई हुँदै नेपाल आएकी १९ वर्षीया किशोरीमा कोरोना संक्रमण भएको १० गते पुष्टि भएको थियो । फ्रान्सबाट दुबईसम्म सँगै आएकी भियतनामी साथीलाई कोरोना भाइरसको संक्रमण भएपछि उनी बिहीबार टेकुस्थित शुक्रराज ट्रपिकल […]
सानो हुँदा सरले एउटा कथा सुनाउँथे, डुम्री फलको । मेरो जन्मथलो स्याङ्जातिर पाइने फल हो, यो । उक्त फलभित्रको किरा ‘संसार नै यही हो’ भने जसरी घुम्छ रे । डुम्री पाक्छ । पाकेपछि बोटबाट भुइँमा खस्छ । खसेर फुट्छ । त्यसपछि डुम्री भित्रको किराले भन्छ, ‘अहो ! संसार त कति ठूलो ?’ किरा आत्तिएर मर्छ […]
१५ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणमा सघाउ पुग्ने खालका सचेतनामूलक सामग्री प्रवाह गर्न सबै सञ्चारकर्मीहरुसँग आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघको ६५औं स्थापना दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश दिँदै महासंघका अध्यक्ष आचार्यले आफू सुरक्षित रही सत्य, तथ्य र सन्देशमूलक सामग्री प्रवाह गर्ने आफ्नो दायित्वप्रति सबै पत्रकार सजग […]
from समाचार – Online Khabar https://ift.tt/2wMc6r1
via IFTTT