समाचार
१४ चैत, काठमाडौं । सरकारले दैनिक उपभोग्य वस्तुहरुको उत्पादन, ढुवानी, वितरण र किनमेललाई अवरोध नगर्ने भएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको शुक्रबार बसेको बैठकले न्यूनतम आवागमन खुला गर्ने निर्णय गरेको हो । बैठकपछि अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले भने, ‘दैनिकी चलाउन आवश्यक वस्तुको उत्पादन, ढुवानी, वितरण र त्यसका ग्राहकहरुको आवागमनलाई नरोक्ने निर्णय भएको […]
१४ चैत, जनकपुरधाम । पसलमा खाना पकाउने ग्यास राखेर पनि बिक्री नगर्ने र नुनमा कालोबजारी गरेको आरोपमा जनकपुरधामबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सरकारले जारी गरेको लकडाउनको समयमा ग्यास राखेर पनि सेवाग्राहीलाई बिक्री नगर्ने र नुन प्रति किलो ३५ रुपैयाँका दरले बिक्री गर्नेलाई शुक्रबार पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा […]
१४ चैत, काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई फैलिन नदिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जनालाई थुनामुक्त गरेको छ । अनुसन्धानको सिलसिलामा हिरासतमा लिइएकामध्ये कसुरका आधारमा आठ जनालाई छाडिएको हो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले अनुसन्धानको पूर्णता र कसुरको मात्रा हेरेर उनीहरुलाई छाडिएको अनलाइनखबरलाई जानकारी दिए । ‘हिरासतमा नराखी बाँकी […]
१४ चैत, सप्तरी । नेपाली काँग्रेसका युवा नेता रञ्जित कर्णले सप्तरी सदरमुकाम राजविराजस्थित आफ्नो घरलाई क्वारेन्टाइनका लागि दिने घोषणा गरेका छन् । राजविराज नगरपालिका-३ स्थित सात कोठे घरलाई कर्णले कोरोना भाइरस (कोभिड-१९) संक्रमणका शंकास्पद व्यक्तिलाई राखेर उपचार गराउन दिने घोषणा गरेका हुन् । पूर्वसभासदसमेत रहेका उनले महामारीको समयावधिसम्मका लागि अस्थायी रुपमा घर प्रयोग गर्न दिइने […]
१४ चैत,काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले विभिन्न कारागारमा कैदी जीवन बिताइरहेका जेष्ठ नागरिक र बालसुधार गृहमा रहेका बालबालिकालाई कोरोना भाइरस संक्रमणको जोखिमबाट जोगाउन निवेदनका आधारमा रिहा गर्ने प्रक्रिया चलिरहेको बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै महान्यायाधिवक्ता खरेलले कानुनको द्वन्द्वमा परेर कैदीका रुपमा रहेका देशभरका ८ वटा बाल सुधार गृहका करिब ९ सय बालबालिकाहरु हरेको बताए […]
१४ चैत, सिन्धुपाल्चोक । स्थानीय तहमा क्वारेन्टाइनस्थल बनाउने लहर चलेको छ । यही लहरमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले विद्यालयभित्रै २० शैयाको ‘क्वारेन्टाइन’ बनाएको छ । भोटेनाम्लाङ स्थित क्षेत्रपालेश्वरी माध्यमिक प्राविधिक विद्यालयलाई क्वारेन्टाइन स्थल बनाइएको हो । कोरोनाको संक्रमण फैलिन नदिन गाउँपालिकाले स्वास्थ्य उपकरणसहित क्वारेन्टाइन तयार पारेको पाचँपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए । ‘अहिले […]
१४ चैत,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी पंक्तिलाई कोरोना भाइरस संक्रमणविरुद्ध सरकारले गरेका निर्णयको पक्षमा जनतालाई सचेत गराउन र सघाउन निर्देशन दिएको छ । अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार जारी गरेको विशेष परिपत्रमा कार्यकर्तालाई सम्भव भएसम्म स्वयंसेवी भूमिकामा रहनसमेत सुझाइएको छ । कोरोना भाइरसद्वारा सिर्जित विश्व्यापी संकट र राष्ट्रका […]
१४ चैत, काठमाडौं । बुधबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइटका साथै सामाजिक सञ्जाल भाइबर कम्युनिटीमा अपडेट आयो, ‘नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका तेस्रो व्यक्ति भेटिए ।’ तर, रिपोर्ट पोजेटिभ आएको तेस्रो व्यक्तिबारे न त मन्त्रालयकै प्रवक्ता डा. विकास देवकाटालाई थाहा थियो न सम्बन्धित बिरामीको उपचार गरिरहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक […]
१४ चैत, चितवन । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको उपचार व्यवस्थापन गर्न चितवनमा प्रदेश सांसद विजय सुवेदीको संयोजकत्वमा एक समिति गठन गरिएको छ । समितिको नाम ‘कोरोना रोगविरुद्ध जिल्ला समन्वय समिति’ दिइएको छ । समितिले जिल्लाका सवै स्वास्थ्य संस्था, चिकित्सक, स्थानीय तह, विभिन्न पेशागत तथा व्यवसायीय संघसंस्थासँग समन्वय गर्ने संयोजक सुवेदीले बताए । संयोजक […]
१४ चैत, काठमाडौं । शुक्रबार काठमाडौंको बसुन्धराबाट दुई मुसलमान किशोर नमाज पढ्न भनी नयाँबजारस्थित मदरसातर्फ लागे । हरेक शुक्रबार आफ्नो धार्मिक स्थलमा गई अल्लाहको प्रार्थना गर्ने र नमाज पढ्ने मुस्लिम धर्मावलम्बीको परम्परा नै हो । सरकारले कोरोना भाइरसको रोकथामका लागि मानिसहरुलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाए पनि सेतो कमिज सुरुवाल र टोपी लगाएका दुई किशोर बसुन्धराबाट […]
१४ चैत, सप्तरी । राजविराजका बासिन्दालाई अनलाइनमार्फत् खाद्यान्न तथा किराना सामानको होम डेलिभरी गरिने भएको छ । यसका निम्ति दुई किराना पसललाई जिम्मेवारी दिइएको छ । राजविराज नगरपालिकाको शुक्रबार बसेको बैठकले खाद्यान्न सामाग्री अनलाइन डेलिभरी गर्नका लागि रमेश किराना पसल र निर्मल किराना पसललाई जिम्मा दिइएको नगर प्रमुख शम्भु यादवले जानकारी दिए । बैठकले खाद्यान्न […]
१४ चैत, काठमाडौं । हिमाली तथा दुर्गम भेगमा इन्टरनेट सेवा दिँदै आएको निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी एभरेष्ट लिंकले नि:शुल्क सेवा वितरण गरेको छ । सगरमाथा क्षेत्रको लुक्ला, फाक्दिङ, मन्जो, नाम्चेबजार, खुम्जुङ, थामे, खुन्दे, पाङबोचे, दिङबोचे, फेरिचे, लोबुचे, गोरक्सेप, गोक्यो क्षेत्र र मेरा पिक क्षेत्रमा यही मार्च २० तारिखदेखि निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न […]
१४ चैत, पोखरा । अन्नपूर्ण क्षेत्रको पदमार्गबाट फर्केका र पोखरामा रहेका ५८ जना पर्यटकलाई शुक्रबार उद्धार गरिएको छ । लकडाउन हुनुअघि र भइसकेपछि समेत अन्नपूर्ण क्षेत्रमै रहेका पर्यटक अहिले पोखरा आइरहेका छन् । पोखरा र आसपासका क्षेत्रबाट सम्पर्कमा आएका पर्यटकलाई विमान चार्टर गरी काठमाडौं पठाइएको हो । स्वीस दूतावासले अन्य देशका दूतावाससँग छलफल गरेर यति […]
चैत १४, काठमाडौं । कोभिड १९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘नेपाल लकडाउन’ पश्चात् पोखरामा अलपत्र पर्यटकहरुलाई उद्दार गरेको छ । सरकारले यती एयरलाइन्समार्फत् उनीहरुको उद्दार गरी शुक्रबार काठमाडौं ल्याउँदैछ । ५८ जना पर्यटकहरुमा धेरै स्वीस नागरिक र केही युरोपियन देशका नागरिकहरु रहेका छन् । काठमाडौंस्थित स्वीस दूतावासले आफ्ना नागरिकहरुको उद्दारका लागि […]
१४ चैत, रामेछाप । विभिन्न स्थानबाट जिल्ला भित्रिएका ३५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । छिमेकी मुलुक भारत र अन्य विभिन्न देशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको हो । बिहीबारसम्म गोकुलगंगा गाउँपालिकामा ६ जना, दोरम्बा गाउँपालिकामा १० जना, मन्थली नगरपालिकामा १० जना, रामेछाप नगरपालिकामा ५ जना र खाँडादेवी गाउँपालिकामा ४ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख […]
१४ चैत, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पहिलो केस ९ माघमा भेटियो । चीनबाट फर्किएका एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उपचारपछि उनी निको भए भने विदेशबाट आएपछि उनको संसर्गमा आएकाहरुमा संक्रमण सरेको पाइएन । त्यस्तै, १० चैत र १२ चैतमा दुई जनामा संक्रमण भेटियो । फ्रान्सबाट कतारको दोहा हुँदै ४ चैतमा […]
१४ चैत, काठमाडौं । लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले ‘म्यान क्याच डिभाइस’ उपकरण प्रयोगमा ल्याएको छ । नजिक गएर नियन्त्रणमा लिँदा कोरोना (कोभिड–१९) को संक्रमण फैलिन सक्ने भएकाले यो उपकरण प्रयोगमा ल्याइएको हो । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले पहिलो चरणमा ६ वटा उपकरण प्रयोगमा ल्याइएको बताए । उनले अनलाइनखबरसँग […]
१४ चैत, बुटवल । कोरोना भाइरस रोकथामका लागि भन्दै बुटवलमा किटाणुनाशक औषधि छर्किन सुरु भएको छ । शुक्रबारदेखि बुटवलमा ‘क्लोरिन’ तथा ‘ब्लिचिङ पाउडर’सहितको किटाणुनाशक स्प्रे छर्किन सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ । वडा नम्बर ५ को बजारक्षेत्रलाई शुक्रबार बिहानैदेखि डिसइन्फेक्सन बनाउन सुरु गरिएको प्रमुख शिवराज सुवेदीले बताए । मानव स्वास्थ्यलाई असर नगर्ने खालको किटाणुनाशक विशेष […]
१४ चैत, काठमाडौं । पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु चोरी तस्करी समूह र निकुञ्ज सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबीच शुक्रबार गोली हानाहान भएको छ । गोली हानाहानका क्रममा निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाले चलाएको गोली लागेर शिकारी समूहका एक जनाको मृत्यु भएको छ । घटनामा नेपाली सेनाका जमदार मिनबहादुर छन्त्याल घाइते भएका छन् । निकुञ्जको मुख्य क्षेत्रमा करिब […]
१४ चैत, काठमाडौं । फोहोरका कारण कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै नुवाकोटको सिसडोलका वासिन्दाले काठमाडौंको फोहोर फाल्न अवरोध गरेका छन् । अवरोधपछि काठमाडौं महानगरपालिकाले दुई दिनदेखि सडकबाट फोहोर उठाउन सकेको छैन । सिसडोलका बासिन्दाले लकडाउनको अवधिभर फोहोर लिएर नआउन काठमाडौं महानगरपालिकालाई चेतावनी दिएका छन् । स्थानीयले फोहोरका कारण आफ्नो क्षेत्रमा पनि कोरोना भाइरस संक्रमणको […]
१४ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका ३८ लाख घरायसी ग्राहकले १ सय ५० युनिटसम्म विद्युत प्रयोगमा चैत महिनाभरको महसुलमा २० प्रतिशत छुट पाउने भएका छन् । ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन अनन्तको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति बैठकले मन्त्रिपरिषदसमक्ष महसुल छुटका लागि सिफारिस गर्ने निर्णय गरेको हो । कोरोना […]
from समाचार – Online Khabar https://ift.tt/2Jg56Fw
via IFTTT