Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

लकडाउन उल्लंघन गर्नु भो ? अब प्रहरीले उपकरणबाटै समात्नेछ

१४ चैत, काठमाडौं । लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले ‘एरेष्ट एण्ड रेस्क्यू’ उपकरण प्रयोगमा ल्याएको छ । नजिक गएर नियन्त्रणमा लिँदा कोरोना (कोभिड–१९) को संक्रमण फैलिन सक्ने भएकाले यो उपकरण प्रयोगमा ल्याइएको हो । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले पहिलो चरणमा ६ वटा उपकरण प्रयोगमा ल्याइएको बताए । उनले अनलाइनखबरसँग […]

बुटवलमा पनि छरियो किटाणुनाशक औषधि

१४ चैत, बुटवल । कोरोना भाइरस रोकथामका लागि भन्दै बुटवलमा किटाणुनाशक औषधि छर्किन शुरु भएको छ । शुक्रबारदेखि बुटवलमा ‘क्लोरिन’ तथा ‘ब्लिचिङ पाउडर’सहितको किटाणुनाशक स्प्रे छर्किने काम सुरु गरिएको गरिएको उपमहानगरपालिकाले जनाएको छ । वडा नम्बर ५ को बजारक्षेत्रबाट शुक्रबार बिहानैदेखि डिसइन्फेक्सन बनाउन सुरु गरिएको प्रमुख शिवराज सुवेदीले बताए । मानव स्वास्थ्यलाई असर नगर्ने खालको […]

राष्ट्रकवि र शताब्दीपुरुषको अपील : जनता भान्साघर चलाऊ

१४ चैत, काठमाडौं । जेष्ठ नागरिकहरुले कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि गरिएको लकडाउनका कारण हातमुख जोर्न समस्या परेकाहरुलाई तीन महिनाका लागि आवश्यक खाद्यान्न र प्रतिपरिवार १० हजार राहत दिन माग गरेका छन् । राष्ट्रकवि माधवप्रसाद घिमिरे, सताब्दीपुरुष सत्यमोहन जोशी, प्रा. डा. त्रिरत्न मानन्धर, लगायतले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै आपतकालीन राहत घरघरमा पुर्‍याउन माग गरेका […]

स्याङ्जामा गोली लागेर प्रहरी हवल्दारको मृत्यु

१४ चैत, पोखरा । स्याङ्जामा गोली लागेर एक जना प्रहरी कर्मचारीको मृत्यु भएको छ । हरिनाश गाउँपालिका २ को चिसापानी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार रवीन्द्र पौडेलको शुक्रबार ज्यान गएको हो । पोखरा- २६ घर भएका पौडेल चौकीको स्टोरमा काम गर्ने बेला गोली लागेको उपचारका लागि पोखरा ल्याउँदै गर्दा मृत्यु  भएको मृतकका काका सूर्य पौडेलले […]

महावीर पुनले बनाइरहेको पीपीई कति भरपर्दो ?

१४ चैत, काठमाडौं । कोराना संक्रमित वा आशंकितहरुको परीक्षण र उपचार गर्ने स्वास्थ्यकर्मीका लागि नभई नहुने सुरक्षाकवच हो, पीपीई अर्थात् पर्सनल प्रोटेक्टिटभ इक्वीपमेन्ट । कोरोनाको त्रास बढेसँगै अहिले नेपालमा पीपीईको माग ह्वात्तै बढेको छ र अभाव सिर्जना भएको छ । पीपीईको अभाव सिर्जना भएसँगै महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले.स्वदेशमै यसको उत्पादनको पहलकदमी लियो । केन्द्रले […]

कोरोना भाइरस रोकथामका लागि सांसद बानियाँद्वारा तीन गाउँपालिकालाई ५ लाख सहयोग

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसका प्रदेश सांसद ईन्द्रबहादुर बानियाँले कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मकवानपुरका तीन वटा स्थानीय तहलाई पाँच लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् । सांसद बानियाँले कोरोना भाइरस संक्रमणसँग लड्नका लागि राक्सिराङ, मनहरी र कैलाश गाउँपालिकालाई ५ लाख उपलब्ध गराउने घोषणा गरेका हुन् । बागमती प्रदेश कांग्रेस […]

कोरोना रोकथाममा प्रदेश २ को तयारी : पैसा छ, उपकरण छैन

१४ चैत, जनकपुरधाम । कोरोना भाइरस (कोभिड –१९) को संक्रमण रोकथामका लागि प्रदेश २ सरकारले काम थालेको छ । रोकथामका विभिन्न कामहरुको लागि बजेट समेत छुट्टयाइसकेको छ । तर, यसको तयारी भने सन्तोषजनक नभएको जानकारहरु बताउँछन् । कोराना भाइरसबाट संक्रमित भएकाहरुको उपचारका लागि वीरगञ्जको नेशनल मेडिकल कलेज र जनकपुरधामस्थित जानकी मेडिकल कलेजको सिटी अस्पताललाई तोकिएको […]

विपन्न परिवारलाई तिलोत्तमा नगरपालिकाको खाद्यान्न सहयोग

१४ चैत, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका अति विपन्न परिवारलाई घरमै पुगेर खाद्यान्न बाँडेको छ । लकडाउनका कारण विपन्न वर्गलाई छाक टार्न समस्या भएपछि नगरपालिकाले टोल विकास संस्थाहरुको सिफारिसमा शुक्रबारदेखि खाद्यान्न बाँड्न सुरु गरेको हो । शुक्रबार नगरपालिकाले वडा नम्बर ४ र ५ मा विपन्न परिवारलाई १० केजी […]

प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगे माधव नेपाल

१४ चैत,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपा वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लकडाउनकै बीचमा अस्पताल पुगेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार रााति नै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामना गर्न नेपाल अस्पताल गएका हुन् । प्रधानमन्त्री ओली र नेता नेपालबीच अस्पतालमै अन्य समसामायिक विषयमा करिब ४० मिनेट […]

संकटमा सहयोग गर्नेलाई चीनबाट निःशुल्क ढुवानी

१३ चैत, काठमाडौं । चीनबाट सामाग्री किनेर कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्न चाहनेहरुलाई एक निजी कम्पनीले निःशुल्क ढुवानी गरिदिने भएको छ । चीनको सिल्क ट्रान्सपोर्ट नामक कम्पनीले सहयोग गर्न चाहनेहरुलाई सडक मार्गबाट निःशुल्क ढुवानीको व्यवस्था गरिदिने भएको हो । गैर आवासीय नेपाली संघ (एनआरएनए) चीनका सदस्य सुरेश कोइरालाले चीनका विभिन्न ७ वटा […]

सिद्धार्थनगरमा साढे ११ लाखको विपद व्यवस्थापन कोष

१३ चैत, बुटवल । कोरोना भाइरस संक्रमणका कारण उत्पन्न विपद व्यवस्थापनका लागि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले ११ लाख ५१ हजार रुपैयाँको कोष निर्माण गरेको छ । विभिन्न आयोजनामा हुने बचत रकमबाट आगामी नगरसभाबाट अनुमोदन गराउने गरी कोषमा रकम विनियोजन गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ । कोषमा रकम जम्मा गर्न सार्वजनिक रुपमा अपिल गरिएको नगरपालिकाका प्रमुख […]

सैनामैनामा कोरोना विशेष अस्पताल, ९ जना स्वास्थ्यकर्मी

१३ चैत, बुटवल । रुपन्देहीको सैनामैनामा सय बेडको कोरोना विशेष स्पताल सञ्चालनमा आएको छ । वडा नम्बर १ वनकट्टामा रहेको प्राकृतिक चिकित्सालयलाई कोरोना अस्पताल बनाइएको हो । व्यवस्थित अस्पतालका रुपमा सञ्चालनमा आइसकेको पद्मपाणी योग तथा प्राकृतिक चिकित्सालयका कोठाहरुलाई आइसोलेसन रुम बनाइएको सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले बताए । अस्पतालको नगरप्रमुख कार्कीले शुभारम्भ गरे । फेवर […]

दुई महिनापछि खुले चीनतर्फका व्यापारिक नाका

१४ चैत, काठमाडौं । करिब दुई महिनापछि सरकारले नेपाल–चीन व्यापारिक नाका खुला गरेको छ । सरकारको निर्णयपछि शुक्रबारबाट रसुवाको रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका खुला भएका हुन् । भन्सार विभागमा महानिर्देशक सुमन दाहालले नाकाबाट भन्सार जाँचपास सुरु भएको जानकारी दिए । उनका अनुसार माघको १५ गतेबाट औपचारिक रुपमा यी नाकामार्फत् हुने आवात जावत रोकिएको थियो […]

चीनमा विदेशी पर्यटकमाथि प्रतिबन्ध

१४ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) मुलुकमा बढ्न नदिन चीनले विदेशी पर्यटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । उनीहरुसँग भिसा वा बसोबासको अनुमति भएपनि अस्थायी रुपमा उनीहरुलाई मुलुक प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो । चीनले स्थानीय र विदेशी एयरलाइन्समाथि पनि सातामा एउटा मात्र उडान भर्ने अनुमति दिएको छ । साथै उडानमा ७५ प्रतिशतभन्दा […]

कपिलवस्तुमा १३ वर्षकी बालिका बलात्कृत

१४ चैत, बुटवल । कपिलवस्तुमा १३ वर्षकी बालिका बलात्कृत भएकी छन् । जिल्लाको मायादेवी गाउँपालिका–४ कि ती बालिका छिमेकी युवकबाटै बलात्कृत भएकी हुन् । राति १० बजे घर अगाडिको धारामा पानी भर्ने क्रममा छिमेकी २५ वर्षका युवा एजाज मुसलमानले बालिकालाई मुख थुनेर पीडितकै घर पछाडि लगेर बलात्कार गरेको स्थानीयबासीले बताएका छन् । स्थानीय हृदयराम यादवका […]

सरकारी कम्पनीले बेच्दैछ इन्डक्सन, ग्यास नपाएपछि उपभोक्ताको चासो

१४ चैत, काठमाडौं । पछिल्ला दिनमा आम नागरिकमा विद्युतीय चुल्होको प्रयोगप्रति आकर्षण बढेको छ। सरकारले बुधबार मात्रै विद्युतीय चुल्हो प्रयोग गर्नेलाई विद्युत् महसुलमा २० प्रतिशतसम्म छुट दिने निर्णय गरिसकेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान र नेशनल ट्रेडिङ गाभिएर बनेको कम्पनी)ले पछिल्लो दिनमा मात्रै ३ […]

ज्यालादारी श्रमिकका लागि राहत प्याकेज ल्याऊ : देउवा

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसले दैनिक ज्यालादारीमा निर्भर रहेका नागरिकका लागि तत्काल राहत प्याकेज ल्याउन सरकारलाई आग्रह गरेको छ । सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्ती जारी गरी दिनभर काम गरेर साँझ खाने वर्गलाई लक डाउनले सबैभन्दा बढी असर पुर्‍याएकाले उनीहरुलाई सरकारले तोकेको न्युनतम ज्यालादरमा कम नहुने गरी राहत प्याकेज घोषणा गर्न आग्रह गरेका हुन् […]

बाराबाट ३० क्विन्टल छोकडा बरामद

१४ चैत, वीरगञ्ज । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण महामारीको रूपमा फैलिरहेको छ । जोखिम नियन्त्रणका लागि सरकारले लकडाउनको घोषणा गरेको छ । सुरक्षा निकाय लकडाउनको पूर्ण पालना गराउनका लागि खटिरहेका छन् । त्यसैको मौका छोपेर तस्कर सल्बलाएका छन् । लकडाउनको समयमा तस्करी हुँदै गरेको तीस क्विन्टल छोकडा प्रहरीले नियन्त्रणमा लिएको छ । बाराको विश्रामपुर गाउँपालिका-२ कान्तिपुर […]

स्वास्थ्यकर्मीलाई ५० लाखको बीमा गरिदिन सांसदको माग

१४ चैत, वीरगञ्ज । प्रतिनिधिसभाका सांसद प्रदीप यादवले कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई ५० लाख रुपैयाँसम्मको बीमा गर्न माग गरेका छन् । शुक्रबार एक विज्ञप्ती जारी गर्दै सांसद यादवले कोरोना भाइरसविरुद्ध दिन रात नभनी काममा खटिएका स्वास्थ्यकर्मी र चिकित्सकलाई सुरक्षित महसुस गराउन सरकारसँग माग गरेका छन् । सबै स्वास्थ्यकर्मीलाई विश्व स्वास्थ्य संगठनले सिफारिस गरेअनुसारको सुरक्षित पहिरन […]

आइतबारदेखि कोटा तोकेर दुध संकलन गरिने

१४ चैत, काठमाडौं । केही दिनदेखि ठप्प रहेको दुध संकलन कार्य आइतबारदेखि फेरि सुरु गर्ने तयारी भएको छ । दुग्ध विकास संस्थान (डीडीसी)ले मौज्दातमा रहेको दुध सकिँदै गएपछि दुधको आंशिक संकलन सुरु गर्ने योजना बनाएको हो । डीडीसीले शुक्रबार मात्रै ७२ हजार नौ सय ८० लिटर दुध बजारमा पठाएको छ । संस्थान अन्तर्गत बालाजु दुग्ध […]

चिकित्सक संघले भन्यो : स्वास्थ्यकर्मीको सुरक्षालाई हल्का रुपमा नलेऊ

१४ चैत, काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना संक्रमणको उपचारमा संलग्न चिकित्सिकलाई सुरक्षा उपकरण दिन सरकारसँग माग गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै संघले आफ्नो ज्यानको बाजी लगाउँदै उपचारमा खटिएका चिकित्सक रस्वास्थ्यकर्मीले आधारभूत सामग्रीको माग गर्दासमेत जिम्मेवार निकायका व्यक्तिले हल्का टीका टिप्पणी गरेको भन्दै आपत्ति जनाएको छ । नेपालमा व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायत […]



from समाचार – Online Khabar https://ift.tt/2QOCS8K
via IFTTT
Powered by Blogger.