Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

भारततर्फ मदिरा लैजाँदै गर्दा तीन जना पक्राउ

१७ चैत, वीरगञ्ज । पर्साबाट भारततर्फ अवैध रुपमा मदिरा लैजाँदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका – १६ बस्ने रामपुकार चौरसिया, वीरगञ्ज– ३२ बस्ने ३० वर्षीय नारायण राम र २० वर्षीय राजन महरालाई पक्राउ गरेको हो । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको […]

वीरगञ्ज-रक्सौल नाकामा एक हजार भारतीय अलपत्र

१७ चैत, वीरगञ्ज । वीरगञ्ज–रक्सौल नाकामा नेपालबाट घर फर्किन लागेका झण्डै एक हजारको संख्यामा  भारतीय नागरिक अलपत्र परेका छन् । नेपालका विभिन्न स्थानबाट वीरगञ्ज आएका उनीहरुलाई भारतीय सुरक्षाकर्मीले भारत प्रवेश गर्न नदिएपछि उनीहरु अलपत्र परेका हुन् । काठमाडौं, पोखरा लगायतका स्थानमा मजदुरी, व्यापार गर्दै आएका उनीहरु घर फर्कन लागेका हुन् । नेपालका विभिन्न स्थानमा अलपत्र […]

भेटेरिनरी एशोसिएसनले भन्यो : कन्ट्याक ट्रेसिङमा सहयोग गर्न तयार छौं

१७ चैत, काठमाडौ । कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमितको कन्ट्यास ट्रेसिङमा आफ्नो जनशक्ति प्रयोग गर्न नेपाल नेपाल भेटेरिनरी एशोसिएसनले सरकारलाई आग्रह गरेको छ । वर्तमान अवस्थामा कोभिड १९ को सम्भावित संक्रमितको कन्ट्यास ट्रेसिङ पहिलो काम भन्दै पशु चिकित्सकले यसमा सघाउन सक्ने एशोसिएसनले बताएको हो । ‘एशोसिएसन आवद्ध देशभरका १२ सय पशुचिकित्सकले कन्ट्याक ट्रेसिङमा […]

अमेरिकी नागरिक लैजान चार्टर्ड फ्लाइट आउँदै

१७ चैत, काठमाडौं । नेपालमा रहेका अमेरिकी नागकिरलाई फिर्ता लैजान मंगलबार जहाज आउने भएको छ । अमेरिकी सरकारले कतार एयरवेजको जहाज चार्टर्ड गरेको छ । यो जहाज काठमाडौंबाट दोहा हुँदै वासिंटन डिसीस्थित डल्लास एयरपोर्ट पुग्ने अमेरिकी दूतावासले जनाएको छ । सोमबार स्थलमार्गबाट नेपालका विभिन्न भागमा रहेका अमेरिकी नागरिकलाई भने काठमाडौं ल्याइदैछ । नेपालमा रहेका अमेरिकी […]

निजी अस्पतालले चैत मसान्तसम्म २० प्रतिशत छुट दिने

१७ चैत, काठमाडौं । निजी अस्पताल तथा सेवा प्रदायकहरुले चैत मसान्तसम्म आफूले प्रदान गर्ने सबै स्वास्थ्य सेवामा २० प्रतिशत छुट दिने भएका छन् । निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाहरुको संगठन (अफिन) ले आफ्ना सम्पूर्ण सदस्य तथा स्वास्थ्य सेवा प्रदायकलाई २०७६ चैत मसान्तसम्म सबै सेवामा २० प्रशित छुट दिन व्यवस्था मिलाइएको जनाएको छ । यो छुट […]

कोरोना संक्रमणको अनुभूति : हाम्रो मोडेल चिनियाँ कि अमेरिकी ?

०३९ सालतिर कृषि क्याम्पस चितवनमा पढ्दाको साथीेले न्युयोर्कबाट बिहान सात बजे भिडियो कल गर्नुभयो । हतपत फोन रिसिभ गरेँ । सामान्य शिष्टतापछि विश्वव्यापी महामारी कोभिड १९ को बारेमा चर्चा नहुने कुरै भएन । आतंकित मनस्थिति उहाँमा झल्किन्थ्यो । सासै नबिराइ भन्नु हुन्छ– हेर्नुस आनन्दजी अमेरिका त नाम मात्रको छ । पहिले कोेरोना भाइरसलाई चाइनिज भाइरस […]

कोरोनाको शिकार भयो रेमिट्यान्स क्षेत्र

१६ चैत, काठमाडौं । कोरोना भाइरसका कारण चौतर्फी चपेटामा परेका सबै मुलुकको आर्थिक क्षेत्र समेत यसबाट अछुतो रहन सकेको छैन । अझ विदेशमा रोजगारीका लागि जानेहरुले पठाउने रेमिट्यान्स समेत कोरोना भाइरसको विश्वव्यापी महामारीको शिकार बनेको छ । नेपालबाट महिनामा औसत ५० हजार युवा रोजगारीका लागि बाहिरिन्थे । मासिक औसत ७५ अर्ब रेमिट्यान्स नेपाल भित्रिन्थ्यो । […]

सेयर बजार तत्कालै नखुल्ने, नेप्सेले आज निर्णय गर्दै

१७ चैत, काठमाडौं । सेयर बजार बन्द गर्न नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ । कोरोना भाइरसका कारण असहज अवस्था सिजर्ना भएको बन्दै बजार बन्द गराउन निर्देशन दिएको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए । यसअघि पनि बोर्डको निर्देशनपछि नेप्सेले एक साताका लागि बजार बन्द गराएको थियो । एक साता मंगलबार पुग्दैछ […]

भारतबाट लाख बढी भित्रिए, हजार पनि छैनन् क्वारेन्टाइनमा

१७ चैत, कैलाली । सुदूरपश्चिम प्रदेशको दुई नाकाबाट तीन सातामा एक लाखभन्दा बढी मानिस नेपाल भित्रिएका छन् । सरकारको निर्णयअनुसार काम भएको भए उनीहरु स्वदेश फर्केदेखि आफ्नै घरमा १४ दिनसम्म ‘होम क्वारेन्टाइन’मा बस्नुपर्ने हुन्छ । सुदूरपश्चिम प्रदेशमा ८८ वटै स्थानीय तहमध्ये धेरैले क्वारेन्टाइन स्थल पनि बनाएका छन् । तर भारतबाट आएकामध्ये अधिकांश क्वारेन्टाइनमा छैनन् । […]

काठमाडौंमा कोभिड १९ निगरानी एप शुभारम्भ

१७ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड — १९) को सम्भावित महामारी निगरानी गर्न काठमाडौं महानगरपालिकाले आइतबार ‘नेपाल कोभिड १९ निगरानी प्रणाली’ सार्वजनिक गरेको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले प्रणाली विकासकर्ताहरुलाई आफ्ना—आफ्नै ठाउँबाट भिडियो कन्फरेन्समा जोडेर राष्ट्रिय सभागृहबाट प्रणालीको शुभारम्भ गरे । यस प्रणालीमा कोभिड १९ सँग सम्बन्धित विशेषज्ञ डाक्टर, तथ्याङ्क विशेषज्ञ, भौगोलिक सूचना–प्रविधि […]

बाँके र बर्दियामा उच्च निगरानी, २१८ जना क्वारेन्टाइनमा

१७ चैत, बर्दिया । भारतसँग सीमा जोडिएका बाँके र बर्दिया जिल्लामा कोरोना संक्रमण रोक्न उच्च सतर्कता अपनाइएको छ । दुवै जिल्ला भारतसँग सीमा जोडिएकाले नाकाहरुमा निगरानी बढाइएको छ । दुवै जिल्लामा भारतबाट आउ–जाउ ठप्प छ । बाँके र बर्दियामा शंकास्पद २ सय १८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कवारेन्टाइनमा रहेकामध्ये अधिकांश सीमा नाका बन्द नहुँदै […]

ग्यासको सिलिण्डर बोकाएर बसाएको घटनामा छानविन सुरु

१६ चैत, काठमाडौं । ग्यास सिलिण्डर बोकाएर सडकमा बसाएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीले सडकमा सिलिण्डर बोकाएर बसाएको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो । त्यसपछि के उद्देश्यले सिलिण्डर बोकाइए भन्ने विषयमा छानविन थालिएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उमेशराज जोशीले तस्वीर सार्वजनिक गर्ने व्यक्तिहरुसँग सोधपुछ […]

लकडाउनले तीन हजार मजदुर रुपन्देहीमा अलपत्र

१७ चैत, बुटवल । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम रोकथामका लागि सरकारले देशव्यापी लकडाउनको अवधि लम्ब्याएपछि दैनिक ज्यालादारी गरेर गुजारा चलाउँदै आएका श्रमिकहरु मारमा परेका छन् । उद्योग, निर्माण, यातायात लगायतका क्षेत्रमा काम गर्ने असंगठित मजदुरहरु र सामाजिक सुरक्षा कोषमा सामेल नभएका श्रमिक समेत लकडाउनका कारण काम गर्न नपाउँदा दैनिक छाक टार्न नसकेर समस्यामा […]

कहाँ पुग्यो कन्ट्याक ट्रेसिङ ? अहिले भन्न सकिन्न

१७ चैत, काठमाडौं । नौ सय १७ नमुना परीक्षण, ५ पोजेटिभ । जसमध्ये एक जना निको भएर घर फर्किए । । यो नेपालको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आइतबार साँझसम्मको आउटब्रेक तथ्यांक हो । तर, यो तथ्यांकसँग जनस्वास्थ्य विज्ञहरु सन्तुष्ट छैनन् । एकदमै थोरै परीक्षण भएकाले संक्रमण फैलिने डर बढेको उनीहरुको तर्क छ । एक जनस्वास्थ्य […]

मेडिकल कलेजले उपचार नगरी फिर्ता पठाएको बिरामीको मृत्यु

१७ चैत, वीरगञ्ज । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले उपचार नगरी फिर्ता पठाएको विरामीको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका– २२ का २५ बर्षका विजय कुशवाहलाई उपचारका लागि काठमाडौं लैजाने क्रममा मृत्यु भएको हो । काठमाडौंको त्रिवि शिक्षण अस्पताल पुर्‍याएपछि चिकित्सकहरुले मृत घोषणा गरेका आफन्त महेश कुशवाहले बताए । कोरोना संक्रमितमा देखिनेजस्तै लक्षण देखिएको भन्दै पर्साको […]

दार्चुलापारि भारतमा ४५० बढी नेपाली अलपत्र

१७ चैत, काठमाडौं । सीमा बन्द भएपछि भारतीय भूमि धार्चुलामा ४५० बढी नेपाली अलपत्र परेका छन् । भारतको मिथौरागढलगायतका क्षेत्रमा मजदुरी गरेर लकडाउनपछि घर फर्किन लागेका नेपाली धार्चुलामै रोकिएका हुन् । अलपत्र ३ दिनदेखि उनीहरूले नेपाल प्रवेश पाउनुपर्ने भन्दै महाकाली पुलपारि नाराबाजी गरिरहेका छन् । दार्चुलाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) यदुनाथ पौडेलले भारतको मिथौरागढलगायत क्षेत्रबाट […]

लायन्स क्लबले दियो कोरोना विशेष अस्पताललाई पीपीई

१७ चैत, बुटवल । लायन्स क्लब अफ शंकरनगरले बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा खटिएका चिकित्सकका लागि पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सामग्री दिएको छ । क्लबले लुम्बिनी प्रादेशिक अस्पतालमार्फत बुटवल कोरोना विशेष अस्थायी अस्पतालका लागि सात थान पीपीई सेट, ३० लिटर इथाइल अल्कोहल स्प्रिट र दुर्गादत्त मावि तिलोत्तमामा रहेको क्वारेन्टाइनको लागि तीन थान पीपीई र […]

स्वास्थ्य उपकरण लिएर गएको स्काई ट्रक बीच बाटोबाटै फर्कियो

१६ चैत, काठमाडौं । कोरोना रोकथामका लागि सरकारले चीनबाट ल्याएको स्वास्थ्य उपकरण लिएर प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा गएको नेपाली सेनाको स्काई ट्रक सामान नपुर्‍याई फर्किएको छ । मास्क, स्यानिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सामग्री लिएर स्काई ट्रक सोमबार बिहान उडेको थियो । तर, बीचबाटो बाटै फर्किएको नेपाली सेनाका एक उच्च अधिकारीले जानकारी दिए […]

गौरमा घरमै खाद्यान्न पुर्‍याउने सेवा सुरु

१७ चैत, रौतहट । लकडाउनलाई प्रभावकारी बनाउन रौतहट प्रशासनले खाद्यान्न पसल समेत बन्द गराएपछि गौरमा होम डेलिभरी अर्थात् घरमै सामान पुर्‍याउने सेवा सुरु भएको छ । उद्योग वाणिज्य संघ गौरको पहलमा ११ वटा खाद्य पसलमार्फत् सर्वसाधारणलाई होम डेलिभरीको व्यवस्था मिलाइएको संघका अध्यक्ष पण्डित जयसवालले बताए । कोभिड-१९ को जोखिम कम गर्न होम डेलिभरी सेवा सुरु […]

लकडाउन उल्लंघन गर्ने हो ? यसरी सडकमै उभिनुपर्छ [ फोटो फिचर ]

१७ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लगाएको लकडाउन उल्लंघन गर्नेहरुमाथि प्रहरीले कारबाही तीव्र बनाएको छ । सोमबार विहान मात्र विनाकारण सडकमा निस्किएको भन्दै प्रहरीले ७ सय ४० जनालाई सडकै उभ्याएको छ । लकडाउन उल्लंघन गर्नेलाई दुई घन्टा सडकमा उभ्याएर प्रहरीले कोरोना भाइरसबारे सचेतनामूलक प्रशिक्षण दिँदै आएको छ । महानगरीय प्रहरी आयुक्तको […]

लकडाउनले सडकका कुकुर र बाँदर भोकै

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको एक साता पुग्न लाग्यो । यो अवधिमा मानिसहरु घर बाहिर ननिस्किँदा काठमाडौंका सडकमा हिँड्ने कुकुर, गाई, बाँदरलगायतका पशु चौपाया समस्यामा परेका छन् । ‘फेडेरेसन अफ एनिमल वेलफेयर नेपाल’का अनुसार उपत्यकामा मात्र करिब २६ हजार कुकुर सडकमा छन् । बाँदरको संख्या यकिन छैन । […]



from समाचार – Online Khabar https://ift.tt/2UNPePM
via IFTTT
Powered by Blogger.