समाचार
१४ चैत, विराटनगर । कोरोना संक्रमणका कारण विश्व आक्रान्त छ । नेपालमा पनि संक्रमण देखिएपछि सरकारले मंगलबारबाट देशभर लकडाउन गरेको छ । लकडाउनका कारण मानिसहरुलाई अत्यावश्यक बाहेकका अरु काममा घरबाहिर ननिस्कन आग्रह गरिएको छ । यही बेला मोरङको पथरी शनिश्चरे नगरपालिका– १० की मनु लिम्बुमाथि भने अर्काे ठूलो बज्रपात परेको छ । उनी कोरोना संक्रमणबाट […]
१५ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विश्व अर्थतन्त्र आर्थिक मन्दीमा प्रवेश गरेको बताएको छ । शुक्रबार अनलाइन प्रेस वार्तामा आईएमएफकी प्रमुख क्रिस्टालिना जोर्जिएभाले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विश्व अर्थतन्त्र मन्दीमा जाएको बताइन् । उनका अनुसार यो आर्थिक मन्दी सन् २००९ मा देखिएको आर्थिक मन्दीभन्दा पनि खराब हुनेछ । विश्व […]
१५ चैत, काठमाडौं । चीनको वुहानबाट निस्किएको कोरोना भाइरस (कोभिड–१९)को महामारी अहिले समग्र विश्वभर फैलिएको छ । यो भाइरसका कारण अहिलेसम्म २६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । सबैभन्दा पहिले कोरोना देखिएको चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले भने महिलाभन्दा पुरुषमा कोरोना भाइरसको जोखिम बढी रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार कोरोना भाइरसको जोखिम महिलाको […]
१५ चैत, चितवन । सरकारले कोरोना भाइरस (कोभिड–१९) को आशंका गरिएकाहरुलाई ‘आफ्नै अस्पतालमा राखेर उपचार गर्नू’ भनेर निजी स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको डेढ हप्ता हुनलाग्यो । तर, स्वास्थ्यकर्मीले लगाउनुपर्ने व्यक्तिगत सुरक्षा सामग्रीहरु अझैंसम्म पर्याप्त पठाउन सकेको छैन । पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सुरक्षा सामाग्रीहरु उपलब्ध नहुँदा उपचारका संलग्न स्वास्थ्यकर्मीहरु बिरामीको नजिक जान समेत डराउने […]
१५ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमण परीक्षण गर्न पश्चिममा विभिन्न जिल्लाबाट संकलित नमुना (स्वाब) लिन नेपाल एयरलाइन्सको विमान उपयोग गरिएको छ । नेपाल एयरलाइन्सको विमानले नमुना ओसार पसार गर्न दिनमा एक पटक नेपालगञ्जबाट काठमाडौंसम्म उडान गर्न थालेको छ । आन्तरिक हवाई उडान ठप्प भएपछि केही दिनदेखि स्वाबको नमूना ल्याउन समस्या थियो । सुदूर तथा […]
१५ चैत, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान र नेशनल ट्रेडिङ गाभिएर बनेको कम्पनी)ले पनि अनलाइनबाटै अर्डर लिएर होम डेलिभरी सेवा थाल्ने भएको छ । कम्पनीका नायव महाप्रबन्धक श्रीमणिराज खनालले कम्पनीले बिक्री वितरण गरिरहेका विभिन्न खाद्यवस्तु तथा सामग्रीहरु होम डेलिभरी गर्ने गरी अनलाइन प्लेटफर्म […]
१५ चैत, विराटनगर । प्रदेश १ मा कोरोना भाइरस संक्रमण (कोभिड १९) का शंकास्पद २५ जना विरामीमध्ये २० जनाको रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबारसम्म परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएकामध्ये २० जनामा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको हो । पाँच जनाको भने रिपोर्ट आउन बाँकी छ । प्रदेश १ को आपतकालीन […]
१५ चैत, प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका बाहानेले क्षेत्रभित्र ज्यालादारी रुपमा काम गरी बिहान–बेलुका खाना जुटाउने मजदुरलाई एक महिनाका लागि खाद्यान्न दिने भएको छ । शुक्रबार आकस्मिक कार्यपालिका सदस्य र कर्मचारीको बैठक बसी मजदुरलाई खाद्यान्न पुर्याउने निर्णय गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराम शर्माले जानकारी दिए । गाउँपालिकाले वडाध्यक्षमार्फत आठ वटै वडाका ज्यालादारी मजदुरीको लगत […]
१५ चैत, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना भाइरसबारे आधिकारिक सूचनामा मात्र विश्वास गर्न नेपाली सेनाका सकलदर्जालाई निर्देशन दिएका छन् । कारोना (कोभिड–१९) रोकथामका लागि नियन्त्रणमा खटिएका सैनिक अधिकृत तथा जवानहरूलाई सम्बोधन गर्दै थापाले विश्वासनीय सूचनामा मात्र भर पर्न भनेका हुन् । थापाले दश बुँदे निर्देशन दिँदै ‘नागरिकको सेवामा समर्पित हुँदा आफ्नो सुख सुविस्ता भुलेर […]
१५ चैत, ललितपुर । ललितपुर महानगरपालिका–१० निवासी राजेश महर्जनले बजारमा मास्क र स्यानिटाइजर खोजेको धेरै दिन भयो । उनले मास्क र स्यानिटाइजर पाउन नसकेपछि साबुनपानीले मात्र हात धुने गरेको गुनासो गरे । ‘खोइ महानगरपालिकाले स्यानिटाइजर बनाएर जनतालाई प्रयोग गर्न दिन्छ रे भन्ने सुनेको थिएँ । बजारमा खोज्न गएँ न मास्क छ न त स्यानिटाइजर । […]
१५ चैत, रामेछाप । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि रामेछाप जिल्लाका आठवटै स्थानीय तहले उच्च सतर्कता अपनाएका छन् । छिमेकी मुलुक भारत र अन्य विभिन्न देशहरुबाट आएका ४२ जनालाई जिल्लाका विभिन्न स्थानका क्वारेन्टाइनमा राखिएको छ । शुक्रबार साँझसम्म रामेछाप नगरपालिकामा १२ जना, दोरम्बा गाउँपालिकामा १० जना, मन्थली नगरपालिकामा ९ जना, […]
१५ चैत, काठमाडौं । अमेरिकामा शुक्रबार एकैदिन कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ४ सय जनाको मृत्यु भएको छ । वर्ल्ड ओमिटरकाअनुसार यससँगै अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार छ सय ९५ पुगेको छ । त्यस्तै, शुक्रबार एकैदिन अमेरिकामा १८ हजार नयाँ संक्रमित भेटिएका छन् । यससँगै समग्र संक्रमितको संख्या एक लाख ४ हजार […]
१५ चैत, चितवन । कोरोना भाइरस संंक्रमण र त्यसविरुद्व सरकारले गरेको ‘लकडाउन’ बढ्दै जाँदा अस्पतालहरुमा बिरामी घट्दै गएका छन् । कोरोनाको लक्षणसँग मिल्ने रुघाखोकीका बिरामी अस्पताल पुग्दा सेवा नपाएको समाचारहरु पनि आउन थालेका छन् । अरुबेला बिरामी तान्न प्रतिस्पर्धा गर्ने निजी अस्पतालहरु यो संकटको बेला भाग्न खोजेको भनेर आलोचना पनि भइरहेको छ । निजी अस्पतालहरु […]
१५ चैत, काठमाडौं । चीनबाट सुरु भएको कोरोना भाइरस संक्रमणको केन्द्र अहिले युरोप बनेको छ । युरोपका धेरै देशहरुले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सक्दो प्रयास गरिरहेका छन्। ती देशका सरकारले मानिसहरुलाई घर बाहिर ननिस्किन सूचना जारी गर्दै सम्भव भएसम्म सबै उपायहरु अपनाइरहेका छन् । तर, युरोपमा एक देश यस्तो पनि छ जहाँ कोरोना […]
१५ चैत, काठमाडौं । कोरोना रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरी कडा रुपमा उत्रिन थालेको छ । लकडाउनको पाँचै दिनसम्ममा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सरकारी निर्णयको पूर्ण कार्यान्वयनका लागि प्रहरी आक्रामक रुपमा प्रस्तुत हुन थालेको हो । जसअनुसार शनिबार बिहान ८ बजेसम्मको अवधिमा मात्रै प्रहरीले १ सय ३० जना पुरुष र […]
१५ चैत, काठमाडौं । मकवानपुरको थाहा नगरपालिकाले विदेशबाट फर्केकाको घरघरमा पुगेर स्वास्थ्य परीक्षण थालेको छ । कोरोनाको सम्भावित जोखिम न्यूनीकरणका लागि नगरपालिकाले घरघर पुगेर स्वास्थ्य परीक्षण थालेको हो । स्वास्थ्य परीक्षणका लागि मेडिकल अधिकृतसहितको टोली परिचालित भएको थाहा नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार, फागुन १५ पश्चात यो क्षेत्रका ६३ जना घर फर्किएका छन् । […]
१५ चैत, सुरुङ्गा । कोरोना भाइसरको सङ्क्रमण देखियो भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने एक व्यक्ति शुक्रबार साँझ झापाको दमकबाट पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजय पण्डितका अनुसार दमक–१ निवासी ३५ वर्षीय कुमार राईलाई पक्राउ गरिएको हो । झापामा ३४१ क्वारेन्टाइन तयार सङ्क्रमणबाट बच्न झापामा ३४१ क्वारेन्टाइन निर्माण गरिएको छ । […]
१४ चैत, पोखरा । पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) माग्दामाग्दा स्वास्थ्यकर्मीहरु थाकिसके । कोरोना भाइरस (कोभिड १९) का संक्रमित भेटिन लाग्दा पनि पीपीई नपाएपछि स्वास्थ्यकर्मीहरु आफैँले जोहो गर्न लागेका छन् । पोखराका चरक अस्पतालका डाक्टर क्लारा पौडेलले पनि होममेड पीपीई बनाउन थालेकी छन् । त्यसलाई पोखराका अरु अस्पतालले पनि पछ्याएका छन् । पीपीई अभाव भएपछि आफैंले […]
१५ चैत, स्याङ्जा । कतारबाट आएकी कोरोना संक्रमित किशोरीसँगै आएका स्याङ्जा फेदीखोला गाउँपालिकाको एक दम्पतीको स्वाव परीक्षणको नतिजाबाट उनीहरुमा काेरोना संक्रमण नभएको देखिएको छ । किशोरीसँगै आएका कतारमा कार्यरत फेदीखोला गाउँपालिकाका दम्पतीलाई ज्वरो आएपछि क्वारेन्टाइनमा राखेर स्वाव परीक्षणका लागि बिहीबार टेकु अस्पताल काठमाडौँ पठाइएको थियो । शुक्रबार उनीहरुको नेगेटिभ रिपोर्ट आएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले […]
१४ चैत, पोखरा । रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले शुक्रबार साँझ फेसबुकमा लेखे, ‘नमस्कार, सबै घर-घरमै बस्नु होला, नियमित खानुपर्ने औषधि सकिएमा मेरो फोन नम्बर ९८५६०८४००९ मा फोन गर्नुहोला । फोन बिजी भए एसएमएस गर्नुहोला । २४ सैं घण्टा खटिएरै हामी सेवा गर्नेछौं ।’ उनी अहिले गाउँमा कसको स्वास्थ्य अवस्था कस्तो छ, कहाँ के पूर्वाधार […]
१५ चैत, काठमाडौं । कोरोना संक्रमितको उपचारमा प्रयोग हुने मेडिकल उपकरणहरु लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज चीनको ग्वाङझाओ जाने भएको छ । ए ३३० वाइडबडी जहाज शनिबार दिउँसो साढे १२ बजे काठमाडौंबाट चीनको ग्वाङझाओ प्रस्थान गर्ने छ । कार्गो उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उडान अनुमति दिइसकेको नेपाल एयरलाइन्सका अपरेशन बिभाग प्रमुख दिपु ज्वार्चनले […]
from समाचार – Online Khabar https://ift.tt/2QTsMnn
via IFTTT