Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

मन्त्री मानन्धरको सुझाव–कोरोनासँग नआत्तिनू, धार्मिक पुस्तक पढ्नू

१४ चैत, काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक सबै प्रवन्ध मिलाएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । नागरिकको जीवन रक्षाका लागि सरकारले लकडाउन गरेकाले त्यसको भने पूर्ण पालना गर्न उनले आग्रह गरे । ‘सामान्य हेलचेक्राइँले विपद् आउनसक्न सक्छ । त्यसैले सतर्क रहनु उत्तम उपय हो,’ मन्त्री मानन्धरले भने, […]

कांग्रेस महासमिति सदस्य लामाको निधन

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य गजेन्द्रकुमार लामाको बिहीबार निधन भएको छ । कांग्रेस काठमाडौं क्षेत्र नं ३ का महासमिति सदस्य लामाको भारतको मेदान्त अस्पतालमा कलेजो प्रत्यारोपणपछि उपचारका क्रममा निधन भएको सो पार्टीका वागमती प्रदेशसभाका सदस्य छिरिङ दोर्जे लामाले जानकारी दिए । लुम्बिनी विकास कोषका पूर्वउपाध्यक्षसमेत रहेका लामा महेन्द्र बौद्ध माध्यामिक विद्यालय व्यवस्थापन […]

विदेशबाट आएका नागरिक खोज्दै धरान

१४ चैत, धरान । विदेशबाट आएका व्यक्तिमा कोरोना संक्रमण देखिएपछि धरानमा विदेशबाट आएका व्यक्तिको विवरण संकलन सुरु गरिएको छ । गृह मन्त्रालयले विदेशबाट आएका व्यक्तिको विवरण पठाउन पत्राचार गरेपछि धरान उपमहागनरपालिकाले पनि विदेशबाट आएका व्यक्तिको खोजी तीव्ररुपमा बनाएको हो । प्रत्येक वडाले आफ्नो वडामा विदेशबाट आएकाहरुको तथ्यांक संकलन गरिरहेको छ । हालसम्म धरानमा ६४ जना […]

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, २ घाइते 

१४ चैत, चितवन । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–७, चोरमाराको भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । २ जना घाइते छन् । चोरमारादेखि उत्तर अम्रसातर्फ जाँदै गरेको ना ४३ प २९८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही स्थानका २८ वर्षीय भोजबहादुर महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते महतोलाई चितवनको पुरानो […]

स्पेनमा चार नेपालीलाई कोरोना संक्रमण पुष्टि 

१४ चैत, बार्सिलोना । स्पेनमा चार जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ । बार्सिलोनाको साग्रादा फ्यामिलिया बस्दै आएका एक जना नेपालीको भने सान्पाओ अस्पतालमा उपाचार भइरहेको छ । अन्य ३ जना भने हस्पितालेद क्षेत्रका हुन् । उनीहरु त्यहाँस्थित अस्पतालमा भर्ना भएका छन् […]

कोरोना भाइरसले इटाली र स्पेनमा एकैदिन १४ सय बढीको मृत्यु

१४ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को कारण पछिल्लो २४ घण्टामा इटाली र स्पेनमा १४ सयभन्दा बढी मानिसको ज्यान गएको छ । वर्ल्डओमिटरका अनुसार इटालीमा एकैदिन ७१२ जनाले ज्यान गुमाएका छन् । यससँगै इटालीमा मृत्यु हुनेको संख्या पनि ८ हजार २१५ पुगेको छ । त्यस्तै संक्रमितको संख्या पनि बिहीबार इटालीमा ८ हजारभन्दा बढीले बढेको […]

चीनमा भन्दा अमेरिकामा धेरै कोरोना संक्रमित

१४ चैत, काठमाडौं । चीन र युरोपपछि कोरोना भाइरसको इपिसेन्टर बनेको अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित फेला परेका छन् । अमेरिकाको जोन हकिन्स युनिभर्सिटीका अनुसार, हालसम्म अमेरिकाभर ८३ हजार ५०० मानिसमा कोरोनाको लक्षण भेटिएको छ ।  ५ लाख ५२ हजार मानिसमा गरिएको परीक्षणमा यतिधेरै संक्रमित भेटिएका हुन् । यो संख्या कोरोनाको उद्गमस्थल चीनको भन्दा १ […]

लकडाउनमा पुरूष बढी अस्थिर देखिएका हुन् कि ?

विगत तीन महिनाबाट शुरू भएको कोरोना भाइरस (कोभिड१९) ले महामारीको रूप लिएपछि अहिले नेपालमा लकडाउन शुरू भएको छ । महामारीका कारण लामो समय आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने भएपछि धेरैजसो मानिसहरु अस्थिर देखिएको बुझिन आएको छ । त्यसमा पनि महिलाभन्दा बढी अस्थिरता पुरूषहरूमा देखिएको हो कि भन्ने भान हुन्छ । यदि यस्तै अस्थिरता बढ्दै जाने […]

क्वारेन्टाइन बनाउन मकवानपुरको ओम रिसोर्टले दियो २८ कोठा

१४ चैत, हेटौंडा । मकवानपुरको थाहा नगरपालिकास्थित ओम अध्याय रिट्रिट रिसोर्टलाई कोरोना भाइरस संक्रमणको आशंका गरिएका बिरामीहरुलाई राख्ने क्वारेन्टाइनको रुपमा प्रयोग गरिने भएको छ । क्वारेन्टाइन बनाउनका लागि रिसोर्ट सञ्चालकले २८ वटा कोठा थाहा नगरपालिकालाई निःशुल्क उपलब्ध गराएका छन् । रिसोर्टलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने सम्बन्धमा थाहा नगरपालिका र ओम अध्याय रिट्रिट रिसोर्टबीच बिहीबार सम्झौता […]

ज्वरो आयो ? कोशी अस्पताल जानुहोस् !

१३ चैत, विराटनगर । ज्वरो आएका हरेक विरामी कोरोना भाइरस (कोभिड-१९) का शंकास्पद संक्रमित होइनन् । तर अहिले ज्वरो आयो भनेर कोही निजी अस्पतालमा पुग्यो भने उसले गेटबाटै प्रवेश दिँदैन । भन्छ, कोशी अस्पताल जानुस् । विराटनगरका निजी अस्पतालहरुले सुरक्षा गार्डलाई ज्वरो आएका विरामी आए फर्काउन निर्देशन दिएका छन् । यसरी नै कोशी अस्पताल पुग्ने […]

सरकारले घरबेटीलाई भन्यो-अत्यावश्यक सेवाका श्रमिकलाई नरोक्नू

१३ चैत, काठमाडौं । आपूर्ति मन्त्रालयले अत्यावश्यकीय वस्तु तथा सेवाको उत्पादन, ढुवानी तथा बिक्रीवितरणमा संलग्न श्रमिकहरुलाई काममा जानबाट नरोक्न सम्बद्ध परिवार तथा घरबेटीहरुलाई आग्रह गरेको छ । कतिपय घरधनीहरुले आफ्नो घरमा बहालमा बस्ने श्रमिकलाई घरबाहिर ननिस्कन दवाव दिएको र कतिपयले आफ्नो परिवारका सदस्यलाई काममा जानबाट रोकेको जस्ता गुनासाहरु आएको भन्दै मन्त्रालयले नरोक्न आग्रह गरेको हो […]

लकडाउनमा हिँड्नेमाथि लाठी, नागरिक अनुशासित नहुँदाको परिणाम : प्रहरी

१३ चैत, काठमाडौं । कारोना (कोभिड–१९) भाइरसको संक्रमण रोकथामका लागि लागू गरिएको लकडाउनको पहिलो दिन मंगलबार सडकमा छिटफुट रुपमा मानिसहरु देखिए । त्यसको विपक्षमा लकडाउन उल्लंघन गरेका व्यक्तिलाई भारतमा प्रहरीले पिटेको भिडियो र तस्वीर सामाजिक सञ्जालमा व्यापक रुपमा शेयर भयो । नेपाल प्रहरी भने सकेसम्म बल प्रयोग नगर्ने मनस्थितिमा थियो । सम्झाई बुझाई गर्दा पनि […]

अब हामीसँग २/३ दिन छ, यसलाई खेर नफालौं

कोही महिना अगाडि (डिसेम्बर २०१९) चीनमा कोरोना भाइरसको संक्रमण देखियो, त्यसको केही समयपछि नेपालमा पनि एक जना संक्रमित भेटियो । त्यही बेला नै हामीले संसदबाट भन्यौं कि ‘पूर्वतयारी गर्दै गर्दा एउटा राष्ट्रिय कार्ययोजना बनाऔं, सिंगो नेपाल त्यो कार्ययोजनाबाट बाँधिनुपर्छ ।’ त्यो भनेको एउटा समिति बनाउने वा सबै मन्त्रालय एक ठाउँ बस्ने भनेको होइन । कोरोनासँग […]

अब आधा सिलिन्डर भरेको ग्यास मात्र पाइने

१३ चैत, काठमाडौं । अब सिलिण्डर आधा मात्र भरेको ग्यास पाइने भएको छ । नेपाल आयल निगमले सिलिन्डर आधा मात्र भनेर बजारमा पठाउन ग्यास उद्योगहरुलाई निर्देशन दिएको हो । हाल एक सिलिन्डरमा १४.२ केजी ग्यास हुन्छ । तर अब सिलिन्डरमा ७.१ केजी मात्रै ग्यास हुनेछ । निगमका एक अधिकारीकाअनुसार मागअनुसार ग्यास पुर्‍याउन नसकिने अवस्था आएपछि […]

चेन गेटभित्र चिकित्सक, बाहिर बिरामी, नर्सलाई रेनकोट

१३ चैत, बिराटनगर । कोरोना संक्रमणको त्रास फैलिएपछि सरकारले आफ्नो सम्पूर्ण ध्यान यसको रोकथाम र नियन्त्रणमा लगाएको बताउँदै आएको छ । कोरोना जोखिमका कारण देश मंगलबार यता लकडाउन भएको छ । तर, स्वास्थ्य मन्त्रालयले सुरक्षाको उचित प्रवन्ध गर्न नसक्दा कोरोनाविरुद्ध लड्ने टोलीको फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरु आफैं असुरक्षित छन् । कोरोना संक्रमित र आशंकामा उपचारका […]

पोखराको कोरोना अस्पताल : सरकारको गफैमात्र !

१३ चैत, पोखरा । लेखनाथ तालचोकदेखि बेगनास ताल जाने सडकको बीचतिर पुगेपछि आइपुग्छ, मोहोरिया भन्ने ठाउँ । मोहोरिया पुगेपछि सडकको वाँयापट्टी देखिन्छ, एउटा रातो ३ तले भवन । जहाँ लेखिएको छ- लेखनाथ सामुदायिक लायन्स अस्पताल । अस्पताल आसपासमा केही घर छन् । अस्पताल प्रांगण सुनसान छ । अस्पतालको च्यानल गेटबाहिर २ जना महिला मास्क लगाएर […]

बिरामीको उपचार : तैं रानी मै रानी, को भर्ने कुवाको पानी ?

१३ चैत, चितवन । मेडिकल सिटीको उपमा पाएको चितवनमा दुईवटा मेडिकल कलेज, क्यान्सर अस्पताल, भरतपुर अस्पताल र झण्डै दुई दर्जनभन्दा बढी निजी अस्पतालहरु छन् । अरुबेला बिरामी तानातान गरी अस्वस्थ प्रतिस्पर्धा गर्ने यहाँका निजी अस्पताल र मेडिकल कलेजले कोरोनाको त्रास बढ्दै जाँदा बिरामी पन्छाउन थालेका छन् । बिरामीले विभिन्न अस्पतालमा चक्कर मार्न थालेका सूचनाहरु आइरहेका […]

लकडाउन उल्लंघन गर्नेलाई सय रुपैयाँ जरिवाना तिराइयो

१३ चैत, जनकपुरधाम । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले सोमबारदेखि लकडाउन घोषणा गरेको छ र सबै नागरिकलाई आफ्नो घरमा बस्न आग्रह गरेको छ । तर ठाउँठाउँमा सर्वसाधारणले अवज्ञा पनि गरेका छन् । धनुषाबाट तेस्रो दिन पनि लकडाउनको अवज्ञा गरेको आरोपमा प्रहरीले ६६ जनालाई पक्राउ गरिएको छ । धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी […]

आलु प्याजमा कालोबजारी गर्ने ११ जना पक्राउ

१३ चैत, जनकपुरधाम । धनुषामा प्रहरीले लक डाउनको मौका छोपी चर्काे मूल्यमा सामान बेच्ने ११ जनालाई पक्राउ गरेको छ । ग्यास, आलु, प्याजदेखि रिजार्च कार्डसम्म बढी मूल्य लिएर बेच्ने ११ जनालाई जनकपुरधामबाट बिहीबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा अधिकांस आलु र प्याज महंगो मूल्यमा बेच्नेहरु छन् । आलु, प्याजमा ब्यापारी नौ जना, एक जना […]

भाटभटेनीले घरमै मालसामान डेलिभरी गर्ने

१३ चैत, काठमाडौं ।भाटभटेनी सुपरमार्केटले उपभोक्ता लक्षित घरमै मालसामान पुर्‍याउने सेवा सुरु गरेको जनाएको छ । फोन तथा सामाजिक सञ्जालमार्फत उपभोक्ताले वस्तु मगाउन सक्नेगरी होम डेलिभरी सेवा आरम्भ भएको सुपरमार्केटले जनाएको छ । सरकारले घोषणा गरेको लकडाउनमा खाद्यान्नसहितका उपभोग्यवस्तु अभाव हुन नदिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सबै ठूला सुप्परमार्केटलाई खुला राख्न तथा डेलीभरी सेवा […]

कोरोना फैलिन नदिन आपतकालीन रणनीति बनाउन नागरिक अगुवाको सुझाव

१३ चैत, काठमाडौं । नागरिक अगुवाको एक समूहले कोरोना संक्रमण फैलिन नदिन आपतकालीन रणनीति बनाउन सरकारलाई सुझाव दिएको छ । डा. महेश मास्के, कनकमणि दीक्षित, सुशील प्याकुरेललगायत नागरिक अगुवाले बिहीबार उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटी संक्रमण फैलिन नदिन तत्काल प्रदेश र स्थानीय निकायसंग समन्वय गरी आपतकालीन रणनीति बनाउन सुझाव दिएका हुन् । कोरोना संक्रमण […]



from समाचार – Online Khabar https://ift.tt/39puXVY
via IFTTT
Powered by Blogger.