समाचार
१५ चैत, काठमाडौं । चीनबाट फर्केका एक नेपाली विद्यार्थीमा कोरोना (कोभिड–१९) भाइरसको संक्रमण देखिएको नौ हप्ता भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को हङकङस्थित कोलाबोरेटिङ सेन्टरले गत ९ माघमा ती विद्यार्थीमा कोरोना संक्रमण पुष्टि गरेको थियो । अहिले ती विद्यार्थीले स्वास्थ्य लाभ गरिसकेका छन् । त्यस यताको नौ हप्तामा विश्वको स्वास्थ्य स्थितमा निकै ठूलो उथलपुथल […]
१६ चैत, चितवन । धादिङका एम्बुलेन्स चालक लक्ष्मण जमरकट्टेल बिरामी लिएर चितवनको भरतपुर आए । उनले सामान्य कपडाको मास्क लगाएका थिए । जमरकट्टेलको जस्तै अवस्था छ अधिकांश एम्बुलेन्स चालकको । नेपाल रेडक्रस सोसाइटीमा आवद्ध एम्बुलेन्स चालकले सामान्य पीपीई लगाए पनि निजी अस्पताल तथा विभिन्न संघसंस्थाका एम्बुलेन्स चालकले भने अहिलेसम्म पीपीई पाएका छैनन् । उनीहरु जोखिम […]
१६ चैत, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाले लकडाउनका कारण छाक टार्न समस्या परेका विपन्न परिवारलाई १५ दिनका लागि खाद्यान्न उपलब्ध गराउने भएको छ । नगरपालिकाको आइतबार बसेको बैठकले प्रत्येक वडाका एक सय विपन्न परिवारको पहिचान गरी खाद्यान्न वितरण गर्ने निर्णय भएको नगर प्रमुख मोहनबहादुर वस्नेतले जानकारी दिए । नगरपालिकाले विपन्न परिवारलाई १५ किलो चामाल, २/२ […]
१६ चैत, कठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरसविरुद्धको लडाइँमा चीनले प्राप्त गरेको सफलताप्रति बधाई दिँदै राष्ट्रपति सी चिनफिङलाई पत्र पठाएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सीलाई प्रचण्डले आइतबार पठाएको पत्रमा चिनियाँ जनजीवनलाई सामान्य अवस्थामा ल्याउने सफलताप्रति बधाई दिएका हुन् । उनले पत्रमा नेपाल अहिले […]
१६ चैत, काठमाडौं । चीनबाट ल्याइएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण परीक्षण गर्ने मेसिन चारवटा प्रदेशले पाउने भएको छ । प्रदेश २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशले पीसीआर (पोलिमर चेन रियाक्सन) मेसिन पाउने भएको हो । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले प्रदेश ५ को बुटवल वा नेपालगञ्ज तथा कर्णालीको सुर्खेतमा ल्याब स्थापना गर्ने […]
१६ चैत, काठमाडौं । सरकारले विदेशबाट फर्केर क्वारेन्टाइनमा नबस्ने र सम्पर्कमा पनि नआउनेहरुलाई कारबाही गर्ने भएको छ । चैत १ बाट नेपाल आएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न अनिर्वाय गरिएको थियो । तर, अहिले पनि धेरैले त्यसलाई पालना गरेका छैनन् । साथै, पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएकाहरुसँग विदेशबाट विमानमा यात्रा गरेकाहरु अझैपनि सरकारको सम्पर्कमा […]
१६ चैत, काठमाडौं । नेपालको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने भएको छ । तर, उनीहरु स्थानीय तहले बनाएको क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्नेछ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले भारतीय सुरक्षाकर्मीले नेपालतर्फ पठाएका थिए । तर, सीमा नाका बन्दका कारण दशगजा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने निर्णय गरेको हो । नेपाली नागरिक […]
१६ चैत, काठमाडौं । लकडाउनका बेला पनि कार्यालयमा खटिने बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले विशेष सुविधा पाउने भएका छन् । अप्ठेरो अवस्थामा पनि कार्यालयमा खटिएको अवधिको गणना गरेर बैंकहरुले आफ्ना कर्मचारीहरुलाई विशेष सुविधा दिने भएका हुन् । वाणिज्य बैंकका सीईओहरुको छाता संगठन नेपाल बैंकर्स संघले समेत विशेष सुविधा दिन सबै बैंकहरुलाई आग्रह गरेको छ । […]
१६ चैत, जाजरकोट । छेडागाड नगरपालिका–११ का वडाध्यक्ष चक्रबहादुर सिंहमाथि गएराति आक्रमण भएको छ । नगरप्रमुख लालबहादुर महतराले दिएको जानकारीअनुसार शुक्रबार वडा कार्यालयमा कोरोनाबाट जोगिने र जोगाउने विषयमा छलफल गरी गाउँगाउँमा प्रचार गर्दै हिँडेको समयमा शनिबार बेलुकी झार्पा पिपलको बोट नजिकैबाट अपरिचित व्यक्तिको समूहले उनलाई वडा कार्यालयतिर जाउँ भनी लगेको थियो । शनिबार राति नै […]
१६ चैत, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लगाएको लकडाउनको अवधि लम्ब्याउने भएको छ । आइतबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले लकडाउनको अवधि थप गर्नुपर्ने निश्कर्ष निकालेको हो । तर कति दिन भन्ने टुंगो लगाएको छैन । बैठकमा सहभागी एक मन्त्रीले भने, ‘लकडाउन लम्ब्याउनुपर्छ भन्ने छलफल […]
१६ चैत, काठमाडौं । महालेखा नियन्त्रकको कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरु सञ्चालनमा बाधा नपर्ने गरी आलोपालो मिलाई खुला राख्न निर्देशन दिएको छ । कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै स्वास्थ्य सेवा तथा अत्यावश्यकीय सेवासँग सम्बन्धित भुक्तानीलाई प्राथमिकताका साथ निकासी दिन आग्रह गरिएको छ । सरकारले ११ चैतदेखि लकडाउन घोषणा गरेको छ । त्यसयता सम्पूर्ण आर्थिक […]
१६ चैत, विराटनगर । लकडाउनका कारण प्रदेश १ को राजधानी विराटनगरसहित आसपासका जिल्लाका शहरहरु सुनसान छन् । विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट सतर्क रहन सरकारले गरेको आग्रहलाई पालना गर्दै प्रायः मानिसहरु घरबाहिर निस्किएका छैनन् । तुलनात्मक रुपले अहिले नागरिकले लकडाउनलाई कार्यान्वयन गरेकको पाइएको छ । बेलुकाको समयमा मात्रै विराटनगरमा तरकारी, खाद्यान्न किनमेलका […]
१६ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासघले कोरोना साहायता केन्द्रीय राहत कोषमा ५० लाख नगद र ५० लाख बराबरको सहयोगा सामग्री बुझाउँदैछ । सिंहदरबारमा पुगेर महासघको टोलीले सहयोग हस्तान्तरण गर्न लागेको हो । टोलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई ५० लाखको चेक अहिले हस्तान्तरण गर्नेछ । मास्क, स्यानिटाइजर, पन्जा खाद्यान्न दाल चामल लगायतका खादान्न पनि हस्तान्तरण […]
१६ चैत, विराटनगर । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको परीक्षण सुरु भएको छ । यसअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा मात्र कोरोना भाइरसको परीक्षण गर्ने गरिएको थियो । तर, लकडाउनका कारण देशबाट नमुना संकलन गर्न कठिनाई भएपछि सरकारले धरान, पोखरा र नेपालगञ्जमा पनि परीक्षण गर्ने निर्णय गरेको हो । प्रतिष्ठानमा […]
१६ चैत, काठमाडौं । लकडाउनका कारण सिंगो देश ठप्प छ । सडकहरु सुनसान छन् । अत्यावश्यक काममा बाहेक सडकमा निस्कियो भने प्रहरीले सडकमै दुई घण्टा उभ्याउन थालेको छ । त्यसैले मानिसहरु पनि घरभित्रै बसेका छन् । तर, कालीमाटी तरकारी बजारको अवस्था भिन्न छ । मध्यरातमै जाग्छ, र उज्यालो हुँदासम्म चहलपहल रहन्छ । आइतबार बिहान झिसमिसेमै […]
१६ चैत, विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमित (कोभिड १९) को उपचार गर्न अस्थायी अस्पताल निर्माण कार्य सुरु गरेको छ । विराटनगरस्थित नेशनल ट्रेडिङको भवनमा ५० शय्याको अस्पताल बनाउने निर्णय भएसँगै धमाधम काम सुरु भएको हो । अस्पतालमा १० शय्याको भेण्टिलेटर वार्ड पनि निर्माण गरिँदैछ । अहिले अस्पतालका लागि आवश्यक संरचना निर्माण गर्ने काम […]
१६ चैत, काठमाडौं । भारतको कोलकाता (कलकत्ता)मा एउटा ठाउँ छ, वाले टेङ्गरा । यसलाई ‘चाइना टाउन’ वा ‘मिनी चाइना’ भनिन्छ । किनभने यहाँ चिनियाँ मूलका धेरै भारतीय नागरिकहरु साढे दुई सय वर्ष अगाडिदेखि बस्दै आएका छन् । जब कलकत्तामा कोरोना भाइरसको संक्रमण फैलिन थाल्यो र एक जनाको ज्यान गयो । तब ‘चाइना टाउन’मा बस्दै आएकाहरुको […]
संकटको बेलामा उपभोक्ता अधिकार झनै संकटमा पर्छ । संयुक्त राष्ट्र संघले १९८५ मा उपभोक्ता अधिकारको छुट्टै मापदण्ड जारी गरेर उपभोक्ताहरुको अधिकार सुनिश्चित गरेको छ । नागरिकलाई सुरक्षा, वस्तु छनोट, सूचना र परेका समस्याविरुद्धको सुनुवाई गर्ने हकजस्ता आठ अधिकार छन् । नेपालको संविधान–२०७२ को धारा ४४ ले उपभोक्ताको हक भनेर त्यसलाई थप सुनिश्चित गरेको छ । […]
१६ चैत, चितवन । रोयल फर्मासिटीकलले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताललाई औषधि सहयोग गरेको छ । भरतपुर १६ मा रहेको फर्मासिटिकलले ३६ हजार सिटाफाष्ट र १६ हजार रोल्सेट ट्याब्लेट सहयोग गरेको हो । रोयल फर्मासिटिकलका अध्यक्ष प्रेम थापा र प्रबन्ध निर्देशक केशवप्रसाद लामिछानेले सो औषधि कोरोना प्रकोपविरुद्ध जिल्ला व्यवस्थापन समितिका संयोजक तथा सांसद विजय सुवेदी […]
१६ चैत, काठमाडौं । चिनिया दूतावासले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई चाहिने एन-९५ मास्क लगायतका सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री भानुभक्त ढकालमार्फत सरकारलाई हस्तान्तरण गरेकी हुन् । चीनका अर्बपति ब्यापारी ज्याक माको अलिबाबा र ज्याक मा […]
१६ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले विपन्न, असहाय र दैनिक ज्यालादारी मजदुरको लगत संकलन गर्ने भएको छ । शनिबार जिल्ला प्रशासन कार्यालय काठमाडौं, काठमाडौं जिल्लाका उपलब्ध प्रदेशसभा सदस्य र सुरक्षा अधिकारीसँगको छलफलमा महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले छिटै लगत संकलन गर्ने बताएका हुन् । शाक्यले राहत वितरणको काम वडाध्यक्ष र वडा समितिको नेतृत्वमा एकद्ववार प्रणालीबाट गरिने […]
from समाचार – Online Khabar https://ift.tt/344EKQx
via IFTTT