समाचार
१५ चैत, काठमाडौं । बेलायतमा बुधबार कोरोना भाइरस (कोभिड–१९) को कारण एकैदिन बाबुछोरीको ज्यान गएको छ । लण्डनको हिथ्रो विमानस्थलको टर्मिनल ३ मा काम गर्ने ६१ वर्षीय एक आप्रवासी कामदारको भाइरसबाट ज्यान गएको २४ घन्टाभित्रै ३३ वर्षीया छोरीको पनि यो भाइरसको कारण ज्यान गएको हो । ‘द सन’ अनलाइनकाअनुसार बाबुको नाम सुधीर शर्मा हो । […]
१५ चैत, बुटवल । कोभिड–१९ को संभावित जोखिमलाई मध्यनजर गर्दै सरकारले देशव्यापी लकडाउन गरेको छ । संघीय, प्रदेश र स्थानीय तहका सरकारहरुले नागरिकलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र भीडभाड नगर्न अपिल गरेका छन् । सञ्चारमाध्यमहरुले पनि कोभिड–१९ को संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानीबारे नागरिकलाई सूचित गरेकै छन् । यति हुँदा पनि बुटवलको थोक तरकारी बजारमा […]
१५ चैत, काठमाडौं । सार्वजनिक स्थानमा काठमाडौं महानगरपालिकाले केही दिनयता डिसइन्फेक्सन स्प्रे छर्किरहेको छ । उता, ललितपुर महानगरपालिकाले भने यस विषयमा कुनै चासो दिएको छैन । कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि ‘डिसइन्फेक्सन स्प्रे’ छर्किन महानगरले वास्ता नगरेपछि ललितपुर कुपण्डोलका स्थानीय आफैँ यसमा तातेका छन् । ललितपुरको वडा नम्बर एक क्षेत्रमा स्थानीय ध्रुव तण्डुकारले व्यक्तिगत […]
१५ चैत, काठमाडौं । दोलखामा शिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिञ्चोक गाउँपालिका ९ सुन्द्रवतीका २८ वर्षीय शिव थामी छन् । कालिञ्चोक गाउँपालिका ६ लापिलाङस्थित कडेन हरियाली सामुदायिक वनअन्तर्गत छिरुवाखोला क्षेत्रमा भरुवा बन्दुक बोकेर शिकार खेल्न गएका थिए । तर अचानक पड्कँदा उनी घाइते भए । उनका […]
१४ चैत, विराटनगर । कोरोना संक्रमणका कारण विश्व आक्रान्त छ । नेपालमा पनि संक्रमण देखिएपछि सरकारले मंगलबारबाट देशभर लकडाउन गरेको छ । लकडाउनका कारण मानिसहरुलाई अत्यावश्यक बाहेकका अरु काममा घरबाहिर ननिस्कन आग्रह गरिएको छ । यही बेला मोरङको पथरी शनिश्चरे नगरपालिका– १० की मनु लिम्बुमाथि भने अर्काे ठूलो बज्रपात परेको छ । उनी कोरोना संक्रमणबाट […]
१५ चैत, काठमाडौं । भारतले कोरोना (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई सहयोग गर्न प्रस्ताव गरेको छ । भारतको सशस्त्र बल चिकित्सा सेवा (एफएमएस) का महानिर्देशक लेफ्टिनेन्ट जनरल अनुप बेनर्जीले शुक्रबार नेपाललाई सहयोग गर्न तयार रहेको बताएका हुन् । बेनर्जीलाई उदृत गर्दै द हिन्दुले लेखेको छ, ‘कोरोना नियन्त्रणका लागि छिमेकी मुलुकलाई सहयोग गर्ने प्रयास स्वरुप […]
१५ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विश्व अर्थतन्त्र आर्थिक मन्दीमा प्रवेश गरेको बताएको छ । शुक्रबार अनलाइन प्रेस वार्तामा आईएमएफकी प्रमुख क्रिस्टालिना जोर्जिएभाले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विश्व अर्थतन्त्र मन्दीमा गएको बताइन् । उनका अनुसार यो आर्थिक मन्दी सन् २००९ मा देखिएको आर्थिक मन्दीभन्दा पनि खराब हुनेछ । विश्व […]
१५ चैत, काठमाडौं । चीनको वुहानबाट निस्किएको कोरोना भाइरस (कोभिड–१९)को महामारी अहिले समग्र विश्वभर फैलिएको छ । यो भाइरसका कारण अहिलेसम्म २६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । सबैभन्दा पहिले कोरोना देखिएको चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले भने महिलाभन्दा पुरुषमा कोरोना भाइरसको जोखिम बढी रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार कोरोना भाइरसको जोखिम महिलाको […]
१५ चैत, चितवन । सरकारले कोरोना भाइरस (कोभिड–१९) को आशंका गरिएकाहरुलाई ‘आफ्नै अस्पतालमा राखेर उपचार गर्नू’ भनेर निजी स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको डेढ हप्ता हुनलाग्यो । तर, स्वास्थ्यकर्मीले लगाउनुपर्ने व्यक्तिगत सुरक्षा सामग्रीहरु अझैंसम्म पर्याप्त पठाउन सकेको छैन । पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सुरक्षा सामाग्रीहरु उपलब्ध नहुँदा उपचारका संलग्न स्वास्थ्यकर्मीहरु बिरामीको नजिक जान समेत डराउने […]
१५ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमण परीक्षण गर्न पश्चिममा विभिन्न जिल्लाबाट संकलित नमुना (स्वाब) लिन नेपाल एयरलाइन्सको विमान उपयोग गरिएको छ । नेपाल एयरलाइन्सको विमानले नमुना ओसारपसार गर्न दिनमा एकपटक नेपालगञ्जबाट काठमाडौंसम्म उडान गर्न थालेको छ ।आन्तरिक हवाई उडान ठप्प भएपछि केही दिनदेखि स्वाबको नमुना ल्याउन समस्या थियो । सुदूर तथा मध्यपश्चिम भेगमा संकलन […]
१५ चैत, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान र नेशनल ट्रेडिङ गाभिएर बनेको कम्पनी)ले पनि अनलाइनबाटै अर्डर लिएर होम डेलिभरी सेवा थाल्ने भएको छ । कम्पनीका नायव महाप्रबन्धक श्रीमणिराज खनालले कम्पनीले बिक्री वितरण गरिरहेका विभिन्न खाद्यवस्तु तथा सामग्रीहरु होम डेलिभरी गर्ने गरी अनलाइन प्लेटफर्म […]
१५ चैत, विराटनगर । प्रदेश १ मा कोरोना भाइरस संक्रमण (कोभिड १९) का शंकास्पद २५ जना बिरामीमध्ये २० जनाको रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबारसम्म परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएकामध्ये २० जनामा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको हो । पाँच जनाको भने रिपोर्ट आउन बाँकी छ । प्रदेश १ को आपतकालीन […]
१५ चैत, काठमाडौं । लकडाउनका कारण विभिन्न पर्यटकीय गन्तव्यमा रोकिएका पर्यटकको शनिबार पनि उद्दार हुँदैछ । पर्यटकलाई काठमाडौं ल्याउन नेपाल एयरलाइन्सको ट्वीनअर्टर विमानले सोलुखुम्बुको लुक्लामा शनिबार पाँच उडान गर्दैछ । पर्यटक लिन दुईवटा ट्वीनअर्टर जहाज शनिबार बिहानै लुक्ला पुगिसकेका छन् । पर्यटकको उद्दारका लागि तारा एयरले पनि लुक्लाबाट तीन र समिट एयरले एउटा उडान भर्नेछ […]
१५ चैत, प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका बाहानेले क्षेत्रभित्र ज्यालादारी रुपमा काम गरी बिहान–बेलुका खाना जुटाउने मजदुरलाई एक महिनाका लागि खाद्यान्न दिने भएको छ । शुक्रबार आकस्मिक कार्यपालिका सदस्य र कर्मचारीको बैठक बसी मजदुरलाई खाद्यान्न पुर्याउने निर्णय गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराम शर्माले जानकारी दिए । गाउँपालिकाले वडाध्यक्षमार्फत आठ वटै वडाका ज्यालादारी मजदुरीको लगत […]
१५ चैत, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना भाइरसबारे आधिकारिक सूचनामा मात्र विश्वास गर्न नेपाली सेनाका सकलदर्जालाई निर्देशन दिएका छन् । कारोना (कोभिड–१९) रोकथामका लागि नियन्त्रणमा खटिएका सैनिक अधिकृत तथा जवानहरूलाई सम्बोधन गर्दै थापाले विश्वासनीय सूचनामा मात्र भर पर्न भनेका हुन् । थापाले दश बुँदे निर्देशन दिँदै ‘नागरिकको सेवामा समर्पित हुँदा आफ्नो सुख सुविस्ता भुलेर […]
१५ चैत, ललितपुर । ललितपुर महानगरपालिका–१० निवासी राजेश महर्जनले बजारमा मास्क र स्यानिटाइजर खोजेको धेरै दिन भयो । उनले मास्क र स्यानिटाइजर पाउन नसकेपछि साबुनपानीले मात्र हात धुने गरेको गुनासो गरे । ‘खोइ महानगरपालिकाले स्यानिटाइजर बनाएर जनतालाई प्रयोग गर्न दिन्छ रे भन्ने सुनेको थिएँ । बजारमा खोज्न गएँ न मास्क छ न त स्यानिटाइजर । […]
१५ चैत, रामेछाप । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि रामेछाप जिल्लाका आठवटै स्थानीय तहले उच्च सतर्कता अपनाएका छन् । छिमेकी मुलुक भारत र अन्य विभिन्न देशहरुबाट आएका ४२ जनालाई जिल्लाका विभिन्न स्थानका क्वारेन्टाइनमा राखिएको छ । शुक्रबार साँझसम्म रामेछाप नगरपालिकामा १२ जना, दोरम्बा गाउँपालिकामा १० जना, मन्थली नगरपालिकामा ९ जना, […]
१५ चैत, काठमाडौं । अमेरिकामा शुक्रबार एकैदिन कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ४ सय जनाको मृत्यु भएको छ । वर्ल्ड ओमिटरकाअनुसार यससँगै अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार छ सय ९५ पुगेको छ । त्यस्तै, शुक्रबार एकैदिन अमेरिकामा १८ हजार नयाँ संक्रमित भेटिएका छन् । यससँगै समग्र संक्रमितको संख्या एक लाख ४ हजार […]
१५ चैत, चितवन । कोरोना भाइरस संंक्रमण र त्यसविरुद्व सरकारले गरेको ‘लकडाउन’ बढ्दै जाँदा अस्पतालहरुमा बिरामी घट्दै गएका छन् । कोरोनाको लक्षणसँग मिल्ने रुघाखोकीका बिरामी अस्पताल पुग्दा सेवा नपाएको समाचारहरु पनि आउन थालेका छन् । अरुबेला बिरामी तान्न प्रतिस्पर्धा गर्ने निजी अस्पतालहरु यो संकटको बेला भाग्न खोजेको भनेर आलोचना पनि भइरहेको छ । निजी अस्पतालहरु […]
१५ चैत, काठमाडौं । चीनबाट सुरु भएको कोरोना भाइरस संक्रमणको केन्द्र अहिले युरोप बनेको छ । युरोपका धेरै देशहरुले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सक्दो प्रयास गरिरहेका छन्। ती देशका सरकारले मानिसहरुलाई घर बाहिर ननिस्किन सूचना जारी गर्दै सम्भव भएसम्म सबै उपायहरु अपनाइरहेका छन् । तर, युरोपमा एक देश यस्तो पनि छ जहाँ कोरोना […]
१५ चैत, काठमाडौं । कोरोना रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरी कडा रुपमा उत्रिन थालेको छ । लकडाउनको पाँचै दिनसम्ममा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सरकारी निर्णयको पूर्ण कार्यान्वयनका लागि प्रहरी आक्रामक रुपमा प्रस्तुत हुन थालेको हो । जसअनुसार शनिबार बिहान ८ बजेसम्मको अवधिमा मात्रै प्रहरीले १ सय ३० जना पुरुष र […]
from समाचार – Online Khabar https://ift.tt/2WQZ0Ds
via IFTTT