Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सर्वोच्चले भन्यो – विपन्नलाई आफैं सम्पर्क गरेर राहत देऊ

१७ चैत, काठमाडौं । सर्वोच्च अदालतले अति विपन्न दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्ने व्यक्तिलाई राहत उपलब्ध गराउन सरकारलाई आदेश दिएको छ । सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले अहिले लकडाउनको समयमा यस्ता व्यक्तिहरु राहत लिन आफैं सम्पर्क राख्न आउनुभन्दा राज्यको संयन्त्रबाटै त्यस्ता व्यक्तिको पहिचान गरी राहत उपलब्ध गराउन आदेश दिएको हो । विपन्न र […]

गभर्नर सिफारिस गर्न समिति गठन

१७ चैत, काठमाडौं । सरकारले गभर्नर सिफारिस गर्न तीन सदस्यीय समिति गठन गरेको छ । केही दिनअघिको मन्त्रिपरिषद् बैठकले गभर्नरको नाम सिफारिस गर्न अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो । समिति सदस्यमा पूर्वगभर्नर विजयनाथ भट्टराई र पूर्वअर्थसचिव कृष्णहरि बाँस्कोटा सदस्य रहेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । समितिले तीनजनाको […]

सुनचाँदी व्यवसायीको सरकारलाई साथ, सुनको मूल्य ८५ हजार पुग्यो

१७ चैत, काठमाडौं । सुन आयात घटाउने सरकारी निर्णयको सुनचाँँदी व्यवसायीले स्वागत गरेका छन् । मुलुक गम्भीर आर्थिक संकटको अवस्था पुगेको र योबेला राष्ट्रिय ढुकुटीमा रहेको डलर सञ्चित गर्नु अनिवार्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सरकारको निर्णयले तत्काल बजारमा सुनको अभाव पनि नहुने महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । ‘कोरोनाका कारण रेमिट्यान्स […]

स्वास्थ्य मन्त्रालयको अपिल : हरेक मृत्युलाई कोरोनासँग नजोडौं

१७ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक मृत्युलाई कोरोना भाइरस (कोभिड–१९) सँग नजोड्न आग्रह गरेको छ । गाउँघरमा कसैको मृत्युभयो भने कोरोनाकै कारण मृत्युभएको भन्दै मलामी समेत नजाने अवस्था आएको भन्दै मन्त्रालयले त्यसो नगर्न ध्यानाकर्षण गराएको छ । सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले भने, ‘जो मर्‍यो, त्यो […]

प्रदेश १ मा आइपुग्यो हजार पीपीई, क-कसले कति पाउँछन् ?

१७ चैत, विराटनगर । चीनबाट ल्याइएको एक हजार स्वास्थ्य सामग्रीमध्ये एकहजार व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) प्रदेश १ सरकारले पाएको छ । नेपाली सेनाको स्काई ट्रकमार्फत् पठाइएको पीपीई प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले लिएका छन् । मन्त्रालयमार्फत् एक सय ३७ वटा स्थानीय तहमा पीपीई पठाइने उनले बताए । उनकाअनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई एक […]

दक्षिण एसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५९ पुग्यो

१७ चैत, काठमाडौं । दक्षिण एसियामा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुने मानिसको संख्या ५९ पुगेको छ । साथै समग्र संक्रमितको संख्या २ हजार ९९४ पुगेकमो छ । पाकिस्तानमा पछिल्लो २४ घण्टामा छ जनाको ज्यान गएको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले आफ्नो वेबसाइटमा उल्लेख गरेअनुसार अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । […]

गुल्मीमा बेवारिसे शव भेटियो

१७ चैत, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका-४ भगलाममा एक जना पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ । भगलामस्थित छल्दीपनाहादेखि ईन्द्रेगैंडा जाने सडक खण्डको ५० मिटर मुनि बगरमा अन्दाजी ५५ वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणि पुनले बताए । सोमबार बिहान नाम थर नखुलेको अवस्थामा फेला परेको […]

टाँडी क्वारेन्टाइनमा छन् ८६ जना

१७ चैत, टाँडी (मोरङ) । प्रदेश १ को दुईवटा नाकाबाट तीन सातामा करिब दुई लाख मानिस भारतबाट नेपाल भित्रिएको अनुमान छ । सरकारको निर्णय भए अनुसार उनीहरु फर्केर १४ दिन ‘होम क्वारेन्टाइन’मा बस्नुपर्ने हुन्छ । प्रदेश १ का कतिपय स्थानीय तहले क्वारेन्टाइन पनि बनाएका छन् । तर, भारतबाट आएकामध्ये अधिकांश क्वारेन्टाइनमा छैनन् । मोरङको टाँडीस्थित […]

प्रशासन कार्यालयमा भीड बढेपछि सवारी पास अब चार निकायबाट

१७ चैत, कामठाडौं । अब अत्यावश्यक काममा बाहिर निस्कने सबैलाई जिल्ला प्रशासन कार्यालयले मात्र सवारीसाधन पास उपलब्ध नगराउने भएको छ । अत्यावश्यक सेवामा घरबाहिर निस्कनुपर्नेहरुका लागि सवारी पास अब जिल्ला प्रशासन कार्यालयसहित ४ निकायले प्रदान गर्नेछ । सरकारले लकडाउनको अवधि चैत २५ गतेसम्म बढाएपछि सवारी पास लिने निकाय पनि विस्तार गरेको हो । जिल्ला प्रशासन […]

१५ कैदी कैद किनेर छुटे  

१७ चैत, चितवन । कारागार कार्यालय भरतपुरमा रहेका १५ जना कैदी कैद किनेर छुटेका छन् । सर्वोच्च अदालतले कोरोनाको सङ्क्रमण हुनसक्ने भन्दै छोटो समय कैद रहेकालाई कैद किनेर छाड्न सरकारलाई निर्देशन जारी गरेसँगै १५ कैदी छुटेका हुन् । अदालतले एक वर्षसम्म कैद तोकेका उनीहरुले बाँकी अवधिको प्रतिदिन रु ३०० का दरले भुक्तान गरी छुट्न पाउने […]

खाद्यान्न भण्डारणका लागि भक्तपुरको १७ तले भवन प्रयोग गरिँदै

१७ चैत, भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले गरेको लकडाउन लम्बिँदै गएपछि भक्तपुरमा खाद्यान्न भण्डारण गरिने भएको छ । सरकारले दोस्रो चरणको नाकाबन्दीको समेत मिति तोकेपछि जिल्लामा खाद्यान्न अभाव हुन नदिन मध्यपुर थिमि राधेराधेस्थित १७ तले खाली भवनमा खाद्यान्न भण्डारण गर्न लागिएको हो । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाइरसको उच्च जोखिमबाट […]

विदेशबाट नेपाली विद्यार्थी उद्दार गर्ने योजना छैन : परराष्ट्रमन्त्री

१७ चैत, काठमाडौं । सरकारले विदेशमा रहेका विद्यार्थीहरुलाई उद्दार गरेर घर ल्याउने योजना नभएको प्रष्ट पारेको छ । विद्यार्थीहरु बेखर्ची हुन थालेपछि शैक्षिक परामर्श केन्द्र सञ्चालकहरूले अष्ट्रेलियामा रहेका विद्यार्थीलाई उचित सुविधा दिन र तत्काल घर फर्कनु परेमा उचित प्रवन्ध गर्न माग गर्दै आएका छन् । तर, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशमा रहेका विद्यार्थी वा श्रमिकलाई घर […]

लकडाउनले अलपत्र पर्यटकको उद्दार सकियो

१७ चैत, काठमाडौं । सरकारले लकडाउनको अवधि बढाएसँगै अब तत्कालका लागि पर्यटकको उद्दार गर्ने काम रोकिएको छ । मुलुकहरुको आग्रहमा उनीहरुका नागरिकलाई काठमाडौं ल्याइसकिएको र केही पर्यटक स्वेच्छाले जुन स्थानमा छन् । त्यही सुरक्षित साथ बस्ने निर्णय गरेसँगै सोमबारबाट आन्तरिक रुपमा हुने उद्दारको काम सम्पन्न भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका निर्देशक लीला […]

वीर अस्पतालमा दुई जनाको मृत्यु, कोरोना संक्रमण परीक्षण हुँदै

१७ चैत, काठमाडौं । कोरोना संक्रमणको आशंका गरिएका दुई बिरामीको वीर अस्पताल काठमाडौंमा मृत्यु भएको छ । मृत्यु हुनेमा भारतबाट हालै फर्किएका ५० वर्षका पुरुष र चन्द्रागिरि नगरपालिका सतुंगलकी ३४ वर्षीया महिला छन् । वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार दुबै जनाको कोरोना संक्रमण परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएको छ । तर, […]

कोरोना संक्रमित आएका जहाजका यात्रु खोज्न नाट्टाले सघाउने

१७ चैत, काठमाडौं । नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले कोरोना संक्रमित बिरामीसँगै जहाजमा आएका थप यात्रुको पहिचान गर्न सहयोग गर्ने भएको छ । नाट्टाले विभिन्न एयरलाइन्समार्फत् नेपाल आएर कोरोना संक्रमण पुष्टि भएकासँगै आउनेहरुकाे विवरण खोजी गरी सम्बन्धित निकायमा पठाउन सहयोग गर्ने जनाएको हो । नेपालमा १७ मार्चमा कतार एयरवेजको क्युआर ६५० जहाजबाट […]

राहत प्याकेज अमूर्त भयो – डिला संग्रौला

१७ चैत, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले सरकारले हालै घोषणा गरेको राहत प्याकेज अमूर्त भएको आरोप लगाएकी छिन् । प्रतिनिधिसभाकी सदस्य समेत रहेकी डा. संग्रौलाले प्रेस विज्ञप्ति मार्फत् यस बारेमा स्पष्ट पार्न आग्रह गरेकी हुन् । सांसद संग्रौलाले संगठित क्षेत्रका दैनिक ज्यालादारी मजदुरहरूका बारेमा लिएको निर्णय प्रष्ट नभएको भन्दै तत्काल […]

कोरोना संक्रमित युवतीको परिवारका सदस्यको नमुना संकलन

१७ चैत, काठमाडौं । बागलुङ नगरपालिका ४ कुँडुलेकी कोरोना भाइरस (कोभिड १९) संक्रमित युवतीको परिवारका सदस्यहरुको पनि ‘थ्रोट स्वाब’ लिइएको छ । धौलागिरि अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको टोलीले सोमबार दिउँसो संक्रमितको परिवारका सात सदस्यको ‘थ्रोट स्वाब’ संकलन गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले जानकारी दिए । संक्रमितका बुवा, हजुरबुवा, हजुरआमा, वहिनी, भान्जा र भान्जीको पनि […]

राजविराजमा तरकारी बजार पनि बन्द

१७ चैत, सप्तरी । एक ठाउँमा मात्रै तरकारी बजार लगाउने निर्णय गरेपनि सामाजिक दुरी कायम नगरिँदा राजविराजमा तरकारी बजार पनि बन्द गरिएको छ । सोमबार बसेको नगरपालिकाको बैठकले सबै वडामा लाग्ने तरकारी बजार सोमबारदेखि बन्द गर्ने निर्णय गरेको छ । नगरपालिका प्रमुख शम्भु यादवले मंगलबारदेखि सबै वडामा सञ्चालन गरिएको तरकारी बजार पूर्ण रुपले बन्द गर्ने […]

पत्रकारका लागि राहत प्याकेज ल्याउन प्रेस युनियनको माग

१७ चैत, काठमाडौं । कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनले कोभिड १९ महामारी रोक्न सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि राहतका विशेष प्याकेज घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । युनियनका अध्यक्ष बद्री सिग्देलले सोमबार विज्ञप्ति जारी गरी लकडाउन अवधिको लागि श्रमजिवी पत्रकार र सञ्चारमाध्यमका लागि विशेष आर्थिक सहुलियतको योजना […]

लकडाउनको समयमा जुवा खेल्ने ११ जना पक्राउ

१७ चैत, वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिकाबाट प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा ११ जनालाई नियन्त्रणमा लिएको छ । जिराभवानी गाउँपालिका सखुबनिया टोल स्थित फुलबारीमा जुवा खेल्दै गरेका स्थानीय २८ वर्षीय धर्मराज पंजियार, ३२ वर्षीय सुरेश प्रसाद थारू, ३० वर्षीय बिनोद चौधरी, ३० वर्षीय बिनय थारु, गोबिन्द कुमार थारू, ओझैया थारु, शिव शंकर नुनिया, सूर्य नारायण […]

बुटवलमा मृत्यु भएका युवकको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’

१७ चैत, बुटवल । आइतबार बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । युवकको दुई पटकको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको अस्थायी अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले अनलाइनखबरलाई जानकारी दिए । पाल्पा रिब्दीकोट स्थायी घर भई बुटवल सैनामैना-४ सिसौडाडा बस्ने ३४ वर्षका बाबुराम थापा क्षेत्रीको दोस्रो […]



from समाचार – Online Khabar https://ift.tt/2JoS5cD
via IFTTT
Powered by Blogger.