समाचार
१८ चैत, काठमामडौं । रामेछापको खाँडादेवी- १ राकाथुममा मंगलबार बिहान भएको जिप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी बिक्रमकुमार थापाका अनुसार दुर्घटनामा घाइते भएका दोरम्बा गाउँपालिका-३ का ४० वर्षीय गोपीलाल पहरी र सोही गाउँपालिका वडा नम्बर-२ की २५ वर्षीया संगिता पहरीको उपचारको क्रममा मृत्यु भएको […]
१८ चैत, काठमाडौं । नेपाल आयल निगमले लकडाउनको समयमा खाना पकाउने एलपी ग्यास नपाएका सामान्य उपभोक्तालाई घुम्ती सेवा मार्फत ग्यास वितरण गर्नै भएको छ। मंगलबारदेखि लकडाउनको अवधिभरका लागि निगमले साधारण उपभोक्ताबाट ग्यास प्राप्त गर्न नसकेको भन्ने गुनासो सम्बोधनका लागि तोकिएको खुद्रा मूल्य लिई घुम्ती एलपी ग्यास बिक्रीवितरणको सुरूआत गरिएको जनाएको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार […]
१८ चैत, काठमाडौं । एक सातादेखि लकडाउनमा रहेको भारतमा दुई सय २७ नयाँ संक्रमित फेला परेका छन् । यो भारतमा कोरोना संक्रमण देखिपछि एकैदिन भेटिएको सबैभन्दा धेरै संक्रमितको संख्या हो । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार दिल्लीमा मात्र २५ नयाँ संक्रमित फेला परेका छन् । यससँगै भारतमा संक्रमितको संख्या पनि एक हजार दुई सय ५१ […]
१८ चैत, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या चीनको भन्दा दोब्बर पुगेको छ । जोन्स हप्किन्स यूनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ६४ हजारभन्दा धेरै पुगेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अमेरिकामा मृतकको संख्या १ लाखभन्दा कममा राख्नु मुलुकको ठूलो उपलब्धि हुने बताएका छन् । पहिलो […]
१८ चैत, सिन्धुली । सिन्धुलीमा स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न दिएका छैनन् । सिन्धुली अस्पतालमा कार्यरत २२ स्वास्थ्यकर्मीलाई घरबेटीले घरमा बस्न नदिएका हुन् । कोरोनाको आशङ्कामा आइसोलेसनमा बिरामीको सङ्ख्या थपिएसँगै अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीले डेरा गरिएका कोठामा बस्न पाएका छैनन् । डेरा घरमा जाँदा दुर्व्यवहार हुन थालेपछि स्वास्थ्यकर्मी हाल अस्पतालमै बस्दै आएका छन् । डेरामा जाँदा घरभेटीले दुर्व्यवहार […]
१८ चैत, सप्तरी । सीमावर्ती क्षेत्रमा भारतबाट औषधि किनेर आइरहेका सप्तरीका दुई युवकमाथि कुटपिट गर्ने सशस्त्र प्रहरीका जवानलाई कारबाही गरिएको छ । कुटपिटमा संलग्न सशस्त्र प्रहरीका एक जवानलाई निलम्बन गरिएको छ भने अर्का एकलाई कारबाहीका लागि सदरमुकाम राजविराज तानिएको सशस्त्र प्रहरीले जनाएको छ। दुई युवकलाई बलान बिहुल गाउँपालिकास्थित नेपाल-भारत सीमावर्ती क्षेत्रमा निर्घात कुटपिट गर्नेमध्येका मनोज […]
१८ चैत, काठमाडौं । कोरोना भाइरसको रोकथामका लागि तरकारी बजारहरुले पनि सर्तकता अपनाउन थालेका छन् । सरकारले लकडाउनको समयमा पनि खुल्ने तरकारी बजारमा बिहान र साँझ सर्वसाधारणको भीड बढ्न थालेपछि बजार व्यवस्थापन समितिहरुले थप सर्तकता अपनाउन थालेका हुन् । उनीहरुले कम्तीमा ३ फिट टाढा बस्नुपर्ने नियमलाई पालना गराउनका लागि तीन फिटको दुरीमा सेतो गोलो घेरा […]
१८ चैत, सिमकोट । हुम्लाको डाडाफया स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू चैत अन्तिमसम्मको हाजिर गरी टाप कसेका छन् । सिमकोट गाउँपालिका–७ मा रहेको डाडाफया स्वास्थ्यचौकीका इन्चार्जसहित अन्य स्वास्थ्यकर्मीले कार्यालयमा पुगी यो महिनाभरि शनिबारको समेत हाजिर गरी फिर्ता भएका छन् । चीनबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा देखिएपछि सरकारले स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्था नछाड्न निर्देशन दिएका बेला हुम्लामा ठिक […]
१८ चैत, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ४ लंकुमा रहेको सरस फुड इन्डस्ट्रीमा आगलागी भएको छ । स्थानीयका अनुसार उद्योगमा मंगलबार बिहान करिब ५ बजे आगलागी सुरु भएको हो । हाल भरतपुर महानगरपालिकाका दुई, खैरहनी नगरपालिकाको एउटा र नेपाली सेनाको एक दमकलद्वारा आगो निभाउने काम भइरहेको छ । आगो लगभग नियन्त्रणमा आइसकेको जिल्ला […]
१८ चैत, काठमाडौं । २०७७ सालको दशैंको टीका कात्तिक १० गते परेको छ । तिहार भने मंसिर १ गते परेको छ । सरकारले २०७७ सालका सार्वजनिक विदाहरुको सूची सार्वजनिक गरेको छ । सो सूचीअनुसार दशैं–तिहार जस्ता चाडपर्व केही पछि धकेलिएका छन् । २०७७ सालको दशैं विदा कात्तिक ७ गते फूलपातीदेखि ११ गते एकादशीसम्म पाँच दिन […]
१८ चैत, काठमाडौं । सिंगो देश लकडाउनमा छ । शहरबासी घरभित्रै बसेको सात दिन भइसक्यो । अब कम्तिमा पनि २५ चैतसम्म यसरी नै लकडाउनमा बस्नुपर्नेछ । यदि जरुरी काम पर्यो र बाहिर निस्कियो भने पनि प्रहरीले केरकार गर्छ, सडक किनारामा दुई घण्टासम्म उभ्याउँछ । तर, सोमबार साँझ बल्खु कटेर कीर्तिपुरतर्फ लाग्दा यस्तो लाग्थ्यो, लकडाउन होइन, […]
घटना १ : चैत १२ गते बिहान १० बजेतिर एकजना बिरामी टेकु अस्पतालको प्राङ्गणमा पुगे । उनलाई सामान्य रुघा लागेको थियो, ज्वरो थिएन । निरन्तर खोकिरहेका उनको नियमित डायलासिस गर्ने पालो त्यसै दिन थियो । तर, डायलासिस गराइरहेको अस्पतालले भन्यो, ‘टेकु अस्पताल गएर कोरोना संक्रमण नभएको रिपोर्ट लिएर आउनू ।’ त्यसैले उनी टेकु अस्पताल पुगेका […]
१८ चैत, फिदिम । पाँचथरमा विदेशबाट फर्किएका एक तिहाइभन्दा बढी मानिस क्वारेन्टाइन तथा होम क्वारेन्टाइनभन्दा बाहिर रहेको जिल्ला स्तरको सरकारी तथ्याङ्कले देखाएको छ । विदेशमा तथा यात्राका क्रममा कोरोना भाइरसको सङ्क्रमण भएको हुन सक्ने आशङ्कामा चैत महिनाभित्र नेपाल आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने भनिएपनि पाँचथरमा त्यस्ता करिब ३३ प्रतिशत क्वारेन्टाइनमा नरहेको उक्त तथ्याङ्कले देखाएको छ । […]
१८ चैत, भक्तपुर । मध्यपुर थिमी नगरपालिका गठ्ठाघर र सूर्यविनायक नगरपालिका बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा एक महिलाको हत्या गरी फ्याँकेको अवस्थामा शव भेटिएको छ । शवको प्रकृति हेर्दा करिब एक साताअघि हत्या गरेर फ्याँकेको हुनसक्ने प्रहरीको अनुमान छ । सोमबार साँझ खोलामा शव भेटेपछि महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान र अपराध […]
१८ चैत, दाङ । लकडाउनका कारण दैनिक श्रम गरेर खानेहरुलाई अप्ठेरो भएपछि दाङको राजपुर गाउँपालिकाको टोली ट्याक्टरमा दाल–चामलका बोरा लिएर भारतीय सीमा नाका नजिकका वस्तीहरुमा पुग्यो । जनतालाई सुविधा होस् भनेर घर आँगनसम्मै खाद्यान्न त लग्यो, तर धेरैजसोले आफूहरुसँग पैसा नभएकाले त्यो पनि किन्न नसक्ने बताए । ढुवानी खर्च नजोडिएकाले बजारभन्दा सस्तो मूल्यमा खाद्यान्न दिने […]
१८ चैत, काठमामडौं । रामेछापको खाँडादेवी- १ राकाथुममा मंगलबार बिहान जिप दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । भक्तपुरबाट रामेछापको दोरम्बातर्फ जाँदै गरेको बा १४ च ९४९८ को जिप सडकदेखि करिब १ सयमिटर तल खसेर दुर्घटना भएको रामेछापका डीएसपी बसन्त पाठकले अनलाइनखबरलाई जानकारी दिए । प्रहरीले दुर्घटना भएको खबर पाउनेवित्तिकै बिहान ५ बजे घाइते […]
१८ चैत, काठमाडौं । नेपाली कांग्रेसको युवा संगठन तरुण दलले सरकारले लागू गरेको लकडाउन पूर्ण पालनामा सहयोग गर्न आफ्ना जिल्ला समितिहरुलाई निर्देशन दिएको छ । तरुण दलले मंगलबार जिल्ला समितिलाई परिपत्र गरी यो अवधिमा दैनिक जीवन कठिन बन्न सक्ने भएकाले स्थानीय प्रशासनको अनुमति लिई सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेको छ । तरुण दलले बाहिरी मुलुकबाट […]
१८ चैत, काठमाडौं । धनकु्टाका जीतबहादुर भक्तपुरमा डेरा गरी बस्छन् । उनी दृष्टिविहीन छन् । दृष्टिविहीनलाई बैंकमा खाता खोल्दा एटीएम कार्ड दिइँदैन । चेकमा ल्याप्चे लगाएपछि मात्रै पैसा झिक्न सक्छन उनीहरु । तर, कोरोना भइरसको संक्रमण फैलिन नदिन सरकारले देशब्यापी लकडाउन गरेपछि जीतबहादुर समस्यामा परेका छन् । बैंकमा पैसा छ तर, झिक्न पाएका छैनन् । […]
१८ चैत, युएई । युएईमा हालसम्म ६ जना नेपालीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । दुईजना भने उपचार पछि निको भएका छन् । युएईमा मार्च ९ मा पहिलो २ जना नेपाली सहित १४ जना संक्रमित फेला परेका थिए । तर, सोमबारसम्म संक्रमित नेपालीको संख्या ६ पुगेको युएईको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै यहाँस्थित […]
१७ चैत, काठमाडौं । नौ सय १७ नमुना परीक्षण, ५ पोजेटिभ । जसमध्ये एक जना निको भएर घर फर्किए । । यो नेपालको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आइतबार साँझसम्मको आउटब्रेक तथ्यांक हो । तर, यो तथ्यांकसँग जनस्वास्थ्य विज्ञहरु सन्तुष्ट छैनन् । एकदमै थोरै परीक्षण भएकाले संक्रमण फैलिने डर बढेको उनीहरुको तर्क छ । एक जनस्वास्थ्य […]
१७ चैत, सिड्नी । अस्ट्रेलियामा आइतबार साँझसम्मको रिपोर्टअनुसार कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ भने दुई लाख ११ हजारको परीक्षण गर्दा जम्मा तीन हजार नौ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमणको केन्द्रविन्दुको रुपमा रहेको न्यु साउथ वेल्स राज्य बनेको छ जहाँ एक हजार सात सय ९१ जनामा संक्रमण भेटिएको छ […]
from समाचार – Online Khabar https://ift.tt/33XVvMS
via IFTTT