Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

खाद्यान्न उद्योगीले भने-५ दिनदेखि उद्योग बन्द छ, खोल्ने वातावरण बनाऊ

१५ चैत, काठमाडौं । उद्योगीहरुले ५ दिनदेखि खाद्य उद्योगमा उत्पादन र त्यसको ओसारपसार ठप्प भएको बताएका छन् । नेपाल चामल तेल दाल उद्योग संघले एक विज्ञप्ति जारी गरेर अत्यावश्यकीय खाद्यान्न उत्पादन र विक्री वितरणको उचित प्रवन्ध गर्न माग गरेको छ । संघले विभिन्न पाँच बुँदे माग अघि सारको छ । श्रमिक कर्मचारीहरुको मनोबल उच्च बनाउन […]

प्रदेश १ मा क्वारेन्टाइनस्थलको जिम्मा सेनालाई

१५ चैत, विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमणको जोखिममा रहेका व्यक्तिलाई राख्ने क्वारेन्टाइन व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ । आइतबार मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैठकले क्वारेन्टाइनस्थलको सम्पूर्ण व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको हो । त्यस्तै व्यक्तिलाई क्वारेन्टाइनस्थल र अस्पतालसम्म पुर्‍याउने जिम्मा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई दिएको छ । […]

कोरोना संक्रमित युवतीसँगै विमानमा आएका चितवनका ५ जनाको रिपोर्ट नेगेटिभ

१५ चैत, चितवन । कोरोना संक्रमित नेपाली युवतीसँगै कतार एयरवेजमा यात्रा गरेका चितवनका ५ जनाको कोरोना संक्रमण नभएको पाइएको छ । कोरोना अस्पतालको आइसोलेसन बार्डमा भर्ना भएका उनीहरुको शनिबार रिपोर्ट आउँदा कोरोना संक्रमण नभएको पाइएको भरतपुर कोरोना अस्पतालका प्रवक्ता एवम् सदस्य सचिव डा. भोजराज अधिकारीले अनलाइनखबरलाई जानकारी दिए । चैत ४ गते कतार एयरवेजको क्यू […]

प्रदेश २ ले प्रादेशिक अस्पतालमा फिवर क्लिनिक सञ्चालन गर्ने

१५ चैत, जनकपुरधाम । प्रदेश २ अन्तर्गत जनकपुरधामस्थित प्रादेशिक अस्पतालले कोरोना भाइरस (कोभिड-१९) फैलिन नदिन फिवर (ज्वरो) क्लिनिक सञ्चालन गर्ने भएको छ । अस्पतालले यसका निम्ति आकस्मिकबाहेक सबै सेवा बन्द गरेको छ । विश्वव्यापी रुपमा कोभिड-१९ को संक्रमण बढ्न नदिन अस्पतालले आइतबारदेखि फिवर क्लिनिक सञ्चालन गर्न लागेको मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र प्रसाद यादवले जानकारी दिए […]

बागलुङकी किशोरीको सम्पर्कमा आउनेको आइतबार स्याम्पल लिइँदै

१५ चैत, पोखरा । बेल्जियमबाट कतार हुँदै नेपाल आएकी बागलुङकी एक किशोरीमा कोराना संक्रमण पुष्टि भएपछि अहिले उनको सम्पर्कमा आएकाहरुको खोजी सुरु गरिएको छ । चैत ४ मा नेपाल आइपुगेकी नगरपालिका ४, कुँडुलेकी १९ वर्षीया किशोरी काठमाडौंबाट विमान चढेर पोखरा र यहाँदेखि माइक्रो बस चढेर बागलुङ पुगेकी थिइन् । उनको ११ गते स्वाब लिएर परीक्षणका […]

मास्कको कालोबजारी गर्ने एक जना पक्राउ

१५ चैत, जनकपुरधाम । जनकपुरधाममा प्रति मास्क रु ७५० मा बेच्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बजरंग जेनरल स्टोरका सञ्चालक जनकपुरधाम उपमहानगरपालिका-४ बस्ने ३६ वर्षीय राजेश कुमार झा रहेका छन् । प्रादेशिक अस्पताल नजिकै रहेको स्टोरबाटप्रति मास्क ७५० र पञ्जाप्रति पोका ५ सय रुपैयाँमा बेचीरहेको समयमा अनुगमन टोलीले फेला […]

ज्यालादारी र विपन्नलाई सरकारले राहत प्याकेज घोषणा गर्दै

१५ चैत, काठमाडौं । सरकारले दैनिक ज्यालादारी काम गरेर गुजारा चलाउने तथा गरिब विपन्नहरुलाई तत्काल दैनिकी चलाउन राहत प्याकेज घोषणा गर्ने भएको छ । आइतबार मन्त्रिपरिषद् बैठक बसेर न्यूनतम राहत प्याकेज घोषणा गर्न लागिएको स्रोतले जनाएको छ । त्यस्ता व्यक्तिहरुको विवरण स्थानीय तहबाट संकलन गरिनेछ । त्यस्तै पूर्वाधार निर्माणका क्षेत्रमा कार्यरत मजदुरहरुको विवरणसमेत सम्बन्धित ठाउँबाट […]

गर्भवती महिलालाई खोटाङबाट हेलिकप्टरमा उद्दार

१५ चैत,काठमाडौं । लकडाउनका कारण मुलुक ठप्प भएका अत्याधिक रक्तश्राव भएकी खोटाङकी एक गर्भवती महिलाको हवाई उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ । खोटाङ ऐसेलुुखर्क गाउँपालिका वडा नम्बर ३ की २२ वर्षीया सिर्जना तामाङको अत्याधिक रक्तश्रावका कारण स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि शनिबार दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको हो । महिला […]

आइतबारदेखि कोरोना संक्रमणको परीक्षण धरानमै

१५ चैत, विराटनगर । प्रदेश १ र २ का कोरोना भाइरसका सम्भावित संक्रमितलाई लक्षित गरेर धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशाला स्थापना गरिएको छ । कोरोना भाइरसको आशंका गरिएका बिरामीकोे स्वाब परीक्षण अब आइतबारदेखि धरानमा नै हुनेछ । प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख डा. सञ्जीवकुमार शर्माले प्रयोगशालाबाट दैनिक १२ जनाको स्वाब परिक्षण गरिनेछ । ल्याबको […]

सप्तरीमा लकडाउनकै समयमा मोटरसाइकल चोरी

१५ चैत, सप्तरी । देशमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलिन नदिन सरकारले लकडाउन लगाएको समयमा एक जना स्वास्थ्यकर्मीको मोटरसाइकल सप्तरीबाट चोरी भएको छ । सप्तरी सदरमुकाम राजविराजस्थित शहरी स्वास्थ्य केन्द्रका प्रमुख अहेब सन्तोष दासको मोटरसाइकल शनिबार केन्द्र अगाडिबाटै चोरी भएको छ । दास ड्युटीमा रहेको बखत उनले बाहिर राखेको बा.४३प २२१२ नम्बरको मोटरसाइकल चोरी भएको […]

साझा पार्टीले भन्यो- कोभिड-१९ विरुद्ध लड्न राजनीतिक संयन्त्र बनाऊ

१५ चैत, काठमाडौं । साझा पार्टीले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न च्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्र र विज्ञ समिति गठन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाएको छ । साझा पार्टीका संयोजक रवीन्द्र मिश्र तथा प्रवक्ता डा. सूर्यराज आचार्यले शनिबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई दुई बुँदे सुझावपत्र बुझाएका हुन् । व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई)को अभवमा एम्बुलेन्सले […]

कोरोनासँग लडिरहेको एउटा देश जसले त्रासदी लुकाइरहेको छ !

१५ चैत, काठमाडौं । इरान कोरोना भाइरसको भयानक संकटबाट जुधिरहेको एक देश हो । इरानको अवस्था आगामी दिनमा अझै बढी खराब हुने आशंका गरिएको छ । कोरोना भाइरसको कहर सुरु भएपछि डा. मोहम्मद आराम नगरी बिरामीहरुको ज्यान जोगाउन हरसम्भव कोसिस गरिरहेका छन् । मोहम्मद इरानको उत्तरी प्रान्त गिलानको एक अस्पतालका डाक्टर हुन् । पछिल्लो १४ […]

केजरीवालले दैनिक चार लाख मानिसलाई खाना बाँड्ने

१५ चैत, काठमाडौं । दिल्ली सरकारले दैनिक चार लाख मानिसलाई खाना खुवाउने भएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले शनिबार पत्रकार सम्मेलन गर्दै चार लाख मानिसलाई दैनिक खाना खुवाउने व्यवस्था मिलाएको बताएका हुन् । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट विपन्न परिवार बढी प्रभावित बनेको भन्दै उनले पाँच सय विद्यालय र दुई सय ३८ टहरामा उनीहरुलाई खाना […]

कोरोना भाइरसविरुद्ध लड्न मोदीद्वारा पीएम–केयर्स कोषको घोषणा

१५ चैत, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार कोरोना भाइरसविरुद्ध लड्न पीएम–केयर्स कोषको घोषणा गरेका छन् । शनिबार उनले जनताहरुलाई कोरोना भाइरसविरुद्ध लड्न सहयोगको अपिल गर्दैै प्राइम मिनिस्टर्स सिटिजन इसिस्टेन्ट एण्ड रिलिफ इन इमर्जेन्सी सिचुएसन्स फण्ड (पीएम–केयर्स)को घोषणा गरेका हुन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् मोदीले यो भाइरसको कारण ज्यान गुमाएका परिवारले यो भाइरसविरुद्धको लडाइँमा […]

वागमती प्रदेशमा ३ सय ३७ आइसोलेसन वेड

१५ चैत, हेटौंडा । स्थानीय तहसँगको सहकार्यमा वागमती प्रदेश सरकारले ३ सय ३७ वटा आइसोलेसन वेड तयार पारेको छ । सरकारले प्रदेशभित्रका विभिन्न जिल्लाका स्थानीय तहमा कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन बेड तयार पारेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण रोकथाम र उपचारका लागि उच्च सर्तकताका साथ सरकारले काम गरी रहेको मन्त्रालयका मन्त्री […]

संघको आग्रह – ‘खाद्यान्न उद्योग सञ्चालन गर्ने वातावरण बनाइदेऊ’

१५ चैत, वीरगञ्ज । कोरोना भाइरसको (कोभिड–१९) संक्रमण फैलन नदिन मुलुकभरी लकडाउन गरिएको छ । तीनै तहको सरकारले दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कुनै समस्या नआउने भनेपनि व्यवहारमा त्यस्तो देखिँदैन । लकडाउनकै कारण दैनिक जीवनमा नभई नहुने चामल, दाल, तेल उत्पादन गर्ने उद्योग पाँच दिनदेखि बन्द छ । उद्योगमा मौज्दात रहेका सामान ढुवानी गर्ने साधनको समेत […]

गोरखामा पनि छरियो डिसइन्फेक्सन स्प्रे

५ चैत, गोरखा । कोरोना भाइरसको संक्रमण रोक्न गोरखा सदरमुकाम क्षेत्रमा डिस इन्फेक्सन स्प्रे  (क्लोरिन झोल) छरिएको छ । बजार क्षेत्रलाई लक्षित गर्दै क्लोरिन पाउडरमा पानी मिसाएर गोरखा नगरपालिकाले शनिवारदेखि छर्कन शुरु गरेको हो । खोलखोले, हरमटारी, बसपार्क, ठुलोआँगन, अस्पतालचोकलगायतका क्षेत्रमा किटाणुनाशक स्प्रे छर्किएको नगर प्रमुख राजनराज पन्तले बताए । ‘नगरपालिका भित्र रहेको वजार क्षेत्र […]

स्पेनमा एकै दिन आठ सय ३२ जनाको मृत्यु

१५ चैत, बार्सिलोना । स्पेनमा कोरोना भाइरस (कोभिड-१९) का कारण पछिल्लो २४ घण्टामा आठ सय ३२ जनाको मृत्यु भएको छ । यो भाइरसका कारण स्पेनमा एकै दिनमा मृत्यु भएको अहिलेसम्मकै धेरै हो । शनिबार मध्यान्हसम्म ५ हजार छ सय ९४ जनाको मृत्यु भएको स्पेनको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। कुल संक्रमितको संख्या ७२ हजार दुई […]

चौथो संक्रमितसँगै १९३ जनाले गरेका थिए हवाई यात्रा

१५ चैत, काठमाडौं । कारोना भाइरस (कोरोना–१९) संक्रमण देखिएका धनगढीका ३४ वर्षीय पुरुषले दिल्लीबाट काठमाडौं हुँदै नेपालगञ्ज पुग्दा १९३ जनासँग हवाई यात्रा परेको पाइएको छ । धनगढीका उनी चैत ६ गते दुबईबाट इमिरेट्स एयरको विमानमार्फत भारतको राजधानी नयाँदिल्ली आएका उनी भोलिपल्ट काठमाडौं आएका थिए । काठमाडौं आएको भोलिपल्ट बुद्ध एयरबाट नेपालगञ्ज पुगेका उनी त्यहाँबाट सार्वजनिक […]

स्वदेश फर्किन मान्दैनन् उद्दार गरिएका पर्यटकहरु

१५ चैत, पोखरा । लकडाउनका कारण अन्नपूर्ण पदमार्ग र आसपासका ठाउँमा अलपत्र परेका पर्यटकहरु पोखरा आइरहेका छन् । थोरङ ला पास र उपल्लो मुस्ताङ गएका पर्यटकहरु जोमसोम झरिरहेका छन् । आफ्नो मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएका कारण केही पर्यटक नेपालमै बस्न चाहन्छन् भने स्वदेश जान चाहने फर्किरहेका छन् । अलपत्र पर्यटकलाई अहिले दिनहुँ […]

गुल्मीमा ३०८ आइसोलेसन वेड, ३१ जना क्वारेन्टाइनमा

१५ चैत, गुल्मी । कोरोना भाइरसको संक्रमण रोकथामका लागि गुल्मी जिल्लाका ११ स्थानीय तहमा गरी ३०८ वेडको आइसोलेसन वार्ड बताइएको छ । गुल्मीमा १२ मध्ये गुल्मी दरबार गाउँपालिकाबाहेक सबै स्थानीय तहले आइसोलेसन वार्ड स्थापना गरेको जानकारी आएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी लक्ष्मण पाण्डेयले बताए । रुरुक्षेत्र गाउँपालिकामा २५, छत्रकोट गाउँपालिकामा […]



from समाचार – Online Khabar https://ift.tt/2xuiHGv
via IFTTT
Powered by Blogger.