Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

लकडाउनमा नमाज पढ्न नपाएका दुई युवक (फोटो फिचर)

१४ चैत, काठमाडौं । शुक्रबार काठमाडौंको बसुन्धराबाट दुई मुसलमान किशोर नमाज पढ्न भनी नयाँबजारस्थित मदरसातर्फ लागे । हरेक शुक्रबार आफ्नो धार्मिक स्थलमा गई अल्लाहको प्रार्थना गर्ने र नमाज पढ्ने मुस्लिम धर्मावलम्बीको परम्परा नै हो । सरकारले कोरोना भाइरसको रोकथामका लागि मानिसहरुलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाए पनि सेतो कमीज सुरवाल र टोपी लगाएका दुई किशोर बसुन्धराबाट […]

राजविराजमा अनलाइनमार्फत खाद्यान्नको होम डेलिभरी गरिने

१४ चैत, सप्तरी । राजविराजका बासिन्दालाई अनलाइनमार्फत खाद्यान्न तथा किराना सामानको होम डेलिभरी गरिने भएको छ । यसका निम्ति दुई किराना पसललाई जिम्मेवारी दिइएको छ । राजविराज नगरपालिकाको शुक्रबार बसेको बैठकले खाद्यान्न सामाग्री अनलाइन डेलिभरी गर्नका लागि रमेश किराना पसल र निर्मल किराना पसललाई जिम्मा दिइएको नगर प्रमुख शम्भु यादवले जानकारी दिए । बैठकले खाद्यान्न […]

एभरेष्ट लिंकद्वारा सगरमाथा क्षेत्रमा निःशुल्क इन्टरनेट वितरण

१४ चैत, काठमाडौं । हिमाली तथा दुर्गम भेगमा इन्टरनेट सेवा दिँदै आएको निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी एभरेष्ट लिंकले निशुल्क सेवा वितरण गरेको छ । सगरमाथा क्षेत्रको लुक्ला, फाक्दिङ, मन्जो, नाम्चेबजार, खुम्जुङ, थामे, खुन्दे, पाङबोचे, दिङबोचे, फेरिचे, लोबुचे, गोरक्सेप, गोक्यो क्षेत्र र मेरा पिक क्षेत्रमा यही मार्च २० तारिखदेखि निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न […]

पोखराबाट ५८ पर्यटक काठमाडौं पठाइए

१४ चैत, पोखरा । अन्नपूर्ण क्षेत्रको पदमार्गबाट फर्केका र पोखरामा रहेका ५८ जना पर्यटकलाई शुक्रबार उद्धार गरिएको छ । लकडाउन हुनुअघि र भइसकेपछि समेत अन्नपूर्ण क्षेत्रमै रहेका पर्यटक अहिले पोखरा आइरहेका छन् । पोखरा र आसपासका क्षेत्रबाट सम्पर्कमा आएका पर्यटकलाई विमान चार्टर गरी काठमाडौं पठाइएको हो । स्वीस दूतावासले अन्य देशका दूतावाससँग छलफल गरेर यति […]

पोखराबाट ५८ पर्यटक उद्दार गरेर यती एयरलाइन्समार्फत काठमाडौं ल्याइँदै

चैत १४, काठमाडौं । कोभिड १९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘नेपाल लकडाउन’ पश्चात् पोखरामा पर्यटकहरु अलपत्र परेपछि यती एअरलाइन्सले उनीहरुको उद्दार गरी आज काठमाडौं ल्याउँदै छ । ५८ जना पर्यटकहरुमा धेरै स्वीस नागरिक र केही युरोपियन देशका नागरिकहरु रहेका छन् । काठमाडौंस्थित स्वीस दूतावासले आफ्ना नागरिकहरुको उद्दारका लागि अनुरोध गरेपछि नागरिक […]

रामेछापमा ३५ जना क्वारेन्टाइनमा

१४ चैत, रामेछाप । विभिन्न स्थानबाट जिल्ला भित्रिएका ३५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । छिमेकी मुलुक भारत र अन्य विभिन्न देशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको हो । बिहीबारसम्म गोकुलगंगा गाउँपालिकामा ६ जना, दोरम्बा गाउँपालिकामा १० जना, मन्थली नगरपालिकामा १० जना, रामेछाप नगरपालिकामा ५ जना र खाँडादेवी गाउँपालिकामा ४ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख […]

कोरोना भाइरस स्थानीय रुपमा फैलिएको छैन : सरकार

१४ चैत, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पहिलो केस ९ माघमा भेटियो । चीनबाट फर्किएका एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उपचारपछि उनी निको भए भने विदेशबाट आएपछि उनको संसर्गमा आएकाहरुमा संक्रमण सरेको पाइएन । त्यस्तै, १० चैत र १२ चैतमा दुई जनामा संक्रमण भेटियो । फ्रान्सबाट कतारको दोहा हुँदै ४ चैतमा […]

लकडाउन उल्लंघन गर्नु भो ? अब प्रहरीले उपकरणबाटै समात्नेछ

१४ चैत, काठमाडौं । लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले ‘म्यान क्याच डिभाइस’ उपकरण प्रयोगमा ल्याएको छ । नजिक गएर नियन्त्रणमा लिँदा कोरोना (कोभिड–१९) को संक्रमण फैलिन सक्ने भएकाले यो उपकरण प्रयोगमा ल्याइएको हो । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले पहिलो चरणमा ६ वटा उपकरण प्रयोगमा ल्याइएको बताए । उनले अनलाइनखबरसँग […]

बुटवलमा पनि छरियो किटाणुनाशक औषधि

१४ चैत, बुटवल । कोरोना भाइरस रोकथामका लागि भन्दै बुटवलमा किटाणुनाशक औषधि छर्किन सुरु भएको छ । शुक्रबारदेखि बुटवलमा ‘क्लोरिन’ तथा ‘ब्लिचिङ पाउडर’सहितको किटाणुनाशक स्प्रे छर्किन सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ । वडा नम्बर ५ को बजारक्षेत्रलाई शुक्रबार बिहानैदेखि डिसइन्फेक्सन बनाउन सुरु गरिएको प्रमुख शिवराज सुवेदीले बताए । मानव स्वास्थ्यलाई असर नगर्ने खालको किटाणुनाशक विशेष […]

संक्रमण फैलिने भन्दै सिसडोलबासीले रोके काठमाडौंको फोहोर

१४ चैत, काठमाडौं । फोहोरका कारण कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै नुवाकोटको सिसडोलका वासिन्दाले काठमाडौंको फोहोर फाल्न अवरोध गरेका छन् । अवरोधपछि काठमाडौं महानगरपालिकाले दुई दिनदेखि सडकबाट फोहोर उठाउन सकेको छैन । सिसडोलका बासिन्दाले लकडाउनको अवधिभर फोहोर लिएर नआउन काठमाडौं महानगरपालिकालाई चेतावनी दिएका छन् । स्थानीयले फोहोरका कारण आफ्नो क्षेत्रमा पनि कोरोना भाइरस संक्रमणको […]

राष्ट्रकवि र शताब्दीपुरुषको अपील : जनता भान्साघर चलाऊ

१४ चैत, काठमाडौं । जेष्ठ नागरिकहरुले कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि गरिएको लकडाउनका कारण हातमुख जोर्न समस्या परेकाहरुलाई तीन महिनाका लागि आवश्यक खाद्यान्न र प्रतिपरिवार १० हजार राहत दिन माग गरेका छन् । राष्ट्रकवि माधवप्रसाद घिमिरे, सताब्दीपुरुष सत्यमोहन जोशी, प्रा. डा. त्रिरत्न मानन्धर, लगायतले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै आपतकालीन राहत घरघरमा पुर्‍याउन माग गरेका […]

बेलायतका प्रधानमन्त्रीलाई पनि कोरोना संक्रमण

१४ चैत, काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पाइएको छ । जोनसनले ट्वीटरमा भिडियो पोष्ट गरेका छन्, जसमा आफूलाई पछिल्लो २४ घन्टामा ज्वरो आउनुका साथै खोकी लागेको बताएका छन् । मेडिकल अफिसरको सल्लाहअनुसार परीक्षण गर्दा नतिजा पोजेटिभ पाइएको भन्दै उनले भनेका छन्, म घरबाटै काम गरिरहेको छु ।’ डाउनिङ […]

स्याङ्जामा गोली लागेर प्रहरी हवल्दारको मृत्यु

१४ चैत, पोखरा । स्याङ्जामा गोली लागेर एक जना प्रहरी कर्मचारीको मृत्यु भएको छ । हरिनाश गाउँपालिका २ को चिसापानी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार रवीन्द्र पौडेलको शुक्रबार ज्यान गएको हो । पोखरा- २६ घर भएका पौडेल चौकीको स्टोरमा काम गर्ने बेला गोली लागेको उपचारका लागि पोखरा ल्याउँदै गर्दा मृत्यु  भएको मृतकका काका सूर्य पौडेलले […]

महावीर पुनले बनाइरहेको पीपीई कति भरपर्दो ?

१४ चैत, काठमाडौं । कोराना संक्रमित वा आशंकितहरुको परीक्षण र उपचार गर्ने स्वास्थ्यकर्मीका लागि नभई नहुने सुरक्षाकवच हो, पीपीई अर्थात् पर्सनल प्रोटेक्टिटभ इक्वीपमेन्ट । कोरोनाको त्रास बढेसँगै अहिले नेपालमा पीपीईको माग ह्वात्तै बढेको छ र अभाव सिर्जना भएको छ । पीपीईको अभाव सिर्जना भएसँगै महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले.स्वदेशमै यसको उत्पादनको पहलकदमी लियो । केन्द्रले […]

कोरोना भाइरस रोकथामका लागि सांसद बानियाँद्वारा तीन गाउँपालिकालाई ५ लाख सहयोग

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसका प्रदेश सांसद ईन्द्रबहादुर बानियाँले कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मकवानपुरका तीन वटा स्थानीय तहलाई पाँच लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् । सांसद बानियाँले कोरोना भाइरस संक्रमणसँग लड्नका लागि राक्सिराङ, मनहरी र कैलाश गाउँपालिकालाई ५ लाख उपलब्ध गराउने घोषणा गरेका हुन् । बागमती प्रदेश कांग्रेस […]

कोरोना रोकथाममा प्रदेश २ को तयारी : पैसा छ, उपकरण छैन

१४ चैत, जनकपुरधाम । कोरोना भाइरस (कोभिड –१९) को संक्रमण रोकथामका लागि प्रदेश २ सरकारले काम थालेको छ । रोकथामका विभिन्न कामहरुको लागि बजेट समेत छुट्टयाइसकेको छ । तर, यसको तयारी भने सन्तोषजनक नभएको जानकारहरु बताउँछन् । कोराना भाइरसबाट संक्रमित भएकाहरुको उपचारका लागि वीरगञ्जको नेशनल मेडिकल कलेज र जनकपुरधामस्थित जानकी मेडिकल कलेजको सिटी अस्पताललाई तोकिएको […]

विपन्न परिवारलाई तिलोत्तमा नगरपालिकाको खाद्यान्न सहयोग

१४ चैत, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका अति विपन्न परिवारलाई घरमै पुगेर खाद्यान्न बाँडेको छ । लकडाउनका कारण विपन्न वर्गलाई छाक टार्न समस्या भएपछि नगरपालिकाले टोल विकास संस्थाहरुको सिफारिसमा शुक्रबारदेखि खाद्यान्न बाँड्न सुरु गरेको हो । शुक्रबार नगरपालिकाले वडा नम्बर ४ र ५ मा विपन्न परिवारलाई १० केजी […]

प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगे माधव नेपाल

१४ चैत,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपा वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लकडाउनकै बीचमा अस्पताल पुगेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार रााति नै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामना गर्न नेपाल अस्पताल गएका हुन् । प्रधानमन्त्री ओली र नेता नेपालबीच अस्पतालमै अन्य समसामायिक विषयमा करिब ४० मिनेट […]

संकटमा सहयोग गर्नेलाई चीनबाट निःशुल्क ढुवानी

१३ चैत, काठमाडौं । चीनबाट सामाग्री किनेर कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्न चाहनेहरुलाई एक निजी कम्पनीले निःशुल्क ढुवानी गरिदिने भएको छ । चीनको सिल्क ट्रान्सपोर्ट नामक कम्पनीले सहयोग गर्न चाहनेहरुलाई सडक मार्गबाट निःशुल्क ढुवानीको व्यवस्था गरिदिने भएको हो । गैर आवासीय नेपाली संघ (एनआरएनए) चीनका सदस्य सुरेश कोइरालाले चीनका विभिन्न ७ वटा […]

सिद्धार्थनगरमा साढे ११ लाखको विपद व्यवस्थापन कोष

१३ चैत, बुटवल । कोरोना भाइरस संक्रमणका कारण उत्पन्न विपद व्यवस्थापनका लागि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले ११ लाख ५१ हजार रुपैयाँको कोष निर्माण गरेको छ । विभिन्न आयोजनामा हुने बचत रकमबाट आगामी नगरसभाबाट अनुमोदन गराउने गरी कोषमा रकम विनियोजन गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ । कोषमा रकम जम्मा गर्न सार्वजनिक रुपमा अपिल गरिएको नगरपालिकाका प्रमुख […]

सैनामैनामा कोरोना विशेष अस्पताल, ९ जना स्वास्थ्यकर्मी

१३ चैत, बुटवल । रुपन्देहीको सैनामैनामा सय बेडको कोरोना विशेष स्पताल सञ्चालनमा आएको छ । वडा नम्बर १ वनकट्टामा रहेको प्राकृतिक चिकित्सालयलाई कोरोना अस्पताल बनाइएको हो । व्यवस्थित अस्पतालका रुपमा सञ्चालनमा आइसकेको पद्मपाणी योग तथा प्राकृतिक चिकित्सालयका कोठाहरुलाई आइसोलेसन रुम बनाइएको सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले बताए । अस्पतालको नगरप्रमुख कार्कीले शुभारम्भ गरे । फेवर […]



from समाचार – Online Khabar https://ift.tt/2vTLkwv
via IFTTT
Powered by Blogger.