समाचार
१३ चैत, काठमाडौं । चीनबाट सामाग्री किनेर कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्न चाहनेहरुलाई एक निजी कम्पनीले निःशुल्क ढुवानी गरिदिने भएको छ । चीनको सिल्क ट्रान्सपोर्ट नामक कम्पनीले सहयोग गर्न चाहनेहरुलाई सडक मार्गबाट निःशुल्क ढुवानीको व्यवस्था गरिदिने भएको हो । गैर आवासीय नेपाली संघ (एनआरएनए) चीनका सदस्य सुरेश कोइराले चीनका विभिन्न ७ वटा […]
१३ चैत, बुटवल । कोरोना भाइरस संक्रमणका कारण उत्पन्न विपद व्यवस्थापनका लागि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले ११ लाख ५१ हजार रुपैयाँको कोष निर्माण गरेको छ । विभिन्न आयोजनामा हुने बचत रकमबाट आगामी नगरसभाबाट अनुमोदन गराउने गरी कोषमा रकम विनियोजन गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ । कोषमा रकम जम्मा गर्न सार्वजनिक रुपमा अपिल गरिएको नगरपालिकाका प्रमुख […]
१३ चैत, बुटवल । रुपन्देहीको सैनामैनामा सय बेडको कोरोना विशेष स्पताल सञ्चालनमा आएको छ । वडा नम्बर १ वनकट्टामा रहेको प्राकृतिक चिकित्सालयलाई कोरोना अस्पताल बनाइएको हो । व्यवस्थित अस्पतालका रुपमा सञ्चालनमा आइसकेको पद्मपाणी योग तथा प्राकृतिक चिकित्सालयका कोठाहरुलाई आइसोलेसन रुम बनाइएको सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले बताए । अस्पतालको नगरप्रमुख कार्कीले शुभारम्भ गरे । फेवर […]
१४ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) मुलुकमा बढ्न नदिन चीनले विदेशी पर्यटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । उनीहरुसँग भिसा वा बसोबासको अनुमति भएपनि अस्थायी रुपमा उनीहरुलाई मुलुक प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो । चीनले स्थानीय र विदेशी एयरलाइन्समाथि पनि सातामा एउटा मात्र उडान भर्ने अनुमति दिएको छ । साथै उडानमा ७५ प्रतिशतभन्दा […]
१४ चैत, बुटवल । कपिलवस्तुमा १३ वर्षकी बालिका बलात्कृत भएकी छन् । जिल्लाको मायादेवी गाउँपालिका–४ कि ती बालिका छिमेकी युवकबाटै बलात्कृत भएकी हुन् । राति १० बजे घर अगाडिको धारामा पानी भर्ने क्रममा छिमेकी २५ वर्षका युवा एजाज मुसलमानले बालिकालाई मुख थुनेर पीडितकै घर पछाडि लगेर बलात्कार गरेको स्थानीयबासीले बताएका छन् । स्थानीय हृदयराम यादवका […]
१४ चैत, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका अति विपन्न परिवारलाई घरमै पुगेर खाद्यान्न बाँडेको छ । ‘लकडाउन’ अवधिमा विपन्न वर्गलाई छाक टार्न समस्या भएपछि नगरपालिकाले टोल विकास संस्थाहरुको सिफारिसमा शुक्रबारदेखि खाद्यान्न बाँड्न सुरु गरेको हो । शुक्रबार नगरपालिकाले वडा नम्बर ४ र ५ मा विपन्न परिवारलाई १० केजी […]
१४ चैत, काठमाडौं । पछिल्ला दिनमा आम नागरिकमा विद्युतीय चुल्होको प्रयोगप्रति आकर्षण बढेको छ। सरकारले बुधबार मात्रै विद्युतीय चुल्हो प्रयोग गर्नेलाई विद्युत् महसुलमा २० प्रतिशतसम्म छुट दिने निर्णय गरिसकेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान र नेशनल ट्रेडिङ गाभिएर बनेको कम्पनी)ले पछिल्लो दिनमा मात्रै ३ […]
१४ चैत, काठमाडौं । नेपाली कांग्रेसले दैनिक ज्यालादारीमा निर्भर रहेका नागरिकका लागि तत्काल राहत प्याकेज ल्याउन सरकारलाई आग्रह गरेको छ । सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्ती जारी गरी दिनभर काम गरेर साँझ खाने वर्गलाई लक डाउनले सबैभन्दा बढी असर पुर्याएकाले उनीहरुलाई सरकारले तोकेको न्युनतम ज्यालादरमा कम नहुने गरी राहत प्याकेज घोषणा गर्न आग्रह गरेका हुन् […]
१४ चैत, वीरगञ्ज । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण महामारीको रूपमा फैलिरहेको छ । जोखिम नियन्त्रणका लागि सरकारले लकडाउनको घोषणा गरेको छ । सुरक्षा निकाय लकडाउनको पूर्ण पालना गराउनका लागि खटिरहेका छन् । त्यसैको मौका छोपेर तस्कर सल्बलाएका छन् । लकडाउनको समयमा तस्करी हुँदै गरेको तीस क्विन्टल छोकडा प्रहरीले नियन्त्रणमा लिएको छ । बाराको विश्रामपुर गाउँपालिका-२ कान्तिपुर […]
१४ चैत, वीरगञ्ज । प्रतिनिधिसभाका सांसद प्रदीप यादवले कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई ५० लाख रुपैयाँसम्मको बीमा गर्न माग गरेका छन् । शुक्रबार एक विज्ञप्ती जारी गर्दै सांसद यादवले कोरोना भाइरसविरुद्ध दिन रात नभनी काममा खटिएका स्वास्थ्यकर्मी र चिकित्सकलाई सुरक्षित महसुस गराउन सरकारसँग माग गरेका छन् । सबै स्वास्थ्यकर्मीलाई विश्व स्वास्थ्य संगठनले सिफारिस गरेअनुसारको सुरक्षित पहिरन […]
१४ चैत, काठमाडौं । केही दिनदेखि ठप्प रहेको दुध संकलन कार्य आइतबारदेखि फेरि सुरु गर्ने तयारी भएको छ । दुग्ध विकास संस्थान (डीडीसी)ले मौज्दातमा रहेको दुध सकिँदै गएपछि दुधको आंशिक संकलन सुरु गर्ने योजना बनाएको हो । डीडीसीले शुक्रबार मात्रै ७२ हजार नौ सय ८० लिटर दुध बजारमा पठाएको छ । संस्थान अन्तर्गत बालाजु दुग्ध […]
१४ चैत, काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना संक्रमणको उपचारमा संलग्न चिकित्सिकलाई सुरक्षा उपकरण दिन सरकारसँग माग गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै संघले आफ्नो ज्यानको बाजी लगाउँदै उपचारमा खटिएका चिकित्सक रस्वास्थ्यकर्मीले आधारभूत सामग्रीको माग गर्दासमेत जिम्मेवार निकायका व्यक्तिले हल्का टीका टिप्पणी गरेको भन्दै आपत्ति जनाएको छ । नेपालमा व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायत […]
१४ चैत, हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिकाले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्ननका लागि उच्च सतर्कता अपनाएको छ। गाउँपालिकाले वैदेशिक रोजागरीबाट फर्किएकाहरुको तथ्यांक संकलन गरेरै कोरोना भाइरसबाट हुने जोखिमबारे निगरानी बढाएको हो । विदेशबाट फर्किएकाहरुको तथ्यांक संकलन गरी उनीहरुलाई स्वास्थ्य परीक्षण गर्न र सेल्फ क्वारेन्टाइनमा बस्न अपिल गरिएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए । गाउँपालिकाले […]
१४ चैत, काठमाडौं । सरकारले कोरोना भाइरसका शंकास्पद व्यक्तिहरुलाई राखिने क्वारेन्टाइनको मापदण्ड तयार पारेको छ । उचित सुरक्षा र खानपानको व्यवस्थासहित सरकारले क्वारेन्टाइन मापदण्ड तयार पारेको हो । ‘कोरोना भाइरससम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड – २०७६’ ले क्वारेन्टाइनबाट कोही व्यक्ति भाग्न लागेको देखेमा सो बारेमा जानकारी दिनु समेत त्यहाँ रहेका व्यक्तिको जिम्मेवारी हुने उल्लेख छ […]
१४ चैत, वीरगञ्ज । भारतको बिहारबाट झापाको विर्तामोड जान लागेका ११ जना वीरगञ्जमा अलपत्र परेका छन् । उनीहरु वीरगञ्ज बसपार्क स्थित चौधरी होटल एण्ड लजमा बसिरहेका छन् । विर्तामोड नगरपालिका–४ का ११ जना बिहारको सिवान र गोपालगञ्जका होटलमा काम गर्दै आएका थिए । ५ दिनदेखि होटलमै बसेका कारण उनीहरुसँग बास र खानाका लागि समस्या भएको […]
१४ चैत, काठमाडौं । शुक्रबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको कतार एयरलाइन्सको विमान ३०५ जना पर्यटक लिएर फर्किएको छ । जर्मन सरकारले नेपालमा अलपत्र परेका आफ्ना नागरिक उद्धारका लागि चार्टर्ड गरेको विमान शुक्रबार विहान काठमाडौंबाट उडेको हो । त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले कतार एयरलाइन्सको विमान ३०५ जना यात्रु लिएर उडेको पुष्टि गरे । […]
१४ चैत, सुर्खेत । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारद्वारा स्थापना गरिएको प्रदेश विपद् व्यवस्थापन कोषमा मुख्यमन्त्रीको स्वकीय सचिवालयमा कार्यरत कर्मचारीहरूले १ महिनाको तलव जम्मा गर्ने भएका छन् । शुक्रबार बसेको स्वकीय सचिवालयको बैठकले १ महिनाको तलव राहत कोषमा जम्मा गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले जानकारी दिए । स्वकीय […]
१४ चैत, लण्डन । नेपालले विदाका क्रममा नेपालमा बसेका गोर्खा सैनिकहरुको सुविधा कटौती नगर्न बेलायत सरकारसँग आग्रह गरेको छ । लण्डनस्थित नेपाली दूतावासले बेलायत सरकारलाई विदाका क्रममा नेपालमै रोकिएका गोर्खाको बारेमा ध्यानाकर्षण गराएको हो । यता बेलायतमा कोभिड १९ संक्रमणबाट दुईजना नेपालीका मृत्यु भएपछि लण्डनस्थित नेपाली दूतावासले विदाको दिनसहित चौविसै घण्टा नेपाली समुदायको सेवामा दूतवास […]
१४ चैत, गोरखा । लकडाउन भएसँगै गोरखाको मनास्लु पदमार्गमा अलपत्र परेका पर्यटकको उद्धार सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म २२ जनाको उद्धार भइसकेको छ । अर्जेन्टिनाका ५, अष्ट्रेलिया, जर्मनी, क्यानडा र कोरियाका ३/३ जना नागरिकको उद्धार भएको कार्यालयका प्रशासकीय अधिकृत हर्क रोकाले बताए । उनका अनुसार डेनमार्कका २, फ्रान्सका १ र अन्य […]
१४ चैत, वीरगञ्ज । लकडाउनको मौका छोपी कालोबजारी गरेकाे आरोपमा वीरगञ्जको छपकैयाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलन नदिन आव्हान गरिएको लकडाउनको मौका छोपेर कालोबजारी गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–१ छपकैयाका ५० वर्षीय जगनारायण पटेल पक्राउ परेका हुन् । कालोबजारी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय पर्साबाट खटिएको टोलीले बिहीबार बेलुका […]
१४ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङबीच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्तापछि यसअघि कोरोना भाइरसलाई ‘चाइनिज भाइरस’ भन्दै आएका ट्रम्पको बोली फेरिएको छ । अमेरिकी समयअनुसार बिहीबार बेलुका भएको फोन वार्तामा राष्ट्रपति ट्रम्प र राष्ट्रपति सीबीच कोरोना भाइरस महामारी नियन्त्रणबारे कुराकानी भएको थियो । वार्तापछि अमेरिकी राष्ट्रपति […]
from समाचार – Online Khabar https://ift.tt/2QLXcYn
via IFTTT