Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या हजार पुग्यो

१३ चैत, काठमाडौं । अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार पुगेको छ । हालसम्म ६९ हजार बढीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले विश्वव्यापी रुपमा महामारीको रुप लिएको छ । यसबाट अमेरिकासमेत प्रभावित बनेको हो । भाइरसको नाम वुहान बनाउने प्रयास असफल […]

सखुवा प्रसौनीमा सहकारीले खोल्यो तरकारी बिक्री केन्द्र

१३ चैत, वीरगञ्ज । लकडाउनका कारण किसानले तरकारी बेच्न नपाएको र उपभोक्ताले खरिद गर्न नपाएपछि सखुवाप्रसौनी गाउँपालिका-५ महुवनको सहास साना किसान कृषि सहकारी संस्थाले किसानसँग तरकारी संकलन गरेर बिक्री गर्न थालेकोछ । सहकारीले स्थानीय महुवन प्रहरी चौकीको समन्वयमा ‘बिक्री केन्द्र’ खोलेको छ । प्रहरी चौकीकै नजिक खोलिएको बिक्री केन्द्र सञ्चालनको जिम्मा लेखापाल सन्तोष बर्णवाललाई दिइएको […]

भारतको लकडाउनमा नेपालको आपूर्ति व्यवस्था बिग्रिन नदिन पहल

१३ चैत, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आपूर्ति व्यवस्थामा देखिएको समस्या समाधान गर्न परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको छ । कोरोना सर्तकता तथा सुरक्षाका लागि भारतले लिएको लकडाउनसम्बद्ध नीतिले नेपालको आपूर्ति प्रणालीमा असर परेको भन्दै मन्त्रालयले भारतसँग सहजीकरण गरिदिन परराष्ट्रलाई आग्रह गरेको हो । भारतीय नीतिका कारण तेस्रो मुलुकबाट भारत ट्रान्जिट भएर आउने औषधि […]

फ्रान्सेली दूतावासले पोखराबाट गर्‍यो ५८ पर्यटकको उद्दार

१२ चैत, काठमाडौं । लकडाउनका कारण पोखरामा अलपत्र परेका फ्रान्सेली पर्यटकलाई उद्दार गरिएको छ । बिहीबार अपरान्ह बुद्ध एयरको जहाजले उनीहरुलाई काठमाडौं ल्याएको छ । नेपालस्थित फ्रान्सेली दूतावासले उनीहरुलाई काठमाडौं ल्याउन जहाज चार्टर गरेको थियो । उनीहरुलाई काठमाडौंको होटलमा राखिनेछ । फ्रान्सबाट आउने चार्टर विमानले उनीहरुलाई फिर्ता लैजानेछ ।

गुजारा चलाउन नसक्ने तनहुँवासीलाई सांसदले सहयोग गर्ने

१३ चैत, तनहुँ । लकडाउनको समयमा दैनिक गुजारा टार्न समस्या पर्ने आफ्नो निर्वाचन क्षेत्रका जनतालाई तनहुँका एकजना सांसदले सहयोग गर्ने बचन दिएका छन् । तनहुँ क्षेत्र १ का १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) ले सार्वजनिक अपिलमार्फत सो जानकारी गराएका हुन् । उनले लकडाउनको अवस्थामा दैनिक ज्यालादारी काम गरेर खाने तथा विपन्न जनतालाई दैनिकी […]

रोहिणी गाउँपालिकामा १५ शैय्याको क्वारेन्टाइन

१३ चैत, बुटवल । कोरोना संक्रमणको त्रास बढ्दै जान थालेपछि रुपन्देहीको रोहिणी गाउँपालिकाले बाहिरबाट आएका नेपालीहरुलाई लक्षित गरी १५ शैय्याकोे क्वारेन्टाइन बनाउने भएको छ । धकधइमा रहेको रामनरेश आदर्श माध्यमिक विद्यालयमा हाललाई १५ शैय्याको क्वारेन्टाइन बनाउने र आवश्यकता अनुसार यसलाई थप्दै लैजाने गाउँपालिकाको बैठकले निर्णय गरेको छ । रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले कोभिड-१९को रोकथाम […]

कोरोना त्रासले आगामी बजेटको तयारी शून्य

१३ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमण र त्यसबाट उत्पन्न परिस्थितिले आगामी वर्षको बजेट निर्माणको काम प्रभावित बनेको छ । सामान्य अवस्था छँदा यतिबेलासम्म आधाउधि काम पूरा भइसक्नुपर्नेमा लगभग शून्य अवस्था रहेको मन्त्रालयका अधिकारीहरु बताउँछन् । विगतका वर्षमा मध्यचैत सम्म आइपुग्दा बजेट निर्माणको कामले निकै गति लिइसकेको हुन्थ्यो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट […]

महावीर पुनले पीपीई बनाउन स्वीकृति पाए

१३ चैत, काठमाडौं । कोरोना आशंकित बिरामीसँग स्वास्थ्यकर्मीले संसर्ग गर्दा अत्यावश्यक हुने पीपीई (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) नेपालमै उत्पादन गर्न सुरु भएको छ । अन्वेषक महावीर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई पीपीई उत्पादन गर्न सरकारले स्वीकृति दिएको हो । सुरुमा ५ सय थान पीपीईका लागि दुईवटा गार्मेन्टलाई अर्डर दिइएको पुनले अनलाइनखबरलाई बताए । चप्पल कारखाना […]

चिकित्सकलाई प्रधानमन्त्रीको आग्रह : चिन्तित नहुनुस्, सुरक्षा सामग्री आउँछ

१३ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सक तथा प्राविधिकहरुको व्यक्तिगत सुरक्षाका थप सामाग्री छिटै उपलब्ध हुने भन्दै धैर्य गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो सन्देश जारी गरेका प्रधानमन्त्रीले हाल मौज्दात सामाग्रीको अधिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल हुन पनि आग्रह गरेका छन् । प्रधानमन्त्रीले भनेका छन् ‘तपाईहरुकै सिफारिसका थप सामाग्रीहरु उपलब्ध […]

पीपीईमा सरकारको आफ्नै मापदण्ड : मास्क, चश्मा, टोपी र ग्लोब लगाएर जाँच्नुस्

१३ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै सम्भावित संक्रमितहरु अस्पतालमा जाने क्रम बढ्दो छ । तर रुघाखोकी तथा ज्वरोको लक्षण देखिएका विरामीहरुलाई जाँच्न पनि स्वास्थ्यकर्मीहरु डराउने गरेका छन् । कारण हो, स्वास्थ्यकर्मीहरुलाई चाहिने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), एन ९५ मास्कलगायतका सुरक्षा किटको अभाव । सरकारको निर्देशनपछि ५० वा त्यसभन्दा बढी शय्या भएका […]

धनुषा बम विष्फोटका आरोपी गंगा मण्डल पक्राउ

१३ चैत, जनकपुरधाम । साढे तीन महिनाअघि धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित महेन्द्रनगरमा तीन जनाको ज्यान जाने गरी गराइएको बिष्फोटमा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका वडा नम्बर ३ तेजनगर निवासी गंगा मण्डल खत्बे रहेको धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी रामेश्वर कार्कीले जानकारी दिए । गत २७ मंसीरमा […]

कतार एयरबाट आएका पाँचथरका दुई युवक पनि टाँडी क्वारेन्टाइनमा

१२ चैत, विराटनगर । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवती कोरोना संक्रमित भएको पाइएपछि उनीसँगै आएका पाँचथरका दुई जना युवकलाई मोङको टाँडीस्थित क्वारेन्टाइनमा राखिएको छ । नेपाली सेनाको सूर्यदल गणको परिसरमा तयार गरिएको क्वारेन्टाइनमा उनीहरुलाई लगिएको छ । उनीहरु फाल्गुनन्द र फिदिमका स्थायीबासी हुन् । प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्म्बोले स्थानीय […]

चैत मसान्तसम्म बीमा शुल्क संकलन स्थगन

१३ चैत, काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीमा शुल्क संकलनको कार्य चैत मसान्तसम्म स्थगन हुने भएको छ । कोरोना भाइरसको कारण मुलुक नै लक डाउनमा रहेको भन्दै बीमा समितिले कम्पनीहरुलाई चैत मसान्तसम्म बीमा शुल्क संकलन स्थगन गर्न निर्देशन दिएको हो । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले कोरोनाको कारण यतिबेला सर्वसाधारणहरु नै […]

ज्याला मजदुरी गरेर जीवन चलाउनेलाई काठेखोलाको राहत

१३ चैत, काठमाडौं । काठेखोला गाउँपालिका बागलुङले दैनिक ज्याला मजदुरीमा जीवन धान्ने घर परिवारलाई राहत वितरण सुरु गरेको छ । सरकारले घोषणा गरेको ‘लकडाउन’का कारण दैनिकी चलाउन धौधौ हुने भएकाले गाउँपालिकाले आफ्नो वडाका त्यस्ता नागरिकलाई बुधबारबाट राहत वितरण सुरु गरेको हो । बुधबार मात्र वडानम्मबर २ का १३ घर परिवारलाई गाउँपालिकाकाका अध्यक्ष अमर थापाले राहत […]

सरकारले भन्यो : विदेशबाट फर्किएकाहरु नआत्तिनुस्

१३ चैत, काठमाडौं । सरकारले हालसालै विदेशबाट आएका नागरिकहरुलाई नआत्तिन आग्रह गरेको छ । पछिल्लो समय विदेशबाट आएका दुई नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि अरुले पनि स्वास्थ्य जाँचबारे चासो राखेका हुन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालाले विदेशबाट आएकाहरुलाई नआत्तिन आग्रह गरेका हुन् । ‘यो भाइरसका कारण तपाईहरुलाई रुघा […]

लकडाउनपछिको पशुपतिनाथ (फोटो फिचर)

१३ चैत, काठमाडौं । सरकारले नागरिकलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएको तेस्रो दिन विहीबार पनि काठमाडौं सुनसान रह्यो । विहानैदेखि धर्मकर्म र मर्निङ वाक गर्नेहरुको ठूलो भीड लाग्ने पशुपतिनाथ मन्दिरमा पुग्दा मानवीय चहलपहल देखिएन । प्रायः रातको समयमा पनि खाली नहुने पशुपतिनाथ मन्दिर परिसर अहिले भने खाली छ । पशुपतिनाथ सँगै रहेको आर्यघाट पनि हिजोआज सुनसान […]

लकडाउन उल्लंघन गर्ने ८८ सवारी प्रहरीको नियन्त्रणमा

१३३ चैत, काठमाडौं । मोरङमा प्रहरीले लकडाउन उल्लंघन गर्ने ८८ सवारी साधन नियन्त्रणमा लिएको छ । तेस्रो दिन बिहीबार ७० मोटरसाइकल, ९ साइकल, ५ वटा टेम्पो र २/२ वटा ट्याक्टर र स्कुटी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्याय मोरङले जानकारी दिएको छ ।

नोबेल अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन दिने सञ्चालक शर्माको घोषणा

१३ चैत,बिराटनगर । विराटनगर स्थित नोबेल शिक्षण अस्पताललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमित बिरामीको उपचारका लागि अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन दिने घोषणा गरिएको छ । अस्पतालका सञ्चालक डा.सुनिल शर्माले कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन दिने घोषणा गरेका हुन । विश्वलाई नै आतंकित बनाइरहेको कोरोना भाइरसको उपचारमा समस्या भइरहेका बेला […]

अत्यावश्यक वस्तु बेच्ने पसलको गाडी चल्न दिने

१३ चैत, काठमाडौं । सरकारले अत्यावश्यक वस्तुको पसलको गाडी चल्न दिने भएको छ । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले अत्यावश्यक खाद्यवस्तुका स्टोरको डेलिभरी भ्यान चल्न दिने निर्णय गरेको हो । यस्ता डेलिभरी भ्यानलाई जिल्ला प्रशासन कार्यालयहरुले सवारी पासको व्यवस्था गर्ने निर्णय भएको छ । पसल सञ्चालकले माग संकलन गरी ग्राहकले माग गरेको […]

भारतमा १७ खर्बको आर्थिक सहायता प्याकेज घोषणा

१३ चैत, काठमाडौं । भारतले कोरोना भाइरसबाट प्रभावित बन्न पुगेको मुलुकको अर्थतन्त्रमा सुधारको लागि १७ खर्ब भारुको आर्थिक सहायता कोष घोषणा गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले बिहीबार उक्त प्याकेजको घोषणा गरेकी हुन् । सीतारमणले यो प्याकेज आप्रवासी मजदुर र शहरी–ग्रामीाण क्षेत्रका गरीबको तत्कालको आवश्यकता पूरा गर्न यो प्याकेज ल्याइएको बताएकी छिन् । उनले […]

नेपाली चालकले चिनियाँ नागरिक र सामान छुनु नपर्ने

१३ चैत, काठमाडौं । नेपाल–चीन व्यापारिक नाका खोल्ने सरकारको निर्णयपछि रसुवा र सिन्धुपाल्चोक जिल्ला प्रसाशनले नाका सञ्चालन तयारी तीब्र बनाएको छ । केन्द्रको निर्णय आउन बाँँकी नै भए पनि रसुवागढी नाकाको व्यवस्थापन र रोग संक्रमणको जोखिम कम गर्न पूर्वतयारीका काम धेरै अघि बढेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले अनलाइनखबरलाई बताए । तत्कालका लागि नाकाबाट […]



from समाचार – Online Khabar https://ift.tt/3br6Qrp
via IFTTT
Powered by Blogger.