Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

आइतबारदेखि कोटा तोकेर दुध संकलन गरिने

१४ चैत, काठमाडौं । केही दिनदेखि ठप्प रहेको दुध संकलन कार्य आइतबारदेखि फेरि सुरु गर्ने तयारी भएको छ । दुग्ध विकास संस्थान (डीडीसी)ले मौज्दातमा रहेको दुध सकिँदै गएपछि दुधको आंशिक संकलन सुरु गर्ने योजना बनाएको हो । डीडीसीले शुक्रबार मात्रै ७२ हजार नौ सय ८० लिटर दुध बजारमा पठाएको छ । संस्थान अन्तर्गत बालाजु दुग्ध […]

कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई ५० लाखको बिमा गर्न माग

१४ चैत, वीरगञ्ज । प्रतिनिधि सभाका सांसद प्रदीप यादवले कोरोना भाइरस (कोभिड-१९) को उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई ५० लाख रुपैयाँसम्मको बिमा गर्न माग गरेका छन् । शुक्रबार एक विज्ञप्ती जारी गर्दै सांसद यादवले कोरोना भाइरस विरुद्ध दिनरात नभनी काममा खटिएका स्वास्थ्यकर्मी र चिकित्सकहरुलाई सुरक्षित रहेको महसुस गर्ने वातावरण मिलाउन समेत सरकारसँग माग गरेका छन् । सबै […]

चिकित्सक संघले भन्यो : स्वास्थ्यकर्मीको सुरक्षालाई हल्का रुपमा नलेऊ

१४ चैत, काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना संक्रमणको उपचारमा संलग्न चिकित्सिकलाई सुरक्षा उपकरण दिन सरकारसँग माग गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै संघले आफ्नो ज्यानको बाजी लगाउँदै उपचारमा खटिएका चिकित्सक रस्वास्थ्यकर्मीले आधारभूत सामग्रीको माग गर्दासमेत जिम्मेवार निकायका व्यक्तिले हल्का टीका टिप्पणी गरेको भन्दै आपत्ति जनाएको छ । नेपालमा व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायत […]

कोरोना संक्रमण रोक्न विदेशबाट आएका व्यक्तिको तथ्यांक संकलन

१४ चैत, हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिकाले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्ननका लागि उच्च सतर्कता अपनाएको छ। गाउँपालिकाले  वैदेशिक रोजागरीबाट फर्किएकाहरुको तथ्यांक संकलन गरेरै कोरोना भाइरसबाट हुने जोखिमबारे निगरानी बढाएको हो । विदेशबाट फर्किएकाहरुको तथ्यांक संकलन गरी उनीहरुलाई स्वास्थ्य परीक्षण गर्न र सेल्फ क्वारेन्टाइनमा बस्न अपिल गरिएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए । गाउँपालिकाले […]

क्वारेन्टाइनको मापदण्ड : चार पटक खाना, चुरोट र मदिरा निषेध

१४ चैत, काठमाडौं । सरकारले कोरोना भाइरसका शंकास्पद व्यक्तिहरुलाई राखिने क्वारेन्टाइनको मापदण्ड तयार पारेको छ । उचित सुरक्षा र खानपानको व्यवस्थासहित सरकारले क्वारेन्टाइन मापदण्ड तयार पारेको हो । ‘कोरोना भाइरससम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड – २०७६’ ले क्वारेन्टाइनबाट कोही व्यक्ति भाग्न लागेको देखेमा सो बारेमा जानकारी दिनु समेत त्यहाँ रहेका व्यक्तिको जिम्मेवारी हुने उल्लेख छ […]

लकडाउनका कारण विर्तामोडका ११ जना वीरगञ्जमा अलपत्र

१४ चैत, वीरगञ्ज । भारतको बिहारबाट झापाको विर्तामोड जान लागेका ११ जना वीरगञ्जमा अलपत्र परेका छन् । उनीहरु वीरगञ्ज बसपार्क स्थित चौधरी होटल एण्ड लजमा बसिरहेका छन् । विर्तामोड नगरपालिका–४ का ११ जना बिहारको सिवान र गोपालगञ्जका होटलमा काम गर्दै आएका थिए । ५ दिनदेखि होटलमै बसेका कारण उनीहरुसँग बास र खानाका लागि समस्या भएको […]

३०५ पर्यटक लिएर फर्कियो कतार एयरलाइन्सको विमान

१४ चैत, काठमाडौं । शुक्रबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको कतार एयरलाइन्सको विमान ३०५ जना पर्यटक लिएर फर्किएको छ । जर्मन सरकारले नेपालमा अलपत्र परेका आफ्ना नागरिक उद्धारका लागि चार्टर्ड गरेको विमान शुक्रबार विहान काठमाडौंबाट उडेको हो । त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले कतार एयरलाइन्सको विमान ३०५ जना यात्रु लिएर उडेको पुष्टि गरे । […]

कोरोना कोषमा मुख्यमन्त्री सचिवालयको सहयोग

१४ चैत, सुर्खेत । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारद्वारा स्थापना गरिएको प्रदेश विपद् व्यवस्थापन कोषमा मुख्यमन्त्रीको स्वकीय सचिवालयमा कार्यरत कर्मचारीहरूले १ महिनाको तलव जम्मा गर्ने भएका छन् । शुक्रबार बसेको स्वकीय सचिवालयको बैठकले १ महिनाको तलव राहत कोषमा जम्मा गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले जानकारी दिए । स्वकीय […]

विदामा नेपाल आएका गोर्खा सैनिकको सुविधा कटौती नगर्न बेलायतलाई आग्रह

१४ चैत, लण्डन । नेपालले विदाका क्रममा नेपालमा बसेका गोर्खा सैनिकहरुको सुविधा कटौती नगर्न बेलायत सरकारसँग आग्रह गरेको छ । लण्डनस्थित नेपाली दूतावासले बेलायत सरकारलाई विदाका क्रममा नेपालमै रोकिएका गोर्खाको बारेमा ध्यानाकर्षण गराएको हो । यता बेलायतमा कोभिड १९ संक्रमणबाट दुईजना नेपालीका मृत्यु भएपछि लण्डनस्थित नेपाली दूतावासले विदाको दिनसहित चौविसै घण्टा नेपाली समुदायको सेवामा दूतवास […]

मनास्लु पदमार्गबाट २२ पर्यटकको उद्धार

१४ चैत, गोरखा । लकडाउन भएसँगै गोरखाको मनास्लु पदमार्गमा अलपत्र परेका पर्यटकको उद्धार सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म २२ जनाको उद्धार भइसकेको छ । अर्जेन्टिनाका ५, अष्ट्रेलिया, जर्मनी, क्यानडा र कोरियाका ३/३ जना नागरिकको उद्धार भएको कार्यालयका प्रशासकीय अधिकृत हर्क रोकाले बताए । उनका अनुसार डेनमार्कका २, फ्रान्सका १ र अन्य […]

वीरगञ्जबाट कालोबजारी र लकडाउन अवज्ञा गर्ने पक्राउ

१४ चैत, वीरगञ्ज । लकडाउनको मौका छोपी कालोबजारी गरेकाे आरोपमा वीरगञ्जको छपकैयाबाट प्रहरीले  एक जनालाई पक्राउ गरेको छ । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलन नदिन आव्हान गरिएको लकडाउनको मौका छोपेर  कालोबजारी गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–१ छपकैयाका ५० वर्षीय जगनारायण पटेल पक्राउ परेका हुन् । कालोबजारी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय पर्साबाट खटिएको टोलीले बिहीबार बेलुका […]

ट्रम्पको बोली फेरियो, सीलाई ‘उच्च सम्मान’

१४ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङबीच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्तापछि यसअघि कोरोना भाइरसलाई ‘चाइनिज भाइरस’ भन्दै आएका ट्रम्पको बोली फेरिएको छ । अमेरिकी समयअनुसार बिहीबार बेलुका भएको फोन वार्तामा राष्ट्रपति ट्रम्प र राष्ट्रपति सीबीच कोरोना भाइरस महामारी नियन्त्रणबारे कुराकानी भएको थियो । वार्तापछि अमेरिकी राष्ट्रपति […]

कोरोनाको आर्थिक असर र सरकारलाई सुझाव

नेपालमा कोभिड १९ (कोरोना भाइरस) को असर जनस्वास्थ्यमा भन्दा पहिला नै अर्थतन्त्रमा परिसकेको छ । नेपालमा कोरोनाले महामारीकै रूप नलिइसकेको भए पनि सम्भाव्य महामारीलाई रोक्न लिइएको रोकथामका उपायहरूले गर्दा आगामी दिनमा अर्थतन्त्रमा पर्ने दबाब अझ बढेर जाने निश्चित छ । कोरोना महामारी सन्दर्भमा प्राथमिक चासो जनस्वास्थ्यको नै हो र स्वास्थ्यमा हुने सम्भावित असरलाई न्यूनीकरण गर्नमा […]

कोरोना उपचारका लागि वीएण्डसी अस्पताल सरकारलाई दिने घोषणा

१४ चैत, काठमाडौं । झापाको बिर्तामोडमा रहेको वीएण्डसी अस्पताल सरकारलाई दिने सञ्चालक दुर्गा प्रसाईंले घोषणा गरेका छन् । विश्वव्यापी रुपमा कोरोना (कोभिड–१९) भाइरसको महामारी फैलिरहेका वेला उपचारका लागि सरकारलाई अस्पताल सुम्पने उनले घोषणा गरेका हुन् । ‘हामीसँग एक सय वटा आईसीयू, २५ वटा भ्याडिलेटर, एक सय ५ जना डाक्टर, नर्ससहित गरी ९ सय जना कर्मचारी […]

टेकु अस्पतालले भेटेन आईसीयू र भेन्टिलेटर सञ्चालन गर्ने विशेषज्ञ

१४ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) उपचारका लागि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले माग गरेको कन्सल्टेण्ट एनेस्थेसियोलोजिस्ट पदमा शून्य आवेदन परेको छ । यद्यपि, अन्य ३ पद मेडिकल अधिकृत, नर्सिङ अधिकृत र स्टाफ नर्समा भने माग गरिएभन्दा बढी आवेदन परेका छन् । सरुवा रोग केन्द्रले कोरोना भाइरसका संक्रमितको उपचारका लागि चैत ९ […]

गोलकिपर विशालको लकडाउन अनुभव : घरमै वर्कआउट गर्ने, भिडियो हेर्ने

१४ चैत, काठमाडौं । कोरोना, कोरोना, कोरोना । अहिले यो जति उच्चारण हुने शब्द अर्को छैन होला । सारा विश्व नै कोरोना भाइरस कोभिड १९ को महामारीमा फसेको छ । लाखौंमा यसको संक्रमण भइसकेको छ भने हजारौंको मृत्यु भइसकेको छ । कुनै क्षेत्र छैन जहाँ कोरोनाको असर नपरेको होस् । यसले न कुनै जाति वर्ग भन्छ न धनी […]

सालकबाट कोरोना भाइरस सरेको आशंका

१४ चैत, काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) सालकबाट मानिसमा सरेको आशंका गरिएको छ। वैज्ञानिकहरुले गरेको अनुसन्धानमा तस्करी गरिएका सालकमा अहिले विश्वभर महामारी फैलिएको भाइरस जस्तै फेला परेपछि यो तथ्य बाहिर आएको हो । वैज्ञानिकहरुले भविष्यमा आउनसक्ने यस किसिमको महामारीबाट बच्न जंगली जनावरको बजारमा कडाइका साथ रोक लगाउनुपर्ने बताएका छन् । सालक सबैभन्दा […]

बैंकको ब्याजमा तत्कालै छुट नपाइने

१४ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को असरका कारण निजी क्षेत्रले माग्दै आएको ब्याजदर सहुलियत तत्कालै उपलब्ध नहुने भएको छ । कोरोनाले उद्योग-व्यवसाय धरासायी हुने खतरा बढेको भन्दै निजी क्षेत्रले ब्याजदर सहुलियत माग्दै आएका थिए । यसका लागि तत्कालै कदम नचालिने नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार कोरोना प्रभावितहरुका लागि भने […]

प्रधानमन्त्रीलाई सम्भवतः साँझसम्ममा डिस्चार्ज गर्छौं : चिकित्सक

१४ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । मुटुको चासमा समस्या देखिएपछि ओलीलाई बिहीबार साँझ साढे ११ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्जमा भर्ना गरिएको थियो । अस्पतालका डा. अरुण सायमीका अनुसार सम्भवतः उनलाई शुक्रबार साँझसम्ममै डिस्चार्ज गरिनेछ । ‘हिजो मुटुको चालमा गडबडी भएर अस्पताल […]

विदेशबाट फर्किने काठमाडौंवासीको महानगरले अभिलेख राख्ने

१४ चैत, काठमाडौं । आगामी १८ गते पछि विदेशबाट फर्किने काठमाडौंका सबै नागरिकको काठमाडौं महानगरपालिकाले अभिलेख राख्ने भएको छ । महानगरले सबै वडा कार्यालयहरुलाई परिपत्र गर्दै विदेशबाट काडमाढौं फर्कनेहरुको अभिलेख राख्न भनेको हो । कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउन गरेपछि केही असहज बनेको नगरवासीको जीवनयापनलाई सकेसम्म सहज बनाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यको […]

कान्तिपुर दैनिकसहित कान्तिपुर पब्लिकेसनका सबै पत्रपत्रिका बन्द

१४ चैत, काठमाडौं । कोरोनाको विश्वप्यापी प्रभावका कारण लकडाउनको स्थिति आएपछि राष्ट्रिय दैनिक पत्रिकाको मुद्रण शनिबारदेखि केही दिनका लागि बन्द हुने भएको छ । कान्तिपुरसँगै काठमाडौं पोष्ट, नेपाल साप्ताहिक, नारी र साप्ताहिक पनि केही दिन नछापिने कान्तिपुरका पब्लिकेसनका प्रकाशकले जनाएका छन् । कोरोनाको जोखिमसँगै प्रिन्ट मिडियामा संकट आउन थालेको छ । यसअघि नै साप्ताहिकरुपमा प्रकाशित […]



from समाचार – Online Khabar https://ift.tt/33P8qAH
via IFTTT
Powered by Blogger.