Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

१७ अनलाइन बन्द गराउने काउन्सिलको निर्णयप्रति आपत्ति

१८ चैत, काठमाडौं । नेपाल प्रेस काउन्सिलको आग्रहमा १७ वटा अनलाइन सञ्चार माध्यम नेपालभित्र प्रकाशन/प्रशारण हुन नसक्ने बनाएकाेमा अनलाइन पत्रकार संघले आपत्ति जनाएको छ । केही अनलाइन संचार माध्यमले ‘हुँदै नभएका कथा बुनेर, अनुमानका भरमा र पुष्टि नै नभएका तथा समाजलाई आतंकित र उत्तेजित पार्ने खालका समाचार दिने गरेको पाइएको’ भन्दै प्रेस काउन्सिलले ती  संचार […]

ज्वरोका बिरामीदेखि तर्सिन थाले एम्बुलेन्स चालक

१८ चैत, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–४ धावाका ३८ बर्षका रामबहादुर सिंखडालाई सोमबार एक्कासी श्वासप्रश्वासमा समस्या भयो । बेला बेला खोकीले पनि सताउन थालेपछि उनले स्वास्थ्यकर्मीलाई फोन गरे । उनी केही दिनअघि मात्रै भारतबाट फर्किएका हुन् । ‘ज्वरो छ कि छैन,’ स्वास्थ्यकर्मीले सोधे । केही दिन अघि ज्वरो आएको कुरा सिंखडाले जानकारी गराए । […]

वीर अस्पतालमा मृत्यु भएका पुरुषको नतिजा नेगेटिभ

१८ चैत, काठमाडौं । सोमबार वीर अस्पतालमा  मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण नभएको पुस्टि भएको छ । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्‍त उनको नमुना परीक्षणको नतिजा नेगेटिभ आएको वीर अस्पतालका डा. विद्यानिधि पौडेलले जानकारी दिए । ज्वरो आएका कारण सोमबार विहान उपचारका लागि अस्पताल आएका अन्दाजी ५० वर्षका ती व्यक्तिको सोमबार दिउँसो मृत्यु भएको […]

‘राष्ट्रिय संकटका बेला रक्सी नपिए हुन्न ?’

१८ चैत, काठमाडौं । विदेशबाट आयात हुने मदिरा रोक्दा एक वर्षमा मुलुकको डेढ अर्ब रुपैयाँ बचत हुने भन्सार विभागले दाबी गरेको छ । नेपालले एक आर्थिक वर्षमा विभिन्न ब्राण्डका झण्डै एक अर्ब ५० करोड रुैपैयाँ बराबरको मदिराजन्य पदार्थ आयात गर्ने गरेको भन्सार विभागका महानिर्देशक सुमन दाहालले अनलाइनखबरलाई बताए । ‘भन्सारको तथ्यांक अनुसार मदिराको आयात हरेक […]

कोरोना संकटः जनप्रतिनिधि र कर्मचारीको तलब ६० प्रतिशत कटौती गर्ने महाराष्ट्र सरकारको घोषणा

१८ चैत, काठमाडौं । भारतको महाराष्ट्र सरकारले जनप्रतिनिधि र कर्मचारीको तलब कटौती गर्ने घोषणा गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण राजस्व संकलनमा कमी आउने आशंकासँगै सरकारले यस्तो घोषणा गरेको हो । महाराष्ट्रमा अहिलेसम्म २२५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्, जसमध्ये १० जनाको मृत्यु भएको छ । सहायक मुख्यमन्त्री एवं वित्तमन्त्री अवित पवरले […]

पावर चाइनाले दियो ऊर्जा मन्त्रालयलाई ५ हजार मास्क

१८ चैत, काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिञ्चाई मन्त्रालयलाई चीनको पावर चाइना कम्पनीले पाँच हजार थान सर्जिकल मास्क उपलब्ध गराएको छ । पछिल्लो समय नेपालमा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गइरहेको समयमा पावर चाइनाले मंगलबार मन्त्रालयलाई उक्त मास्क उपलब्ध गराएको हो । पावर चाइनाका प्रतिनिधि ली हाइयुआनले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर ऊर्जा, जलश्रोत तथा […]

एनसेलले तिर्‍यो ४ अर्ब ६० करोड पुँजीगत लाभ कर

१८ चैत, काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो सेयर स्वामित्व खरिद बिक्री वापतको पुँजीगत लाभकर ४ अर्ब ६० करोड रुपैयाँ तिरेको छ । मंगलबार एनसेलले सो रकम तिरेको ठूला करदाता कार्यालय प्रमुख झलकराम अधिकारीले जानकारी दिए । कुल २२ अर्ब ४५ करोड रुपैयाँ पुँजीगत लाभ कर निर्धारण भएकामा एनसेलले यसअघि चार अर्ब ५० […]

सरकारलाई इन्टरनेट प्रदायकको प्रश्न : ५ प्रतिशत नाफामा २५ प्रतिशत छुट कसरी दिनू ?

१८ चैत, काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अवधिभर इन्टरनेटको शुल्क २५ प्रतिशत कम लिने गरी दूरसञ्चार सेवा प्रदायकलाई निर्देशन दिने निर्णय गरेको थियो । सरकारको सो निर्णयका आधारमा नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायक कम्पनीहरुलाई इन्टरनेटको शुल्क घटाउन निर्देशन दिँदैछ । तर, सरकारको निर्णयलाई चुनाैती दिँदै निजी सेवा प्रदायक कम्पनीहरुले सरकारले भनेजस्तो छुट दिन […]

प्रशासन कार्यालयमा सवारी पास लिन जाँदा ….

१८ चैत, काठमाडौं । काठमाडौंको जिल्ला प्रशासन कार्यालयमा लकडाउनमा सवारी साधन सञ्चालनका लागि पास लिन आउनेहरुको मंगलबार अस्वाभाविक भिड देखियो । अस्तव्यस्त पनि त्यस्तै । पहिलो चरणको लकडाउन अवधिभर सञ्चालन गर्न दिइएको पासको अवधि सकिएकाले पनि मंगलबार पास लिन आउनेहरुको भिड बढेको हो । तर, न्यूनतम सामाजिक दुरी कायम गराउने सवालमा भने प्रशासनले पहल गरेको […]

भारतमा कोरोना ‘फैलाउने’ धार्मिक सभामा सहभागी भएका थिए १९ नेपाली

१८ चैत, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) फैलाउन भूमिका खेलेको एक धार्मिकसभामा १९ जना नेपाली पनि सहभागी भएको खुलेको छ । मार्चको सुरुवातमा नयाँदिल्ली स्थित निजामुद्दीनमा मुस्लिम संस्था तबलीगी जमातको हेडक्वाटरमा  यो धार्मिक सभा भएको थियो । १ देखि १५ मार्चसम्म चलेको सभामा करिब आठ हजार सहभागी भएको त्यो सभामा विभिन्न देशका मानिसहरु पनि […]

वीरगञ्जको फितलो लकडाउन : सुरक्षाकर्मीलाई पेलेरै सडकमा !

१८ चैत, वीरगञ्ज । यतिबेला मुलुक दुईसाता लामो लकडाउनको क्रममा छ । नागरिक सुरक्षाको लागि सरकारले आह्वान गरेको लकडाउनलाई नागरिकले भने विभिन्न ठाउँखा खेलाँची गरेका प्रशस्तै उदाहरणहरु पाइन्छ । यही खेलाँचीबाट मुक्त छैन वीरगञ्ज पनि । भारतमा कोरोना भाइरसको महामारीले ज्यान जाने र संक्रमितको संख्या बढिरहँदा नेपालको सीमावर्ती शहरहरु पनि यसबारे सचेत हुनुपर्ने हो । तर, नेपाल […]

आर्थिक वृद्धिको लक्ष्यमा पुगिन्न, बजेट जेठ १५ मै आउँछ

मुलुक अप्ठ्यारो अवस्थामा छ । हामीमा आइपर्ने सबै समस्या हामी आफैँले सिर्जना गरेका हुँदैनन् । तर, अरुले सिर्जना गरेको समस्या पनि हामीले भोग्नुपर्ने हुन्छ । कोरोना सङ्क्रमणको जोखिम पनि त्यस्तै भोगाइ हो । यो भोगाइ सरकारको कारणले उत्पन्न भएको समस्या नभएकाले यो सबै नेपालीको साझा स्वास्थ्य र जीवनसँगको विषय भएकाले के राजनीतिक दल, के प्रतिपक्ष, […]

नेपालमा अलपत्र चिनियाँ लैजान बुधबार एयर चाइना आउँदै

१८ चैत, काठमाडौं । नेपालमा रहेका चिनियाँ नागरिकलाई स्वदेश लैजान बुधबार एयर चाइनाको जहाज काठमाडौं आउने भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार १ अप्रिल पौने १२ बजे काठमाडौंबाट उड्नेगरी एयर चाइनाको जहाज काठमाडौं आउन लागेको हो । बोर्डले नेपालमा रहेका र घर फर्कन चाहने चिनियाँ पर्यटकलाई आफ्नो मुलुकको दूतावासमा सम्पर्क गर्ने समेत आग्रह गरेको […]

करिव ३ सय अमेरिकी नागरिक बोकेर उड्यो कतार एयरवेज

१८ चैत, काठमाडौं । नेपालमा रहेका करिव ३ सय नागरिक अमेरिकी नागरिक बोकेर कतार एयरवेजको जहाज त्रिभुवन विमानस्थलबाट उडेको छ । यो जहाज कतारको दोहा हुँदै अमेरिका लाग्ने छ । नेपालमा लकडाउन लम्बिएपछि यहाँ फसेका नागरिकलाई मुलुकहरुले धमाधम फिर्ता लगिरहेका छन् । नेपाल पर्यटन बोर्डले सोमबार नेपालका विभिन्न स्थानबाट अमेरिकी नागरिकहरुलाइ काठमाडौंमा जुटाएको थियो । […]

जब मानसिक रोगीले प्रहरीलाई चक्कु हाने… 

१९ चैत, भक्तपुर । भक्तपुरको सूर्यविनायकमा कखटिएका एक प्रहरी हवल्दारमाथि मानसिक समस्या भएका व्यक्तिले चक्कु प्रहार गरेका छन् । रामेछापको दोरम्बा–५ घर भई सूर्यविनायकमा बस्दै आएका २८ वर्षीय नवीन तामाङले चक्कु प्रहार गरेका हुन् । महानगरीय प्रहरी वृत्त, जगातीका प्रमुख डीएसपी चक्रराज जोशीका अनुसार मंगलबार बिहान साढे ६ बजे तामाङ चक्कु बोकेर चोकमा निस्किएका थिए […]

भारतको व्यवहारप्रति नेपाल असन्तुष्ट, सीमामा क्वारेन्टाइन बनाउने प्रस्ताव

१८ चैत, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भित्रिन नदिन चैत १० बाट अन्तरर्राष्ट्रिय सीमा नाकाबाट आवागमन पूर्ण रुपमा बन्द गरेको छ । तर नेपालीहरु आउने क्रम रोकिएको छैन । सुरुमा सूचना नपाएर बाटोमा अलपत्र परेका भन्दै भारतीय सुरक्षाकर्मीहरुले नेपालीलाई दशगजा क्षेत्रमा ल्याएर छाडे । सरकारले पनि अलपत्र परेका आफ्नै नागरिक हुन् भनेर […]

महामारीमा फोहोर व्यवस्थापन कसरी गर्ने ?

अहिले देश कोभिड १९ बाट बच्नका लागि सम्पूर्ण शक्ति परिचालन गर्दैछ । कुन बस्ती सुरक्षित छ र कुन असुरक्षित, यकिन भन्न सकिने अवस्था छैन । यो लेखमा चाहिँ महामारी नियन्त्रणमा अहम् भूमिका खेल्ने सरसफाइका बारेमा केही चर्चा गर्ने प्रयास गरिएको छ । कोभिड १९ का बिरामीबाट उत्पन्न फोहोर कसरी व्यवस्थापन गर्ने र ढल निकास कसरी […]

भारतका वृद्ध दम्पतिले जिते कोरोनालाई, डाक्टर भन्छन्– आश्चर्य भयो

१८ चैत, काठमाडौं । जानकारहरु भन्छन्, कोरोना भाइरस संक्रमणले वृद्धवृद्धा बढी जोखिममा हुन्छन् । अझ अन्य कुनै दीर्घ रोग छ भने त झन् कोरोना लाग्यो भने बाँच्नै मुस्किल हुन्छ भन्ने पनि गरिन्छ । तर भारतमा भने ९३ र ८८ वर्षे दुई व्यक्तिले कोरोनालाई हराउन सफल भएका छन् । कोरोना भाइरसबाट संक्रमित केरलाका ९३ वर्षीय थोमस […]

‘घरभाडा मिनाहा गर्न अनुरोध हैन, निर्देशन देऊ’

१८ चैत, काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद बैठकले शहरी क्षेत्रमा रहेका श्रमिक र साना व्यवसायीहरूलाई एक महिनाको घर भाडा मिनाहा गर्न सम्बन्धित घरधनीलाई आग्रह गर्‍यो । तर, अधिकांश घरबेटीहरुले भने सरकारको आग्रहलाई स्वीकार्ने छाँटकाँट देखाएका छैनन् । बरु कतिपय घरबेटीले कोरोना सर्छ भन्दै भाडावाललाई कोठामा नबस्न दबाव दिन थालेका छन् । दैनिक ज्यालादारीमा काम गने […]

लकडाउन अनुभव : वुहानदेखि खरिपाटी हुँदै जलेश्वरसम्म

१८ चैत, काठमाडौं । कोरोनाको उद्गमस्थल चीन । चीनको पनि इपिसेन्टर वुहान । चीनको हुवेई प्रान्तमा पर्ने एक करोड १० लाख जनसंख्या रहेको यो शहर अहिले कोरोना भाइरसलाई जितेर फेरि तंग्रिँदै छ । गत डिसेम्बरमा वुहानमा कोरोनाको संक्रमण देखिन थाल्दा कसैले कल्पना गरेको थिएन कि यसले विश्व महामारीको रुप लिन्छ भनेर । संक्रमण तीव्र बनेपछि […]

काभ्रेमा लकडाउन उल्लंघन गर्ने १०८ जना पक्राउ

१८ चैत, काठमाडौैं । लकडाउन उल्लंघन गरेको आरोपमा काभ्रेबाट प्रहरीले १०८ जना नियन्त्रणमा लिएको छ । विना काम सडकमा निस्किएपछि उनीरुलाई जिल्लाका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । काभ्रेपालञ्चोकका प्रहरी प्रमुख एसपी रविकुमार पौडेलका अनुसार मंगलबार दिउँसोसम्म ४२३ वटा मोटरसाइकल र अन्य सवारी साधन ३२ वटा नियन्त्रणमा परेका छन् । नियन्त्रणमा लिइएका व्यक्तिलाई सामाजिक दूरी […]



from समाचार – Online Khabar https://ift.tt/33XPKip
via IFTTT
Powered by Blogger.