Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

नेपालमा अलपत्र चिनियाँ लैजान बुधबार एयर चाइना आउँदै

१८ चैत, काठमाडौं । नेपालमा रहेका चिनियाँ नागरिकलाई स्वदेश लैजान बुधबार एयर चाइनाको जहाज काठमाडौं आउने भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार १ अप्रिल पौने १२ बजे काठमाडौंबाट उड्ने गरि एयर चाइनाको जहाज काठमाडौं आउन लागेको हो । बोर्डले नेपालमा रहेका र घर फर्कन चाहने चाइनिज पर्यटकलाई आफ्नो मुलुकको दूतावासमा सम्पर्क गर्ने समेत आग्रह […]

करिव ३ सय अमेरिकी नागरिक बोकेर उड्यो कतार एयरवेज

१८ चैत, काठमाडौं । नेपालमा रहेका करिव ३ सय नागरिक अमेरिकी नागरिक बोकेर कतार एयरवेजको जहाज त्रिभुवन विमानस्थलबाट उडेको छ । यो जहाज कतारको दोहा हुँदै अमेरिका लाग्ने छ । नेपालमा लकडाउन लम्बिएपछि यहाँ फसेका नागरिकलाई मुलुकहरुले धमाधम फिर्ता लगिरहेका छन् । नेपाल पर्यटन बोर्डले सोमबार नेपालका विभिन्न स्थानबाट अमेरिकी नागरिकहरुलाइ काठमाडौंमा जुटाएको थियो । […]

जब मानसिक रोगीले प्रहरीलाई चक्कु हाने… 

१९ चैत, भक्तपुर । भक्तपुरको सूर्यविनायकमा कखटिएका एक प्रहरी हवल्दारमाथि मानसिक समस्या भएका व्यक्तिले चक्कु प्रहार गरेका छन् । रामेछापको दोरम्बा–५ घर भई सूर्यविनायकमा बस्दै आएका २८ वर्षीय नवीन तामाङले चक्कु प्रहार गरेका हुन् । महानगरीय प्रहरी वृत्त, जगातीका प्रमुख डीएसपी चक्रराज जोशीका अनुसार मंगलबार बिहान साढे ६ बजे तामाङ चक्कु बोकेर चोकमा निस्किएका थिए […]

भारतका वृद्ध दम्पतिले जिते कोरोनालाई, डाक्टर भन्छन्– आश्चर्य भयो

१८ चैत, काठमाडौं । जानकारहरु भन्छन्, कोरोना भाइरस संक्रमणले वृद्धवृद्धा बढी जोखिममा हुन्छन् । अझ अन्य कुनै दीर्घ रोग छ भने त झन् कोरोना लाग्यो भने बाँच्नै मुस्किल हुन्छ भन्ने पनि गरिन्छ । तर भारतमा भने ९३ र ८८ वर्षे दुई व्यक्तिले कोरोनालाई हराउन सफल भएका छन् । कोरोना भाइरसबाट संक्रमित केरलाका ९३ वर्षीय थोमस […]

काभ्रेमा लकडाउन उल्लंघन गर्ने १०८ जना पक्राउ

१८ चैत, काठमाडौैं । लकडाउन उल्लंघन गरेको आरोपमा काभ्रेबाट प्रहरीले १०८ जना नियन्त्रणमा लिएको छ । विना काम सडकमा निस्किएपछि उनीरुलाई जिल्लाका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । काभ्रेपालञ्चोकका प्रहरी प्रमुख एसपी रविकुमार पौडेलका अनुसार मंगलबार दिउँसोसम्म ४२३ वटा मोटरसाइकल र अन्य सवारी साधन ३२ वटा नियन्त्रणमा परेका छन् । नियन्त्रणमा लिइएका व्यक्तिलाई सामाजिक दूरी […]

प्रदेश २ सरकारको राहत : सार्वजनिक पदमा नभएकाले मात्र पाउने

१८ चैत, जनकपुरधाम । प्रदेश २ सरकारले घोषणा गरेको राहत राजनीतिक, प्रशासनिक र सार्वजनिक पदमा भएकाहरुले नपाउने भएका छन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले गरेको लकडाउनबाट प्रभावित भएकाहरुलाई प्रदेश सरकारले दिने भनेको राहत वितरणमा नयाँ मापदण्ड बनेको हो । जस अनुसार वास्तविक समस्यामा परेका बाहेक अरुलाई राहत नदिन लागिएको हो । प्रदेश […]

बेलायत सरकारले पनि आफ्ना नागरिकलाई नेपालबाट फिर्ता लैजाने

१८ चैत, काठमाडौं । बेलायत सरकारले नेपालमा रहेका बेलायती नागरिकलाई फिर्ता लैजाने भएको छ । यसका लागि वायुसेवा कम्पनीसँग कुरा भइरहेको नेपालका लागि बेलायती राजदूत निकोला पोलितले जानकारी दिइन् । संसारभर रहेका लाखौं बेलायती नागरिकलाई उनीहरुको घरसम्म पुर्‍याउने दायित्व सरकारले पूरा गर्ने भन्दै उनले नेपालबाट पनि उपयुक्त समयमा आफ्नो नागरिकलाई घर फिर्ता लैजाने बताइन् । […]

भारततर्फ गएका ट्याङ्कर रक्सौल नाकामा रोकिए

१८ चैत, वीरगञ्ज । वीरगञ्ज–रक्सौल नाकामा पेट्रोलियम पदार्थ लिन गएका ट्याङ्कर रोकिएका छन् । अत्यावश्यक वस्तु आयात निर्यातमा कुनै अवरोध नगर्ने भनिए तापनि भारतीय पक्षले मंगलबार पेट्रोलियम पदार्थ लिनका लागि रक्सौल जान लागेका ट्याङ्कर रोकेको हो । वीरगञ्ज रक्सौल नाकामा मंगलबार बिहान साढे ९ बजेदेखि नै ट्याङ्कर लाइनमा लागेका थिए । रक्सौलबाट पेट्रोलियम पदार्थ ओसार्ने […]

वीरमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण नभएको पुष्टि

१८ चैत, काठमाडौं । वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण नभएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको वीरका डा. विद्यानिधि पौडेलले जानकारी दिए । चन्द्रगिरी नगपालिका, सतुंगलकी ३४ वर्षीया महिलालाई निमोनिया भएको भन्दै आइतबार अस्पताल लगिएको थियो । तर उपचारका क्रममा मृत्यु भएपछि […]

दुई करोड रुपैयाँ सरकारलाई फिर्ता गर्ने मानवअधिकार आयोगको निर्णय

१८ चैत, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो बजेटको दुई करोड रुपैयाँ सरकारलाई फिर्ता गर्ने भएको छ । आयोगले चालू आर्थिक वर्षकोे कार्यक्रम तथा बजेटबाट प्रशासनिक खर्च तथा अत्यावश्यक कार्यक्रमहरु बाहेक अन्य कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ । र, त्यसका लागि विनियोजित बजेट रकममध्ये दुई करोड सरकारलाई तत्कालै फिर्ता गर्ने निर्णय गरेको हो । […]

पाटन अस्पतालमा मृत्यु भएका विरामीमा कोरोना संक्रमण नभएको पुष्टि

१८ चैत, काठमाडौं । पाटन अस्पतालमा मृत्यु भएका युवकको मृत्यु कोरोना संक्रमणबाट नभएको पुष्टि भएको छ । सोमबार मृत्यु भएका धादिङका ती युवकको कोरोना संक्रमणसम्बन्धी परीक्षणको नतिजा मंगलबार प्राप्त भएको हो । उनको नतिजा नेगेटिभ आएको पाटन अस्पतालका निर्देशक विष्णु शर्माले जानकारी दिए ।

हवाई टिकटको पैसा २६ चैतपछि पुरै फिर्ता हुन्छ : वायुसेवा कम्पनी

१८ चैत, काठमाडौं । लकडाउन हुनुपूर्व हालको अवधिका लागि काटिसकेको टिकटको पैसा पुरै फिर्ता हुने आन्तरिक वायुसेवा कम्पनीहरुले जानकारी गराएका छन् । सरकारले यसअघि १८ चैतसम्मका लागि मात्र लकडाउन घोषणा गरेका थियो । त्यसपछि यातायात सुचारु हुने आशासहित वायुसेवा कम्पनीका टिकट भने बिक्रि भएका थिए । तर, आइतबार सरकारले लकडाउनको अवधि बढाएर २५ चैत मध्यरातसम्म […]

विदेशबाट फर्किनेको जानकारी दिनेलाई पुरस्कार !

१८ चैत,  सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले गाउँमा विदेशबाट फर्किनेको जानकारी दिनेलाई ५ हजार रुपैयाँ पुरस्कार घोषणा गरेको छ । टोलटोलमा माइकिङ गरेर गाउँपालिकाले वैदेशिक रोजगारीबाट आएकाको जानकारी दिने व्यक्तिलाई ५ हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ । वैदेशिक रोजगारीबाट आएका पाँच जनालाई गाउँपालिकाको स्वास्थ्यकर्मीको निगरानीमा सेल्फ होम क्यारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष […]

अब पोखरामा पनि कोरोना भाइरस परीक्षण  हुने

१८ चैत, चिप्लेढुङ्गा । कोरोना भाइरस लागे नलागेको थाहा पाउन पीसीआर मेसिन अन्ततः पोखरा आइपुगेको छ । बिरामीको स्वाब परीक्षण गर्ने पीसीआर मेसिनसहितको अन्य आवश्यक स्वास्थ्य सामग्री बोकेको हेलिकप्टर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको परिसरमा अवतरण गरेको छ । हेलिकप्टर अवतरण गरेसँगै मेसिन कहाँ राख्ने भन्ने विषयमा देखिएको विवाद पनि अब टुङ्गिएको छ । प्रदेश सकारको टोली […]

रौतहटमा १०६ जना क्वारेन्टाइनमा

१८ चैत, रौतहट । रौतहटको विभिन्न स्थानमा स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्नेको संख्या एक सय नाघेको छ । हाल क्वारेन्टाइनमा १०६ जना बसेका छन् । भारत लगायत अन्य मुलुकबाट फर्किएका १०६ जनालाई क्वारेन्टाइनमा राखिएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । भारत लगायत अन्य मुलुकबाट रौतहट भित्रिएका कुल ६० हजार ६७४ जनाको स्वास्थ्य  […]

खाना पकायो, किताब पढ्यो, फोनमै झुण्डियो !

१८ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन गरिएको आठौं दिन बितिसक्यो । दिनभर व्यक्तिगत तथा कार्यालयीय काममा व्यस्त हुनेहरु सबै घरमा थुनिएका छन् । अरुबेलामा एकछिन पनि फुर्सद नहुने उद्योगी व्यवसायीहरु पनि यतिबेला फुर्सदिला बनेका छन् । ठूला उद्योगी व्यवसायीले लकडाउनको समयमा कसरी बिताउँदैछन् त दैनिकी ? उद्योग व्यवसाय क्षेत्रको उच्च पदमा […]

रामेछाप जिप दुर्घटना : उपचारको क्रममा दुई जनाको मृत्यु

१८ चैत, काठमामडौं । रामेछापको खाँडादेवी- १ राकाथुममा मंगलबार बिहान भएको जिप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी बिक्रमकुमार थापाका अनुसार दुर्घटनामा घाइते भएका दोरम्बा गाउँपालिका-३ का ४० वर्षीय गोपीलाल पहरी र सोही गाउँपालिका वडा नम्बर-२ की २५ वर्षीया संगिता पहरीको उपचारको क्रममा मृत्यु भएको […]

रसुवागढी नाका खोल्ने निर्णयप्रति वडाध्यक्षको आपत्ति

१८ चैत, काठमाडौं । रसुवाको गोसाइकुण्ड गाउँपालिकाको दुई नम्बर वडा कार्यालयले रसुवागढी नाका खोल्ने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको गत बुधबार बसेको बैठकले समान आयात निर्यातका लागि उक्त नाका खोल्ने निर्णय गरेको थियो । कोरोनाको महामारी नरोकिएसम्म रसुवागढी नाका तथा वडाक्षेत्रमा आवतजावत गर्न नदिने भन्दै गोसाइकुण्ड गाउँपालिका दुई […]

अति आवश्यक पर्नेलाई घुम्ती सेवामार्फत् ग्यास बेच्दै निगम

१८ चैत, काठमाडौं । नेपाल आयल निगमले लकडाउनको समयमा खाना पकाउने एलपी ग्यास नपाएका सामान्य उपभोक्तालाई घुम्ती सेवा मार्फत ग्यास वितरण गर्नै भएको छ। मंगलबारदेखि लकडाउनको अवधिभरका लागि निगमले साधारण उपभोक्ताबाट ग्यास प्राप्त गर्न नसकेको भन्ने गुनासो सम्बोधनका लागि तोकिएको खुद्रा मूल्य लिई घुम्ती एलपी ग्यास बिक्रीवितरणको सुरूआत गरिएको जनाएको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार […]

२०७७ सालमा कहिले–कहिले पर्‍यो सार्वजनिक विदा ?

१८ चैत, काठमाडौं । सरकारले २०७७ सालका सार्वजनिक विदाहरुको सूची सार्वजनिक गरेको छ । सो सूचीअनुसार २०७७ सालमा दशैंको टीका कात्तिक १० गते र भाइटीका मंसिर १ गते परेका छन् । सरकारले २०७७ सालको सार्वजनिक विदाहरुको सूची नेपाल राजपत्रमा प्रकाशित गरिसकेको छ । २०७७ सालको वर्षभर ५२ वटा शनिबार परेका छन् । शनिबार देशभरका नेपालीहरुले […]

भारतमा एकैदिनमा थपिए २२७ नयाँ संक्रमित

१८ चैत, काठमाडौं । एक सातादेखि लकडाउनमा रहेको भारतमा दुई सय २७ नयाँ संक्रमित फेला परेका छन् । यो भारतमा कोरोना संक्रमण देखिपछि एकैदिन भेटिएको सबैभन्दा धेरै संक्रमितको संख्या हो । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार दिल्लीमा मात्र २५ नयाँ संक्रमित फेला परेका छन् । यससँगै भारतमा संक्रमितको संख्या पनि एक हजार दुई सय ५१ […]



from समाचार – Online Khabar https://ift.tt/2URpD8v
via IFTTT
Powered by Blogger.