Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रदेश ५ का १९० स्थानमा क्वारेन्टाइन, २३ सय बेड तयार

१६ चैत, बुटवल । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि प्रदेश ५ मा एक सय ९० ठाउँमा क्वारेन्टाइन बनाइएको छ । प्रदेशका १२ वटै जिल्ला र सबैजसो स्थानीय तहमा गरी दुई हजार तीन सय बेड तयार भएका छन् । सबैभन्दा धेरै क्वारेन्टाइन बेड रूपन्देहीमा छन् । यहाँका १६ वटै पालिकामा ३ सय ५४ वटा […]

आइतबार बिहानै लकडाउन उल्लंघन गर्ने ६ सय जनालाई ‘होल्ड’   

१६ चैत, काठमाडौं । कोरोना भाइरसको जोखिम बढेपछि अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन सरकारले जारी गरेको आदेश उल्लंघन गर्ने ६ सय भन्दा बढीलाई आइतबार बिहानै प्रहरीले ‘होल्ड’ गरेर सचेतना कक्षा दिएको छ । पक्राउ गरेर राख्दा झन् जोखिम बढ्ने भएकाले शनिबारदेखि प्रहरीले उल्लंघनकर्तालाई जहाँ भेटिन्छ त्यहाँ केही घण्टा होल्ड (रोकेर राख्ने) र सचेतना दिएर जहाँबाट आएको […]

भारतमा संक्रमितको संख्या एक हजार नाघ्यो

१६ चैत, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या एक हजार जना भन्दा बढी पुगेको छ । त्यस्तै मृत्यु हुनेको मानिसको संख्या पनि २४ पुगेको छ । कोभिड १९ इन्डिया डट ओआरजीका अनुसार भारतमा समग्र संक्रमितको संख्या एक हजार २९ पुगेको छ । भारतमा शनिबार भाइरसको कारण थप चार जनाको मृत्यु भएको छ […]

लकडाउनको मौका छोपी कालोबजारी गर्ने पक्राउ

१६ चैत, धनुषा । मास्क र पञ्जा कालोबजारी गरेको आरोपमा प्रहरीले जनकपुरबाट शनिबार एक जनालाई नियन्त्रणमा लिएको छ । बजार अनुगमनका क्रममा बढी मूल्य लिएर मास्क र पञ्जा बिक्री गरिरहेको पाइएपछि कालोबजारी गर्ने एक व्यवसायीलाई प्रहरीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनाएअनुसार पक्राउ पर्नेमा जनकपुरधाम–४ का ३६ […]

चीनमा ४५ जना नयाँ संक्रमित भेटिए, थप पाँच जनाको मृत्यु

१६ चैत, काठमाडौं । चीनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित ४५ जना नयाँ विरामी फेला परेका छन् । सामाचार एजेन्सी रोयटर्सका अनुसार यो अघिल्लो दिनको तुलनामा भने कम हो । २७ मार्चमा ५४ जना नयाँ संक्रमित फेला परेका थिए । आइतबार चिनियाँ स्वास्थ्य अधिकारीहरुले भनेअनुसार नयाँ संक्रमितहरुमध्ये एक जना विदेशबाट आएका व्यक्ति हुन् । […]

महासंघको प्रश्न– कुखुरा फार्ममा दाना पुर्‍याउने, गाईबारे नसोच्ने ?

१६ चैत, काठमाडौं । लकडाउनका बेला राष्ट्रिय जनावर गाईको आहारको उचित प्रबन्ध मिलाउन विश्व हिन्दू महासंघ नेपाल केन्द्रीय समितिले सरकारसँग माग गरेको छ । महासंघले शनिबार प्रेस विज्ञप्ति प्रकाशित गरी मुलुकभर विशेषगरी उपत्यकाभित्र रहेका गाई फार्ममा भुसा, दानालगायत खाद्य पदार्थको अभाव रहेको उल्लेख गर्दै तिनको सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो । छिट्टै […]

न्यूयोर्कलाई क्वारेन्टाइनमा राख्ने योजनाबाट पछि हटे ट्रम्प

१६ चैत, काठमाडौं । न्यूयोर्कलाई क्वारेन्टाइनमा राख्ने योजनाबाट ट्रम्प प्रशासन पछि हटेको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि न्यूयोर्कलाई क्वारेन्टाइनमा राख्ने योजनाबारे विचार गरिरहेको बताएका थिए । आइतबार विहान ट्वीट गर्दै ट्रम्पले न्यूयोर्कलाई क्वारेन्टाइनमा राख्न आवश्यक नरहेको निष्कर्षमा ह्वाइट हाउस पुगेको बताएका छन् । ह्वाइटहाउस कोरोना भाइरस टास्क […]

नेपाल एयरलाइन्समार्फत् चीनबाट ल्याइयो स्वास्थ्य सामग्री

१६ चैत, काठमाडौं । कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री चीनबाट लिएर नेपाल एयरलाइन्सको हवाईजहाज काठमाडौं आइपुगेको छ । नेपाल एयरलाइन्सका अनुसार चीन गएको जहाज आइतबार बिहान साढे पाँच बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । कोरोना परीक्षण किट, स्वास्थ्यकर्मीहरुले सुरक्षाका लागि लगाउने विशेष प्रकारको पोशाक पीपीई लगायतका सामग्री लिएर वाइडबडी जहाज […]

कोरोनाविरुद्ध लड्न सर्वपक्षीय संयन्त्र बनाऔं : युवासंघ अध्यक्ष सापकोटा

१६ चैत, काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवासंघ नेपालले विदेशबाट फर्केकाहरूको तत्काल लगत संकलन गरेर क्वारेन्टाइनमा राख्न माग गरेको छ । साथै, उसले सर्वपक्षीय कार्यदल बनाएर कोरोना भाइरसविरुद्ध लड्न पनि सुझाएको छ । विदेशबाट फर्किएकाहरूबाट कोरोना संक्रमणको खतरा बढिरहेका बेला संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले ती सबैलाई सम्मानजनक ढंगले क्वारेन्टाइनमा […]

स्वास्थ्य सामग्री बोकेको जहाज चीनबाट काठमाडौं प्रस्थान

१६ चैत, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले दिएका स्वास्थ्य सामग्री बोकेको जहाज ग्वाङ्झाओबाट नेपाल प्रस्थान गरिसकेको जानकारी दिएकी छन् । चीनको सिचुवान प्रान्त सरकार,  सिचुवान लगानी समूह र चिनियाँ दूतावासले नेपाललाई दान दिएका स्वास्थ्य सामग्रीहरु बोकेर विमान काठमाडौं प्रस्थान गरेको राजदूत होउको भनाइ छ  । राजदूत होउले नेपाल ल्याउन लागिएका स्वास्थ्य […]

प्रदेश ५ मा एक सय ९० ठाउँमा क्वारेन्टाइन, २३ सय बेड

१५ चैत, बुटवल । कोभिड–१९ को संक्रमण रोकथामका लागि प्रदेश ५ मा एक सय ९० ठाउँमा क्वारेन्टाइन बनाइएको छ । प्रदेशका १२ वटै जिल्ला र सबैजसो स्थानीय तहमा दुई हजार तीन सय बेड तयार भएका छन् । सबैभन्दा धेरै क्वारेन्टाइन बेड रुपन्देहीमा छन् । रुपन्देहीमा १६ वटै स्थानीय तहमा तीन सय ५४ वटा क्वारेन्टाइन बेड […]

इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

१५ चैत, काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । इटालीको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्र आठ सय ८९ जनाले ज्यान गुमाएका हुन् । यससँगै इटलीमा कोरोनाबाट मृत्यु हुने मानिसको संख्या १० हजार २३ पुगेको छ । शनिबार इटालीमा थप पाँच हजारभन्दा […]

चीनतर्फको नाका सञ्चालनमा आउन समय लाग्ने

१५ चैत, काठमाडौं । कोरोनाका कारण बन्द भएको नेपाल-चीन व्यापारिक नाका सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ । सरकारले शुक्रबारदेखि रसुवागढी र तातोपानी नाका सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । शुक्रबार भन्सार विभागमा महानिर्देशक सुमन दाहालले रसुवागढी र तातोपानी नाका खुला भएको जानकारी दिएका थिए । माघ १५ देखि औपचारिक रुपमा नाका बन्द […]

खाद्यान्न उद्योगीले भने-५ दिनदेखि उद्योग बन्द छ, खोल्ने वातावरण बनाऊ

१५ चैत, काठमाडौं । उद्योगीहरुले ५ दिनदेखि खाद्य उद्योगमा उत्पादन र त्यसको ओसारपसार ठप्प भएको बताएका छन् । नेपाल चामल तेल दाल उद्योग संघले एक विज्ञप्ति जारी गरेर अत्यावश्यकीय खाद्यान्न उत्पादन र विक्री वितरणको उचित प्रवन्ध गर्न माग गरेको छ । संघले विभिन्न पाँच बुँदे माग अघि सारको छ । श्रमिक कर्मचारीहरुको मनोबल उच्च बनाउन […]

इटालीमा रहेका नेपाली भन्छन् : यहाँको जस्तो गल्ती नेपालमा नहोस्

१५ चैत, बार्सिलोना । अरुबेला पर्यटकहरुले भरिभराऊ हुने इटाली अहिले गम्भीर संकटसँग जुधिरहेको छ । दैनिक रुपमा केही सय मानिसले ज्यान गुमाइरहेका छन् । पर्यटकहरु व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने शहरहरुमा अहिले मानिसहरुको शव सम्हाल्न मुस्किल छ । त्यहाँका दृश्यहरु कारुणिक छन् । डेढ महिना अगाडिसम्म इटालीमा यस्तो अवस्था आउला भनेर कसैले पनि कल्पना गरेका थिएनन् […]

निर्यात योग्य नरहेको भन्दै तिब्बतमा रोकिए कोरोना परीक्षण गर्ने किट

१५ चैत,काठमाडौं । चीनको एक व्यापारिक कम्पनीले ‘अनुदान’मा दिएका करिब दुई हजार थान कोरोना टेस्टिङ (परीक्षण) किटसहितका सहायता सामग्री निर्यात योग्य नरहेको भन्दै तिब्बत सरकारले नेपाल पठाउन रोकेको छ । बेइजिङबाट पठाइएको चार दिनपछि शनिबार ल्हासा पुगेका सामग्री चीनको स्वास्थ्य विभागले जाँच गर्दा निर्यात गर्ने सूचीमा नरहेको भन्दै तिब्बतस्थित विदेश विभागको कार्यालयले रोकेको जानकारी प्राप्त […]

‘छोरीलाई हौसला दिने प्रयास गरिरहेको छु’

म १८ वर्षदेखि युरोपमा बस्दै आएको छु । मेरी श्रीमती, एक छोरा र एक छोरी पनि बेल्जियममै बस्छन् । जेठी छोरी भने पहिलेदेखि नै नेपालमा बस्दै आएकी छिन् । ११ कक्षा पढ्दै गरेकी उनलाई केही समय पहिला हामीले नै बेल्जियम घुम्न बोलाएका थियौं । तर, विशेष कारणले म १२ फागुनमै नेपाल आउनुपर्‍यो । उनी साढे […]

‘रोगले होइन, भोकले मरिने चिन्ता भयो !’

१५ चैत, काठमाडौं । ‘ए…ए… हाम्रो चाहिँ, फोटो नखिच्नुस है !’ शनिबार मध्याह्न थापाथलीस्थित सुकुम्बासी बस्तीमा पुग्नेबित्तिकै एक जनाले हामीलाई लक्षित गरेर भने । क्यामेरा खोल्न नपाउँदै गरिएको खबरदारीले हामी हच्कियौं । कोरोना (कोभिड १९) भाइरसको संक्रमणको डरले बस्तीमा प्रवेश नै दिँदैनन् कि भन्ने पनि लाग्यो । तर, एकैछिन भलाकुसारीपछि उनीहरू कुरा गर्न तयार भए […]

प्रदेश १ मा क्वारेन्टाइनस्थलको जिम्मा सेनालाई

१५ चैत, विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमणको जोखिममा रहेका व्यक्तिलाई राख्ने क्वारेन्टाइन व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ । आइतबार मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैठकले क्वारेन्टाइनस्थलको सम्पूर्ण व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको हो । त्यस्तै व्यक्तिलाई क्वारेन्टाइनस्थल र अस्पतालसम्म पुर्‍याउने जिम्मा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई दिएको छ । […]

आधा सिलिण्डर ग्यासको रहस्य

१५ चैत, काठमाडौं । नेपाल आयल निगमले बुधबार राति एकाएक ग्यास उद्योगहरुलाई निर्देशन दिँदै भन्यो, ‘अब १४.२ केजीको साटो ७.१ केजी मात्रै ग्यास भरेर बेच्नू ।’ केही दिनअघिसम्म मागेजति ग्यास दिने भनिरहेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको वचन तोड्दै जनता लकडाउनमा परेका बेला किन यो निर्णय भयो होला ? धेरैको मनमा यस्तो प्रश्न उब्जेको छ । […]

‘राहत प्याकेज ल्याउन ढिलो भइसक्यो’

अहिले कोरोना भाइरसको महामारीका कारण मुलुकमा संकट छाएको छ । सबै तहका सरकारहरुका दैनिक खर्चहरु खुम्चिएका छन् । स्थानीय तह, प्रदेश र संघ सरकार सबैले तलबमा बाहेक अन्य चालू आर्थिक वर्षको खर्च धेरै गर्नुपरेको छैन । अत्यावश्यकीय सेवामा मात्र खर्च भइरहेको छ । यही समयमा निजी क्षेत्रसहित आम जनता आत्तिएका छन् । स्रोतको खासै अभाव […]



from समाचार – Online Khabar https://ift.tt/2UInJHx
via IFTTT
Powered by Blogger.