समाचार
१५ चैत, काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड–१९) को कारण शुक्रबारमात्रै ९१९ जनाको मृत्यु भएको छ । यो दैनिक मृत्यु हुने संख्यामा अहिलेसम्मकै उच्च हो । मृतकमध्ये ६ सयजना बढी लोम्बार्डी क्षेत्रका हुन् । इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९ हजार १ सय ३४ पुगेको छ । जसमा ४४ जना डाक्टर पनि छन् […]
१४ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका नगर प्रमुख विजयकुमार सरावगीले प्रत्येक वडामा अत्यावश्यक खाद्यान्न, दुध, तरकारीको व्यवस्था मिलाउने दाबी गरेका छन् । उनले नगरबासीलाई घर बाहिर ननिस्कन आग्रह गर्दै अत्यावश्यक वस्तुको अभाव हुन नदिने बताएका हुन् । ‘लकडाउनको चौथो दिनसम्म आइपुग्दा धेरै नगरबासी सुरक्षा सतर्कताबिना बजारमा निस्किएको पाइयो, रमिता गरेको पाइएको छ । नगरबासीलाई आफ्नै […]
१४ चैत, बनियानी । भारतको चेन्नईमा अलपत्र १४ नेपाली तीर्थयात्रीको शुक्रबार उद्धार गरिएको छ । कोभिड–१९ को सङ्क्रमणका कारण भारतको चेन्नईस्थित नोलाम्बोमा अलपत्र उनीहरुको उद्धार गरिएको हो । ग्रेटर चेन्नई कर्पोरेशनका कमिशनर जी प्रकाश, निःशब्द सेवा चेन्नईका संस्थापक ई ए विश्वोनथन, डा नेहा मयुर, फुड बैंक भारतका संस्थापक स्नेहा मोहान्डोसलगायतसँगको सहयोग र सहकार्यमा उनीहरुको उद्धार […]
१४ चैत, काठमाडौं ।मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारस्थित सरकारी निवास फर्किएका छन् । बिहीबार राति ११:३० पछि मुटुकाे धड्कन बढ्ने समस्या देखिएपछि प्रधानमन्त्री ओली महाराजगञ्जस्थित मनमोहन कार्डियोभाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । करिब २० घण्टा अस्पतालमा रहेर उपचार गराएका उनी शुक्रबार बालुवाटार फर्किएको उनका प्रेस सल्लाहकार सूर्य […]
१४ चैत, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका अति विपन्न परिवारलाई घरमै पुगेर खाद्यान्न बाँडेको छ । लकडाउनका कारण विपन्न वर्गलाई छाक टार्न समस्या भएपछि नगरपालिकाले टोल विकास संस्थाहरुको सिफारिसमा शुक्रबारदेखि खाद्यान्न बाँड्न सुरु गरेको हो । शुक्रबार नगरपालिकाले वडा नम्बर ४ र ५ मा विपन्न परिवारलाई १० केजी […]
१४ चैत, काठमाडौं । सरकारले दैनिक उपभोग्य वस्तुहरुको उत्पादन, ढुवानी, वितरण र किनमेललाई अवरोध नगर्ने भएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको शुक्रबार बसेको बैठकले न्यूनतम आवागमन खुला गर्ने निर्णय गरेको हो । बैठकपछि अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले भने, ‘दैनिकी चलाउन आवश्यक वस्तुको उत्पादन, ढुवानी, वितरण र त्यसका ग्राहकहरुको आवागमनलाई नरोक्ने निर्णय भएको […]
१४ चैत, जनकपुरधाम । पसलमा खाना पकाउने ग्यास राखेर पनि बिक्री नगर्ने र नुनमा कालोबजारी गरेको आरोपमा जनकपुरधामबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सरकारले जारी गरेको लकडाउनको समयमा ग्यास राखेर पनि सेवाग्राहीलाई बिक्री नगर्ने र नुन प्रति किलो ३५ रुपैयाँका दरले बिक्री गर्नेलाई शुक्रबार पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा […]
१४ चैत, पोखरा । पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) माग्दामाग्दा स्वास्थ्यकर्मीहरु थाकिसके । कोरोना भाइरस (कोभिड १९) का संक्रमित भेटिन लाग्दा पनि पीपीई नपाएपछि स्वास्थ्यकर्मीहरु आफैँले जोहो गर्न लागेका छन् । पोखराका चरक अस्पतालका डाक्टर क्लारा पौडेलले पनि होममेड पीपीई बनाउन थालेकी छन् । त्यसलाई पोखराका अरु अस्पतालले पनि पछ्याएका छन् । पीपीई अभाव भएपछि आफैंले […]
१४ फागुन, काठमाडौं । ‘भेदभाव धेरै भो, तर हामी हाम्रो धर्म छोड्दैनौं ।’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्ष अगाडि रहेका चिकित्सकमध्ये एकले सुनाए, ‘हो, हामी अहिले कोरोना भाइरसविरुद्ध (कोभिड १९) युद्धको बोर्डर लाइनमा छौं । यसको मतलब हामी संक्रमित होइनौं । तर, अहिले घर, परिवार समाजले संक्रमितको जस्तो व्यवहार गर्न थालेका छन् ।’ […]
१४ चैत, काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई फैलिन नदिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जनालाई थुनामुक्त गरेको छ । अनुसन्धानको सिलसिलामा हिरासतमा लिइएकामध्ये कसुरका आधारमा आठ जनालाई छाडिएको हो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले अनुसन्धानको पूर्णता र कसुरको मात्रा हेरेर उनीहरुलाई छाडिएको अनलाइनखबरलाई जानकारी दिए । ‘हिरासतमा नराखी बाँकी […]
१४ चैत, सप्तरी । नेपाली काँग्रेसका युवा नेता रञ्जित कर्णले सप्तरी सदरमुकाम राजविराजस्थित आफ्नो घरलाई क्वारेन्टाइनका लागि दिने घोषणा गरेका छन् । राजविराज नगरपालिका-३ स्थित सात कोठे घरलाई कर्णले कोरोना भाइरस (कोभिड-१९) संक्रमणका शंकास्पद व्यक्तिलाई राखेर उपचार गराउन दिने घोषणा गरेका हुन् । पूर्वसभासदसमेत रहेका उनले महामारीको समयावधिसम्मका लागि अस्थायी रुपमा घर प्रयोग गर्न दिइने […]
१४ चैत,काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले विभिन्न कारागारमा कैदी जीवन बिताइरहेका जेष्ठ नागरिक र बालसुधार गृहमा रहेका बालबालिकालाई कोरोना भाइरस संक्रमणको जोखिमबाट जोगाउन निवेदनका आधारमा रिहा गर्ने प्रक्रिया चलिरहेको बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै महान्यायाधिवक्ता खरेलले कानुनको द्वन्द्वमा परेर कैदीका रुपमा रहेका देशभरका ८ वटा बाल सुधार गृहका करिब ९ सय बालबालिकाहरु हरेको बताए […]
१४ चैत, सिन्धुपाल्चोक । स्थानीय तहमा क्वारेन्टाइनस्थल बनाउने लहर चलेको छ । यही लहरमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले विद्यालयभित्रै २० शैयाको ‘क्वारेन्टाइन’ बनाएको छ । भोटेनाम्लाङ स्थित क्षेत्रपालेश्वरी माध्यमिक प्राविधिक विद्यालयलाई क्वारेन्टाइन स्थल बनाइएको हो । कोरोनाको संक्रमण फैलिन नदिन गाउँपालिकाले स्वास्थ्य उपकरणसहित क्वारेन्टाइन तयार पारेको पाचँपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए । ‘अहिले […]
१४ चैत,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी पंक्तिलाई कोरोना भाइरस संक्रमणविरुद्ध सरकारले गरेका निर्णयको पक्षमा जनतालाई सचेत गराउन र सघाउन निर्देशन दिएको छ । अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार जारी गरेको विशेष परिपत्रमा कार्यकर्तालाई सम्भव भएसम्म स्वयंसेवी भूमिकामा रहनसमेत सुझाइएको छ । कोरोना भाइरसद्वारा सिर्जित विश्व्यापी संकट र राष्ट्रका […]
१४ चैत, काठमाडौं । बुधबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइटका साथै सामाजिक सञ्जाल भाइबर कम्युनिटीमा अपडेट आयो, ‘नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका तेस्रो व्यक्ति भेटिए ।’ तर, रिपोर्ट पोजेटिभ आएको तेस्रो व्यक्तिबारे न त मन्त्रालयकै प्रवक्ता डा. विकास देवकाटालाई थाहा थियो न सम्बन्धित बिरामीको उपचार गरिरहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक […]
१४ चैत, चितवन । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको उपचार व्यवस्थापन गर्न चितवनमा प्रदेश सांसद विजय सुवेदीको संयोजकत्वमा एक समिति गठन गरिएको छ । समितिको नाम ‘कोरोना रोगविरुद्ध जिल्ला समन्वय समिति’ दिइएको छ । समितिले जिल्लाका सबै स्वास्थ्य संस्था, चिकित्सक, स्थानीय तह, विभिन्न पेशागत तथा व्यवसायिक संघसंस्थासँग समन्वय गर्ने संयोजक सुवेदीले बताए । संयोजक […]
१४ चैत, काठमाडौं । शुक्रबार काठमाडौंको बसुन्धराबाट दुई मुसलमान किशोर नमाज पढ्न भनी नयाँबजारस्थित मदरसातर्फ लागे । हरेक शुक्रबार आफ्नो धार्मिक स्थलमा गई अल्लाहको प्रार्थना गर्ने र नमाज पढ्ने मुस्लिम धर्मावलम्बीको परम्परा नै हो । सरकारले कोरोना भाइरसको रोकथामका लागि मानिसहरुलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाए पनि सेतो कमिज सुरुवाल र टोपी लगाएका दुई किशोर बसुन्धराबाट […]
१४ चैत, सप्तरी । राजविराजका बासिन्दालाई अनलाइनमार्फत् खाद्यान्न तथा किराना सामानको होम डेलिभरी गरिने भएको छ । यसका निम्ति दुई किराना पसललाई जिम्मेवारी दिइएको छ । राजविराज नगरपालिकाको शुक्रबार बसेको बैठकले खाद्यान्न सामाग्री अनलाइन डेलिभरी गर्नका लागि रमेश किराना पसल र निर्मल किराना पसललाई जिम्मा दिइएको नगर प्रमुख शम्भु यादवले जानकारी दिए । बैठकले खाद्यान्न […]
१४ चैत, पोखरा । अन्नपूर्ण क्षेत्रको पदमार्गबाट फर्केका र पोखरामा रहेका ५८ जना पर्यटकलाई शुक्रबार उद्धार गरिएको छ । लकडाउन हुनुअघि र भइसकेपछि समेत अन्नपूर्ण क्षेत्रमै रहेका पर्यटक अहिले पोखरा आइरहेका छन् । पोखरा र आसपासका क्षेत्रबाट सम्पर्कमा आएका पर्यटकलाई विमान चार्टर गरी काठमाडौं पठाइएको हो । स्वीस दूतावासले अन्य देशका दूतावाससँग छलफल गरेर यति […]
चैत १४, काठमाडौं । कोभिड १९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘नेपाल लकडाउन’ पश्चात् पोखरामा अलपत्र पर्यटकहरुलाई उद्दार गरेको छ । सरकारले यती एयरलाइन्समार्फत् उनीहरुको उद्दार गरी शुक्रबार काठमाडौं ल्याउँदैछ । ५८ जना पर्यटकहरुमा धेरै स्वीस नागरिक र केही युरोपियन देशका नागरिकहरु रहेका छन् । काठमाडौंस्थित स्वीस दूतावासले आफ्ना नागरिकहरुको उद्दारका लागि […]
१४ चैत, रामेछाप । विभिन्न स्थानबाट जिल्ला भित्रिएका ३५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । छिमेकी मुलुक भारत र अन्य विभिन्न देशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको हो । बिहीबारसम्म गोकुलगंगा गाउँपालिकामा ६ जना, दोरम्बा गाउँपालिकामा १० जना, मन्थली नगरपालिकामा १० जना, रामेछाप नगरपालिकामा ५ जना र खाँडादेवी गाउँपालिकामा ४ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख […]
from समाचार – Online Khabar https://ift.tt/2WNreil
via IFTTT