Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

२०७७ सालको दशैं कात्तिक १० गते, तिहार मंसिर १ गते

१८ चैत, काठमाडौं । २०७७ सालको दशैंको टीका कात्तिक १० गते परेको छ । तिहार भने मंसिर १ गते परेको छ । सरकारले २०७७ सालका सार्वजनिक विदाहरुको सूची सार्वजनिक गरेको छ । सो सूचीअनुसार दशैं–तिहार जस्ता चाडपर्व केही पछि धकेलिएका छन् । २०७७ सालको दशैं विदा कात्तिक ७ गते फूलपातीदेखि ११ गते एकादशीसम्म ५ दिन […]

महामारीले एसियाको आर्थिक वृद्धिमा ठूलो असर : विश्व बैंक

१८ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीले एसियाली अर्थतन्त्र निकै सुस्ताउने विश्व बैंकले बताएको छ । विशेष गरी पूर्वी एसिया र प्रशान्त क्षेत्रका मुलुक र चीनको अर्थतन्त्र नराम्ररी प्रभावित बन्ने विश्व बैंकले अनुमान गरेको छ । सोमबार विश्व अर्थतन्त्रबारे नयाँ प्रक्षेपण सार्वजनिक गर्ने क्रममा विश्व बैंकले यो अवस्थामा आर्थिक वृद्धिको प्रक्षेपण गर्नु निकै […]

लकडाउन ? मध्यरातमा शहर छाड्न सधैं खुल्ला (भिडियो सहित)

१८ चैत, काठमाडौं । सिंगो देश लकडाउनमा छ । शहरबासी घरभित्रै बसेको सात दिन भइसक्यो । अब कम्तिमा पनि २५ चैतसम्म यसरी नै लकडाउनमा बस्नुपर्नेछ । यदि जरुरी काम पर्‍यो र बाहिर निस्कियो भने पनि प्रहरीले केरकार गर्छ, सडक किनारामा दुई घण्टासम्म उभ्याउँछ । तर, सोमबार साँझ बल्खु कटेर कीर्तिपुरतर्फ लाग्दा यस्तो लाग्थ्यो, लकडाउन होइन, […]

पाँचथरमा विदेशबाट फर्किएका एक तिहाइ क्वारेन्टाइन बाहिर

१८ चैत, फिदिम । पाँचथरमा विदेशबाट फर्किएका एक तिहाइभन्दा बढी मानिस क्वारेन्टाइन तथा होम क्वारेन्टाइनभन्दा बाहिर रहेको जिल्ला स्तरको सरकारी तथ्याङ्कले देखाएको छ । विदेशमा तथा यात्राका क्रममा कोरोना भाइरसको सङ्क्रमण भएको हुन सक्ने आशङ्कामा चैत महिनाभित्र नेपाल आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने भनिए पनि पाँचथरमा त्यस्ता करीब ३३ प्रतिशत मानिस कुनै पनि प्रकारको क्वारेन्टाइनमा नरहेको उक्त […]

भक्तपुरको हनुमन्ते खोलामा महिलाको शव भेटियो

१८ चैत, भक्तपुर । मध्यपुर थिमी नगरपालिका गठ्ठाघर र सूर्यविनायक नगरपालिका बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा एक महिलाको हत्या गरी फ्याँकेको अवस्थामा शव भेटिएको छ । शवको प्रकृति हेर्दा करिब एक साताअघि हत्या गरेर फ्याँकेको हुनसक्ने प्रहरीको अनुमान छ । सोमबार साँझ खोलामा शव भेटेपछि महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान र अपराध […]

भक्तपुरबाट गएको जिप रामेछापमा दुर्घटना, ३० जना घाइते

१८ चैत, काठमामडौं । रामेछापको खाँडादेवी- १ राकाथुममा मंगलबार बिहान जिप दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । भक्तपुरबाट रामेछापको दोरम्बातर्फ जाँदै गरेको बा १४ च ९४९८ को जिप सडकदेखि करिब १ सयमिटर तल खसेर दुर्घटना भएको रामेछापका डीएसपी बसन्त पाठकले अनलाइनखबरलाई जानकारी दिए । प्रहरीले दुर्घटना भएको खबर पाउनेवित्तिकै बिहान ५ बजे घाइते […]

लकडाउन पालनामा सहयोग गर्न तरुण दलको परिपत्र

१८ चैत, काठमाडौं । नेपाली कांग्रेसको युवा संगठन तरुण दलले सरकारले लागू गरेको लकडाउन पूर्ण पालनामा सहयोग गर्न आफ्ना जिल्ला समितिहरुलाई निर्देशन दिएको छ । तरुण दलले मंगलबार जिल्ला समितिलाई परिपत्र गरी यो अवधिमा दैनिक जीवन कठिन बन्न सक्ने भएकाले स्थानीय प्रशासनको अनुमति लिई सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेको छ । तरुण दलले बाहिरी मुलुकबाट […]

एटीएममात्र खुल्दा दृष्टिविहीनलाई पैसा झिक्न समस्या

१८ चैत, काठमाडौं । धनकु्टाका जीतबहादुर भक्तपुरमा डेरा गरी बस्छन् । उनी दृष्टिविहीन छन् । दृष्टिविहीनलाई बैंकमा खाता खोल्दा एटीएम कार्ड दिइँदैन । चेकमा ल्याप्चे लगाएपछि मात्रै पैसा झिक्न सक्छन उनीहरु । तर, कोरोना भइरसको संक्रमण फैलिन नदिन सरकारले देशब्यापी लकडाउन गरेपछि जीतबहादुर समस्यामा परेका छन् । बैंकमा पैसा छ तर, झिक्न पाएका छैनन् । […]

युएईमा कोरोना संक्रमित नेपालीको संख्या ६ पुग्यो

१८ चैत, युएई । युएईमा हालसम्म ६ जना नेपालीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । दुईजना भने उपचार पछि निको भएका छन् । युएईमा मार्च ९ मा पहिलो २ जना नेपाली सहित १४ जना संक्रमित फेला परेका थिए । तर, सोमबारसम्म संक्रमित नेपालीको संख्या ६ पुगेको युएईको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै यहाँस्थित […]

कहाँ पुग्यो कन्ट्याक ट्रेसिङ ? अहिले भन्न सकिन्न

१७ चैत, काठमाडौं । नौ सय १७ नमुना परीक्षण, ५ पोजेटिभ । जसमध्ये एक जना निको भएर घर फर्किए । । यो नेपालको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आइतबार साँझसम्मको आउटब्रेक तथ्यांक हो । तर, यो तथ्यांकसँग जनस्वास्थ्य विज्ञहरु सन्तुष्ट छैनन् । एकदमै थोरै परीक्षण भएकाले संक्रमण फैलिने डर बढेको उनीहरुको तर्क छ । एक जनस्वास्थ्य […]

गाउँलेले रातारात एम्बुलेन्समा कोचेर पठाए, अस्पतालले भर्ना नलिँदा चौतारीमा रात काटे

१७ चैत, पोखरा । झमक्क साँझ परिसकेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राङ्गण पनि सुनसान छ । बिरामीको चाप नभएकाले एकाध मानिसहरु मात्र इमर्जेन्सी वार्डबाहिर छन्, जो नियमित बिरामीका कुरुवा रहेछन् । अस्पताल छिर्ने मुल गेटनिर प्रयोगशाला छ । प्रयोगशालाको अघितिर कोरोना भाइरस (कोभिड–१९) को टेस्ट गर्न बनाइएको टेन्ट छ । टेन्टको अघिल्तिर चौतारोमा […]

अस्ट्रेलियामा नेपालीको नालीबेली : ९ जनामा संक्रमण, ४ जना निको भए

१७ चैत, सिड्नी । अस्ट्रेलियामा आइतबार साँझसम्मको रिपोर्टअनुसार कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ भने दुई लाख ११ हजारको परीक्षण गर्दा जम्मा तीन हजार नौ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमणको केन्द्रविन्दुको रुपमा रहेको न्यु साउथ वेल्स राज्य बनेको छ जहाँ एक हजार सात सय ९१ जनामा संक्रमण भेटिएको छ […]

निजी विद्यालयको एक महिने शुल्क मिनाहा गर्न प्याब्सनको दुई शर्त

१७ चैत, काठमाडौं । निजी विद्यालयहरुले चैत महिनाको शुल्क मिनाहा गर्न शर्त राखेका छन् । सरकारले आइतबार कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित भएकाहरुलाई राहत घोषणा गर्दा माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको शुल्कमा आवासबाहेक अरु छुट दिन निर्देशन दिएको थियो । निजी तथा आवासीय विद्यालय संघ नेपाल (प्याब्सन)ले सरकारको निर्णय स्वागत योग्य भएको तर आफूहरूलाई […]

धार्चुलामा अलपत्र नेपालीलाई उतै रोक्ने निर्णय, ३ जना महाकालीमा पौडिँदै आए

१७ चैत, काठमाडौं । नेपाल र भारतको सीमा दार्चुलापारि धार्चुलामा अलपत्र परेकाहरूलाई नेपाल प्रवेश गर्न नदिने निर्णय प्रशासनले गरेको छ । स्थानीय प्रशासनले स्वदेश आउन नदिएपछि तीन जना नेपाली भने महाकाली नदीमा पौडी खेल्दै नेपाल प्रवेश गरेका छन् । उनीहरुलाई नेपाली भूमिमा आउनासाथ प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएको छ । कोरोना भाइरस रोकथामको उद्देश्यले गरिएको  […]

उपत्यकाका ९ अस्पताल पुग्दा…

घटना १ : चैत १२ गते बिहान १० बजेतिर एकजना बिरामी टेकु अस्पतालको प्राङ्गणमा पुगे । उनलाई सामान्य रुघा लागेको थियो, ज्वरो थिएन । निरन्तर खोकिरहेका उनको नियमित डायलासिस गर्ने पालो त्यसै दिन थियो । तर, डायलासिस गराइरहेको अस्पतालले भन्यो, ‘टेकु अस्पताल गएर कोरोना संक्रमण नभएको रिपोर्ट लिएर आउनू ।’ त्यसैले उनी टेकु अस्पताल पुगेका […]

कोरोना परीक्षणको दायरा बढाउन सभामुखको आग्रह

१७ चैत, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोभिड-१९ को परीक्षणको दायरा बढाउन आग्रह गरेका छन् । सोमबार एक अपिल जारी गर्दै उनले स्वास्थ्य उपकरणको उचित ढंगले वितरण र स्वास्थ्यकर्मी एवं उपचारमा संलग्न अन्य व्यक्तिको मनोबल उच्च बनाउन पनि आग्रह गरेका छन् । विश्वभरी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणको विषम परिस्थितिमा अग्रपङ्क्तिमा रहेर डटिरहेका स्वास्थ्यकर्मी […]

बारा र पर्सामा लकडाउन उल्लंघन गर्ने ८ जना पक्राउ

१७ चैत, वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने क्रम अझै रोकिएको छैन । पर्सा र बारामा प्रहरीले लकडाउन उल्लंघन गर्ने ८ जनालाई नियन्त्रणमा लिएका छन् । पर्साबाट २ जना र बाराबाट ६ जना पक्राउ परेका हुन् । पर्सामा पक्राउ परेका दुबैलाई सम्झाई-बुझाई गरेर साँझ छाडिएको जिल्ला […]

टोखा नगरपालिकालाई मास्क सहयोग

१६ चैत, काठमाडौं । विष्णु सरस्वती फाउण्डेसनले टोखा नगरपालिकालाई ७ सय माक्स सहयोग गरेको छ । टोखावासीहरुका लागि प्रयोग गर्न दिन भन्दै संस्थाले नगरपालिकालाई ७ सय थान माक्स हस्तान्तरण गरेको हो । फाउण्डेसनका अध्यक्ष अम्विका लामिछानेले टोखा नगरपालिका वडा नं. १ को कार्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष श्रीकृष्ण अधिकारीलाई मास्क हस्तारण गरे । कोरोना (कोभिड […]

काठमाडौंमा कसले पाउनेछ सरकारी राहत ? यस्तो छ मापदण्ड

१७ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी राहत वितरण मापदण्ड–२०७६’ स्वीकृत गरेको छ । सोमबार राष्ट्रिय सभागृहमा बसेको काठमाडौं महानगरपालिकाको ४३ औं कार्यपालिका बैठकले मापदण्ड स्वीकृत गरेको हो । काठमाडौं महानगरपालिकाभित्र बसोबास गर्दै आएका असहाय, अति विपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्तिहरु खाना, खाजा नपाएर समस्यामा छन् । ‘विपन्न वर्गको पहिचान गरेर […]

चितवनमा लकडाउन उल्लंघन गर्ने ७४ जना परे ‘होल्ड’मा

१७ चैत, चितवन । चितवनमा लकडाउन उल्लंघन गर्ने ५१ सवारी साधनसहित ७४ जनालाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्नेमा ७२ जना पुरुष र २ जना महिला रहेको चितवन प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नियन्त्रणमा लिइएका सवारी साधानमा […]

गुल्मीमा विदेशबाट फर्किने १७ सय जना, ५५ जना क्वारेन्टाइनमा

१७ चैत, गुल्मी । गुल्मीमा काम विशेषले विभिन्न मुलुकमा रहेका १७ सय २३ जना घर फर्केको पाइएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट जोगिन विभिन्न मुलुकबाट १७ सय २३ जना रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । प्रशासन कार्यालयले संकलन गरेको तथ्यांकअनुसार भारतलगायत अन्य देशबाट चैत ५ गतेपछि यति संख्यामा […]



from समाचार – Online Khabar https://ift.tt/3bByims
via IFTTT
Powered by Blogger.