समाचार
१८ चैत, काठमाडौं । धनकु्टाका जीतबहादुर भक्तपुरमा डेरा गरी बस्छन् । उनी दृष्टिविहीन छन् । दृष्टिविहीनलाई बैंकमा खाता खोल्दा एटीएम कार्ड दिइँदैन । चेकमा ल्याप्चे लगाएपछि मात्रै पैसा झिक्न सक्छन उनीहरु । तर, कोरोना भइरसको संक्रमण फैलिन नदिन सरकारले देशब्यापी लकडाउन गरेपछि जीतबहादुर समस्यामा परेका छन् । बैंकमा पैसा छ तर, झिक्न पाएका छैनन् । […]
१८ चैत, युएई । युएईमा हालसम्म ६ जना नेपालीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । दुईजना भने उपचार पछि निको भएका छन् । युएईमा मार्च ९ मा पहिलो २ जना नेपाली सहित १४ जना संक्रमित फेला परेका थिए । तर, सोमबारसम्म संक्रमित नेपालीको संख्या ६ पुगेको युएईको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै यहाँस्थित […]
१७ चैत, काठमाडौं । नौ सय १७ नमुना परीक्षण, ५ पोजेटिभ । जसमध्ये एक जना निको भएर घर फर्किए । । यो नेपालको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आइतबार साँझसम्मको आउटब्रेक तथ्यांक हो । तर, यो तथ्यांकसँग जनस्वास्थ्य विज्ञहरु सन्तुष्ट छैनन् । एकदमै थोरै परीक्षण भएकाले संक्रमण फैलिने डर बढेको उनीहरुको तर्क छ । एक जनस्वास्थ्य […]
१७ चैत, सिड्नी । अस्ट्रेलियामा आइतबार साँझसम्मको रिपोर्टअनुसार कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ भने दुई लाख ११ हजारको परीक्षण गर्दा जम्मा तीन हजार नौ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमणको केन्द्रविन्दुको रुपमा रहेको न्यु साउथ वेल्स राज्य बनेको छ जहाँ एक हजार सात सय ९१ जनामा संक्रमण भेटिएको छ […]
१७ चैत, काठमाडौं । निजी विद्यालयहरुले चैत महिनाको शुल्क मिनाहा गर्न शर्त राखेका छन् । सरकारले आइतबार कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित भएकाहरुलाई राहत घोषणा गर्दा माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको शुल्कमा आवासबाहेक अरु छुट दिन निर्देशन दिएको थियो । निजी तथा आवासीय विद्यालय संघ नेपाल (प्याब्सन)ले सरकारको निर्णय स्वागत योग्य भएको तर आफूहरूलाई […]
१७ चैत, काठमाडौं । नेपाल र भारतको सीमा दार्चुलापारि धार्चुलामा अलपत्र परेकाहरूलाई नेपाल प्रवेश गर्न नदिने निर्णय प्रशासनले गरेको छ । स्थानीय प्रशासनले स्वदेश आउन नदिएपछि तीन जना नेपाली भने महाकाली नदीमा पौडी खेल्दै नेपाल प्रवेश गरेका छन् । उनीहरुलाई नेपाली भूमिमा आउनासाथ प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएको छ । कोरोना भाइरस रोकथामको उद्देश्यले गरिएको […]
१७ चैत, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोभिड-१९ को परीक्षणको दायरा बढाउन आग्रह गरेका छन् । सोमबार एक अपिल जारी गर्दै उनले स्वास्थ्य उपकरणको उचित ढंगले वितरण र स्वास्थ्यकर्मी एवं उपचारमा संलग्न अन्य व्यक्तिको मनोबल उच्च बनाउन पनि आग्रह गरेका छन् । विश्वभरी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणको विषम परिस्थितिमा अग्रपङ्क्तिमा रहेर डटिरहेका स्वास्थ्यकर्मी […]
१७ चैत, वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने क्रम अझै रोकिएको छैन । पर्सा र बारामा प्रहरीले लकडाउन उल्लंघन गर्ने ८ जनालाई नियन्त्रणमा लिएका छन् । पर्साबाट २ जना र बाराबाट ६ जना पक्राउ परेका हुन् । पर्सामा पक्राउ परेका दुबैलाई सम्झाई-बुझाई गरेर साँझ छाडिएको जिल्ला […]
१६ चैत, काठमाडौं । विष्णु सरस्वती फाउण्डेसनले टोखा नगरपालिकालाई ७ सय माक्स सहयोग गरेको छ । टोखावासीहरुका लागि प्रयोग गर्न दिन भन्दै संस्थाले नगरपालिकालाई ७ सय थान माक्स हस्तान्तरण गरेको हो । फाउण्डेसनका अध्यक्ष अम्विका लामिछानेले टोखा नगरपालिका वडा नं. १ को कार्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष श्रीकृष्ण अधिकारीलाई मास्क हस्तारण गरे । कोरोना (कोभिड […]
१७ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी राहत वितरण मापदण्ड–२०७६’ स्वीकृत गरेको छ । सोमबार राष्ट्रिय सभागृहमा बसेको काठमाडौं महानगरपालिकाको ४३ औं कार्यपालिका बैठकले मापदण्ड स्वीकृत गरेको हो । काठमाडौं महानगरपालिकाभित्र बसोबास गर्दै आएका असहाय, अति विपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्तिहरु खाना, खाजा नपाएर समस्यामा छन् । ‘विपन्न वर्गको पहिचान गरेर […]
१७ चैत, चितवन । चितवनमा लकडाउन उल्लंघन गर्ने ५१ सवारी साधनसहित ७४ जनालाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्नेमा ७२ जना पुरुष र २ जना महिला रहेको चितवन प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नियन्त्रणमा लिइएका सवारी साधानमा […]
१७ चैत, गुल्मी । गुल्मीमा काम विशेषले विभिन्न मुलुकमा रहेका १७ सय २३ जना घर फर्केको पाइएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट जोगिन विभिन्न मुलुकबाट १७ सय २३ जना रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । प्रशासन कार्यालयले संकलन गरेको तथ्यांकअनुसार भारतलगायत अन्य देशबाट चैत ५ गतेपछि यति संख्यामा […]
१७ चैत, काठमाडौं । विश्व महाशक्ति अमेरिका कोरोना भाइरसको महामारीबाट सबैभन्दा आक्रान्त मुलुकहरुको सूचीमा शीर्षस्थानमा पुगेको छ । देशहरुको हिसाबले अहिले विश्वै सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । यद्यपि, मृत्यूदर त्यहाँ कम छ । कोरोनाको फैलावट दिन दुईगुना रात चौगुना भएपछि अमेरिकाको जनजीवन त्रस्त बनेको छ । सरकारले आधिकारिकरुपमा ‘लकडाउन’ घोषणा गरेको छैन । तर, […]
१७ चैत, काठमाडौं । सरकारले तत्काल खानै नपाउने अवस्थामा पुगेका विपन्न र विभिन्न सेल्टर होममा बसेका महिला, बालबालिका र जेष्ठ नागरिकलाई उनीहरु बसेकै ठाउँमा अत्यावश्यक खाद्यान्न पुर्याउन थालेको सरकारका एक मन्त्रीले बताएका छन् । अन्य राहतको हकमा लकडाउनको अवधि हेरेर निर्णय गरिने महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अनलाइनखबरसँग बताए । अनलाइनखबरसँगको फेसबुक लाइभमा […]
१७ चैत, चितवन । भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालबाट सोमबार कोरोना परीक्षणका लागि ११ जनाको नमुना (स्वाब) संकलन गरी काठमाडौं पठाइएको छ । कोरोना आशंका गरिएका बिरामीको स्वाब संकलन गरी काठमाडौं पठाइएको अस्पतालका प्रवक्ता डा.भोजराज अधिकारीले जानकारी दिए । नमुना पठाइएकामध्ये एक जना बालिकाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको उनले जानकारी दिए । यसअघि […]
१७ चैत, जनकपुरधाम । कोरोना संक्रमण रोकथामका लागि सरकारले लकडाउन गरेपछि लगाएपछि जनकपुरधामलगायत मध्य तराईमा चैती छठ पर्व प्रभावित भएको छ । लकडाउनका कारण सार्वजनिक पोखरी र जलाशयमा जान नपाएपछि श्रद्वालुले आफ्नो आँगनमै चैती छठ पर्व मनाएका हुन् । सोमबार चैती छठ पर्व अन्तर्गत् अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । मुख्यतः छठ पर्व जलाशय अगाडि […]
१७ चैत, काठमाडौं । भारतको उत्तर प्रदेश सरकारले अन्य प्रान्तबाट आएका मानिसलाई आइतबार बरेलीको बस स्टेशनमा रसायन छर्किएको छ । उत्तर प्रदेश सरकारले बरेली स्टेसनमा राखेर पर्खाल तथा बसलाई जस्तै मानिसहरु माथि समेत रसायन छर्केको हो । बीबीसी हिन्दीमा उल्लेख गरिए अनुसार मानिसहरुलाई यसरी छर्किएको पानीमा सोडियक हाइपोक्लोराइड जस्तो रसायन पनि मिसाइएको थियो । यस […]
१७ चैत, डोटी । भारतका विभिन्न शहरबाट फर्केका तीन सय ९४ जनालाई डोटीको क्वारेण्टाइनमा राखिएको छ । भारतबाट आएकाहरुलाई क्वारेण्टाइमा राख्न नेपाल सरकारले दिएको निर्देशनअनुसार डोटीका नौ वटै स्थानीय तहमा तीन सय ९४ लाई क्वारेण्टाइनमा राखिएको हो । हालसम्म जिल्लाका विभिन्न स्थानीय तहका २४ स्थानमा क्वारेण्टाइन स्थापना गरिएको स्वास्थ्य कार्यालय डोटीका कोरोनासम्बन्धी सम्पर्क व्यक्ति सूर्य […]
१७ चैत, डोटी । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको आशंकामा डोटीबाट थप दुई जनाको स्वाब परीक्षणको लागि प्रदेश प्रयोगशाला धनगढी पठाएको छ । एक व्यक्ति भारतको पुनाबाट पाँच दिन अगाडि र अर्का व्यक्ति भारतको तेलङ्गना प्रान्तबाट १३ दिन अगाडि घर आएका थिए । दुबै जना डोटीका स्थायी बासिन्दाहरु हुन् । कोरानासँग मिल्दोजुल्दो लक्षण देखिएपछि […]
१७ चैत, काठमाडौं । कोरोना संक्रमणको आशंका गरिएका दुई बिरामीको वीर अस्पताल काठमाडौंमा मृत्यु भएको छ । मृत्यु हुनेमा भारतबाट हालै फर्किएका ५० वर्षका पुरुष र चन्द्रागिरि नगरपालिका सतुंगलकी ३४ वर्षीया महिला छन् । वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार दुबै जनाको कोरोना संक्रमण परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएको छ । तर, […]
१७ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट स्पेनमा पछिल्लो २४ घण्टामा आठ सय १२ जनाको ज्यान गएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो दुई दिनको तुलनामा पछिल्लो २४ घण्टामा मृत्यु हुने मानिसको संख्यामा कमी आएको हो । यससँगै स्पेनमा कोरोना भाइरसबाट समग्रमा मृत्यु हुनेको संख्या आठ हजार तीन सय […]
from समाचार – Online Khabar https://ift.tt/2vXa86C
via IFTTT