समाचार
१६ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसका कारण असर परेको क्षेत्रहरुलाई सहुलियत घोषणा गरेको छ । राष्ट्र बैंकले अर्थतन्त्रमा योगदान दिने निजी क्षेत्र यतिबेला समस्यामा परेको भन्दै सहुलियत प्याकेज घोषणा गरेको हो । जसअनुसार अब चैतमा तिर्नुपर्ने ऋण २०७७ असार मसान्तसम्म तिरे हुने भएको छ । यस अवधिको कुनै अतिरिक्त शुल्कहरु व्याज तथा […]
१६ चैत, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले निजी स्कुलको शुल्कदेखि विद्युत महसुल छुटसम्मको राहत प्याकेज ल्याएको हो । सरकारको यो निर्णयसँगै मासिक एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकले विद्युत महसुलमा २५ प्रतिशतसम्म छुट पाउनेछन् । विद्युत, खानेपानी, टेलिफोन शुल्क फाल्गुन […]
१६ चैत, काठमाडौं । सरकारले २२ अर्बभन्दा बढी वैदेशिक ऋण लिने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई दिइने राहतको स्रोत जुटाउन सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाकाअनुसार अन्तर्राष्टिय मुद्रा कोषबाट उपलब्ध हुने निर्ब्याजी ८७.५ मिलियन एसडीआर अर्थात् १३ अर्ब नौ करोड ऋण सुविधा लिने निर्णय भएको हो […]
१६ चैत, काठमाडौं । सरकारले कोभिड–१९ बाट प्रभावित भएको औद्योगिक तथा व्यवसायिक क्षेत्रलाई लाभ दिने उद्देश्यका साथ कर तिर्नुपर्ने म्यादलाई पर सारेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न कर रकमहरु दाखिला गर्ने म्याद बैशाख २५ गतेसम्मलाई सारेको हो । मूल्य अभिवृद्धि कर अन्तर्गत् गत फागुन महिनाको मासिक, माघ र फागुन महिनाको द्वेमासिक तथा दोस्रो […]
१६ चैत, काठमाडौं । सरकारले महंगा सवारी साधन आयातमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले ५० हजार डलरभन्दा माथिको गाडी आयातमा रोक लगाएको हो । अब ६० लाखभन्दा महंगा गाडी नेपालमा भित्र्याउन पाइने छैन । सरकारले विलासी विस्तुको आयात रोक्ने नीति यसअघिदेखि नै ल्याएको थियो । यस्तै, मन्त्रिपरिषद्कै बैठकले मदिरा आयातमा पनि रोक […]
१६ चैत, काठमाडौं । सरकारले निजी शैक्षिक संस्थाहरुलाई एक महिनाको शुल्क छुट दिन निर्देशन दिएको छ । मन्त्रिपरिषद्ले आइतबार घोषणा गरेको राहत प्याकेजमा माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको आवासबाहेक अरु शुल्क छुट दिनुपर्ने निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले […]
१६ चैत, काठमाडौं । चीनबाट सरकारले किनेका ११ प्रकारका मेडिकल सामग्री आइतबार नेपाल वायु सेवा निगमको चार्टर्ड विमानबाट काठमाडौं आइपुगेका छन् । पीपीए र किटलगायतका सामग्री आइसकेपछि अब सरकारले सोमबारदेखि देशभरका तोकिएका अस्पतालबाट बढीभन्दा बढी आशंकित व्यक्तिहरुको कोरोना संक्रमण परीक्षण गर्ने भएको छ । चिकित्सकहरुको व्यक्तिगत सुरक्षा उपकरण पीपीएसहितका टेस्ट किटहरु आइसकेकाले अब तीब्र रफ्तारमा […]
१६ चैत, काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण तथा रोकथामका खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको २५ लाख रुपैयाँको बीमा गरिदिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड १९ संक्रमण तथा रोकथाममा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई असार मशान्तसम्मका लागि २५ लाखको बीमा गरिदिने निर्णय गरेको अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । […]
१६ चैत, बुटवल । बुटवल कोरोना विशेष अस्पतालमा मृत्यु भएका युवकलाई नेपाल आउँदादेखि नै ज्वरो आएको पाइएको छ । रूपन्देहीको सैनामैना–४ का ३३ वर्षीय पुरुष ६ चैतमा दुबईबाट नेपाल फर्किएका थिए । बुटवलको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापा भन्छन्, ‘युएईबाट आउँदा नै उनलाई सामान्य ज्वरो आएको रहेछ । ७ गते स्थानीय मेडिकलबाट […]
१६ चैत, काठमाडौं । सरकारले असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई आग्रह गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो आग्रह गरेको हो । आफ्नो आग्रहअनुसार असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको घरभाडा मिनाहा गरे एक महिनाको घरबाहल कर छुट दिइने निर्णय सरकारको छ । सरकारी निर्णय शहरी क्षेत्रका असंगठित श्रमिकको […]
१६ चैत, काठमाडौं । सरकारले कोरोना रोकथामका लागि सरकारले चालेको कदमबाट प्रभावित श्रमिकलाई स्थानीय तह र प्रदेश सरकारले राहत दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राहत दिनुपर्ने श्रमिक परिवार स्थानीय तहले पहिचान गरी स्थानीय तह र प्रदेशले कोष खडा गरी राहत दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री युवराज […]
१६ चैत, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकहरुलाई फागुन र चैतको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको हो । यस्तै, खाद्य संस्थानले बेच्ने दाल चामल लगायतका खाद्य वस्तुमा १० प्रतिशत छुट दिने निर्णय […]
१६ चैत, काठमाण्डौ । १८ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाउने निर्णय गर्यो । त्यतिबेला चीन, जापान, दक्षिण कोरियालगायत एसियाली देशहरु कोरोना (कोभिड–१९) भाइरसबाट आक्रान्त थिए । यतिबेला तीनवटै देश कोरोना नियन्त्रण उन्मुख छ । चीनले युरोप, अमेरिकालाई कोरोना रोकथाममा सघाइरहेको छ । मानवीय संशाधनदेखि कोरोना नियन्त्रणका लागि आवश्यक […]
१६ चैत, बुटवल । रुपन्देहीको कोरोना भाइरस उपचार विशेष अस्पतालमा एक युवकको मृत्यु भएको छ । बुटवल धागो कारखानामा सञ्चालित कोभिड १९ विशेष अस्पतालमा उपचाररत पाल्पा रिब्दीकोट स्थायी घर भई बुटवल सैनामैना बस्ने ३३ वर्षका युवकको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिए । ती युवकमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छैन […]
१६ चैत, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन घोषणा गरेको लकडाउनको अवधि थप गरेको छ । मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले २५ गते १२ बजेसम्म लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको हो । १० चैतमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहान ६ बजेबाट लागू हुनेगरी एक साता लामो लकडाउन […]
१६ चैत, काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसको महामारी फैलिइरहेका बेला गृह मन्त्रालयले आफूखुशी सहायता बाँड्न रोक लगाएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को अध्यक्षतामा आइतबार बसेको बैठकले सहायताको नाममा कसैले चन्दा उठाउन र आफूखुशी वितरण गर्न नपाउने निर्णय गरेको हो । बैठकमा गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरु, महानगरपालिका र नगरपालिकाका प्रमुखलगायतको […]
१६ चैत, विराटनगर । कोरोना संक्रमणको सम्भावित जोखिमलाई नियन्त्रण गर्न सरकारले चैत ११ देखि लकडाउन आह्वान गरेको छ । विराटनगरमा दिनभर लकडाउनको पालना भए पनि साँझपख भने पालना हुँदैन । साँझ पर्नासाथ सर्वसाधारण बजारमा निस्कन्छन् । दिउँसो सुनसान देखिने बजार पसल र सडक साँझ परेपछि भीडभाड हुन्छ । जसका कारण कोरोना संक्रमण फैलनसक्ने जोखिम छ […]
१६ चैत, वीरगञ्ज । सरकारले बिरामी नजाँची फर्काउने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएकै दिन वीरगञ्जमा एक अस्पतालले बिरामी नजाँची पठाएको छ । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले कलैया उपमहानगरपालिका– २२ बस्ने २५ बर्षका विजय कुशवाहलाई उपचार नगरी फिर्ता पठाएको हो । आफन्तका अनुसार शुक्रबार दिउँसो मसुरो दाईं गर्ने क्रममा थ्रेसरमा च्यापिएर विजयको खुट्टामा घाउ लागेको थियो […]
१६ चैत, काठमाडौं । कोरोना भाइरस महामारीले गर्दा मुलुकको जनजीवन भइरहँदा पनि त्रिविको व्यवस्थापन संकायले भने नयाँ पद्धतिबाट अध्ययन सुरु गरेको छ । सारा देश नै अहिले बन्द छ र बाहिर निस्कन मिल्ने अवस्थामा छैन । यस्तोबेलामा पढाईमा असर नपरोस् भन्नको लागि नयाँ पद्धतिको सुरुवात गरिएको व्यवस्थापन संकायका अधिकारीहरु बताउँछन् । अध्ययनका लागि नियमित कलेज […]
१६ चैत, विराटनगर । कोरोना संक्रमित धनगढीका युवकसँगै दुबईबाट आएका एक व्यक्ति र उनको परिवारका सदस्यलाई क्वारेन्टाइनमा राखिएको छ । ६ चैतमा सँगैआएका धनगढीका साथीलाई कोरोना संक्रमण पुष्टि भएपछि विराटनगरका पुरुषलाई परिवारसहित क्वारेन्टाइनमा राखिएको हो । वैदेशिक रोजगारीबाट एक छोरी र श्रीमतीसहित फर्किएका युवकको परिवारलाई विराटनगर – १९ मा निर्माण भएको क्वारेन्टाइनमा राखिएको विराटनगर महानगरपालिकाका […]
१६ चैत, चितवन । चितवनको माडी नगरपालिकामा कोरोना भाइरसबारे भ्रम सिर्जना गरेर धर्म प्रचार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ‘येशुलाई विश्वास गर्नुस्, क्रिश्चियन धर्म मान्नुस् कोरोना लाग्दैन’ भन्दै भ्रम सिर्जना गरेको आरोपमा प्रहरीले माडी नगरपालिका ७ जगन्नाथपुरी बस्ने ३८ बर्षकी जानकी ढुङगानालाई पक्राउ गरेको हो । उनले इसाइ धर्म मान्नेलाई कोरोनाले […]
from समाचार – Online Khabar https://ift.tt/2UPiC8x
via IFTTT