समाचार
१६ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी अहिले विश्वभर फैलिएको छ । भाइरसका कारण विश्वभर ३० हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ । यो भाइरसको संक्रमण रोकथामका लागि विश्वभर विभिन्न प्रयास भइरहेको छ । तर, वैज्ञानिकहरुको अथक प्रयासकाबीच पनि कोरोना भाइरसबारे धेरै कुरा थाहा पाउन सकिएको छैन । यो रोगबाट अहिलेसम्म पत्ता नलागेका […]
१६ चैत्र, काठमाडौं । इन्ट्रिग्रेटेड गु्रप नेपालका कार्यकारी अध्यक्ष, भरत पराजुलीले ४० सेट व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) हस्तान्तरण गरेका छन् । कोरोना भाइरस उपचारका लागि पीपीई अभाव भइरहेका बेला इन्टिग्रेटेडका कार्यकारी अध्यक्ष पराजुलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आपतकालीन तथा विपद् व्यवस्थापन इकाईलाई पीपीई सहयोग गरेका हुन् । हस्तान्तरण गरिएका पीपीई सेट विश्व स्वास्थ्य संगठनको मापदण्ड […]
१६ चैत, दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएका तीनै जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । काठमाडौंको टेकुस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि तीनैजनालाई आज डिस्चार्ज गरिएको छ । कोरोनाको संक्रमण भएको आशंकामा उनीहरुलाई आइसोलेसनमा राखिएको थियो । प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले तीनै जनाको रिपोर्ट नेगेटिभ आएकाले […]
१५ चैत, बुटवल । कोरोना भाइरस (कोभिड–१९) को रोेकथाम तथा उपचारका लागि रुपन्देहीको तिलोत्तमा शंकरनगरस्थित सामूहिक विकास बचत तथा ऋण सहकारी संस्थाले तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ । सहकारीले प्रदेश ५ सरकार र तिलोत्तमा नगरपालिकाले स्थापना गरेको कोषमा क्रमशः दुई लाख र एक लाख रुपैयाँ दिने निर्णय गरेको हो । सहकारीले सामाजिक सेवा […]
१६ चैत, जनकपुरधाम । प्रदेश २ सरकारले लक डाउनको अवधिमा विपन्न, किसान, मजदुर र श्रमिकका लागि विशेष प्याकेज ल्याउने भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लक डाउन गरेको समयमा छाक टार्न समस्या हुनेहरुका लागि प्रदेश सरकारले प्याकेज ल्याउन लागेको हो । प्याकेजका निम्ति सबै स्थानीय तहलाई रकम पठाउने र सम्भवतः भोलिसम्ममा यसको कार्यविधि […]
१६ चैत, वीरगञ्ज । लकडाउनको समयमा काठमाडौंबाट वीरगञ्ज आएका ५ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंबाट आएका एउटा जिप, एउटा माइक्रोबस र ३ वटा बस प्रहरीले नियन्त्रणमा लिएको हो । ग २ च ७८०२ नम्बरको सुमो जिप, बा २ ख ४५९४ नम्बरको माइक्रोबस र लु १ ख ६८६०, ना ५ ख ११०६, […]
१६ चैत, काठमाडौं । बेल्जियममा एक बिरालोमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । घरमालिकबाट बिरालोमा कोरोना भाइरस सरेको बताइएको छ । द ब्रसेल्स टाइम्सका अनुसार बिरोका घरमालिक हालै इटालीबाट फर्केका थिए । बिरालोको दिशाबाट कोभिड–१९को संक्रमण भएको पुष्टि गरिएको हो । विशेषज्ञहरुले भने यो घटना अपवाद भएको भन्दै आफ्ना घरेलु जनावर र उनीहरुबाट आफ्नो […]
१६ चैत, काठमाडौं । लकडाउनको समयमा कुनै सहयोग चाहिए सीधै आफूलाई सम्पर्क गर्न कांग्रेस नेता प्रकाशमान सिंहले आग्रह गरेका छन् । नेता सिंहले आफू, पार्टीनिकट जनप्रतिनिधि तथा सचिवालयका सदस्यहरूको सम्पर्क नम्बर सार्वजनिक गर्दै देश तथा विदेशमा रहेका जनतालाई केही समस्या परे जानकारी दिन आग्रह गरेका हुन् । ‘लकडाउनको यस कठिन स्थितिमा कुनै गम्भीर समस्या आएमा […]
१६ चैत, बुटवल । लकडाउनका कारण प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीको बुटवललगायत यस आसपासका जिल्ला ठप्प छन् । विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)बाट सतर्क रहन सरकारले गरेको आग्रहलाई पालना गर्दै प्रायः मानिसहरु घरबाहिर निस्किएका छैनन् । तुलनात्मक रुपले अहिले नागरिकले लकडाउनलाई कार्यान्वयन गरेको पाइएको छ । बेलुकाको समयमा मात्रै बुटवलमा तरकारी किन्नका […]
१६ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कोरोना भाइरस संक्रमणको महामारीका बेला उच्च मनोबलका साथ काम गर्न चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् । कुनैपनि चिकित्सक निश्चित भत्ताभन्दा मानवीय भावनाले बिरामीको उपचारमा अभिप्रेरित हुने भन्दै उनले चिकित्सकको मानवीय भावना, समर्पण र साहसले नै कोरोना भाइरसको महामारीबाट बाहिर निस्कन सक्ने बताएका छन् । […]
१६ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) परीक्षणको नतिजा सबैभन्दा छिटो दिनसक्ने प्रविधि तयार भएको छ । कोरोना भाइरस संक्रमण परीक्षणका लागि विभिन्न किसिमको झन्झटको सामना गरिरहेको अवस्थामा अमेरिकी कम्पनी एबोटले सबैभन्दा छिटो भाइरस परीक्षण गर्न सकिने प्रविधिको विकास गरेको हो । यो प्रविधिले पाँच मिनेटमा प्रयोगशालाको झन्झट बिना नै नतिजा दिनसक्छ । अहिले समग्र विश्वले […]
१६ चैत, काठमाडौं । पहिलोपटक कोरोना भाइरस (कोभिड–१९) देखिएको चीनको वुहान शहरमा लकडाउन आंशिक रुपमा हटाएको छ । युरोप भने महामारीको केन्द्र बनेको छ । इटाली र स्पेनमात्र होइन, युरोपका अरु देशमा पनि संक्रमित र मृतकको संख्या बढ्दो छ । संक्रमण फैलिन नदिन हरेक देशले कदम चालेका छन् । लाखौं मानिसहरु लकडाउनमा छन् । तर, […]
१६ चैत, काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन कम्तीमा एक साता लम्ब्याउने तयारी गरेको छ । नेपालमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै गत सोमबार उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो । यो लकडाउन चैत १८ गते बिहान […]
१६ चैत, रामेछाप । रामेछाप जिल्लामा क्वारेन्टाइनमा बस्नेको संख्या ५४ पुगेको छ । शनिबार साँझसम्म भारतलगायत विभिन्न देशबाट फर्किएका ५४ जनालाई क्वारेन्टाइनमा राखिएको हो । गोकुलगंगा गाउँपालिकामा सात, दोरम्बा गाउँपालिकामा १०, मन्थली नगरपालिकामा ६, रामेछाप नगरपालिकामा १७, खाँडादेवी गाउँपालिकामा १० र लिखुतामाकोशी गाउँपालिकामा चार जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्रकुमार कर्णले जानकारी […]
१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन देशलाई लकडाउन गरिएको छ । भाइरसबाट जोगिन सबै नागरिक घरमै छन् । तर, अत्यावश्यक सामाग्री लिन भने बाहिर निस्कनै पर्ने बाध्यता छ । तरकारी, फलफुल, खाद्यान्न लगायतका सामाग्री किन्न कसरी सुरक्षित हुने त ? यसको एउटा नमूना हो, डिल्लीबजारको ढकाल फलफूल तथा तरकारी बजार । यस […]
१६ चैत, काठमाडौं । लकडाउनका कारण देशका विभिन्न स्थानमा फसेका नौ सय ६४ पर्यटकको उद्दार भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार शुक्रवार र शनिबार गरी ती पर्यटकलाई देशका विभिन्न स्थानबाट काठमाडौं ल्याइएको हो । त्यसमध्ये, शुक्रबार र शनिबार कतार एयरवेजमार्फत् करिब ९ सय पर्यटकलाई सम्बन्धित मुलुकतर्फ पठाइसकिएको छ । बोर्डको तथ्यांकअनुसार क्राइसिस रेस्पोन्स युनिटको […]
१६ चैत, जनकपुरधाम । भोर नामक सामाजिक संस्थाले लकडाउनको अवधिभर तीन वटा प्रदेशका एक सय विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउने भएको छ । प्रदेश १ का १०, प्रदेश २ का ८० र वागमती प्रदेशका १० विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउने भोरका संस्थापक अध्यक्ष राजकुमार महतोले बताए । प्रदेश २ का आठ जिल्लाका १०/१०, वागमती प्रदेशको […]
म २०१९ सेप्टेम्बर १ तारिखका दिन बेइजिङमा विधावारिधि पढ्न आइपुगेकी थिएँ । दुई महिनायता यहीँ सेल्फ क्वारेन्टाइनमा समय बिताइरहेकी छु । यो वर्ष चिनियाँ नयाँ वर्ष अर्थात् वसन्त चार्ड जनवरी २५ मा परेको थियो । वसन्त चार्ड र जाडो बिदाको एक महिनाभन्दा बढी छुट्टी थियो । साथीहरु आ-आफ्नो देश फर्किए । म भने कोरिया घुम्न […]
१६ चैत, काठमाडौं । चितवनमा २० बिघा जमिनमा तरकारी खेती गरेका सामर्थ ढुंगानाको कालीमाटी आफ्नै तरकारी पसल छ । चैत ११ गते बेलुकी तरकारी बिक्री गरेर संतुगलस्थित घर फर्कदै गर्दा उनले सुनेका थिए ‘राति १२ बजेदेखि लकडाउन सुरु हुन्छ ।’ उनको तरकारी व्यवसायलाई सरकारले जस्तोसुकै अवस्थामा पनि सञ्चालनमा ल्याउनुपर्ने भनी अत्यावश्यक वस्तुको सूचीमा राखेको छ […]
१६ चैत, रौतहट । लकडाउनको पालना नभएपछि रौतहटको गौरमा आजबाट दुई दिनसम्म तरकारी र खाद्यान्न पसलसमेत बन्द गराइएको छ । दैनिक उपभोग्य सामान खरिद गर्न बिहान र साँझपख घर बाहिर निस्किने स्थानीयबासीको भिडका कारण संक्रमण फैलने खतरा बढेको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटले आइतबार र सोमबार औषधिबाहेकका सबै पसलहरु पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो […]
१६ चैत, काठमाडौं । सडक विभागले लकडाउनको मौका पारेर रोड मार्किङ गर्न बाँकी स्थानहरुमा काम थालेको छ । सडकमा आवागमन कम भएकाले विभागले रातमा गर्दै आएको काम दिउँसो नै गर्न सुरु गरेको हो । काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपाली यस्तो कामका लागि धेरै संख्यामा मजदुर नलाग्ने भएकाले कोभिड १९ विरुद्ध उनीहरुलाई सचेत बनाएर […]
from समाचार – Online Khabar https://ift.tt/2QSCQwC
via IFTTT