Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

तेस्रो संक्रमित युवा कतारबाट होइन, दुबईबाट आएका हुन् : स्वास्थ्यमन्त्री

१२ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमण देखिएका व्यक्ति चैत ६ गते एयर अरेबियाबाट नेपाल आएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित व्यक्ति एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट चैत ६ गते राति १०:९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको जानकारी दिएको छ । यसअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बुधबार पत्रकार […]

नवनियुक्त एआईजीहरूलाई दर्ज्यानी चिह्न प्रदान

१२ चैत, काठमाडौं । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । ज्ञवालीले बुधबार प्रहरी अतिरिक्त महानिरीक्षकहरू तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन । तीनै जनालाई ९ चैतमा बसेको मन्त्रिपरिषद बैठकले एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

गण्डकी प्रदेशद्वारा १५ करोडको राहत कोष स्थापना

१२ चैत, पोखरा । गण्डकी प्रदेश सरकारले कोरोनाविरूद्ध लड्न १५ करोड रुपैयाँको राहतकोष स्थापना गर्ने घोषणा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले १५ करोड रुपैयाँको राहत कोष स्थापना गर्ने निर्णय गर्दै सातै जना मन्त्रीले एक महिनाको पारिश्रमिक जम्मा गरेको सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए । राष्ट्रिय वाणिज्य बैंकमा […]

‘कोरोना रोकथाम र उपचारमा संलग्नलाई सुरक्षा सामग्री देऊ’

१२ चैत, हेटौंडा । उच्च अदालतले कोरोना भाइरस संक्रमणको रोकथाम र उपचारमा खटिनेहरुलाई आवश्यक सुरक्षा सामग्री तत्काल उपलब्ध गराउन वागमती प्रदेश सरकारलाई आदेश दिएको छ । अधिवक्ता ध्रुवप्रसाद चौलागाईंले दायर गरेको रिटको सुनुवाई गर्दै उच्च अदालत पाटनको हेटौंडा इजलासले बुधबार प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश रामप्रसाद अधिकारीको इजलासले कोरोना नियन्त्रणका […]

काठमाडौंका बढी भिडभाड हुने स्थानमा ‘डिसइन्फेक्सन स्प्रे’

१२ चैत, काठमाडौं । लकडाउन अवधिमा अत्यावश्यक सेवालाई निरन्तर प्रवाह गरिरहेको काठमाडौँ महानगरपालिकाले आजबाट महानगर क्षेत्र भित्रका विभिन्न स्थानमा (डिसइन्फेक्सन स्प्रे) कीटनाशक औषधि छर्कन थालेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई महानगर क्षेत्र भित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिए । ‘काठमाडौँ […]

प्रदेश १ को कोषमा प्रदेश सांसदको आधा महिनाको तलब

१२ चैत, विराटनगर । प्रदेश १ का सांसदहरूले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा आधा महिनाको तलब प्रदान गर्ने भएका छन् । प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका रोकथाम कोषमा नेकपाका ६७ र प्रतिपक्षी दलका २१ सांसदले कोरोना भाइरस रोकथाम तथा उपचार कोषमा आधा महिनाको तबल प्रदान गर्ने भएका हुन । […]

कोरोना भाइरसको संक्रमण रोक्ने ५ उत्तम उपाय

१२ चैत, काठमाडौं । अहिले विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिरहेको छ । यसको कारण विश्वभर सन्त्रास बढ्दो क्रममा छ । अहिलेसम्म यो भाइरसको कारण विश्वभर ४ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । करिब १९ हजार मानिसले भाइरसको कारण ज्यान गुमाइसकेका छन् । यस्तोमा कोरोना भाइरसको संक्रमण कसरी रोक्न सकिन्छ त ? यहाँ […]

दाङको बेलझुण्डीमा कोरोना विशेष अस्पताल तयार

१२ चैत, दाङ । कोरोना भाइरस प्रकोप नियन्त्रणका लागि दाङको बेलझुण्डीमा तत्कालका लागि ३० शैयाको ‘कोरोना विशेष अस्पताल’ बुधबारबाट सञ्चालनमा आएको छ । बेलझुण्डीस्थित आयुर्वेद शिक्षालयको भवनमा कोरोना विशेष अस्पताल निर्माण गरिएको हो । तत्कालका लागि ३० शैयाको अस्पताल सञ्चालनमा आए पनि यसलाई बढाएर १ सय शैयाको बनाइने सञ्चालक समितिका अध्यक्ष एवम् प्रदेश ५ का […]

संक्रमित युवक एयर अरेबियाबाट आएका थिए, होटलमा बसेका थिए

१२ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमण देखिएका व्यक्ति चैत ६ गते एयर अरेबियाबाट नेपाल आएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित व्यक्ति एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट चैत ६ गते राति १०:९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको जानकारी दिएको छ । यसअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बुधबार पत्रकार […]

बारा र पर्सामा लकडाउन अवज्ञा गर्ने १८८ जना पक्राउ

१२ चैत, वीरगञ्ज । पर्सामा लकडाउनको उल्लंघन गरी घरबाहिर हिँडडुल गरिरहेका १७५ जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरुलाई सचेत गराई भोलिका दिनमा सरकारी आदेशको उल्लंघन नगर्ने शर्तमा छाडिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । त्यसैगरी लक डाउनको उल्लंघन गरी सञ्चालन गरिएका ३३ वटा मोटरसाइकल, ३ वटा गाडी, मिनी ट्रक र ट्याक्टर १ /१ वटा […]

भारतबाट फर्किएका एक जनाको पोखरामा मृत्यु

१२ चैत, पोखरा । १२ दिनअघि भारतबाट फर्किएका कास्कीको रुपा गाउँपालिकाका एक जनाको पोखरामा मृत्यु भएको छ । रुपा गाउँपालिकाका ५० वर्षीय विश्ववन्धु नेपालीको बुधबार दिउँसो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजाँदै गर्दा मृत्यु भएको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए । नेपालीलाई मंगलबारदेखि रुपा गाउँपालिकाले तयार पारेको क्वारेन्टाइनमा राखिएको थियो । भारतको हैदराबादबाट फर्किएका उनी बुधबार […]

लकडाउनपछि शान्त स्वयम्भू (फोटो फिचर)

१२ चैत, काठमाडौं । सरकारी निर्देशनपछि अहिले देशभरका मानिस आकस्मिक कामबाहेक घर बाहिर निस्केका छैनन् । त्यसैले सधैं व्यस्त रहने काठमाडौंका धार्मिक स्थलहरु सुनसान छन् । हरेक दिन विहान मर्निङ वाक गर्नेदेखि पूजापाठ र घुमफिर गर्न जानेहरुका कारण भीड लाग्ने स्वयम्भूनाथ हिजोआज सुनसान छ । यहाँ एकाधबाहेक मान्छे भेटिन मुश्किल छ । हेर्नुहोस् तस्वीरहरु  

कोरोना रोकथाममा सहयोग नगर्ने निजी अस्पताललाई कारबाही गरिने

१२ चैत, बुटवल । प्रदेश ५ सरकारले कोरोना संक्रमित बिरामीको उपचारमा सरकारलाई सहयोग नगर्ने निजी तथा सामुदायिक अस्पताल र मेडिकल कलेजहरुलाई कारबाही गर्ने भएको छ । कोरोना नियन्त्रण र प्रतिकार्यमा निजी तथा सामुदायिक अस्पताल र मेडिकल कलेजहरुलाइलाई सक्रिय बनाइने र सहयोग नगर्ने संघसंस्थाहरुको विवरण तयार गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने मन्त्रिपरिषद बैठकले निर्णय […]

रिचार्ज बराबर बोनस ब्यालेन्स दिने नेपाल टेलिकमको निर्णय

१२ चैत, काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्जमा शत प्रतिशत बोनस दिने निर्णय गरेको छ । सरकारले कोरोनाको संक्रम फैलनबाट रोक्ने गरी लकडाउनको लागू गरेपछि धेरै ग्राहकलाई रिचार्ज कार्ड किन्न समस्या परिरहँदा टेलिकमको यस्तो निर्णय आएको हो । यो व्यवस्था बुधबार रातको १२ बजेपछि रिचार्जमा मात्रै कार्यान्वयन हुनेछ । अहिले नागरिक घर बाहिर निस्कन […]

यो अवधि लम्बिन पनि सक्छ, संयम बसौं : मुख्यमन्त्री पोखरेल

१२ चैत, बुटवल । प्रदेश ५ का मुुख्यमन्त्री शंकर पोखरेलले कोरोना भाइरसविरुद्धको लडाईमा सबै एकजुट हुनुपर्ने बताएका छन् । बुुधबार मुुख्यमन्त्री कार्यालयबाट प्रदेशबासीलाई सन्देश दिदै उनले भने ‘कोरोनाविरुद्धको साझा लडाईलाई सबैले साथ दिऔं, यो अवधि (लकडाउन) लम्बिन पनि सक्छ ।’ मुख्यमन्त्री पोखरेलले सबै नागरिकले सरकारको निर्देशन पालना गरेर साथ दिएमा मात्र कोरोनाविरुद्धको लडाई जितिने बताए […]

पत्रकार सम्मेलनमा सहभागी सञ्चारकर्मीलाई कोरोना

१२ चैत, काठमाडौं । भारतको मध्य प्रदेशमा पत्रकार सम्मेलनमा सहभागी एक सञ्चारकर्मीलाई कोरोना (कोभिड-१९) भाइरसको संक्रमण पुष्टि भएको छ । मध्यप्रदेशका मुख्यमन्त्री कोमलनाथद्वारा पदबाट राजीनामा घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा सहभागी ती पत्रकार र उनका छोरीमा समेत संक्रमण देखिएको छ । आफूले आयोजना गरेका पत्रकार सम्मेलनमा आएका सञ्चारकर्मी संक्रमित भएपछि निवर्तमान मुख्यमन्त्री कोमलनाथ क्वारेन्टाइनमा बसेका […]

संक्रमित युवतीसँगै आएकाहरुको माग : हाम्रो पनि कोरोना परीक्षण गरियोस्

१२ चैत, चितवन । कोरोना भाइरसको संक्रमण देखिएकी युवतीसँगै चैत ४ गते कतारको दोहाबाट नेपाल आएकाहरु मध्ये ६ जना चितवन जिल्लाका रहेको पाइएको छ । उनीहरुमध्ये पाँच जना प्रहरीको सम्पर्कमा आएका छन् र, छैटौं व्यक्तिसँग सम्पर्क गर्ने प्रयास भइरहेको छ । प्रहरी प्रधान कार्यालयको केन्द्रीय हेल्थ डेक्सको निर्देशनअनुसार उनीहरुलाई खोजी गरी क्वारेन्टाइनमा निगरानीमा राख्न जिल्ला […]

बेलायती युवराज चार्ल्सलाई कोरोना संक्रमण

काठमाडौं । बेलायती राजकुमार चार्ल्सलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार दिइएको जानकारी अनुसार उनकी पत्नी क्यामिल्लालाई भने कोरोना भाइरसको संक्रमण पोजेटिभ नपाइएको बताइएको छ । ७१ वर्षीय राजकुमार चार्ल्स अहिले स्कटल्याण्डको बालमोरल क्यास्टलमा सेल्फ आइसोलेसनमा बसेका छन् । वेल्सका राजकुमारलाई कोरोना भाइरसको सामान्य संक्रमण मात्र देखिएको बताइएको छ । क्यामिल्लालाई पनि स्कटल्याण्डमा आफ्नै […]

सर्वसाधारणलाई घरमै बस्न राष्ट्रपति भण्डारीको अपिल

१२ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस रोकथामका लागि घरमै बस्न अपिल गरेकी छन् । बुधबार एक सन्देश जारी गर्दै उनले घरमै बसेर सरकारले जारी गरेको निर्देशन र आचारसंहिता पालना गर्न अपिल गरेकी हुन् । ‘यस परिवेशमा वर्तमान संवेदनशील अवस्थालाई मध्यनजर राख्दै हरेक नागरिकले सरकारका आधिकारिक निकायहरुले जारी गरेका निर्देशन एवं आचारसंहिताहरु पालना […]

चितवन जिल्ला प्रशासनमा पास लिनेको भिड

१२, चैत, चितवन । भारतले नाकाबन्दी लगाउँदा जिल्ला प्रशासन कार्यालय चितवनमा डिजेल तथा पेट्रोलको कुपन लिनेहरुको भिड लाग्ने गर्दथ्यो । अहिले सरकारले कोरोना भाइरसको प्रकोप नफैलियोस् भनेर सात दिने लकडाउन गरेका बेला जिल्ला प्रशासन कार्यालय चितवनमा ‘पास’ बनाउनेहरूको भिड लाग्न थालेको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा राजनीतिक दलको फोर्स लगाएर पास लिनेदेखि विभिन्न समयमा […]

अर्थमन्त्रीले दातृ निकायसँग भने- नेपाललाई विशेष सहयोग चाहिएको छ

१२ चैत, काठमाडौं । दक्षिण एशियाली राष्ट्रहरुका अर्थमन्त्री तथा अन्य उच्च पदस्थ पदाधिकारी एवम् अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक लगायत अन्य अन्तर्राष्ट्रिय  वित्तीय संस्थाका उच्च पदस्थ पदाधिकारीबीच संयुक्त भिडियो कन्फरेन्स मार्फत छलफल भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसले अर्थतन्त्रमा पारेको एमवम् पार्न सक्ने प्रभाव र त्यसलाई सम्बोधन गर्ने उपायबारे बुधबार भिडियो कन्फरेन्समार्फत छलफल […]



from समाचार – Online Khabar https://ift.tt/3bqS4km
via IFTTT
Powered by Blogger.