समाचार
१० वैशाख, काठमाडौं । नेकपा एमाले दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले स्थायी कमिटी सदस्य मनोनित गरेका बामदेव गौतमले आफू अहिले पनि एमालेको उपाध्यक्ष भएको बताएका छन् । शुक्रबार बालुवाटारमा बसेको बैठकबाट गौतमलाई स्थायी कमिटी सदस्य चयन गरिएको थियो । तर, अध्यक्ष केपी शर्मा ओलीले आफूखुशी स्थायी कमिटी सदस्य चयनको निर्णय गरेको गौतमले निकट नेताहरुलाई बताएका […]
१० वैशाख, सिन्धुली । शुक्रबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमा र एक बालकको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले दिएको जानकारी अनुसार प्रदेश २–००१ प २१६३ नम्बरको मोटरसाइकल कमलामाई नगरपालिका-१४ चन्दनपुरमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो […]
१० वैशाख, जनकपुरधाम । प्रदेश-२ सरकारले कोरोना महामारी नियन्त्रणका लागि योजना बनाउँदै तयारी थाल्न सबै निकायलाई निर्देशन दिएको छ । शुक्रबार बसेको प्रादेशिक कारोना संकट व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री लालबाबु राउतले प्रदेशका सबै निकायलाई आ-आफ्नो तयारीमा कुनै किसिमको कमी नराख्न निर्देशन दिएका हुन् । कोरोना महामारी नियन्त्रणका लागि आवश्यक योजना तयार गर्न समाजिक विकास मन्त्रालयलाई […]
१० वैशाख, काठमाडौं । राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि निर्वाचन आयोगले वाग्मती प्रदेशको राजधानी हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आयोगले निर्वाचन अधिकृतको पदमा नियुक्त गर्न न्याय परिषद्को परामर्शमा २ (दुई) जना (१ जना जगेडा समेत) जिल्ला न्यायाधीशको नामावली माग गरी कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा लेखी पठाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले […]
१० वैशाख, गुल्मी । गुल्मीमा अज्ञात समूहले ट्याक्टरमा आगजनी गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर-६ को चेक्मी स्थित पार्किङ्ग गरिराखेको लु४ च ८८४४ नम्बरको ट्याक्टरमा अज्ञात समूहबाट आगजनि भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । पुष्पाञ्जली निर्माण सेवाले भाडामा लिएर तीन हप्ता देखि बाटोमा काम गरिरहेको थियो । […]
१० वैशाख, मकवानपुर । मकवानपुरका एक कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका-४ का ५० वर्षीय पुरुष रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जलि ढकालका अनुसार उनको भरतपुर अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो १२:४५ बजे मृत्यु भएको हो । छाती र फोक्सोसम्बन्धि समस्या भएका उनमा यही वैशाख ३ […]
१० वैशाख, काठमाडौं । श्रीमानलाई विष खुवाई मारेको अभियोगमा प्रहरीले भक्तपुरको सूर्यविनायकबाट एक महिलालाई पक्राउ गरेको छ । धादिङको मूलपानी घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-४ मा डेरामा बस्ने २९ कि पार्वती थापा मगरलाई पक्राउ गरेको भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । थापाले ६ वर्षअघि २०७२ माघ २८ गते घरमै श्रीमान विष्णु […]
१० वैशाख, बझाङ । भारतबाट घर फर्केका बझाङको जयपृथ्वी नगरपालिका– ६ का ४८ वर्षीय पुरुषको बिहीबार कोरोना सङ्क्रमणले मृत्यु भयो । उनी भारतको तामिललाडुबाट चैत २९ गते बझाङ आएका थिए । उनले जिल्ला अस्पताल सिमखेतको प्रयोगशालामा वैशाख १ गते कोभिड एन्टिजेन विधिबाट चेक गर्दा कोरोना पोजेटिभ देखियो । सङ्क्रमितको स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारका […]
१० वैशाख, काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक समितिले माधव नेपाल पक्षलाई समानान्तर गतिविधि छोडेर मूल प्रवाहमा फर्किन पुनः आह्वान गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक समितिको बैठकका निर्णय सुनाउँदै एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘समानान्तर गतिविधि गरिरहेका साथीहरुलाई ती गतिविधिहरु रोक्न, पार्टी एकतामा योगदान गर्न र पार्टीको मूल प्रवाहमा फर्किन […]
१० वैशाख, ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवीको मन्दिरमा पूजापाठ तथा दर्शन गर्न रोक लगाइएको छ । दिनप्रति दिन कोरोनाको सङ्क्रमण बढ्दै गएपछि कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रले पूजापाठ गर्न रोक लगाएको हो । पाथीभरामा दिन प्रतिदिन पूजापाठ गर्ने भक्तजनको भीड बढ्न थालेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ताप्लेजुङले आइतबारदेखि वैशाख मसान्तसम्मका लागि पाथीभरा देवीस्थलमा पूजापाठ गर्न […]
१० बैशाख, वीरगञ्ज । वीरगञ्जमा बाराका एक कोरोना संक्रमितको मृत्यु भएको छ । बाराको जीतपुसिमरा उपमहानगरपालिका-७ बस्ने ४० वर्षीय पुरूषको मृत्यु भएको हो । नारायणी अस्पताल स्थित आइसोलेसन वार्डमा उपचारको क्रममा अपरान्ह साँढे ४ बजे उनको मृत्यु भएको कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए । स्वास प्रस्वासमा देखिएको समस्या जटिल भएपछि उनलाई भेन्टिलेटरमा […]
मुलुकका कुनै पनि ठूला विकास आयोजना समयमा सकिंदैनन् । प्रमुख आयोजना किन समयमा बनेनन् भनेर केलाउँदा यस्तोसम्म भेटियो कि राजनीतिज्ञ र कर्मचारीतन्त्रले ती आयोजना समयमा बन्नु भन्दा ढिलो हुँदा लाभ हुने ठान्दारहेछन् । त्यसैले राजनीतिक क्षेत्रले विकास आयोजनाको स्वामित्व नलिने र कर्मचारी तन्त्रले त्यसलाई प्रक्रियामा अल्झाउने गरेर वर्षौंसम्म आयोजना लम्ब्याइदिने काम हुँदोरहेछ । परिणाम मुलुकको […]
१० वैशाख, ताप्लेजुङ । नेपाली कांग्रेसका फुङ्गलिङ नगर सभापति शिवकुमार गुरुङको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उपचारका क्रममा शुक्रबार बिहान ९:०० बजे बिएन्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ । पीसीआर परीक्षणमा ढिलाइ हुँदा सङ्क्रमितको मृत्युपछि मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी […]
१० वैशाख, काठमाडौं । नेकपा माओवादी केन्दले राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्काले पार्टी त्यागेको जानकारी संघीय संसद सचिवालयलाई दिएको छ । खड्काले दल त्याग गरेको सूचना शुक्रबार दर्ता भएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशबाट निर्वाचित खड्का एमाले प्रवेश गरेपछि दल त्याग गरेको सूचना संसद सचिवालयलाई दिएको हो । […]
बैशाख १०, डोटी । जेसीबीले सडक काट्ने क्रममा खसेको ढुङ्गा लागेर एक जनाको ज्यान गएको छ । डोटीको दिपायल सिलगढी नगरपालिका-२ र सायल गाउँपालिका-६ को सिमानामा जेसिबीले सडक काट्ने क्रममा ढुङ्गा खसेर बाटोमा हिड्दै गरेका सायल गाउँपालिका-६ का ४६ वर्षीय नरी साउँदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर मल्लले […]
१० वैशाख काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को विजेताले नगद ३५ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले प्रतियोगिताको अघिल्लो दिन शुक्रबार पत्रकार सम्मेलन गर्दै पुरस्कार राशी घोषणा गरेको हो । उपविजेताले भने १५ लाख रुपैयाँ पाउने । यस्तै […]
१० वैशाख, काठमाडौं । माधवकुमार नेपाल समूहका नेताहरुले दिएको स्पष्टीकरण तुलनात्मक रुपमा ‘सफ्ट’ भएको नेकपा एमालेको ओली पक्षले निष्कर्ष निकालेको छ । अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले माधवकुमार नेपालसहित २७ प्रतिनिधिसभा सदस्य र कर्णाली प्रदेशका ५ प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेका थिए । प्रतिनिधिसभा सदस्य योगेश भट्टराई, रामकुमारी झाँक्री, मेटमणि चौधरी, निरा जैरु […]
१० वैशाख, काठमाडौं । काठमाडौं-तराई फास्ट ट्र्याकको सुरुङ र पुल निर्माणसम्बन्धी दोस्रो प्याकेजको खरिद प्रक्रिया नरोकिएको भन्दै संसदको सार्वजनिक लेखा समितिले रक्षा मन्त्रालयलाई ताकेता गरेको छ । चैत १९ गते लेखा समितिले फास्ट ट्र्याकको दोस्रो प्याकेज अन्तर्गतको सुरुङ र पुलको ठेक्का प्रक्रियामा अनियमितताको शंका गर्दै ठेक्का प्रक्रिया रद्ध गरेर पुनः सुरु गर्न निर्देशन दिएको थियो […]
१० वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । ८७९८ पीसीआर परीक्षणबाट २४४९ र ८६६ एन्टिजेन परीक्षणबाट ११० जना गरी जम्मा २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँचजनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४१० जना संक्रमणमुक्त भएका […]
१० वैशाख, जनकपुरधाम । नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली पार्टी एकताको पक्षमा नभएको निष्कर्ष सुनाएका छन् । ओलीसँग बुधबार भएको भेटले थोरै आश जागेपनि बिहीबार ‘आफ्नो निर्णय माने मान, नमाने पार्टी छाड्न’ भन्ने शैली देखाएको उनले बताए । पार्टी अध्यक्ष ओलीसँग दुई दिन भएको वार्ताको फेहरिस्ता सुनाउँदै नेता नेपालले शुक्रबार जनकपुरधाममा […]
१० वैशाख, काठमाडौं । नेकपा एमालेले महाधिवेशन आयोजक समितिका सदस्यको कार्यविभाजन गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक समितिको बैठकले नेताहरको जिम्मेवारी तोकेको छ । तर माधवकुमार नेपाल पक्षका नेताहरुलाई भने कुनै जिम्मेवारी दिइएको छैन । हेर्नुहोस् नेताहरुको कार्यविभाजन
from समाचार – Online Khabar https://ift.tt/3sItDaA
via IFTTT




















