समाचार
१९ चैत, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनलाई निस्सा दिने कि नदिने भन्नेबारे सर्वोच्च अदालतले विहीबार निर्णय गर्ने भएको छ । सर्वोच्चले निस्सा प्रदान गरेमा यो मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढ्ने छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एमाले र […]
१९ चैत, काठमाडौं । दूध ढुवानीका साधनहरुले सडकमा अब एम्बुलेन्ससरह प्राथमिकता पाउने भएका छन् । सरकारले प्रदान गर्ने विशेष प्रकारको लोगो टाँसिएका त्यस्ता साधनलाई सडकमा कसैले पनि अवरोध गर्न नपाइने र एम्बुलेन्ससरह नै प्राथमिकता दिनुपर्ने व्यवस्था कार्यान्वयनमा आएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । दूग्ध ढुवानीमा यस्तो सुविधा दिने नेपाल विश्वकै पहिलो र एक […]
१९ चैत काठमाडौं । फिफा विश्वकप अन्तर्गत युरोपेली छनोटमा जर्मनी नर्थ मेसोडोनियासँग २-१ ले पराजित भएको छ । विश्वकप छनोटमा जर्मनीको २० वर्षपछि पहिलो हार हो । यसका साथै विश्वकप छनोटमा जर्मनीको ३५ खेलको अपराजित यात्रा समेत टुङ्गिएको छ । एलजिफ एल्माले खेल सकिन पाँच मिनेट अगाडि गोल गरेपछि नर्थ मेसेडोनियाले चार पटकको विश्व विजेता […]
१९ चैत काठमाडौं । काठमाडौं उपत्यकासहितका पहाडी भूभागमा बिहीबार पनि पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । अपराह्नपछि बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भागमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद मञ्जु वासीले बताइन् । शुक्रबारदेखि पुनः पानी पर्ने प्रणाली कमजोर हुने पूर्वानुमान गरिएको उनले बताइन् । बुधबार बेलुका काठमाडौं उपत्यकासहितका […]
१९ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा चार हप्ताका लागि लकडाउन घोषणा गरिएको छ । राष्ट्रपति इमानुयल म्याक्रोले शनिबारदेखि देशभर चार हप्ताका लागि लकडाउन घोषणा गरेका हुन् । टेलिभिजनमा प्रसारित एक सन्देशमा राष्ट्रपति म्याक्रोले लकडाउनको अवधिमा अत्यावश्यक पसलहरुमात्र खोल्न दिइने बताए । साथै मानिसहरुलाई कार्यालयको सट्टा घरमै बसेर काम गर्न उनले बताए । […]
१८ चैत, काठमाडौं । बुुुधबार साँझ परेको पानीले वायु प्रदूषणको मारमा रहेका काठमाडौं उपत्यकाबासीलाई राहत दिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाका साथै प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षा भएको छ । ‘पश्चिमी वायुका साथै बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले कतै धेरै र कतै हल्ला वर्षा भएको हो’ […]
१८ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रको पूर्वाधार विकासका लागि ६ करोड दिने प्रसताव गरेको छ । मंगलबार सिसडोल ल्याण्डफिल्ड साइटका प्रभावित स्थानीयसहित जनप्रतिनिधिसँग राष्ट्रिय सभागृहमा भएको छलफलमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेँसी गाउँपालिकाको पुर्वाधार विकासका लागि आगामी आर्थिक वर्ष तीन-तीन करोड व्यवस्था गर्ने प्रस्ताव गरेका […]
१८ चैत, काठमाडौं । बुधबारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको सुरक्षा खतरा, सांसद रेशम चौधरीको रिहाइ, म्यानमारमा भएको आन्दोलनलगायतका विषमया आवाज उठेको छ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रधानमन्त्री केपी शर्मा ओली सुरक्षा खतरा भएर संसदमा नआएको हो भनी प्रश्न गरेका छन् । केही दिनअघि प्रधानमन्त्रीले आफूमाथि गम्भीर सुरक्षा खतरा रहेको र कुनै पनि बेला भौतिक […]
१८ चैत, काठमाडौं । कोरोना महामारीपछि बेचिने महिला, किशोरी तथा बालबालिकाको संख्या अधिक बढेको महिला तथा बालबालिका बेचबिखनविरुद्ध काम गर्ने संघ–संस्थाहरुले जनाएका छन् । कोभिडले सबै क्षेत्र अस्तव्यस्त बनेको छ । महामारी नियन्त्रणका लागि गरिएको लकडाउनले व्यापार-व्यवसाय चौपट बनेर धेरैको रोजगारी गुम्यो । त्यसको सोझो असर श्रम गरिखाने वर्गको दैनिकीमा पर्यो । दैनिक आयस्रोत बन्द […]
१८ चैत, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रकरणमा अख्तियारको दुरुपयोग गर्ने सरकारी अधिकारीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)लाई निर्देशन दिएको छ । २०७६ चैत १२ गते स्वास्थ्य सामग्री खरिद प्रक्रिया अघि बढाउँदा विशेष परिस्थिति भनी सार्वजनिक खरिद ऐन र नियमावली विपरीत अधिकार प्रयोग गरेको पाइएको भन्दै समितिले खरिदमा संलग्न […]
१८ चैत, काठमाडौं । उपत्यका बाहिरका धेरै स्थानीय तहले आफ्नो क्षेत्रमा वायु प्रदूषण नभएको भन्दै विद्यालय बन्द सञ्चालन गरिरहेका छन् । गत मंगलबारदेखि वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको थियो । हेटौंडा उपमहानगरपालिकामा केही निजी विद्यालयहरु खुलेका छन् […]
१८ चैत, काठमाडौं । भोकमरीमा नेपालको प्रगति सुधारोन्मुख रहेको एक अध्ययनले देखाएको छ । विश्वव्यापी भोकमरी सूचांक (जीएचआई) ले तयार गरेको ‘विश्वव्यापी भोकमरी सूचांक प्रतिवेदन २०२०’ ले नेपाल भोकमरी अवस्थामा जोखिमपूर्णबाट मध्यम अवस्थामा आएको देखाएको हो । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक प्रतिवेदनअनुसार विश्व भोकमरी सूची सन् २०२० मा १०७ मुलुकमध्ये नेपाल ७३ औं […]
१८ चैत, काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले समानान्तर गतिविधि रोक्न नेता माधवकुमार नेपाल समूहलाई आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकपछि संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसंग कुरा गर्दै नेता ज्ञवालीले पार्टीमा समानान्तर गतिविधि कायम राखे कारबाही हुने चेतावनी दिए । उनले एमाले मन नपरे अर्को पार्टी खोल्न वा अर्को कुनै दलसंग जोडिन आग्रह […]
१८ चैत, काठमाडौं । नयाँ सरकार गठन वा मध्यावधि निर्वाचन कुन कोर्समा राजनीति जान्छ भन्ने एकाध दिनमा टुंगो लाग्ने नेताहरुले बताएका छन् । उनीहरुकाअनुसार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धन सरकारको नेतृत्व लिन अग्रसर भए प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनेछ । नभए माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनेछ । देउवाको […]
१८ चैत, जनकपुरधाम । प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले प्रदेशका मुख्य न्यायाधिवक्तालाई राज्यमन्त्रीसरहको प्रोटोकल (वरियताक्रम) मा राख्ने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । बुधबार महान्यायाधिवक्ता रमेश बडाललाई ६ बुँदे मागपत्र बुझाउँदै प्रदेशका मुख्य न्यायाधिवक्ताको वरियता सुधारका लागि गृह मन्त्रालयमा पहल गरिदिन आग्रह गरेका हुन् । यसअघि सातै प्रदेशका मुख्य न्यायाधिवक्ताको प्रोटोकल राज्यमन्त्रीसरह रहे […]
म्यानमारमा चलिरहेको नरसंहारको विश्वभर निन्दा भइरहेको छ । फेब्रुअरी १ मा सेनाले शासनसत्ता आफ्नो हातमा लिएयता त्यहाँ ५०० भन्दा बढी नागरिकको मृत्यु भइसकेको छ । त्यहाँ भइरहेको मानवता विरोधी अपराध रोक्न सेनामाथि अन्तर्राष्ट्रिय दबाब बढाउनुपर्ने आवाज उठिरहेको छ । तर, भारत र चीनलाई आफ्नो छिमेकमा भइरहेको नरसंहारले खासै छोए जस्तो देखिंदैन । प्रजातान्त्रिक मुलुक भारतले […]
१८ चैत, काठमाडौं । केही दिनयता देशभरका अधिकांश वन–जंगलमा नियन्त्रण गर्नै नसक्ने गरी डढेलो फैलिएको छ । डढेलोले वायुमण्डललाई प्रदूषित बनाएसँगै कतिपय मानवबस्ती नै जोखिममा परेका छन् । तर यसको नियन्त्रणका लागि संघदेखि स्थानीय सरकारसँग न त समन्वय छ, न बजेट नै । डढेलोले वन्यजन्तु, बोटविरुवा, वनस्पति, जडिबुटी र काठ–दाउरालगायतका जैविक तथा पर्यावरणीय क्षति बढ्दो […]
१८ चैत, सुर्खेत । कर्णाली प्रदेशका सांसदहरुले अपाङ्गमैत्री कानून निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिले बुधबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै सांसदहरुले यस्तो बताएका हुन् । कार्यक्रममा माओवादी केन्द्रकी प्रमुख सचेतक सीता नेपालीले प्रदेशले बनाउने कानूनहरु अपाङ्गमैत्री बनाउन प्रतिबद्धता जनाइन् । ‘प्रदेश सभाले बनाउने नीति र कानूनमा अपाङ्गताका मुद्धाहरु […]
१८ चैत, काठमाडौँ । बिमस्टेक देशका उच्च अधिकारीहरुको बैठक बुधबार सम्पन्न भएको छ । भर्जुअल माध्यम मार्फत सम्पन्न सो बैठकमा नेपालको तर्फबाट परराष्ट्र सचिव भरतराज पौडेलको सहभागिता थियो । बिहिबार हुने परराष्ट्रमन्त्रीहरुको बैठकको तयारीको लागि सो वैठकको अयोजना गरिएको छ । सो बैठकमा बिमस्टेको शिखर सम्मेलनको मिति, बिमस्टेक स्वतन्त्र ब्यापार सम्झौता लगायतका विषयमा छलफल भएको […]
१८ चैत, काठमाडौं । वायु प्रदूषण बढेपछि नागार्जुन नगरपालिकाले नगर क्षेत्रभित्र डोजर सञ्चालमा रोक लगाएको छ । नगर प्रमुख मोहनबहादुर बस्नेतको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले वायु प्रदूषणका साथै कोरोना सङ्क्रमणसमेत बढेको भन्दै अर्को व्यवस्था नभएसम्मका लागि नगर क्षेत्रभित्र डोजर सञ्चालन गरी जग्गा प्लटिङलगायतका कार्य गर्न रोक लगाएको हो । त्यसैगरी एक सातासम्म रातको समयबाहेक […]
१८ चैत, काठमाडौं । वसन्त ऋतुमा सगरमाथासहित विभिन्न हिमाल आरोहण गर्न बुधबारसम्म १४ समूहले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस अवधिमा १४ समूहका १ सय १३ जना आरोहीले अनुमति लिएका हुन् । उनीमध्ये ३४ जना महिला रहेका छन् । विभागका अनुसार अहिलेसम्म सगरमाथा, नुप्त्से, मनास्लु, अन्नपूर्ण, ल्होत्से, टुकुचे र धौलागिरि हिमालका लागि आरोहण […]
from समाचार – Online Khabar https://ift.tt/2QW3Gah
via IFTTT





















