समाचार
११ वैशाख, काठमाडौं । धरहरा भत्किँदा पनि बाँच्न सफल भएकी रमिला श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन् । शनिबार पुनर्निर्मित धरहराको उदघाटन कार्यक्रममा बल्खु काठमाडौंकी श्रेष्ठलाई सम्मान गरिएको हो । २०७२ वैशाख १२ गते धरहरामा चढेर काठमाडौं उपत्यका अवलोकन गर्नेक्रममा भूकम्प जाँदा उनी घाइते भएकी थिइन् । गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पमा […]
११ वैशाख, काठमाडौं । मुर्चुङ्गा । नाम सुने पनि कतिपयलाई यसबारे जानकारी नहुन सक्छ । फलाम, पित्तल लगायत धातुद्वारा निर्मित सानो, त्रिशूल आकारको मौलिक, सांस्कृतिक लोकबाजा हो– मुर्चुङ्गा । फलामको पातलो पाता पिटेर मुर्चुङ्गा बनाइन्छ । वरिपरि फलाम वा पित्तल प्रयोग गरिएको हुन्छ । जुन चारपाटे र धारिलो बनाइएको हुन्छ । बीचमा फलामको एउटा पातलो […]
११ वैशाख, पोखरा । म्याग्दीका जगेन्द्र पुनले अघिल्लो वर्ष पुसअघिका धेरैजसो महिना न घर भन्न पाए, न निर्धक्क भएर हिंडडुल गर्न । प्रहरी हिरासत र कारागारका चिसा छिंडीमै उनले जीवनको उत्तरार्द्ध बिताउनुपर्यो । नेत्रविक्रम चन्द नेतृत्वको तत्कालीन प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीमा लागेको भन्दै उनी प्रहरीबाट ८ पटकसम्म पक्राउ पर्ने र छुट्ने क्रम चल्यो । यतिसम्म […]
११ वैशाख काठमाडौं । नेदरल्याण्ड्ससँग शनिबार फाइनल खेल्दा घरेलु टोली नेपाललाई त्रिकोणात्मक टी–२० सिरिजको उपाधि घरमै राख्ने अवसर हुनेछ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भइरहेको नेपाल नेदरल्याण्ड्स र मलेसिया सम्मिलित सिरिजमा नेपाल र नेदरल्याण्ड्स शीर्ष दुई स्थानमा रहेर फाइनल पुगेका हुन् । डबल राउण्ड रोविन लिगमा नेपालले चारमध्ये ३ खेल जित्दै ६ अंक जोड्दा […]
११ वैशाख, नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ । आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि वैशाख ८ गते भेरी अस्पतालको कोभिड आइसोलेसनमा भर्ना […]
त्यो जमाना थियो, अडियो क्यासेटको । त्यो जमाना थियो, सांगीतिक व्यान्डको । त्यो जमाना थियो, मंगोलियन हार्टको । र, त्यो जमाना थियो राजु लामाको । संक्षेपमा जमाना यस्तो थियो– शहर, चोक, गल्लीका पानपसल जस्तै भरिभराउ बजार हुन्थ्यो, अडियो क्यासेटको । ‘ए’ र ‘बी’ साइडमा औसत चारको दरले आठ वटा गीत त्यसभित्र कैद हुन्थे । एक […]
११ वैशाख, काठमाडौं । नेपाली फुटबलको इतिहासमा आजदेखि नयाँ प्रयोगको सुरुवात हुँदैछ । पहिलो पटक फ्रेन्चाइज फुटबल टुर्नामेन्ट नेपालमा हुँदैछ । नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा आज उपत्यकाका दुई टोली काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्दैछन् । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा गर्न लागेको प्रतियोगितामा […]
११ वैशाख, काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा सुदूरपश्चिम प्रदेशमा ६४ हजार बढी सवारी साधन कारबाहीमा परेका छन् । सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा ट्राफिक नियम उल्लंघन गर्ने ६४ हजार ३०५ सवारी साधन कारबाहीमा परेका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्यांकअनुसार गत साउनदेखि चैतसम्म सबैभन्दा बढी […]
डा. डम्बर चेम्जोङ त्रिभुवन विश्वविद्यालय मानवशास्त्र विभागका प्रमुख हुन् । २५ वर्षदेखि त्रिभुवन विश्वविद्यालयमा पढाउँदै आएका चेम्जोङ लोकतन्त्रमाथि भएका प्रहारबारे निरन्तर प्रश्न उठाउनेमध्ये एक हुन् । लोकतन्त्र कार्यान्वयनमा भएका कमी–कमजोरी निर्धक्क भन्न सक्ने चेम्जोङ समावेशितालाई भागबण्डामा सीमित पारिएको टिप्पणी गर्छन् । अनि अहिलेको लोकतान्त्रिक बहुमतप्राप्त सरकारले पनि एकल राष्ट्रवादलाई नै प्रश्रय दिएको दाबी गर्छन् । […]
११ वैशाख, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा आइतबारबाट सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । हेटौंडा उपमहानगरपालिकाभित्र चल्ने निजी तथा सार्वजनिक सवारी सबैमा जोर बिजोर प्रणाली लागू हुनेछ । हेटौंडामा सञ्चालन हुने कार, मोटरसाइकल, टेम्पो, म्याजिक, अटो, मयुरीलगायत सबै सवारीमा जोर बिजोर प्रणाली लागू हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले […]
साहित्यको आनन्ददायी नीरव गुफामा पस्न मन थियो । तर मनले खोजे जसरी कहिल्यै भित्रिन भने सकिनँ । कारण पनि आफैं, परिस्थिति पनि आफ्नै । तैपनि मौका पाउनेबित्तिकै कथा–संसारमा आफूलाई विचरण गराउन मन लाग्छ । चारैतिरबाट घेरेर राखेको संसारबाट उछिट्टिएर संसारकै फरक परिवेश र परिधिसँग दगुर्दै त्यहाँका संवेदनशील स्पन्दनहरूको अनुभूतिले एकैछिनका लागि भए पनि जिरिङ्ग हुन […]
११ वैशाख, वैशाख । कोरोना संक्रमणको दोस्रो लहर तीव्र बनेकै बेला झापाको एक सरकारीसहित चारवटा अस्पतालले अक्सिजन प्लान्ट निर्माण गर्न थालेका छन् । मेची प्रादेशिक अस्पतालमा वैशाख महिनाभित्र सञ्चालनमा ल्याउने गरी प्रदेश १ सरकारको ७५ लाख लगानीमा अक्सिजन प्लान्ट निर्माणाधीन छ । कोभिड–१९ सङ्क्रमितको उपचारका लागि ७५ शैय्याको अलग अस्पतालसमेत सञ्चालन गरिरहेको मेची अस्पताल भद्रपुरमा […]
११ वैशाख, काठमाडौं । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सम्पन्न गरिएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ । पहिलो दिन रथलाई असन र दोस्रो दिन हनुमानढोका लगी राखिएको थियो । जात्राको तेस्रो दिन हनुमानढोकाबाट रथ तानी लगनटोल पुर्याइन्छ । […]
११ वैशाख, काठमाडौं । भारतको उत्तराखण्डमा फेरि हिमताल फुटेको छ । भारत–चीन सीमा क्षेत्र नजिक चमोलीको जोशीमठ भन्ने स्थानमा शुक्रबार हिमताल फुटेको सूचना आएको उत्तराखण्ड सरकारले जनाएको छ । सो क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएकाले पूरा जानकारी लिन कठिन भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ । प्रहरी अधिकारीहरुले शनिबार साँझसम्ममा पूरा विवरण आउनसक्ने बताएका छन् । […]
११ वैशाख, बुटवल । पछिल्लो २४ घण्टामा बाँके र रुपन्देहीमा गरी पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका चारजना र रुपन्देहीका एकजना हुन् । भेरी अस्पताल नेपालगन्जमा उपचाररत दुई महिला र दुई पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगन्ज–२ की ७५ […]
११ वैशाख, काठमाडौं । २०७२ को भूकम्पले भत्किएपछि पुनर्निर्माण गरिएको धरहरा शनिबार उदघाटन गरिँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार धरहरा उदघाटन गर्न लागेका हुन् । उदघाटन कार्यक्रममा सीमित व्यक्तिहरुमात्र रहने छन् । कोरोना संक्रमणको जोखिमका कारण उदघाटन समारोहमा कसैलाई पनि नबोलाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । उदघाटन कार्यक्रम अवलोकनका लागि वैकल्पिक व्यवस्था […]
११ वैशाख, काठमाडौं । जनताले जितेको दिन । देशभरका सडकमा गणतन्त्रको नारा लागेको दिन । राता झण्डा र परिवर्तनको नारा लागेको वैशाख ११ लाई हरेक वर्ष नेपाली जनताले आफू विजयी भएको दिनका रुपमा स्मरण गर्छन् । नेपालको आफ्नै मौलिक खालका वसन्त क्रान्तिको नाम समेत २०६२/६३ को जनआन्दोलनलाई दिने गरिएको छ । वसन्त ऋतुमा जनताले जितेकाे […]
१० वैशाख, काठमाडौं । नेता माधवकुमार नेपालसँग लगातार दुई दिन छलफल गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक राखेर दुई महत्वपूर्ण निर्णय गरेका छन्ः– नयाँ स्थायी कमिटी गठन र केन्द्रीय सदस्यहरुको कार्य विभाजन । तर नेपाल समूहका नेताहरु न स्थायी कमिटीमा समेटिएका छन्, न कार्य विभाजनमा । यससँगै […]
मुलुकका कुनै पनि ठूला विकास आयोजना समयमा सकिंदैनन् । प्रमुख आयोजना किन समयमा बनेनन् भनेर केलाउँदा यस्तोसम्म भेटियो कि राजनीतिज्ञ र कर्मचारीतन्त्रले ती आयोजना समयमा बन्नु भन्दा ढिलो हुँदा लाभ हुने ठान्दारहेछन् । त्यसैले राजनीतिक क्षेत्रले विकास आयोजनाको स्वामित्व नलिने र कर्मचारी तन्त्रले त्यसलाई प्रक्रियामा अल्झाउने गरेर वर्षौंसम्म आयोजना लम्ब्याइदिने काम हुँदोरहेछ । परिणाम मुलुकको […]
१० वैशाख, काठमाडौँ । नेकपा एमालेकी नेता भगवती चौधरीले जिल्ला इन्चार्जको जिम्मेवारी नदिएकोमा असन्तुष्टि जनाएकी छन् । शुक्रबार बालुवाटारमा भएको एमाले अध्यक्ष केपी ओली पक्षको बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंगो लगाएको छ । चौधरीले सुनसरी जिल्ला इन्चार्जमा दबी गरेकी थिइन्, तर जगदिश कुशवाहलाई इन्चार्जको जिम्मेवारी दिइएको छ । त्यसप्रति असन्तुष्टि जनाएर बैठक स्थलबाट बाहिरिएकी उनले […]
१० वैशाख, काठमाडौं । विश्वभर फैलँदै गएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को दोस्रो लहर नियन्त्रणका लागि सरकारले वैशाख ६ गते राजपत्रमा सूचना प्रकाशित गरी जनस्वास्थ्यसम्बन्धी एक आदेश जारी गर्यो । ३१ बुँदे लामो मापदण्डको अन्त्यमा ‘यसको पालन गर्नु सबैको कर्तव्य हुने र आदेश कार्यान्वयनमा अवज्ञा गरे वा आदेश कार्यान्वयनमा बाधा गरेमा संक्रामक रोग ऐन २०२० अनुसार […]
from समाचार – Online Khabar https://ift.tt/3xgxIGx
via IFTTT






















