समाचार
२३९ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्ड्सको शुरुवात राम्रो हुन सकेन । नेदरल्याण्ड्सले दोस्रो ओभरमै ओपनर टोबियस भिसेलाई २ रन गुमायो । उनलाई नेपालका आसिफ शेखले डिरेक्ट हिटमार्फत रनआउट गरे । यस्तै पाँचौ ओभरमा नेदरल्याण्ड्सले दोस्रो विकेट गुमायो । बेन कुपर कमल सिंह ऐरीको बलमा पाँचौ ओभरको चौथो बलमा ७ रन बनाएर आउट भए । उनलाई […]
११ वैशाख, काठमाडौं । बृहत् नागरिक आन्दोलनले टुँडिखलमा नेपाली सेनाको तारबार हटाएर नागरिकका लागि खुला गर्न काठमाडौं महानगरपालिकका मेयरलाई आग्रह गरेको छ । लोकतन्त्र दिवसको अवसरमा सार्वजनिक अपील जारी गर्दै नागरिक आन्दोलनले टुँडिखेल नेवाः समुदायको तिनि ख्यः (तिं ख्यः), पुरानो नाम ‘तेन्दोख्यल’बाट विकसित सार्वजनिक स्थान भएको बताएको छ । उसले भनेको छ, ‘तिनि ख्यःमा सेनाको […]
११ वैशाख, काठमाडौं । कोरोना संक्रमणबाट पीडित पूर्वराजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना भएका छन् । उनीसँगै पूर्वरानी कोमल शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् । उनीहरु शनिबार दिउँसो अस्पतालमा भर्ना भएका हुन् । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार तीनैजनाको अवस्था स्थिर र सामान्य छ । भारतमा गंगास्थान गरेर फर्किएका शाह […]
११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । सोमबार दिउँसो २ बजे बैठक बोलाइएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा आसन्न १४औं महाधिवेशनको तयारी, जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ ।
११ वैशाख, काठमाडौं । नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा चौथो अर्धशतक प्रहार गरेका छन् । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत अहिले भइरहेको नेदरल्याण्ड्सविरुद्धको फाइनलमा भुर्तेलले अर्धशतक बनाएपछि उनको अर्धशतक संख्या चार पुगेको हो । १३औं ओभरको चौथो बलमा छक्का प्रहार गर्दै उनले अर्धशतक पूरा गरे । नेपालका लागि उनी सर्वाधिक अर्धशतक प्रहार पारस […]
११ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि अहिले घरेलु टोली नेपाल र नेदरल्याण्ड्सबीच फाइनल खेल भइरहेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा दर्शकलाई खेल हेर्न प्रवेश निषेध गरिएको छ । तर मैदानको बाहिर खेल हेर्नका लागि दर्शकको बाक्लो उपस्थिति छ । उनीहरु आफ्नो प्रिय टिमलाई समर्थन गर्न बाहिर उभिएरै खेल हेरिरहेका छन् । […]
११ वैशाख, जनकपुरधाम । प्रदेश २ सरकार संघीय सरकारले बनाएको जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गराउन कडाइका साथ प्रस्तुत हुने भएको छ । मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामस्थित आफ्नै निवासमा सर्वदलीय बैठकको आयोजना गर्दै जनस्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने बताएको हो । बैठकले २५ जना भन्दा बढी सहभागी हुने साँस्कृतिक, धार्मिक, राजनीतिक गतिविधिलाई स्थानीय प्रशासनको सहयोगमा कडाइका […]
२०६२ चैत २६ देखि २०६३ वैशाख ११ गतेसम्म देशव्यापी चर्किएको आन्दोलनलाई नेपाली इतिहासमा ‘जनआन्दोलन भाग–२’ तथा केहीले ‘गणतान्त्रिक आन्दोलन’ पनि भन्ने गरेका छन् । आदिकालदेखि जरा गाडेको हिन्दू राजतन्त्रात्मक शासनको अन्त्य गरी लोकतान्त्रिक शासन व्यवस्था स्थापना गर्न जनआन्दोलन सफल भयो । तत्कालीन विद्रोही पक्ष नेकपा माओवादी तथा सात दल सम्मिलित १९ दिनसम्म चलेको जनआन्दोलनमा दुई […]
११ वैशाख, जनकपुरधाम । प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय कुमार झामा कोरोना संक्रमण पुष्टि भएको छ । गत वैशाख ६ गते नै कोरोना संक्रमण पुष्टि भएका झा होम आइसोलेसनमै रहेर उपचार गराइरहँदा अवस्था जटिल भएपछि थप उपचारका लागि पाटन हस्पिटल ललितपुरमा भर्ना गरिएको छ । ‘कोरोना पोजेटिभ भएपछि घरमै उपचार गराइरहनुभएको थियो […]
११ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई दाताको हैसियतमा उठाउन आ–आफ्नो ठाउँबाट प्रयास गर्न आह्वान गरेका छन् । अहिले हामी दाता कहाँ भेटिएला भनेर सहयोगको अपेक्षा गर्ने अवस्थामा छौं भन्दै प्रधानमन्त्री ओलीले यस अवस्थालाई हामीले नै फेर्नु पर्ने बताए । पुनर्निर्मित धरहराको शनिबार उदघाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामीले बनाउने हो देश र […]
११ वैशाख, काठमाडौं । धरहरा भत्किंदा पनि बाँच्न सफल भएकी रमिला श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन् । शनिबार पुनर्निर्मित धरहराको उदघाटन कार्यक्रममा बल्खु काठमाडौंकी श्रेष्ठलाई सम्मान गरिएको हो । २०७२ वैशाख १२ गते धरहरामा चढेर काठमाडौं उपत्यका अवलोकन गर्ने क्रममा भूकम्प जाँदा उनी घाइते भएकी थिइन् । गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको […]
११ वैशाख, काठमाडौं । मुर्चुङ्गा । नाम सुने पनि कतिपयलाई यसबारे जानकारी नहुन सक्छ । फलाम, पित्तल लगायत धातुद्वारा निर्मित सानो, त्रिशूल आकारको मौलिक, सांस्कृतिक लोकबाजा हो– मुर्चुङ्गा । फलामको पातलो पाता पिटेर मुर्चुङ्गा बनाइन्छ । वरिपरि फलाम वा पित्तल प्रयोग गरिएको हुन्छ । जुन चारपाटे र धारिलो बनाइएको हुन्छ । बीचमा फलामको एउटा पातलो […]
११ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन् । धरहरा रहेको स्थान सुन्धारामा शनिबार बिहान आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गरेका हुन् । धरहरामा राखिएको शिलालेख अनावरण गरेपछि उनी बालकोनीमा पुगेका थिए । त्यहाँबाट उनले काठमाडौं उपत्यकाको दृश्यावलोकन गरेका थिए । लिफ्टबाट २० औं तलामा रहेको बालकोनीमा […]
११ वैशाख, पोखरा । म्याग्दीका जगेन्द्र पुनले अघिल्लो वर्ष पुसअघिका धेरैजसो महिना न घर भन्न पाए, न निर्धक्क भएर हिंडडुल गर्न । प्रहरी हिरासत र कारागारका चिसा छिंडीमै उनले जीवनको उत्तरार्द्ध बिताउनुपर्यो । नेत्रविक्रम चन्द नेतृत्वको तत्कालीन प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीमा लागेको भन्दै उनी प्रहरीबाट ८ पटकसम्म पक्राउ पर्ने र छुट्ने क्रम चल्यो । यतिसम्म […]
११ वैशाख, नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ । आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि वैशाख ८ गते भेरी अस्पतालको कोभिड आइसोलेसनमा भर्ना […]
त्यो जमाना थियो, अडियो क्यासेटको । त्यो जमाना थियो, सांगीतिक व्यान्डको । त्यो जमाना थियो, मंगोलियन हार्टको । र, त्यो जमाना थियो राजु लामाको । संक्षेपमा जमाना यस्तो थियो– शहर, चोक, गल्लीका पानपसल जस्तै भरिभराउ बजार हुन्थ्यो, अडियो क्यासेटको । ‘ए’ र ‘बी’ साइडमा औसत चारको दरले आठ वटा गीत त्यसभित्र कैद हुन्थे । एक […]
११ वैशाख, काठमाडौं । नेपाली फुटबलको इतिहासमा आजदेखि नयाँ प्रयोगको सुरुवात हुँदैछ । पहिलो पटक फ्रेन्चाइज फुटबल टुर्नामेन्ट नेपालमा हुँदैछ । नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा आज उपत्यकाका दुई टोली काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्दैछन् । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा गर्न लागेको प्रतियोगितामा […]
११ वैशाख, काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा सुदूरपश्चिम प्रदेशमा ६४ हजार बढी सवारी साधन कारबाहीमा परेका छन् । सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा ट्राफिक नियम उल्लंघन गर्ने ६४ हजार ३०५ सवारी साधन कारबाहीमा परेका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्यांकअनुसार गत साउनदेखि चैतसम्म सबैभन्दा बढी […]
डा. डम्बर चेम्जोङ त्रिभुवन विश्वविद्यालय मानवशास्त्र विभागका प्रमुख हुन् । २५ वर्षदेखि त्रिभुवन विश्वविद्यालयमा पढाउँदै आएका चेम्जोङ लोकतन्त्रमाथि भएका प्रहारबारे निरन्तर प्रश्न उठाउनेमध्ये एक हुन् । लोकतन्त्र कार्यान्वयनमा भएका कमी–कमजोरी निर्धक्क भन्न सक्ने चेम्जोङ समावेशितालाई भागबण्डामा सीमित पारिएको टिप्पणी गर्छन् । अनि अहिलेको लोकतान्त्रिक बहुमतप्राप्त सरकारले पनि एकल राष्ट्रवादलाई नै प्रश्रय दिएको दाबी गर्छन् । […]
११ वैशाख, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा आइतबारबाट सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । हेटौंडा उपमहानगरपालिकाभित्र चल्ने निजी तथा सार्वजनिक सवारी सबैमा जोर बिजोर प्रणाली लागू हुनेछ । हेटौंडामा सञ्चालन हुने कार, मोटरसाइकल, टेम्पो, म्याजिक, अटो, मयुरीलगायत सबै सवारीमा जोर बिजोर प्रणाली लागू हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले […]
साहित्यको आनन्ददायी नीरव गुफामा पस्न मन थियो । तर मनले खोजे जसरी कहिल्यै भित्रिन भने सकिनँ । कारण पनि आफैं, परिस्थिति पनि आफ्नै । तैपनि मौका पाउनेबित्तिकै कथा–संसारमा आफूलाई विचरण गराउन मन लाग्छ । चारैतिरबाट घेरेर राखेको संसारबाट उछिट्टिएर संसारकै फरक परिवेश र परिधिसँग दगुर्दै त्यहाँका संवेदनशील स्पन्दनहरूको अनुभूतिले एकैछिनका लागि भए पनि जिरिङ्ग हुन […]
from समाचार – Online Khabar https://ift.tt/3tQBSTb
via IFTTT






















