समाचार
१९ चैत, पोखरा । नेकपा एमालेको माधवकुमार नेपाल समूहले कास्कीमा छुट्टै जिल्ला कमिटी घोषणा गरेको छ । पोखरामा बिहीबार भएको अगुवा कार्यकर्ता भेलाले धनराज आचार्यको नेतृत्वमा ७५ सदस्यीय कमिटी घोषणा गरेको हो । कमिटीको सचिवमा होमबहादुर नेपाली छन् । छिट्टै अर्को भेला गरेर पूर्ण कमिटीको घोषणा गर्ने नेता नेपालले जानकारी दिएका छन् ।
१९ चैत, काठमाडौं । ‘टोकियो ओलम्पिक २०२०’ आगामी जुलाई–अगष्टमा जापानमा हुँदैछ । कोरोना महामारी नफैलिएको भए गत वर्ष नै सम्पन्न भइसक्ने थियो । तर कोरोना महामारीले विश्व नै प्रभावित बनेपछि त्यसको असर खेलकुदमा पनि पर्यो । विश्व खेलकुदको ‘महाकुम्भ’ ओलम्पिक पनि एक वर्ष पछि सर्यो । विश्वभरका राष्ट्रले सहभागिता जनाउँदै आएको ओलम्पिकमा नेपालले पनि सन् […]
१९ चैत, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनलाई निस्सा दिने कि नदिने भन्नेबारे सर्वोच्च अदालतले विहीबार निर्णय गर्ने भएको छ । सर्वोच्चले निस्सा प्रदान गरेमा यो मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढ्ने छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एमाले र […]
१९ चैत, काठमाडौं । दूध ढुवानीका साधनहरुले सडकमा अब एम्बुलेन्ससरह प्राथमिकता पाउने भएका छन् । सरकारले प्रदान गर्ने विशेष प्रकारको लोगो टाँसिएका त्यस्ता साधनलाई सडकमा कसैले पनि अवरोध गर्न नपाइने र एम्बुलेन्ससरह नै प्राथमिकता दिनुपर्ने व्यवस्था कार्यान्वयनमा आएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । दूग्ध ढुवानीमा यस्तो सुविधा दिने नेपाल विश्वकै पहिलो र एक […]
१९ चैत काठमाडौं । फिफा विश्वकप अन्तर्गत युरोपेली छनोटमा जर्मनी नर्थ मेसोडोनियासँग २-१ ले पराजित भएको छ । विश्वकप छनोटमा जर्मनीको २० वर्षपछि पहिलो हार हो । यसका साथै विश्वकप छनोटमा जर्मनीको ३५ खेलको अपराजित यात्रा समेत टुङ्गिएको छ । एलजिफ एल्माले खेल सकिन पाँच मिनेट अगाडि गोल गरेपछि नर्थ मेसेडोनियाले चार पटकको विश्व विजेता […]
१९ चैत, काठमाडौं । अप्रिल २२ र २३ मा अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तनसम्बन्धी विश्वका नेताहरुको शिखर सम्मेलन आयोजना गर्दैछन् । बाइडनले ४० देशका सरकार र राष्ट्र प्रमुखहरुलाई सो कार्यक्रमको लागि निम्तो पठाएका छन् । दक्षिण एसियाबाट भारत, भुटान र बंगलादेशलाई आमन्त्रण गरिएको छ । भर्चुअल माध्यमबाट हुने सो सम्मेलनको सामाजिक सन्जालमार्फत् प्रत्यक्ष प्रसारण […]
१९ चैत काठमाडौं । काठमाडौं उपत्यकासहितका पहाडी भूभागमा बिहीबार पनि पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । अपराह्नपछि बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भागमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद मञ्जु वासीले बताइन् । शुक्रबारदेखि पुनः पानी पर्ने प्रणाली कमजोर हुने पूर्वानुमान गरिएको उनले बताइन् । बुधबार बेलुका काठमाडौं उपत्यकासहितका […]
१९ चैत, जनकपुरधाम । अज्ञात समूहले चलाएको गोली लागेर महोत्तरीमा एक जना घाइते भएका छन् । जिल्लाको औरही नगरपालिका वडा नम्बर ६ बैरियामा अज्ञात समूहले प्रहार गरेको गोलीबाट बर्दिवास नगरपालिका वडा नम्बर १ का ३० वर्षीय रोशन कोइराला घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी दिनेश आचार्यका अनुसार कोइरालामाथि दुई गोली प्रहार […]
१८ चैत, काठमाडौं । बुुुधबार साँझ परेको पानीले वायु प्रदूषणको मारमा रहेका काठमाडौं उपत्यकाबासीलाई राहत दिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाका साथै प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षा भएको छ । ‘पश्चिमी वायुका साथै बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले कतै धेरै र कतै हल्ला वर्षा भएको हो’ […]
१८ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रको पूर्वाधार विकासका लागि ६ करोड दिने प्रसताव गरेको छ । मंगलबार सिसडोल ल्याण्डफिल्ड साइटका प्रभावित स्थानीयसहित जनप्रतिनिधिसँग राष्ट्रिय सभागृहमा भएको छलफलमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेँसी गाउँपालिकाको पुर्वाधार विकासका लागि आगामी आर्थिक वर्ष तीन-तीन करोड व्यवस्था गर्ने प्रस्ताव गरेका […]
१८ चैत, काठमाडौं । बुधबारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको सुरक्षा खतरा, सांसद रेशम चौधरीको रिहाइ, म्यानमारमा भएको आन्दोलनलगायतका विषमया आवाज उठेको छ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रधानमन्त्री केपी शर्मा ओली सुरक्षा खतरा भएर संसदमा नआएको हो भनी प्रश्न गरेका छन् । केही दिनअघि प्रधानमन्त्रीले आफूमाथि गम्भीर सुरक्षा खतरा रहेको र कुनै पनि बेला भौतिक […]
१८ चैत, काठमाडौं । कोरोना महामारीपछि बेचिने महिला, किशोरी तथा बालबालिकाको संख्या अधिक बढेको महिला तथा बालबालिका बेचबिखनविरुद्ध काम गर्ने संघ–संस्थाहरुले जनाएका छन् । कोभिडले सबै क्षेत्र अस्तव्यस्त बनेको छ । महामारी नियन्त्रणका लागि गरिएको लकडाउनले व्यापार-व्यवसाय चौपट बनेर धेरैको रोजगारी गुम्यो । त्यसको सोझो असर श्रम गरिखाने वर्गको दैनिकीमा पर्यो । दैनिक आयस्रोत बन्द […]
१८ चैत, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रकरणमा अख्तियारको दुरुपयोग गर्ने सरकारी अधिकारीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)लाई निर्देशन दिएको छ । २०७६ चैत १२ गते स्वास्थ्य सामग्री खरिद प्रक्रिया अघि बढाउँदा विशेष परिस्थिति भनी सार्वजनिक खरिद ऐन र नियमावली विपरीत अधिकार प्रयोग गरेको पाइएको भन्दै समितिले खरिदमा संलग्न […]
१८ चैत, काठमाडौं । उपत्यका बाहिरका धेरै स्थानीय तहले आफ्नो क्षेत्रमा वायु प्रदूषण नभएको भन्दै विद्यालय बन्द सञ्चालन गरिरहेका छन् । गत मंगलबारदेखि वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको थियो । हेटौंडा उपमहानगरपालिकामा केही निजी विद्यालयहरु खुलेका छन् […]
१८ चैत, काठमाडौं । भोकमरीमा नेपालको प्रगति सुधारोन्मुख रहेको एक अध्ययनले देखाएको छ । विश्वव्यापी भोकमरी सूचांक (जीएचआई) ले तयार गरेको ‘विश्वव्यापी भोकमरी सूचांक प्रतिवेदन २०२०’ ले नेपाल भोकमरी अवस्थामा जोखिमपूर्णबाट मध्यम अवस्थामा आएको देखाएको हो । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक प्रतिवेदनअनुसार विश्व भोकमरी सूची सन् २०२० मा १०७ मुलुकमध्ये नेपाल ७३ औं […]
१८ चैत, काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले समानान्तर गतिविधि रोक्न नेता माधवकुमार नेपाल समूहलाई आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकपछि संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसंग कुरा गर्दै नेता ज्ञवालीले पार्टीमा समानान्तर गतिविधि कायम राखे कारबाही हुने चेतावनी दिए । उनले एमाले मन नपरे अर्को पार्टी खोल्न वा अर्को कुनै दलसंग जोडिन आग्रह […]
१८ चैत, काठमाडौं । नयाँ सरकार गठन वा मध्यावधि निर्वाचन कुन कोर्समा राजनीति जान्छ भन्ने एकाध दिनमा टुंगो लाग्ने नेताहरुले बताएका छन् । उनीहरुकाअनुसार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धन सरकारको नेतृत्व लिन अग्रसर भए प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनेछ । नभए माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनेछ । देउवाको […]
१८ चैत, जनकपुरधाम । प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले प्रदेशका मुख्य न्यायाधिवक्तालाई राज्यमन्त्रीसरहको प्रोटोकल (वरियताक्रम) मा राख्ने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । बुधबार महान्यायाधिवक्ता रमेश बडाललाई ६ बुँदे मागपत्र बुझाउँदै प्रदेशका मुख्य न्यायाधिवक्ताको वरियता सुधारका लागि गृह मन्त्रालयमा पहल गरिदिन आग्रह गरेका हुन् । यसअघि सातै प्रदेशका मुख्य न्यायाधिवक्ताको प्रोटोकल राज्यमन्त्रीसरह रहे […]
म्यानमारमा चलिरहेको नरसंहारको विश्वभर निन्दा भइरहेको छ । फेब्रुअरी १ मा सेनाले शासनसत्ता आफ्नो हातमा लिएयता त्यहाँ ५०० भन्दा बढी नागरिकको मृत्यु भइसकेको छ । त्यहाँ भइरहेको मानवता विरोधी अपराध रोक्न सेनामाथि अन्तर्राष्ट्रिय दबाब बढाउनुपर्ने आवाज उठिरहेको छ । तर, भारत र चीनलाई आफ्नो छिमेकमा भइरहेको नरसंहारले खासै छोए जस्तो देखिंदैन । प्रजातान्त्रिक मुलुक भारतले […]
१८ चैत, काठमाडौं । केही दिनयता देशभरका अधिकांश वन–जंगलमा नियन्त्रण गर्नै नसक्ने गरी डढेलो फैलिएको छ । डढेलोले वायुमण्डललाई प्रदूषित बनाएसँगै कतिपय मानवबस्ती नै जोखिममा परेका छन् । तर यसको नियन्त्रणका लागि संघदेखि स्थानीय सरकारसँग न त समन्वय छ, न बजेट नै । डढेलोले वन्यजन्तु, बोटविरुवा, वनस्पति, जडिबुटी र काठ–दाउरालगायतका जैविक तथा पर्यावरणीय क्षति बढ्दो […]
१८ चैत, सुर्खेत । कर्णाली प्रदेशका सांसदहरुले अपाङ्गमैत्री कानून निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिले बुधबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै सांसदहरुले यस्तो बताएका हुन् । कार्यक्रममा माओवादी केन्द्रकी प्रमुख सचेतक सीता नेपालीले प्रदेशले बनाउने कानूनहरु अपाङ्गमैत्री बनाउन प्रतिबद्धता जनाइन् । ‘प्रदेश सभाले बनाउने नीति र कानूनमा अपाङ्गताका मुद्धाहरु […]
from समाचार – Online Khabar https://ift.tt/39xPpHg
via IFTTT





















