Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कोरोना संक्रमणबाट संविधानसभा सदस्यको मृत्यु

११ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज-३ की ६५ वर्षीया मोहम्मद सिद्धिकीको शनिबार उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । उनलाई २८ चैतमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी संविधानसभा सदस्य सदस्य समेत हुन् ।

छात्रावासमा बसेकी छात्राको मृत्यु

११ वैशाख, बुटवल । रुपन्देहीको एक निजी विद्यालयको छात्रावासमा बस्दै आएकी एक छात्राको उपचारका क्रममा मृत्यु भएको छ । तिलोत्तमाको नयाँमिलस्थित प्यारामाउन्ट बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत १५ वर्षीया प्रतिमा सापकोटाको मृत्यु भएको हो । ज्वरो र पेट दुख्ने समस्या देखिएकी उनलाई शनिबार परिवारका सदस्यले मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका लागि लगेका थिए । तर […]

एनएसएलमा काठमाडौंको सुखद शुरुवात

११ वैशाख, काठमाडौं । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल)मा काठमाडौं रेजर्सले विजयी शुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको उद्घाटन खेलमा विकेश कुथुको कप्तानीमा रहेको काठमाडौंले उपत्यका डर्बीमा ललितपुर सिटी एफसीलाई १–० ले पराजित गरेको हो । काठमाडौंको जितमा विदेशी खेलाडी स्टेफन समिरले निर्णायक गोल गरे । […]

ठमेल क्षेत्रका व्यवसायीले लगाए कोरोना खोप

११ वैशाख, काठमाडौं । ठमेल क्षेत्रका व्यवसायीहरुले कोरोनाविरुद्धको खोप लगाएपछि पर्यटन व्यवसायमा उर्जा मिल्ने बताएका छन् । ठमेल पर्यटन विकास परिषद्को आग्रहमा सरकारले १० हजार डोज खोप उपलब्ध गराएपछि व्यवसायी खुसी भएका हुन् । चीन सरकारले नेपाललाई उपलब्ध गराएको भेरोसेल खोप ठमेल क्षेत्रका व्यवसायीहरुले लगाएका हुन् । परिषद्का उपाध्यक्ष एवं कोभिड–१९ पर्यटन व्यवसाय विपद् समन्वय […]

धरहरा चढ्दा आइफेल टावर चढेजस्तै अनुभव भयो : प्रधानमन्त्री ओली

११ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहरा चढ्दा फ्रान्सको आइफेल टावर चढेजस्तै अनुभव भएको बताएका छन् । शनिबार पुनर्निर्मित धरहरा उद्घाटन समारोहलाई सम्बोधन प्रधानमन्त्री ओलीले सुन्दर, आकर्षक र मजबुत धरहरा चढ्दा आइफेल टावर चढेजस्तै अनुभव भएको र २० औं तलामा त्यहाँकै जस्तो हावा आएको अनुभव भएको बताए । इतिहाससँग जोडिएको ऐतिहासिकस्थल पुनर्निर्माण […]

बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु

११ वैशाख, काठमाडौं । नेपालगञ्जको भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको खजुरा गाउँपालिका–२ की ७२ वर्षीय महिलाको उपचारका क्रममा शनिबार अपरान्ह सवा ४ बजेतिर मृत्यु भएको भेरी अस्पतालले जनाएको छ । वैशाख ७ गते कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसिरहेकी ती वृद्धालाई शुक्रबार अस्पतालमा भर्ना गरिएको थियो । योसँगै बाँके […]

भेरी अस्पतालमा थप एकजना संक्रमितको मृत्यु

११ वैशाख, नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप एकजना संक्रमतिको उपचारका क्रममा शनिबार मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१२ निवासी ५५ वर्षीया महिलाको भेरी अस्पतालमा रहेको कोभिड आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार स्वास्थ्यमा समस्या आएपछि चैत ३१ गते पिसिआर […]

विराटनगरमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

११ वैशााख, विराटनगर । कोरोना संक्रमणका कारण शनिबार विराटनगरमा दुईजनाको मृत्यु भएको छ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेका दुईजनाको मृत्यु भएको हो । कोभिड उपचार केन्द्रका संयोजक एपोलो भगतका अनुसार शनिबार बिहान विराटनगर महानगरपालिका–६ का ४८ वर्षीय पुरुष र शनिबार बेलुका करिब ५ बजे विराटनगर महानगरपालिका–१७ की ७० वर्षीय महिलाको मृत्यु भएको […]

मेजाईको उपहार

एक डलर ८७ सेन्ट । जम्मा रकम त्यति नै थियो । त्यसमध्ये पनि साठी सेन्ट त पेनीहरूमा मात्र थियो । पेनी अर्थात् अमेरिकी मुद्राको सबैभन्दा सानो एकाइ, अझ भनौं, अमेरिकी एक पैसाको ढ्याक । धेरैवटा पेनी गनेर किनकान गर्ने किसिमका ग्राहक आइलाग्दा किराना वा तरकारी र मासु पसलेहरूलाई सधैं हत्तु–हैरान हुने गर्दथ्यो । पसलेलाई पैसा […]

मन्त्री पाण्डेलाई आफ्नै पार्टीका नेता कार्यकर्ताले देखाए कालोझण्डा

११ वैसाख, बुटवल । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोष पाण्डेलाई आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले रुपन्देहीमा कालोझण्डा देखाएर विरोध जनाएका छन् । मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको दुई घण्टामै निर्णय बदलेर लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री बनेका सन्तोष पाण्डेलाई आफ्नै पार्टीका नेता–कार्यकर्ताले कालो झण्डा देखाउँदै विरोध जनाएका हुन् । रुपन्देहीको मर्चवारमा एक कार्यक्रममा […]

कुशल भुर्तेल बने प्लेयर अफ दी सिरिज

११ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा कुशल भुर्तेल प्लेयर अफ दी सिरिज बनेका छन् । टी–२० अन्तर्राष्ट्रियको डेब्यू सिरिजमै भुर्तेल उत्कृष्ट खेलाडी बनेका हुन् । उनले मोटरसाइकल पुरस्कार पाएका छन् । डेब्यूसहित तीन खेलमा लगातार तीन अर्धशतकको विश्व कीर्तिमान बनाएका भुर्तेलले फाइनलमा नेपाललाई जिताउने क्रममा ७७ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । टी-२० अन्तर्राष्ट्रियमा […]

कीर्तिमानी जितसँगै नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि

११ वैशाख, काठमाडौं । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जितेको छ । कुशल  भुर्तेलसँगै कुशल मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङ मद्दतमा नेपालले २३८ रनको कीर्तिमानी स्कोर खडा गरेको गरेको थियो । जवाफमा नेदरल्याण्ड्सले १७.२ ओभरमा सबै विकेट गुमाएर ९६ रन […]

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, २६१८ संक्रमित थपिए

११ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६१८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ६६८ नमुनाको पीसीआर टेष्ट गर्दा २४८६ जनामा र सीमा नाकाहरुमा ११४३ जनाको एन्टिजेन टेष्ट गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमितको संख्या २ […]

नागरिक आन्दोलनको अपील : ‘तिनि ख्यः’बाट सेनाको घेराबारा हटाऊ

११ वैशाख, काठमाडौं । बृहत् नागरिक आन्दोलनले टुँडिखलमा नेपाली सेनाको तारबार हटाएर नागरिकका लागि खुला गर्न काठमाडौं महानगरपालिकका मेयरलाई आग्रह गरेको छ । लोकतन्त्र दिवसको अवसरमा सार्वजनिक अपील जारी गर्दै नागरिक आन्दोलनले टुँडिखेल नेवाः समुदायको तिनि ख्यः (तिं ख्यः), पुरानो नाम ‘तेन्दोख्यल’बाट विकसित सार्वजनिक स्थान भएको बताएको छ । उसले भनेको छ, ‘तिनि ख्यःमा सेनाको […]

कोरोना संक्रमित पूर्वराजा शाह दम्पती अस्पताल भर्ना

११ वैशाख, काठमाडौं । कोरोना संक्रमणबाट पीडित पूर्वराजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना भएका छन् । उनीसँगै पूर्वरानी कोमल शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् । उनीहरु शनिबार दिउँसो अस्पतालमा भर्ना भएका हुन् । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार तीनैजनाको अवस्था स्थिर र सामान्य छ । भारतमा गंगास्थान गरेर फर्किएका शाह […]

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । सोमबार दिउँसो २ बजे बैठक बोलाइएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा आसन्न १४औं महाधिवेशनको तयारी, जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

सेती नदी, पाताले छाँगो र रामघाट ४० वर्षसम्म निजी क्षेत्रलाई दिने दाउ

११ वैशाख, पोखरा । कार्यकालको अन्तिम वर्षको मुखमा आइपुग्दा पोखरा महानगरपालिकाका जनप्रतिनिधिले प्राकृतिक तथा सार्वजनिक महत्वको सम्पदा र स्रोत विना टेन्डर निजी क्षेत्रलाई सुम्पिने योजना अघि सारेका छन् । पोखरा महानगरबाट नेतृत्व छोड्दै गर्दा ४० वर्षका लागि सार्वजनिक सम्पदा निजी क्षेत्रलाई जिम्मा दिने गरी मेयर मानबहादुर जिसीले प्रक्रिया अगाडि बढाएका हुन् । सार्वजनिक निजी साझेदारीको […]

मैदान बाहिर टी-२० सिरिजको फाइनल हेर्ने दर्शकको भीड

११ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि अहिले घरेलु टोली नेपाल र नेदरल्याण्ड्सबीच फाइनल खेल भइरहेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा दर्शकलाई खेल हेर्न प्रवेश निषेध गरिएको छ । तर मैदानको बाहिर खेल हेर्नका लागि दर्शकको बाक्लो उपस्थिति छ । उनीहरु आफ्नो प्रिय टिमलाई समर्थन गर्न बाहिर उभिएरै खेल हेरिरहेका छन् । […]

प्रदेश २ सरकार जनस्वास्थ्य मापदण्ड पालना गराउन कडा रुपमा प्रस्तुत हुने

११ वैशाख, जनकपुरधाम । प्रदेश २ सरकार संघीय सरकारले बनाएको जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गराउन कडाइका साथ प्रस्तुत हुने भएको छ । मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामस्थित आफ्नै निवासमा सर्वदलीय बैठकको आयोजना गर्दै जनस्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने बताएको हो । बैठकले २५ जना भन्दा बढी सहभागी हुने साँस्कृतिक, धार्मिक, राजनीतिक गतिविधिलाई स्थानीय प्रशासनको सहयोगमा कडाइका […]

प्रदेश २ को स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशकमा कोरोना संक्रमण

११ वैशाख, जनकपुरधाम । प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय कुमार झामा कोरोना संक्रमण पुष्टि भएको छ । गत वैशाख ६ गते नै कोरोना संक्रमण पुष्टि भएका झा होम आइसोलेसनमै रहेर उपचार गराइरहँदा अवस्था जटिल भएपछि थप उपचारका लागि पाटन हस्पिटल ललितपुरमा भर्ना गरिएको छ । ‘कोरोना पोजेटिभ भएपछि घरमै उपचार गराइरहनुभएको थियो […]

हामी दाता कहाँ भेटिएला भन्ने अवस्थामा छौं, यसलाई फेरौं : प्रधानमन्त्री

११ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई दाताको हैसियतमा उठाउन आ–आफ्नो ठाउँबाट प्रयास गर्न आह्वान गरेका छन् । अहिले हामी दाता कहाँ भेटिएला भनेर सहयोगको अपेक्षा गर्ने अवस्थामा छौं भन्दै प्रधानमन्त्री ओलीले यस अवस्थालाई हामीले नै फेर्नु पर्ने बताए । पुनर्निर्मित धरहराको शनिबार उदघाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामीले बनाउने हो देश र […]



from समाचार – Online Khabar https://ift.tt/3xplo6W
via IFTTT
Powered by Blogger.