समाचार
५ जेठ, गुल्मी । गुल्मीमा मिर्गौला प्रत्यारोपण गरेका एक व्यक्ति कोरोना भाइरस संक्रमणमुक्त भएका छ । रेसुङ्गा नगरपालिका–४ अर्खलेका ३८ वर्षीय युवराज भण्डारीले कोरोना जितेका हुन् । २०७२ सालमा मिर्गौला प्रत्यारोपण गरेका भण्डारीले दरिलो आत्मबलले नै कोरोना जित्न सफल भएको बताए । कोरोना संक्रमित भएको बेला परिवार आफन्त तथा साथीभाइहरुको हौसला नै मुख्य औषधि हुने […]
५ जेठ, काठमाडौं । काठमाडौं बुढानीलकण्ठकी ५५ वर्षीया कमला अर्याललाई अक्सिजनविना सास फेर्नै मुस्किल हुन्छ । विगत १४ वर्षदेखि उनी अक्सिजनकै साहारामा सास फेरिरहेकी छिन् । उनलाई ‘चेस्ट फाइब्रोसिस’को समस्या छ । जुन रोगले फोक्सोमा पानीको फोका बनाउँछ र फोक्सोलाई काम गर्न बाधा पुर्याउँछ । निषेधाज्ञा हुनुभन्दा केही दिनअघि मात्रै उनलाई १५ दिन आईसीयूमा राखेर […]
५ जेठ, काठमाडौं । चीनको सिचुवान प्रान्तले नेपाललाई प्रदान गरेको मेडिकल सामग्री त्रिभुवन विमानस्थलमा आइपुगेको छ । नेपालस्थित चिनियाँ दूतावासले यसको जानकारी दिएको हो । आज सिचुवान एयरलाइन्सको जहाजले कार्गो उडानमार्फत यी सामग्री नेपाल ल्याएको हो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज विमानस्थलमा सिचुवान एयरलाइन्सको यो उडानसहित एक दर्जन अन्तर्राष्ट्रिय हवाई उडानको तालिका छ । […]
५ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’लाई मतदान गर्न आह्वान गरेका छन् । बुधबार अपिल जारी गर्दै ओलीले सूर्य चिन्ह लिएर उम्मेद्वारी दिएका बादललाई मतदान गर्न पार्टी पंक्तिलाई आह्वान गरेका हुन् । बादल एमालेको उम्मेद्वार भएकाले पार्टी निर्णय विपरीत मतदान नगर्न ओलीले चेतावनी पनि दिएका […]
५ जेठ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको कारण ४ हजार ५२९ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा २४ घण्टाको अवधिमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको हो । उक्त अवधिमा भारतमा कोरोनाका २ लाख ६७ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् […]
५ जेठ, काठमाडौँ । वीपी प्रतिष्ठान धरानमा उपचाररत थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । बेलबारी-९ मोरङका ६५ वर्षीया महिलाको मंगलबार साँझ ६: ३० बजे मृत्यु भएको छ । उनलाई जेठ २ गते कोरोना संक्रमण देखिएपछि जेठ ३ गते भर्ना गरिएको थियो । यस्तै सुन्दरहरैचा-१० मोरङका ७२ वर्षीय पुरूषको मंगलबार साँझ ५:५० बजे मृत्यु […]
५ जेठ, गुल्मी । गुल्मीमा निषेधाज्ञाको समय जेठ १५ गतेसम्म थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट ब्यबस्थापन केन्द्रको बैठकले जेठ १५ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्लामा गत वैशाख १८ गते रातिदेखि जारी निषेधाज्ञाको समय जेठ ४ गते थियो । कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तिब्र गतिमा फैलिरहेकाले […]
५ वैशाख, बुटवल । रुपन्देहीमा उपचाररत थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ८ जनामध्ये ६ जना रुपन्देहीका हुन् भने पाल्पा र नवलपरासी पश्चिमका एक–एकजना हुन् । बैसाख २८ गते लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा भर्ना भएकी बुटवल १३ की ८० वर्षिया महिलाको बुधबार बिहान ६:५८ मा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले […]
५ जेठ, काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार बिहान घरमै निधन भएको र दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नाती पुजन बरालले बताए । बराल २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक बनेका थिए । उनी पूर्वसांसद एवम् बर्माका लागि पूर्वराजदूत समेत थिए ।
५ वैशाख, बुटवल । कोरोना संक्रमण भइ उपचाररत रुपन्देहीका पत्रकार हिक्मत चौधरीको मृत्यु भएको छ । तिलोत्तमा–५ का ६१ वर्षीय पत्रकार हिक्मत चौधरीको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बुधबार बिहान ३.१५ बजे मृत्यु भएको हो । रुपन्देहीमा कोरोना संक्रमणका कारण मृत्यु हुने उनी पहिलो पत्रकार हुन् । वैशाख २५ गतेदेखि कोरोना अस्पतालमा […]
५ जेठ, काठमाडौं । नेपालले भारतमा उत्पादित कोरोना खोप प्राप्त गर्न अझै कम्तिमा ८ महिना कुर्नुपर्ने देखिएको छ । भारतले यो वर्षको अन्त्यसम्म कोरोना खोपको निर्यातमा लगाएको प्रतिबन्ध खुला नगर्ने खबर आइरहेका बेला त्यहाँको सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्यूटले एक विज्ञप्ति जारी गरी अहिले आफ्नो प्राथमिकता भारतीय नागरिकलाई खोप लगाउनु भएकाले यो वर्षको […]
५ जेठ, बुटवल । नवलपरासी (पश्चिम) को दक्षिणी सीमामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवक गम्भीर घाइते भएका छन् । प्रहरीको गोली लागेर प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवाका २२ वर्षीय अविनाश राय घाइते भएका हुन् । बुधबार बिहान साढे ९ बजेतिर भारतीय सीमातर्फ जाँदै गरेका तीनजना नेपाली युवालाई रोक्न खोज्दा विवाद भएपछि प्रहरीले […]
५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने पहल थालेका छन् । यसका लागि उनी एमालेभित्रको विवाद मिलाउन र जनता समाजवादी पार्टी (जसपा)लाई साथमा लिने प्रयन्तमा छन् । एमालेको आन्तरिक विवाद समाधान उन्मुख रहेको बताउँछन् एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ । कार्यदलले पार्टीभित्रका सबै खाले समस्याको समाधान निकाल्ने नेता नेम्वाङले […]
५ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य, महासमिति सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य भागवत प्रकाश मल्लका पिता गजिन्द्रप्रकाशको निधनप्रति दुःख गरेका छन् । सभापति देउवाले बुधबार शोक वक्तव्यर्फत उनको मंगलबार निधनको खबरले आफूलाई मर्माहत बनाएको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् […]
५ जेठ काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन् । गण्डकी प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतले प्रदेश प्रमुख सीताकुमारी पौडेलमार्फत वैशाख २९ गते सपथ लिएका गुरूङले आज मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका हुन् । ‘आज ३ जनासम्म मन्त्री बन्न सक्ने र बाँकी विश्वासको मत लिएपछि नियुक्त गर्ने तयारी […]
४ जेठ, काठमाडौं । नेपाल आयल निगमले शुक्रबार डिजेल, मट्टितेल र पेट्रोलमा २-२ रुपैयाँ मूल्य बढायो । महामारीकै बीचमा विज्ञप्ति निकाल्दै निगमले भन्यो, ‘मूल्य समायोजनपछि…. सामान्य बिक्रीको अवस्थामा पाक्षिक रुपमा निगमलाई ११० करोड घाटा हुने देखिन्छ ।’ वास्तविकता भने १५ दिनमा यत्रो घाटा हुने अवस्था छैन । कोरोना महामारीका कारण अहिले निगमको बिक्री सामान्य अवस्थाको जस्तो […]
५ जेठ, बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्चिमको दाउन्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । ४९ जना घाइते भएका छन् । काठमाडौंबाट रुकुम पश्चिम आउँदै गरेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको खुर्सानी खोलामा बुधबार बिहान दुर्घटना भएको हो । डीएसपी राजु लामाका अनुसार मृतकहरुमध्ये रुकुम पश्चिमका ३६ वर्षीय धनराज […]
५ जेठ, काठमाडौं । नेपालमा भारतीय भेरियन्टको कोरोना भाइरस भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार नेपालमा ‘भारतीय भेरियन्ट’को कोरोना भाइरस फैलिएको पुष्टि गरेको हो । परीक्षण गरिएको नमुनामध्ये ९० प्रतिशतमा भारतीय भेरियन्टको कोरोना भेटिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ । यो भेरियन्ट पहिलो पटक भारतमा भेटिएकाले ‘भारतीय भेरियन्ट’पनि भनिएको हो […]
५ जेठ, काठमाडौं । पहाडी जिल्ला लमजुङकाे मर्स्याङ्दी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५.८ रिक्टरको भूकम्पले घर भत्किंदा विभिन्न स्थानका चार जना घाइते भएका छन् । घाइते हुनेमा बेसीशहर नगरपालिका–६ का ३६ वर्षीय उमा गुरुङ, वडा नं ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे, वडा नं ८ का २९ वर्षीय खुशीमाया गुरुङ र मर्स्याङ्दी गाउँपलिका–६ […]
५ जेठ, काठमाडौं । अरब सागरमा विकसित भएको ताउ ते चक्रवात (सामुद्रिक आँधी)को प्रभावले नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने मौसमविद्ले बताएका छन् । केही स्थानमा अति भारी वर्षा पनि हुने भएकाले नदीहरुमा आकस्मिक बाढी आउने र यातायात क्षेत्र प्रभावित हुनसक्ने मौसमविद्को पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको बाढी […]
५ जेठ, काठमाडौं । लमजुङको भुलभुलेमा फेरि भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २६ मिनेटमा ५.३ म्याग्नेच्युटको भूकम्प गएको हो । बिहान ५ बजेर ४२ मिनेटमा लमजुङको भुलभुले नै केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूकम्प गएको थियो । पहिलो भूकम्पको धक्का काठमाडौंसम्म महसूस गरिएको थियो। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक […]
from समाचार – Online Khabar https://ift.tt/3u0unse
via IFTTT