Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

वीरगञ्जमा गरिएको परीक्षणमा ७८ जनामा कोरोना संक्रमण पुष्टि

१० वैशाख, वीरगञ्ज । वीरगञ्जमा गरिएको परीक्षणमा ७८ जना कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ३ देखि ७० वर्ष उमेर समूहका ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार १ सय ३८ वटा स्वाबका नमुना परीक्षण गरिएको थियो । तीमध्ये पर्साका ५७ जना, बारा १८ जना, […]

मुम्बईको कोभिड अस्पतालमा आगलागी, १२ जनाको मृत्यु

१० वैशाख, काठमाडौं । भारतको मुम्बईस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । मुम्बईको विरारस्थित विजय वल्लभ अस्पतालको आईसीयू वार्डमा आगलागी भएको हो । आगलागीबाट अस्पतालमा उपचाररत १२ जनाको मृत्यु भएको विरार नगर निगमको कोरोना कन्ट्रोल रुमलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । शुक्रबार बिहान करिब साढे ३ […]

देवदत्तको शतक, राजस्थानमाथि बेंगलोरको १० विकेटको जित

काठमाडौं । देवदत्त पाडिक्कलको शतक मद्दतमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सलाई १० विकेटले पराजित गरेको छ । ओपनरद्वय पाडिक्कल र कप्तान विराट कोहलीले अविजित शतकीय साझेदारी गरेपछि बेंगलोरले १७८ रनको लक्ष्य १६.३ ओभर खेल्दै विना क्षति १८१ रन बनाएर जित हात पारेको हो । पाडिक्कलले ५२ बल खेल्दै ११ चौका र […]

टुट्यो संगीतकार नदिम–श्रवणको जोडी, कोरोना संक्रमित श्रवण रहेनन्

१० वैशाख, काठमाडौं । नब्बेको दशकमा कयौं गीतमा संगीत भर्ने नदिम–श्रवणको जोडी टुटेको छ । विहीबार श्रवण राठोरको कोरोना संक्रमणबाट निधन भएपछि संगीतकारको यो चर्चित जोडी टुटेको हो । श्रवणको विहीबार राति मुम्बईस्थित रहेजा अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । फिल्म आशिकीका गीत हिट भएपछि उनीहरु चर्चाको शिखरमा पुगेका थिए । नदिम–श्रवणको जोडीले […]

मेरियट वार्ता : ओलीको तीन चासो, नेपालको एउटै अडान

९ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटवार्ताले पार्टी पुनर्मिलनको झिनो आशा दिलाए पनि अभिव्यक्तिले भने समस्या कायमै रहेको प्रष्ट सन्देश दिएको छ । एमालेभित्रै अलग सांगठनिक संरचना सञ्चालन गरिरहेका ओली र नेपालले सार्वजनिक अभिव्यक्तिमार्फत विवाद समाधान उन्मुख नरहेको संकेत गरेका छन् । अघिल्लो दिन तय […]

प्रधानमन्त्री ओली र वामदेव गौतमको डिनर मिटिङ

९ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले एकता अभियान चलाइरहेका बामदेव गौतमबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुइ नेताको डिनर मिटिङमा कानूनमन्त्री लीलानाथ श्रेष्ठ र एमाले प्रमुख सचेतक विशाल भट्टराई पनि सहभागी थिए । भेटको तस्वीर सार्वजनिक गर्दै प्रमुख सचेतक भट्टराईले फेसबुकमा लेखेका छन्, ‘सम्माननीय […]

नक्कली कस्मेटिक बिक्री आरोपमा पक्राउ परेका व्यक्ति ४० लाख धरौटीमा छुटे

९ वैशाख, काठमाडौं । नाम चलेका कस्मेटीकको खोलमा नक्कली कस्मेटीक बनाएर बिक्री गर्ने कम्पनीका मुख्य व्यक्ति४० लाख धरौटीमा छुटेका छन् । अनुसन्धान पुर्ण भएपछि थप कारबाही अघि बढाउने गरी पक्राउ परेका चेतनाथ गोयललाई धरौटीमा छोडिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । प्रमाणित नभएको रसायन प्रयोग गरी कस्मेटिक बनाउने आरोपमा चैत २४ गते विभाग […]

दैनिक दुई हजार संक्रमित पुग्दैमा बेडको अभाव

९ वैशाख, काठमाडौं । ललितपुर एकान्तकुनाका ६० वर्षी­य  कैलाश राईलाई कोरोना संक्रमण पुष्टि भएको तेस्रो दिन सास फेर्न गाह्रो भयो । अक्सिजन लेभल घट्न थालेपछि उनले पाटन अस्पतालमा टेलिफोन गरेर आइसोलेसन बेड खाली छ वा छैन भनी सोधपुछ गरे ।  अस्पतालका कोभिड संयोजक डा. विमल पाण्डेले सबै बेड भरिएको जानकारी दिंदै भने, ‘हाम्रो पूरै १३० […]

राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा कुन पार्टीको कति मतदाता ?

९ वैशाख, काठमाडौं । निर्वाचन आयोगले रिक्त रहेको राष्ट्रियसभा सदस्य पदमा जेठ ६ गते उपनिर्वाचन गर्ने भएको छ । बिहीबार बसेको आयोगको बैठकले वाग्मती प्रदेश अन्तर्गतको अन्य समूह तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य पद पदपूर्तिका लागि उपनिर्वाचन घोषणा गरेको हो । यो समूहमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादल हालै दल त्याग गरेका […]

पृतना खारेज गरेर साउनदेखि चार कमाण्डको संरचनामा जाँदै सेना

९ वैशाख, काठमाडौं । नेपाली सेनाको जङ्गीअड्डाले ८ वटा पृतनाको संरचनालाई खारेज गर्ने भएको छ । सैनिक संगठनलाई समयसापेक्ष पुनर्संरचना गर्दै जाने नीति अनुरूप पृतना खारेज गरेर कमाण्ड अवधारणामा लैजाने तयारी गरेको जङ्गीअड्डाको भनाइ छ । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार आगामी साउन महीनादेखि ‘थ्री प्लस वान’को अवधारणा अनुसार सेना कमाण्ड संरचनामा जानेछ । सेनाले […]

नेपालगञ्जको दृश्य : बेड पाउन पालो कुर्छन् कोरोनाका गम्भीर बिरामी

९ वैशाख, काठमाडौं । ‘अस्पताल ल्याइएको बिरामीको स्वास्थ्य अवस्था गम्भीर हुन्छ । तत्काल अक्सिजन दिएर उपचार गराउनुपर्ने अवस्थाका बिरामीलाई पनि बेड छैन भन्नुपर्ने हाम्रो बाध्यता छ ।’  भेरी अस्पतालको कोभिड वार्डकी नर्सिङ इन्चार्ज शिला शर्माको यो भनाइले कोरोना संक्रमणको हटस्पट बनेको बाँकेको अवस्था दर्शाउँछ । हरेक दिन सय भन्दा बढी संक्रमित थपिएका छन् । उनीहरुमध्ये […]

कीर्तिमान बनाउनबाट चुकेका करण, भन्छन् – अवसर फेरि आउँछ

९ वैशाख, काठमाडौं । नेपाली क्रिकेट टिमका सदस्य करण केसी हिटरका रुपमा परिचित छन् । एक दिवसीय क्रिकेटमा क्यानाडालाई हराउँदा होस् या पेन्टागुलर सिरिजमा नेदरल्याण्ड्सलाई हराउँदा होस् उनले गरेको विष्फोटक ब्याटिङ नेपाली क्रिकेटप्रेमीले बिर्सिएका छैनन् । फास्ट बलर भएपनि करण तल्लो क्रममा ब्याटिङ गर्दै रन बनाउन सक्ने खेलाडी हुन् । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत बिहीबार […]

नयाँ बजेटमा कृषकका सुविधा कटौती !

९ वैशाख, काठमाडौं । देशको ठूलो हिस्सा आज पनि कृषिमा निर्भर छ । मुलुकको पालनपोषण गर्ने भरपर्दो क्षेत्र कृषि नै हो । त्यसैले नेपाल आज पनि कृषिप्रधान देश भनेर मानिन्छ । तर आगामी आर्थिक वर्षको बजेटमा कृषकले पाउने सेवासुविधा कटौती हुने भएको छ । अर्थ मन्त्रालयले नयाँ बजेटमा कृषिले पाउने बजेट सीमा घटाइदिएपछि नियमित कार्यक्रम […]

पैसाको महत्व बुझाउँदा फोर्ब्सको प्रभावशाली सूचीमा

९ वैशाख, काठमाडौं । गाउँ–गाउँमा गएर वित्तीय साक्षरता कार्यक्रम चलाएका २९ वर्षीय प्रकाश कोइराला अहिले क्यानडामा अध्ययनरत छन् । गत सोमबार साँझ उनको मोबाइलमा एउटा इमेल आयो, त्यो पनि फोर्ब्स म्यागाजिनको । ‘इमेलमा म पनि विश्वका प्रभावशाली युवाको सूचीमा परेको सूचना थियो’ कोइराला भन्छन्, ‘फोर्ब्सकै आधिकारिक वेबसाइट लगइन गरेर हेर्दा त्यहाँ पनि विश्वका प्रभावशाली ३० […]

ललितपुरमा नगर प्रहरीको अभियान : सडकमा थुपारेको फोहोर घरमै फिर्ता

९ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकामा नगर प्रहरीले सडकमा फोहोर थुपार्ने घरधनीलाई कारबाही सुरु गरेको छ । यस्ता घरधनीले सडकमा फालेको फोहोर नगर प्रहरीले उनीहरुकै घरभित्रै फिर्ता गरिदिन थालेको छ । घरको फोहोर जथाभावी फाल्ने कामलाई निरुत्साहित गर्न फोहोर फाले घरमै फिर्ता गर्न थालेको हो । बिहीबार जाउलाखेलका एक घरधनीले भत्काएको घरबाट निस्किएको इँट्टालगायका फोहोर […]

पाथीभरा नाम हटाउन माग गर्दै माइतीघरमा प्रदर्शन

९ वैशाख, काठमाडौं । किरातीहरुको सांस्कृतिक भूमि मुक्कुमलुङ बचाउन माग गर्दै बिहीबार काठमाडौंको माइतीघरमा मण्डलामा प्रदर्शन गरिएको छ । ताप्लेजुङको पाथीभरा क्षेत्रलाई किरात समुदायले मुक्कुमलुङ भन्दै आएकोमा राज्यले पाथीभरा नामांकन गरी अतिक्रमण गरेको भन्दै अभियन्ताहरूले प्रदर्शन गरेका हुन् । किरात याक्थुङ चुम्लुङ केन्द्रीय समिति, याक्थुङ लेखक संघ, आदिवासी जनजाति साहित्यकार महासंघ तथा उपत्यकाव्यापी सडक विस्तार […]

ओलीलाई घनश्याम भुसालको स्पष्टीकरण : शक्तिशाली हैसियतको विवेकपूर्ण प्रयोग होस्

९ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी र संसदीय दलको विधान विपरीत कुनै काम नगरेको सष्टीकरण दिएका छन् । साथै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो शक्तिशाली हैसियतको विवेकपूर्ण प्रयोग गर्न आग्रह गरेका छन् । अध्यक्ष एवं संसदीय दलका नेता ओलीले सांसद पदबाट किन कारबाही नगर्ने भनी सोधेको स्पष्टीकरणको लिखित जवाफ […]

मुस्ताङ र घुन्सामा हिमपात

९ वैशाख, मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–१ का ७८ वर्षीय जीतबहादुर रसायलीले बुधबार साँझ पहिलो पटक वैशाखमा हिउँपरेको देखे । मुस्ताङमा मङ्सिरदेखि फागुनसम्म मात्रै हिमपात हुँदै आएको थियो । यो वर्ष लामो समय नपरेको हिउँ वैशाखको दास्रो साता पर्न शुरु भएको हो । उमेरले ८० पुग्‍नै लागेका जीतबहादुरजस्ता यहाँका ज्येष्ठ नागरिकले कहिलै वैशाखमा हिउँ परेको […]

कोरोना नियन्त्रणमा उच्चस्तरीय समिति बनाउन संसदीय समितिको सुझाव

९ वैशाख, काठमाडौं । संघीय संसदको राज्य व्यवस्था समितिले कोरोना महामारी नियन्त्रणका लागि ‘सर्वपक्षीय उच्चस्तरीय समिति’ निर्माण गरेर अघि बढ्न सरकारलाई सुझाव दिएको छ । कोरोना संक्रमणको दोस्रो लहरबाट विषम परिस्थिति उत्पन्न हुन लागेकाले केन्द्रीकृत र रणनीतिक योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन र व्यवस्थापन गर्न सरकारको पहलमा सबै राजनीतिक दल, जनस्वास्थ्य विज्ञ र सरोकारवालाहरुको सहभागितामा […]

धनुषा प्रहरीको अभियान : मास्क नलगाउनेलाई २ घण्टा नियन्त्रणमा लिएर छाड्दै

९ वैशाख, जनकपुरधाम । कोरोना संक्रमण बढ्दै जाँदा मास्क लगाउन नचाहनेलाई धनुषामा प्रहरीले कारबाही शुरु गरेको छ । मास्क लगाउन अटेर गर्नेलाई दुईघण्टासम्म जिल्ला प्रहरी कार्यालयमा ‘होल्ड’ गर्न थालिएको छ । मास्क लगाउन आग्रह गर्दा पनि नमानेपछि यो अभियान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मकेन्द्रकुमार मिश्रले बताए । ‘पहिलो चरणमा मास्क लगाउन सबैलाई […]

समाचार लेखेको आधारमा पत्रकारलाई धरपकड नगर्न अदालतको आदेश

९ वैशाख, काठमाडौं । उच्च अदालत पाटनले समाचार लेखेको आधारमा पत्रकारलाई पक्राउ र धरपकड नगर्न अन्तरिम आदेश जारी गरेको छ । बिहीबार मुख्य न्यायाधीश नृपध्वज निरौलाको इजलासले फौजदारी मुद्दाको अनुसन्धान तहकिकात गर्ने विषयमा बाहेक समाचार छापेकै आधारमा कानुन विपरीत हुने गरी धरपकड नगर्न महानगरीय प्रहरी अपराध अनुसन्धान शाखाका नाममा अन्तरिम आदेश जारी गरेको हो । […]



from समाचार – Online Khabar https://ift.tt/3tIHoHC
via IFTTT
Powered by Blogger.