Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

महामारीलाई गिज्याउने भिडमा मन्त्री नै अतिथि !

८ वैशाख, चितवन । कोरोना संक्रमण बढेपछि सरकारले शहरी क्षेत्रका स्कूलहरु बन्द गराएको छ भने सभा–सम्मेलन, जात्रा लगायत भीडभाड हुने कार्यक्रम गर्न रोक लगाएको छ । मन्त्रिपरिषदले सोमबार गरेको निर्णयमा मठ–मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिकस्थलमा पनि वैशाख मसान्तसम्म नित्य पूजा मात्र गर्ने/गराउने उल्लेख छ । तर प्रधानमन्त्री र मन्त्रीहरु नै मन्त्रिपरिषद्को निर्णय उल्लंघनमा अग्रसर देखिएका […]

भारतबाट फर्किएका मोरङका ६ जनामा एन्टिजेन पोजेटिभ

८ वैशाख, विराटनगर । भारतबाट घर फर्किएका ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दिल्लीबाट घर फर्किएका मोरङका ८ मध्ये ६ जनामा कोरोना पोजेटिभ देखिएको हो । रोजगारीका लागि दिल्ली पुगेकाहरु भारतमा महामारी फैलिएपछि घर फर्किएका थिए । बुधबार सीमावर्ती क्षेत्र रानीमा राखिएको हेल्थ डेस्कमा स्वास्थ्य जाँच गर्दा ६ जनामा एन्टिजेन पोजेटिभ देखिएको विराटनगर […]

नेपाल भाषा पढाउन १७२ शिक्षकसँग सम्झौता

काठमाडौँ महानगरपालिकाले विद्यालयस्तरमा नेपाल भाषा अध्यापन गराउन १७२ प्रशिक्षकसँग सेवा करार सम्झौता गरेको छ । जम्मा ५१६ आवेदकमध्ये छनोट भएर पूर्व सेवाकालीन तालिम लिएका सहायक प्रशिक्षकसँग महानगरले एक वर्षका लागि सम्झौता गरेको हो । अहिले सम्झौता गरिएका सबै शिक्षकलाई आफू मातहत रहेका विद्यालयमा स्थानीय भाषा पठनपाठन गराउन सामुदायिक विद्यालयमा खटाइने बताइएको छ । संवैधानिक व्यवस्थाअनुरुप […]

म्याद गुज्रिएको औषधि भेटिएपछि नर्सिङ होममाथि कारबाही

८ वैशाख, सिरहा । म्याद गुज्रिएको औषधि र रसायन बरामद भएपछि सिरहाको लहान नगरपालिका–३ अस्पताल चोकस्थित कामना नर्सिङ होम प्रालिमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय लहान र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजको समन्वयमा गरिएको अनुगमनको क्रममा कामना नर्सिङ होममा म्याद गुज्रिएको औषधि र ल्याबको केमिकल बरामद […]

बागमती प्रदेशबाट सबैभन्दा बढी महिला हिंसाको उजुरी

८ वैशाख, काठमाडौं । राष्ट्रिय महिला आयोगमा गत वर्ष महिला हिंसासम्बन्धी प्राप्त भएका उजुरीमध्ये सबैभन्दा बढी बागमती प्रदेशबाट छन् । २०७७ वैशाखदेखि चैतसम्म दर्ता भएका घरेलु हिंसासम्बन्धी १ हजार ३३३ उजुरीमध्ये बागमती प्रदेशबाट मात्रै ९४० वटा रहेका छन् । यसैगरी महिला हिंसाका २३२ मध्ये बागमतीबाट मात्रै १४७ वटा उजुरी दर्ता भएको आयोगले सार्वजनिक गरेको तथ्यांकमा […]

लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई आयोगको स्पष्टीकरण

८ वैशाख, काठमाडौँ । निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई सात दिनभित्र स्पष्टीकरण उपलब्ध गराउन निर्देशन दिएको छ । तीन आर्थिक वर्षसम्म लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४६, नियमित रूपमा लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४० राजनीतिक दललाई प्रतिवेदन नबुझाउनुको औचित्यपूर्ण र चित्तबुझ्दो कारणसहित सात दिनभित्र स्पष्टीकरण पेश गर्न लेखी पठाएको आयोगका प्रवक्ता राजकुमार […]

सगरमाथा आरोहण मार्गमा भीड कम गर्न कोटा तोकियो

८ वैशाख, काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहणको मौसम जारी रहँदा सरकारले आरोहणमार्गमा हुने भीडभाड कम गर्न कोटा तोकेको छ । पर्यटन विभागले सन् २०२१ को वसन्त ऋतुको आरोहण व्यवस्थित गर्न र आरोहण मार्गमा हुने जोखिम कम गर्न यस्तो व्यवस्था गरेको जानकारी दिएको छ । विभागका अनुसार सगरमाथा आरोहण अनुमति लिएका व्यक्तिले सगरमाथा चुचुरोमा आइसफल […]

महामारीमा सरकार संवेदनशील नबन्दा थाक्न थाले जनता

महामारीको आफ्नो गति र विशेषता हुन्छ । भाइरसले निश्चित विशेषता भएको जनसंख्या पायो भने यसको फैलावट सुनिश्चित हुन्छ । कुनै एक ठाउँका मानिसमा कतिजनासँग रोग प्रतिरोधात्मक क्षमता छ ? कतिले खोप लगाएका छन् ? त्यहाँ सामाजिक व्यवहार र जनस्वास्थ्यको मापदण्ड कसरी पालना हुन्छ ? यस्ता कुरामा भाइरसको फैलावट निर्धारण हुन्छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जेठ […]

विद्यालय बन्द गरेर खानेपानी संस्थाको चुनाव !

८ वैशाख, चितवन । राजनीति प्रदूषित बन्दा त्यसको असर सर्वत्र देखिन्छ भन्ने प्रमाण बनेको छ, चितवनको राप्ती नगरपालिकाको एक विद्यालय वीरेन्द्र आदर्श मावि । खानेपानी संस्थाको निर्वाचन गराउने भन्दै बुधबार विद्यालय बन्द गरियो । बालबालिकालाई सूचना नै जारी गरेर विद्यालय नआउन भनियो र थालियो दलीय राजनीतिको आडमा हुने खानेपानीको चुनाव ! वीरेन्द्रनगर साना शहरी खानेपानी […]

कटकुवा स्वास्थ्य चौकीलाई कोभिड अस्पताल बनाउने निर्णय

८ वैशाख, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले कटकुवा स्वास्थ्य चौकीलाई ‘कोभिड अस्पताल’ बनाउने भएको छ । बुधबार बसेको नगरस्तरिय कोभिड–१९ नियन्त्रण तथा रोकथाम समन्वय समितीको बैठकले कटकुवा स्वास्थ्य चौकीलाई एक सय शैयाको ‘कोभिड अस्पताल’ बनाउँने निर्णय गरेको हो । कोरोनाको दोस्रो हलर सुरु भएसँगै राजधानी वीरेन्द्रनगरमा पनि संक्रमणको जोखिम बढेकाले पुर्व तयारी स्वरुप […]

बाँकेमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

८ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेको कोहरपुर-१२ का ९० वर्षीय वृद्धको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो । अस्पतालका अनुसार स्वास्थ्यमा समस्या आएपछि वैशाख ६ गते पीसीआर परीक्षण गर्दा सोही दिन उनको […]

नेपाली आकाशमा बिहीबार राति वीणा उल्का वर्षा हुने

८ वैशाख, काठमाडौं । मौसमले साथ दिएमा यही वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । वैशाख ३ गतेदेखि सक्रिय रहेको वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) यही वैशाख १७ गतेसम्म सक्रिय रहने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । वैशाख ९ गते राति ११:०० बजेदेखि […]

६० रुपैयाँ लिटरमा किनेको पेट्रोलमा ५५ रुपैयाँ कर

८ वैशाख, काठमाडौं । नेपाल आयल निगमले नयाँ वर्षसँगै वैशाख ४ गते अबेर साँझ पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गर्‍यो । नयाँ मूल्य समायोजन अनुसार पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढायो । आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्य दुई रुपैयाँले वृद्धि भयो । नयाँ मूल्य समायोजन अनुसार काठमाडौं उपत्यकामा खुद्रा […]

ठोरीको सीता गुफामा राम मूर्तिको शिलान्यास

८ वैशाख, काठमाडौं । पर्साको ठोरी गाउँपालिका–२ स्थित ऐतिहासिक सीता गुफा परिसरमा मर्यादा पुरुषोत्तम भगवान रामको मूर्ति राखिने भएको छ । बुधवार गुफा परिसरमा राम जन्मोत्सव कार्यक्रमको आयोजना गरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले राम मूर्तिको शिलान्यास गरेका छन् । चितवनको माडी अयोध्यापुरीमा नवनिर्मित भगवान राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति राखिएकै दिन ठोरीमा पनि राम […]

९ वर्ष मुनिका ४३ बालबालिकामा कोरोना संक्रमण

८ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा १९३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार  ० देखि ९ वर्ष उमेर समूहका ४३  र १० देखि १९ वर्ष उमेर समूहका भने १५० बालबालिका कोरोना संक्रमित भएका हुन् । यस्तै देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण […]

प्रदेश २ को नाम ‘जानकी’ राख्न एमालेले दर्ता गरायो प्रस्ताव

८ वैशाख, जनकपुरधाम । नेकपा एमालेले प्रदेश २ को नाम जानकी राख्न प्रस्ताव दर्ता गराएको छ । प्रदेशसभा सचिवालयले प्रस्ताव आह्वान गरेपछि नेकपा एमालेले प्रदेशको नाम जानकी राख्न प्रस्ताव दर्ता गराएको हो । एमाले संसदीय दलका नेता शत्रुधन महतोले प्रदेशको नाम जानकी र स्थायी राजधानी जनकपुरधाम हुनुपर्ने भनेर प्रस्ताव दर्ता गराएको बताए । उनका अनुसार […]

जनमोर्चा नेपाल नेकपा मालेमा समाहित

८ वैशाख, काठमाडौं । नेकपा (माले) र जनमोर्चा, नेपालबीच पार्टी एकीकरण भएको छ । बुधबार दुर्गाप्रसाद जैसी (महेन्द्र) अध्यक्ष रहेको जनमोर्चा नेपालको सम्पूर्ण पार्टी पंक्ति नेकपा मालेमा समाहित भएको मालेका प्रवक्ता कुमार बेल्बासेले जानकारी दिए । नेकपा (माले) स्थायी कमिटीको विस्तारित बैठकले जनमोर्चा नेपालका अध्यक्ष जैसीलाई पार्टीको पोलिटव्युरो सदस्य, महासचिव सूर्य रेग्मीलाई पोलिटब्युरोको वैकल्पिक सदस्य […]

हतकडीसहित फरार अभियुक्त पक्राउ

८ वैशाख, काठमाडौं । हतकडीसहित फरार रहेका अभियुक्तलाई प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार समस्तीपुरका १८ वर्षीय सुजित कुमार गुप्ता नाम बताउने अन्‍नि कुमार साह रहेका छन् । तीनवटा हतकडीसहित फरार रहेका उनलाई कालिमाटीबाट प्रहरीले पक्राउ गरेको हो । उनीमाथि थप अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ ।

नवलपरासीको रामग्राममा लोपोन्मुख ६८ गिद्ध मृत फेला

८ वैशाख, चितवन । नवलपरासीको रामग्राम नगरपालिकामा लोपोन्मुख ६८ वटा गिद्ध एकैठाँउमा मरेको अवस्थामा फेला परेका छन् । रामग्राम नगरपालिका–४, जितपुरमा एक पोखरी नजिकै गिद्धहरु एकैठाँउमा मरेको भेटिएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख बाबुराम लामिछानेले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार चार प्रजातिका गिद्ध मरेको भेटिएको हो । हिमाली गिद्ध ३१ वटा, डंगर गिद्ध […]

एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता

८ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच नक्सालको होटल मेरियटमा भेटवार्ता भएको हो । बुधबार मात्र नेकपा नेता योगेश भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेर पार्टी एकता जोगाउन आग्रह गरेका थिए । मंगलबार प्रधानमन्त्री ओलीले नेता नेपालसहित २७ जना सांसदहरुलाई सांसद पदबाट किन […]

गोकर्णेश्वर नगरपालिकाले तोकिएकै समयमा परीक्षा गराउने

८ वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले वैशाख १६ गतेदेखि विद्यालय तहको परीक्षा सञ्चालन गर्ने भएको छ । आज बसेको नगर शिक्षा समितिको बैठकले स्वास्थ्य सम्बन्धी आवश्यक, उपयुक्त एवं भरपर्दो व्यवस्था मिलाइ परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । सरोकारवालाहरु, शिक्षाका पेशागत संघसंस्थाका पदाधिकारहीसँगको छलफल तथा सुझावको आधारमा पूर्व निर्धारित समयमा नै परीक्षा सञ्चालन गर्ने निर्णय […]



from समाचार – Online Khabar https://ift.tt/3dCWN6v
via IFTTT
Powered by Blogger.