Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

भारतमा रोजगारी गुमाएर फर्किनेको नाकामा भिड

१० वैशाख, डोटी । कैलालीका शिवराज राना रोजगारीका लागि भारत गएको जम्माजम्मी पाँच महिना भएको छ । भारतमा कोरोना महामारी फैलिएपछि गएको जेठमा नोकरी छोडेर नेपाल आएका शिवराजले २१ दिन क्वारेन्टिनमा बिताउँदा अब भारत नजाने निधो गरेका थिए । नेपालमै बसेर केही गर्ने सपना बुनेका उनले ६ महिना गाउँमै बिताए । तर कुनै काम सुरु […]

चलचित्र क्षेत्रमा सरकारले राहत कार्यक्रम ल्याउछ : परराष्ट्रमन्त्री ज्ञवाली

१० वैशाख, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले कोरोनाले नेपाली चलचित्र क्षेत्रमा पारेको असरलाई ध्यानमा राखी केही राहत कार्यक्रम ल्याउने योजना बनाएको बताएका छन् । कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनद्वारा शुक्रबार आयोजित ‘नेपाल अफ्रिका फिल्म फेस्टिबल’को नौ संस्करणको उद्घाटन समारोहमा बोल्‍दै मन्त्री ज्ञवालीले भने, ‘विश्वभरि फैलिएको कोरोना भाइरसका कारण नेपाली चलचित्र क्षेत्रमा पनि प्रत्यक्ष […]

कोरोना महामारीमा पनि किनमेल गर्न भारत जाने क्रम उस्तै

१० वैशाख, बुटवल । भारतमा कोरोना संक्रमण दर ह्वात्तै बढे पनि नेपाली उपभोक्ता बेलहिया नाका हुँदै भारतीय बजार सुनौलीमा किनमेल गर्न जाने क्रम रोकिएको छैन । नेपालमा भन्दा सस्तो मूल्यमा लत्ताकपडा, खाद्यान्न, चिनी, दलहन, तेलहन, मसलाजन्य घरायसी सामान किनमेल गर्न रुपन्देही र आसपासका जिल्लाका नेपालीहरु कोरोना संक्रमणको पर्वाह नगरी सुनौली जाउ–आउ गरिरहेका छन् । भारतमा […]

फागुनभित्रै स्थानीय चुनाव हुन्छ : प्रधानमन्त्री ओली

१० वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले फागुनभित्रै स्थानीय तहको चुनाव हुने बताएका छन् । बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले स्थानीय तहको चुनावी तयारीमा लाग्न निर्देशन दिएका हुन् । ‘फागुनभित्रै स्थानीय तहको चुनाव हुन्छ, सबै कमिटीहरु आजैदेखि लाग्नुहोला’, प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने । […]

कर्णाली सरकारले दुर्गमका कोरोना संक्रमितको हेलिकप्टरबाट उद्धार गर्ने

१० वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारले दुर्गमका कोरोना संक्रमितको उपचारका लागि हेलिकप्टर मार्फत उद्धार गर्ने भएको छ । गम्भीर प्रकृतिका संक्रमितको उपचारमा सहज पहुँच पुर्‍याउन विकट क्षेत्रका लागि हेलिकोप्टर सहितको व्यवस्था गर्ने भएको हो । साथै, सड्क सञ्जाल पुगेको क्षेत्रका लागी भने १० वटा एम्बुलेन्स सञ्चालन गरिने प्रदेश सरकारका प्रवक्ता एवंम् आर्थिक मामिला तथा […]

शिक्षामन्त्री श्रेष्ठ र स्वीटजरल्याण्डका राजदूत एलिसावेथबीच भेटवार्ता

१० वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्यापलरसँग शिष्टाचार भेट गरेका छन् । भेटमा मन्त्री श्रेष्ठले नेपालको शिक्षा, गरिबी न्युनीकरण र ग्रामीण विकासको क्षेत्रमा स्वीस सरकारको महत्वपूर्ण योगदान रहेको बताए । स्वीस सरकारले प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम, स्थानीय विकास, सुरक्षित आप्रवासन, प्राकृतिक स्रोत […]

सगरमाथा आधार शिविर पुगेका पर्वतारोहीमा कोरोना संक्रमण देखिएको हो ?

१० वैशाख, काठमाडौं । ३ वैशाख २०७८ मा नर्वेका एक पर्वतारोही सगरमाथा आधार शिविरमा बिरामी परेपछि उनलाई उद्दार गरी काठमाडौं ल्याइयो । पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार उनमा कोरोना संक्रमणसँग   मिल्दोजुल्दो लक्षण देखिएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । काठमाडौं ल्याएर परीक्षण गरी विभागले सम्बन्धित ट्राभल एजेन्सीबाट उनको रिपोर्ट मगायो । ‘रिपोर्टमा ‘निमोनिया’ भएको उल्लेख […]

अयोग्यको बिल्ला खारेज गर्दै सम्मानयुक्त शब्दसहित परिचयपत्र दिन माग

१० वैशाख, काठमाडौँ । बहिर्गमित जनमुक्ति सेना नेपालले आफूहरुलाई लगाइएको अयोग्यको बिल्ला खारेज गर्दै सम्मानयुक्त शब्दसहित राज्यद्वारा सम्मानपत्र र परिचयपत्र दिनुपर्ने माग गरेको छ । बर्हिगमित जनमुक्ति सेना नेपालले गरेको चौथो राष्ट्रिय सम्मेलनको पूर्ण केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै आफूहरुलाई लगाइएको अयोग्यको बिल्ला खारेज गरी राज्यद्धारा सम्मानपत्र र परिचयपत्र वितरण गर्नुपर्ने माग राखेको हो […]

कोरोना नियन्त्रणका लागि तयारी अवस्थामा रहन मुख्यमन्त्री भट्टको निर्देशन

१० वैशाख, कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना महामारी बढ्दै गएकाले तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । सेती प्रादेशिक अस्पताल, प्रादेशिक आयुर्वेद चिकित्सालय र प्रदेश जनस्वास्थ्य आपूर्ति केन्द्रको शुक्रबार अनुगमन गर्दै उनले स्वास्थ्यकर्मीलगायत सबै निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । सूदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण दरमा निरन्तर वृद्धि भइरहेकाले त्यसको […]

बालुवाटार बैठकको निष्कर्ष : स्पष्टीकरण तुलनात्मक रुपमा ‘सफ्ट’

१० वैशाख, काठमाडौं । माधवकुमार नेपाल समूहका नेताहरुले दिएको स्पष्टीकरण तुलनात्मक रुपमा ‘सफ्ट’ भएको नेकपा एमालेको ओली पक्षले निष्कर्ष निकालेको छ । अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले माधवकुमार नेपालसहित २७ प्रतिनिधिसभा सदस्य र कर्णाली प्रदेशका ५ प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेका थिए । प्रतिनिधिसभा सदस्य योगेश भट्टराई, रामकुमारी झाँक्री, मेटमणि चौधरी, निरा जैरु […]

कर्णालीमा फ्लोर क्रस गर्ने चार सांसदलाई निष्कासन गर्ने एमालेको निर्णय

१० वैशाख, काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशसभामा एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्ने चार जना सांसदलाई पार्टी सदस्य र सांसद पद नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक समितिले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज […]

स्वास्थ्य मापदण्ड बमोजिम चल्न थाले उपत्‍यकाका सङ्ग्रहालय

१० वैशाख, काठमाडौँ । नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि उपत्यकाका सङ्ग्रहालय स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेरमात्र अवलोकन गराउन थालिएको छ । विद्यालय खुला हुँदा विद्यार्थी समूहमा आउने गरेकामा हाल समूहमा अवलोकनकर्ता नआउने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यालय प्रमुख सन्दीप खनालले बताए । चैत दोस्रो सातासम्म सङ्ग्रहालयमा दैनिक ३०० भन्दा बढी अवलोकनकर्ता आउँथे । […]

एमालेमा ‌नयाँ स्थायी कमिटी : बामदेव समेटिए, नेपाल समूह परेन

१० वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी पुनर्गठन गरेका छन् । माधवकुमार नेपाल पक्षको अनुपस्थितिका बीच शुक्रबार बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा अध्यक्ष ओलीले १९ सदस्यीय स्थायी कमिटी गठन गरेका हुन् । उनको स्थायी कमिटीमा नेपाल पक्षलाई समावेश गरिएको छैन । एमाले एकता अभियान चलाएका, तर ओलीले […]

माधव नेपालहरूले पार्टी एकता गर्न पहल गरेनन् : केपी ओली

१० वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी खोस्ने ढंगले कोही आएको भए, त्यो सम्भव नहुने बताएका छन् । बालुवाटारमा जारी महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले माधव नेपालहरूले एकताबद्ध बनाउन कुनै पहल नगरेको बताए । ‘मेरो माधव नेपाल, योगेश भट्टराईलगायत नेताहरुसँग भेटघाट भयो । तर, साथीहरुको पार्टी एकताबद्ध बनाउन कुनै […]

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१० वैशाख, कैलाली । कैलालीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोशित आफन्तले लम्कीचुहा नगरपालिकाअन्तर्गतको पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । मृतकका परिवारलाई क्षतिपूर्ति तथा दोषीलाई कारवाहीको माग गर्दै शुक्रबार बिहानैदेखि लम्कीचुहा नगरपालिकाअन्तर्गतको सो राजमार्ग अवरुद्ध गरिएको हो । बिहीबार गौरीगङ्गा नगरपालिकाको राजीपुरमा बसले ठक्कर दिँदा मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका–४ का २७ वर्षीय लालितजंग रावतको […]

काठमाडौंबाट देखिने खुलेको हिमाल

१० वैशाख, काठमाडौं । केही दिनअघिको वर्षाका कारण हिजोआज काठमाडौंको मौसम सफा देखिएको छ । आकाशमा बादल छैन भने चर्को घाम लागेको छ । टाढा टाढासम्मका दृश्य पनि स्पष्ट र सफा देखिन्छ । यो बेला उत्तरतर्फका हिमालका दृश्य पनि मनमोहक देखिन्छ । केही हप्ताअघि वायु प्रदूषणका कारण धेरै दिनसम्म काठमाडौंवासीले निस्सासिएको जस्तो अनुभव गरे । […]

ठूला विकास आयोजना : बनाएर भन्दा लम्ब्याएर लाभ लिने प्रवृत्तिको शिकार

मुलुकका कुनै पनि ठूला विकास आयोजना समयमा सकिंदैनन् । प्रमुख आयोजना किन समयमा बनेनन् भनेर केलाउँदा यस्तोसम्म भेटियो कि राजनीतिज्ञ र कर्मचारीतन्त्रले ती आयोजना समयमा बन्नु भन्दा ढिलो हुँदा लाभ हुने ठान्दारहेछन् । त्यसैले राजनीतिक क्षेत्रले विकास आयोजनाको स्वामित्व नलिने र कर्मचारी तन्त्रले त्यसलाई प्रक्रियामा अल्झाउने गरेर वर्षौंसम्म आयोजना लम्ब्याइदिने काम हुँदोरहेछ । परिणाम मुलुकको […]

आवश्यकताका आधारमा आयोजना छनोट गर्न अर्थमन्त्रीको आग्रह

१० वैशाख, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आवश्यकताका आधारमा आयोजना छनोट गर्न प्रदेश र स्थानीय तह समक्ष आग्रह गरेको छन् । आवश्यकता र औचित्यका आधारमा मात्र आयोजना छनोट गर्न भन्दै उनले सामार्थ्य भन्दा बाहिरका आयोजना छनोट गर्दा कार्यान्वयनमा समस्या पर्ने र अलपत्र हुने सम्भावना रहेको बताएका छन् । बिहीबार अन्तरसरकारी वित्त परिषद्को छैटौं बैठकमा अर्थमन्त्री […]

केपी ओलीको दम्भ धरहराभन्दा माथि उक्लिएको छ : माधव नेपाल

१० वैशाख, जनकपुरधाम । नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली पार्टी एकताको पक्षमा नभएको निष्कर्ष सुनाएका छन् । ओलीसँग बुधबार भएको भेटले थोरै आश जागेपनि बिहीबार ‘आफ्नो निर्णय माने मान, नमाने पार्टी छाड्न’ भन्ने शैली देखाएको उनले बताए । पार्टी अध्यक्ष ओलीसँग दुई दिन भएको वार्ताको फेहरिस्ता सुनाउँदै नेता नेपालले शुक्रबार जनकपुरधाममा […]

प्रदेश-२ को नामबारे ५ प्रस्ताव, यसरी शुरू हुनेछ नामाकरण प्रक्रिया

१० वैशाख, जनकपुरधाम । प्रदेश नम्बर २ को नामाकरणका लागि ५ वटा नाम प्रस्ताव गरिएको छ । प्रदेश सभा सचिवालयले प्रस्ताव आह्वान गरेको अन्तिम दिन बिहीबारसम्म ५ वटा नामको प्रस्ताव दर्ता भएको छ । दोस्रो पटक थालिएको प्रक्रिया अन्तर्गत प्रदेशको नाम मधेश, जानकी, जनक, मिथिला–भोजपुरा र मध्य मधेश हुनुपर्ने प्रस्ताव दर्ता भएको छ । यसअघि […]

बालुवाटारमा एमाले बैठक शुरू

१० वैशाख, काठमाडौं । नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण पत्रबारे निर्णय गर्ने तयारी छ । गएको ६ वैशाखको बैठकबाट निर्णय गराएर अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल सहित २७ संघीय सांसद र कर्णाली प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेका थिए […]



from समाचार – Online Khabar https://ift.tt/3tLvb4V
via IFTTT
Powered by Blogger.