Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

पाथीभरा मन्दिरमा पूजापाठ र दर्शन गर्न रोक

१० वैशाख, ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवीको मन्दिरमा पूजापाठ तथा दर्शन गर्न रोक लगाइएको छ । दिनप्रति दिन कोरोनाको सङ्क्रमण बढ्दै गएपछि कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रले पूजापाठ गर्न रोक लगाएको हो । पाथीभरामा दिन प्रतिदिन पूजापाठ गर्ने भक्तजनको भीड बढ्न थालेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ताप्लेजुङले आइतबारदेखि वैशाख मसान्तसम्मका लागि पाथीभरा देवीस्थलमा पूजापाठ गर्न […]

बाराका कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु

१० बैशाख, वीरगञ्‍ज । वीरगञ्जमा बाराका एक कोरोना संक्रमितको मृत्यु भएको छ । बाराको जीतपुसिमरा उपमहानगरपालिका-७ बस्ने ४० वर्षीय पुरूषको मृत्यु भएको हो । नारायणी अस्पताल स्थित आइसोलेसन वार्डमा उपचारको क्रममा अपरान्ह साँढे ४ बजे उनको मृत्यु भएको कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए । स्वास प्रस्वासमा देखिएको समस्या जटिल भएपछि उनलाई भेन्टिलेटरमा […]

कोरोना संक्रमणबाट कांग्रेसका फुङ्गलिङ नगर सभापतिको मृत्यु

१० वैशाख, ताप्लेजुङ । नेपाली कांग्रेसका फुङ्गलिङ नगर सभापति शिवकुमार गुरुङको कोरोना संक्रमणका कारण मृत्‍यु भएको छ । उपचारका क्रममा शुक्रबार बिहान ९:०० बजे बिएन्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ । पीसीआर परीक्षणमा ढिलाइ हुँदा सङ्क्रमितको मृत्युपछि मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी […]

माओवादी केन्द्रले सांसद खड्कालाई हटाएको पत्र संसदमा

१० वैशाख, काठमाडौं । नेकपा माओवादी केन्दले राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्काले पार्टी त्यागेको जानकारी संघीय संसद सचिवालयलाई दिएको छ । खड्काले दल त्याग गरेको सूचना शुक्रबार दर्ता भएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशबाट निर्वाचित खड्का एमाले प्रवेश गरेपछि दल त्याग गरेको सूचना संसद सचिवालयलाई दिएको हो । […]

सडक काट्ने क्रममा ढुङ्गा लागेर एकको मृत्यु

बैशाख १०, डोटी । जेसीबीले सडक काट्ने क्रममा खसेको ढुङ्गा लागेर एक जनाको ज्यान गएको छ । डोटीको दिपायल सिलगढी नगरपालिका-२ र सायल गाउँपालिका-६ को सिमानामा जेसिबीले सडक काट्ने क्रममा ढुङ्गा खसेर बाटोमा हिड्दै गरेका सायल गाउँपालिका-६ का ४६ वर्षीय नरी साउँदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर मल्लले […]

नेपाल सुपर लिगको विजेताले ३५ लाख पाउने

१० वैशाख काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को विजेताले नगद ३५ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले प्रतियोगिताको अघिल्लो दिन शुक्रबार पत्रकार सम्मेलन गर्दै पुरस्कार राशी घोषणा गरेको हो । उपविजेताले भने १५ लाख रुपैयाँ पाउने । यस्तै […]

फास्ट ट्र्याक दोस्रो प्याकेजको ठेक्का रोक्न लेखा समितिको ताकेता

१० वैशाख, काठमाडौं । काठमाडौं-तराई फास्ट ट्र्याकको सुरुङ र पुल निर्माणसम्बन्धी दोस्रो प्याकेजको खरिद प्रक्रिया नरोकिएको भन्दै संसदको सार्वजनिक लेखा समितिले रक्षा मन्त्रालयलाई ताकेता गरेको छ । चैत १९ गते लेखा समितिले फास्ट ट्र्याकको दोस्रो प्याकेज अन्तर्गतको सुरुङ र पुलको ठेक्का प्रक्रियामा अनियमितताको शंका गर्दै ठेक्का प्रक्रिया रद्ध गरेर पुनः सुरु गर्न निर्देशन दिएको थियो […]

भारतमा रोजगारी गुमाएर फर्किनेको नाकामा भिड

१० वैशाख, डोटी । कैलालीका शिवराज राना रोजगारीका लागि भारत गएको जम्माजम्मी पाँच महिना भएको छ । भारतमा कोरोना महामारी फैलिएपछि गएको जेठमा नोकरी छोडेर नेपाल आएका शिवराजले २१ दिन क्वारेन्टिनमा बिताउँदा अब भारत नजाने निधो गरेका थिए । नेपालमै बसेर केही गर्ने सपना बुनेका उनले ६ महिना गाउँमै बिताए । तर कुनै काम सुरु […]

चलचित्र क्षेत्रमा सरकारले राहत कार्यक्रम ल्याउछ : परराष्ट्रमन्त्री ज्ञवाली

१० वैशाख, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले कोरोनाले नेपाली चलचित्र क्षेत्रमा पारेको असरलाई ध्यानमा राखी केही राहत कार्यक्रम ल्याउने योजना बनाएको बताएका छन् । कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनद्वारा शुक्रबार आयोजित ‘नेपाल अफ्रिका फिल्म फेस्टिबल’को नौ संस्करणको उद्घाटन समारोहमा बोल्‍दै मन्त्री ज्ञवालीले भने, ‘विश्वभरि फैलिएको कोरोना भाइरसका कारण नेपाली चलचित्र क्षेत्रमा पनि प्रत्यक्ष […]

काठमाडौंबाट देखिने खुलेको हिमाल

१० वैशाख, काठमाडौं । केही दिनअघिको वर्षाका कारण हिजोआज काठमाडौंको मौसम सफा देखिएको छ । आकाशमा बादल छैन भने चर्को घाम लागेको छ । टाढा टाढासम्मका दृश्य पनि स्पष्ट र सफा देखिन्छ । यो बेला उत्तरतर्फका हिमालका दृश्य पनि मनमोहक देखिन्छ । केही हप्ताअघि वायु प्रदूषणका कारण धेरै दिनसम्म काठमाडौंवासीले निस्सासिएको जस्तो अनुभव गरे । […]

कोरोना महामारीमा पनि किनमेल गर्न भारत जाने क्रम उस्तै

१० वैशाख, बुटवल । भारतमा कोरोना संक्रमण दर ह्वात्तै बढे पनि नेपाली उपभोक्ता बेलहिया नाका हुँदै भारतीय बजार सुनौलीमा किनमेल गर्न जाने क्रम रोकिएको छैन । नेपालमा भन्दा सस्तो मूल्यमा लत्ताकपडा, खाद्यान्न, चिनी, दलहन, तेलहन, मसलाजन्य घरायसी सामान किनमेल गर्न रुपन्देही र आसपासका जिल्लाका नेपालीहरु कोरोना संक्रमणको पर्वाह नगरी सुनौली जाउ–आउ गरिरहेका छन् । भारतमा […]

फागुनभित्रै स्थानीय चुनाव हुन्छ : प्रधानमन्त्री ओली

१० वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले फागुनभित्रै स्थानीय तहको चुनाव हुने बताएका छन् । बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले स्थानीय तहको चुनावी तयारीमा लाग्न निर्देशन दिएका हुन् । ‘फागुनभित्रै स्थानीय तहको चुनाव हुन्छ, सबै कमिटीहरु आजैदेखि लाग्नुहोला’, प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने । […]

कर्णाली सरकारले दुर्गमका कोरोना संक्रमितको हेलिकप्टरबाट उद्धार गर्ने

१० वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारले दुर्गमका कोरोना संक्रमितको उपचारका लागि हेलिकप्टर मार्फत उद्धार गर्ने भएको छ । गम्भीर प्रकृतिका संक्रमितको उपचारमा सहज पहुँच पुर्‍याउन विकट क्षेत्रका लागि हेलिकोप्टर सहितको व्यवस्था गर्ने भएको हो । साथै, सड्क सञ्जाल पुगेको क्षेत्रका लागी भने १० वटा एम्बुलेन्स सञ्चालन गरिने प्रदेश सरकारका प्रवक्ता एवंम् आर्थिक मामिला तथा […]

एमालेमा ‌नयाँ स्थायी कमिटी : बामदेव समेटिए, नेपाल समूह परेन

१० वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी पुनर्गठन गरेका छन् । माधवकुमार नेपाल पक्षको अनुपस्थितिका बीच शुक्रबार बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा अध्यक्ष ओलीले १९ सदस्यीय स्थायी कमिटी गठन गरेका हुन् । उनको स्थायी कमिटीमा नेपाल पक्षलाई समावेश गरिएको छैन । एमाले एकता अभियान चलाएका, तर ओलीले […]

शिक्षामन्त्री श्रेष्ठ र स्वीटजरल्याण्डका राजदूत एलिसावेथबीच भेटवार्ता

१० वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्यापलरसँग शिष्टाचार भेट गरेका छन् । भेटमा मन्त्री श्रेष्ठले नेपालको शिक्षा, गरिबी न्युनीकरण र ग्रामीण विकासको क्षेत्रमा स्वीस सरकारको महत्वपूर्ण योगदान रहेको बताए । स्वीस सरकारले प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम, स्थानीय विकास, सुरक्षित आप्रवासन, प्राकृतिक स्रोत […]

सगरमाथा आधार शिविर पुगेका पर्वतारोहीमा कोरोना संक्रमण देखिएको हो ?

१० वैशाख, काठमाडौं । ३ वैशाख २०७८ मा नर्वेका एक पर्वतारोही सगरमाथा आधार शिविरमा बिरामी परेपछि उनलाई उद्दार गरी काठमाडौं ल्याइयो । पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार उनमा कोरोना संक्रमणसँग   मिल्दोजुल्दो लक्षण देखिएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । काठमाडौं ल्याएर परीक्षण गरी विभागले सम्बन्धित ट्राभल एजेन्सीबाट उनको रिपोर्ट मगायो । ‘रिपोर्टमा ‘निमोनिया’ भएको उल्लेख […]

अयोग्यको बिल्ला खारेज गर्दै सम्मानयुक्त शब्दसहित परिचयपत्र दिन माग

१० वैशाख, काठमाडौँ । बहिर्गमित जनमुक्ति सेना नेपालले आफूहरुलाई लगाइएको अयोग्यको बिल्ला खारेज गर्दै सम्मानयुक्त शब्दसहित राज्यद्वारा सम्मानपत्र र परिचयपत्र दिनुपर्ने माग गरेको छ । बर्हिगमित जनमुक्ति सेना नेपालले गरेको चौथो राष्ट्रिय सम्मेलनको पूर्ण केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै आफूहरुलाई लगाइएको अयोग्यको बिल्ला खारेज गरी राज्यद्धारा सम्मानपत्र र परिचयपत्र वितरण गर्नुपर्ने माग राखेको हो […]

कोरोना नियन्त्रणका लागि तयारी अवस्थामा रहन मुख्यमन्त्री भट्टको निर्देशन

१० वैशाख, कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना महामारी बढ्दै गएकाले तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । सेती प्रादेशिक अस्पताल, प्रादेशिक आयुर्वेद चिकित्सालय र प्रदेश जनस्वास्थ्य आपूर्ति केन्द्रको शुक्रबार अनुगमन गर्दै उनले स्वास्थ्यकर्मीलगायत सबै निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । सूदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण दरमा निरन्तर वृद्धि भइरहेकाले त्यसको […]

बालुवाटार बैठकको निष्कर्ष : स्पष्टीकरण तुलनात्मक रुपमा ‘सफ्ट’

१० वैशाख, काठमाडौं । माधवकुमार नेपाल समूहका नेताहरुले दिएको स्पष्टीकरण तुलनात्मक रुपमा ‘सफ्ट’ भएको नेकपा एमालेको ओली पक्षले निष्कर्ष निकालेको छ । अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले माधवकुमार नेपालसहित २७ प्रतिनिधिसभा सदस्य र कर्णाली प्रदेशका ५ प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेका थिए । प्रतिनिधिसभा सदस्य योगेश भट्टराई, रामकुमारी झाँक्री, मेटमणि चौधरी, निरा जैरु […]

कर्णालीमा फ्लोर क्रस गर्ने चार सांसदलाई निष्कासन गर्ने एमालेको निर्णय

१० वैशाख, काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशसभामा एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्ने चार जना सांसदलाई पार्टी सदस्य र सांसद पद नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक समितिले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज […]

स्वास्थ्य मापदण्ड बमोजिम चल्न थाले उपत्‍यकाका सङ्ग्रहालय

१० वैशाख, काठमाडौँ । नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि उपत्यकाका सङ्ग्रहालय स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेरमात्र अवलोकन गराउन थालिएको छ । विद्यालय खुला हुँदा विद्यार्थी समूहमा आउने गरेकामा हाल समूहमा अवलोकनकर्ता नआउने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यालय प्रमुख सन्दीप खनालले बताए । चैत दोस्रो सातासम्म सङ्ग्रहालयमा दैनिक ३०० भन्दा बढी अवलोकनकर्ता आउँथे । […]



from समाचार – Online Khabar https://ift.tt/3eu2jYi
via IFTTT
Powered by Blogger.